Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- यो कार्कीमाथिको कारवाही होइन जिम्मेवारी हेरफेर मात्रै हो: मन्त्री पोखरेल
- अन्तत: कार्कीलाई हटाएर केसी प्रहरीको महानिरीक्षक नियुक्त
- पहिलो पटक ‘कुकुर तिहार’ रिल प्रतियोगिता
- राष्ट्रिय गौरवका सिँचाइ आयोजनाबाट नयाँ खेतमा पानी
- बैंककमा ऊर्जामन्त्री श्रेष्ठको सम्बोधन: ‘हाम्रा हिमाल जोगाउन विश्वले सहकार्य गरोस्’
- लुम्बिनी केबलकारमा भारतीय पर्यटक २४ प्रतिशतले बढे : पाँचतारे होटेल र क्यासिनो निर्माण अन्तिम चरणमा
- कात्तिक १५ देखि नागढुंगा सुरुङमार्ग प्रयोगमा टोल शुल्क लाग्ने
- मोरङको केरौन १३२ केभी सबस्टेसन निर्माण सम्पन्न, विद्युत् आपूर्ति भरपर्दो हुने, चुहावट घट्ने
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
काठमाडौँ : पन्ध्रौँ संस्करणको ढोरपाटन महिला डबल लिग भलिबल च्याम्पियनसिपमा पुलिसले दोहोरो जित हात पारेको छ । नयाँ बसपार्कस्थित ढोरपाटन क्लबको भलिबल कोर्टमा पुलिसले आज पहिलो खेलमा चुली युवा क्लबलाई तथा दोस्रो खेलमा पारामाउन्ट स्कुललाई हराएको हो । दुवै खेल पुलिसले ३–० सेटले जित्यो । यसका साथै पुलिसले चार खेलबाट १० अङ्क जोडेको छ । पुलिसले पहिलो खेलमा चुलीलाई २५–१०, २५–१० र २५–१४ अङ्कले जितेको हो भने अर्को खेलमा पारामाउन्टलाई २५–९, २५–१० र २५–११ अङ्कले हराएको हो । यसैगरी डायमन्ड युवा क्लबले आयोजक ढोरपाटन स्पोर्ट्स क्लबलाई ३–० सेटले पराजित ग¥यो । डायमन्ड शीर्ष स्थानमा उक्लेको छ । उसले चार खेलबाट…
काठमाडौं: नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले राजनीति, सांगठानिक र विधान संशोधन प्रस्ताव बाहेक ११ बुँदे समसामयीक प्रस्ताव पनि पारित गरेको छ । बैठकमा महासचिव विष्णु पौडेलले ११ बुँदे समसामयीक प्रस्ताव पेस गरेका थिए । समसामयीक प्रस्तावमा नोवल कोरना भइरसको सम्भावित संक्रमणबाट जोगाउन आवश्यक कदम चाल्न तथा चीनको वुहान सहरमा रहेका नेपालीहरुलाई आपतकालिन रुपमा उद्दार गर्न सरकारलाई निर्देशन दिएको छ । त्यस्तै बैठकले इरान, इराकलगायत पश्चिम एसियामा उत्पन्न तनावप्रति गहिरो चिन्ता व्यक्त गर्दै कुनैपनि समस्याको समाधान वार्ताबाट खोज्न आग्रह गर्दै युद्ध वा आक्रमणका गतिविध तत्काल रोक्न सम्बन्धित पक्षसँग माग गरेको छ । बैठकमा पेस भएर पारित भएको समसामयीक प्रस्तावमा २०१९ नोभेम्बर…
इटहरी: आज बिहान सुनसरीको रामधुनी नगरपालिका–२ मा भएको सवारी दुर्घटनामा पाँच जनाको मृत्यु भएको छ । चन्द्रगढीबाट काठमाडौँतर्फ जाँदै गरेको बा ५ ख ३१५७ नम्बरको हायस माइक्रो बस र पोखराबाट काँकडभिट्टातर्फ आउँदै गरेको ना ६ ख ७९५ नम्बरको बस एकआपसमा ठोक्किँदा दुर्घटना भएको हो । माइक्रोबसका चालक धादिङ बैरेनी–३ बस्ने २८ वर्षीय दीपक खड्काको घटनास्थलमै मृत्यु भएको छ । त्यस्तै झापा भद्रपुर–८ घर भई हाल काठमाडौँ बस्ने ७५ वर्षीय हेमराज कोइराला र उहाँकी ६५ वर्षीया श्रीमती डोलमायाको घटनास्थलमै मृत्यु भएको छ । भक्तपुर निवासी १७ वर्षीया गरिमा गौतम र भद्रपुर निवासी ४५ वर्षीय टङ्कप्रसाद काफ्लेको विपी कोइराला विज्ञान प्रतिष्ठान…
काठमाडौँ: अर्थ मन्त्रालयका राजश्व सचिव शिशिरकुमार ढुङगानाले सर्वाेच्च अदालतको आदेशपछि दूरसञ्चार सेवा प्रदायक संस्था एनसेलका लागि निर्धारण भएको कर यसै आर्थिक वर्षभित्र उठाइसक्ने विश्वास दिलाउनुभएको छ । प्रतिनिधिसभा, सार्वजनिक लेखा समितिको आजको बैठकमा सांसदको जिज्ञासामा उहाँले भन्नुभयो, “एनसेलले बाँकी रकम चार किस्तामा तिर्ने प्रतिबद्धता गरेको छ, अब पैसा उठाउन सक्छौँ, यसै आर्थिक वर्षभित्रमा सबै पैसा उठ्छ ।” ‘मेरो मोबाइल’ सेवाको तत्कालीन व्यवस्थापनबाट एनसेल व्यवस्थापनमा हस्तान्तरण हुँदा लाभकर र जरिवाना रु ६२ अर्ब ६३ करोड बक्यौता रहेको जानकारी दिँदै उक्त रकम बुझाउन कम्पनीलाई ताकेता गरिएको थियो । महालेखा परीक्षकको कार्यालयले गरेको लेखा परीक्षणका आधारमा कर कार्यालयले ६२ अर्ब ६३ करोड बक्यौता…
काठमाडौँ: प्रहरीले राजधानीबाट दुई गुण्डालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले उनीहरुलाई काठमाडौँको ज्याठामा रहेको होटल संकटा एण्ड अपार्टमेण्टका १०३ नं कोठाबाट नियन्त्रणमा लिएको हो । । प्रहरीका एसपी मुकेश कुमार सिंहका अनुसार बिगत ३ महिनादेखि उनीहरु उक्त होटेलमा बस्दै आएकोमा होटेलका संचालकले खाएको बसेको पैसा माग्दाखेरी होटेल संचालकलाई धारिलो हतियार देखाई होटेलको कोठाको ढोकासमेत तोडफोड गरेको आरोपआ पक्राउ गरेको हो। प्रहरीका अनुसार दुबै जना यस अधि बिभिन्न गुन्डागर्दीकार्यमा संलग्न रहेका बुझिन आएको हुदाँ निम्न ब्यक्तिहरुलाई ज्याठाबाट पक्राउ गरी आवश्यक कार्बाहीको लागि मिति आजै गते महानगरीय प्रहरी परिसर काठमाडौं पठाईएको छ। पक्राउ परेका व्यक्तिहरुको विवरण नाम…
काठमाडौँ: धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक उकालो लागेको छ । उकालोको यात्रामा रहेको नेप्सेले नयाँ यात्रा तय गरेको हो । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक आज २१.२६ ले बढेर एक हजार ३४६.६४ मा पुगेको हो । यस्तै सेन्सेटिभ परिसूचकसमेत ४.९९ विन्दुले बढेर २८६.७५ मा पुगेको छ । नेप्सेले उकालो यात्रा तय गर्दा कारोवार रकम भने रु दुई अर्ब माथि नाघेको । कूल १७५ कम्पनीका ५३ लाख ४६ हजार ५०८ कित्ता शेयर रु दुई अर्ब सात करोड ७९ लाख ८७ हजार ७९९ मूल्यमा खरीद बिक्री भए । नेप्सेका अनुसार कारोवार भएका कूल १२ उपसमूहमध्ये आज दुई उपसमूहको शेयर…
काठमाडौँ: यही माघ १५ गतेदेखि शुरु भएको नेपाल कम्युनिष्ट पार्टी(नेकपा) केन्द्रीय कमिटी बैठकले अमेरिकी सहयोग मिलेनियम च्यालेञ्ज कर्पाेरेशन(एमसिसी)बारे सुझाव दिन पार्टी वरिष्ठ नेता झलनाथ खनालको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरेको छ । समितिमा पार्टी नेता भीमबहादुर रावल र परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली रहेको छ । एमसिसीअन्तर्गत अमेरिकाले नेपाललाई विद्युत् र सडकमा खर्च गर्न ५५ अर्ब अमेरिकी डलर दिने सम्झौतामा उल्लेख छ । सम्झौतामा एमसिसीलाई सङ्घीय संसद्ले अनुमोदन गर्नुपर्ने जनाइएको छ ।
कैलाली: कैलालीमा अवरुद्ध सडक खुलाउने क्रममा झडप हुँदा ९ जना प्रहरी घाइते भएका छन् । शनिबार पूर्वपश्चिम राजमार्गको लम्की खण्डमा से २ प १८५० नम्बरको मोटरसाइकल दुर्घटना भई २२ वर्षीय मायाराम चौधरी मृत अवस्थामा भेटिएका थिए। मृतकका आफन्त तथा स्थानीयबासीले सवारी साधनले ठक्कर दिएर चौधरीको मृत्यु भएको भन्दै सडक अवरुद्ध पारेका थिए । ठक्कर दिने सवारीको पहिचान गरी कारबाही गरिनुपर्ने भन्दै आइतबार बिहानैदेखि पूर्वपश्चिम राजमार्गको लम्कीमा सडक अवरुद्ध पारिएको थियो । प्रहरीले सडक सुचारु गर्न खोज्दा झडप भएको हो । झडपमा परी सशस्त्र प्रहरीका चार जना र नेपाल प्रहरीका पाँच जना घाइते भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव…
काठमाडौं: बामदेव गौतम नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को उपाध्यक्ष बनेका छन् । सो पार्टीको केन्द्रीय समिति बैठकले सांगठनिक र विधान संशोधन प्रस्ताव पारित गरेसँगै नेता गौतम उपाध्यक्ष बनेका हुन् । यसअघि सो पार्टीको विधानमा दुई अध्यक्ष र एक महासचिवको व्यवस्था गरिएपनि उपाध्यक्षको व्यवस्था थिएन । गत साउन अन्तिम साता बसेको सचिवालय बैठकले विधान संशोधन गरेर उपाध्यक्ष पद सिर्जना गर्ने निर्णय गरेको थियो । सो प्रस्ताव स्थायी समिति बैठकले पनि पास गरेको थियो । स्थायी समितिले सचिवालयको उक्त प्रस्ताव पास गर्दै केन्द्रीय समितिबाट अनुमोदन गर्ने निर्णय गरेको थियो । सोही अनुसार उक्त प्रस्ताव केन्द्रीय समिति बैठकमा पेश गरिएको थियो । हाल गौतम…
काठमाडौँ : शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले नेपाली भाषालाई कमजोर बनाउने गरी अङ्ग्रेजी भाषाको प्रयोगमा जोड दिन नहुने बताएको छ । विश्व निकेतन माध्यमिक विद्यालय काठमाडौँको ७४औँ वार्षिकोत्सव समारोहमा बोल्दै उनले दक्षिण एशियाको पुरानो भाषाका रुपमा रहेको नेपाली भाषालाई बलियो बनाउँदै अङ्ग्रेजी भाषाको प्रयोगमा जोड दिनुपर्ने बताए । “अङ्ग्रेजी मात्र होइन, चिनियाँलगायतका अन्य भाषाको सिकाइ र प्रयोग गर्दै जानुपर्छ” उनले भने, “अङ्ग्रेजी भाषाको प्रयोग बढ्दै जाँदा नेपाली भाषा कमजोर बन्दै जाने सम्भावना बढेर गएको छ ।” मन्त्री पोखरेलले शिक्षाले देशको समग्र विकासको खाका तयार पार्ने बताउँदै शिक्षा क्षेत्रको विकास बिना सरकारले अघि सारेको ‘समृद्ध नेपाल सुखी नेपाली’को नाराले सार्थकता…
