Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

सुर्खेत: कर्णाली प्रदेश सरकारलाई विकास निर्माण र जनजीविकाका सवालमा प्रदेशसभाले आवश्यक दबाब दिन नसकेको एक कार्यक्रमका सहभागीले गुनासो गरेका छन् । प्रदेशसभा स्थापनाको दुई वर्ष पुगेको उपलक्ष्यमा आयोजित खुला अन्तक्र्रिया कार्यक्रममा वक्ताले प्रदेश सरकारले जनअपेक्षाअनुसार काम गर्न नसक्दा जनतामा वितृष्णा जागेको बताए । प्रदेशसभा स्थापना भएको आज दुई वर्ष पुग्दैछ । यसै अवसरमा प्रदेशसभा सचिवालयले ‘सङ्घीयता र प्रदेशसभा’ विषयमा सोमबार अन्तक्र्रियाको आयोजना गरेको हो । कार्यक्रममा प्रदेश सरकारलाई प्रदेशसभाले आवश्यक खबरदारी गर्न नसकेको अधिकांश वक्ताले जोड दिए । वीरेन्द्रनगरकी अञ्जु विकले चालू आर्थिक वर्षको छ महिनामा तीन प्रतिशतमात्र बजेट खर्च हुनुमा सरकारमात्र जिम्मेवार नहुने बताउनुभयो । “सरकारले काम गर्न सकेन…

Read More

ताप्लेजुङ : चीनले किमाथांका र ओलाङचुङगोला नाका बन्द गरेपछि सीमावर्ती गाउँमा खाद्यान्न संकट भएको छ। चिनियाँ बजारमा आ िश्रत संखुवासभा भोटखोला गाउँपालिकास्थित किमाथांकामा दैनिक उपभोग्य वस्तु अभाव देखिएको छ। दुई दिनभित्र वैकल्पिक व्यवस्था नभए हाहाकारै हुने वडाध्यक्ष तेन्छेवी शेर्पा बताउँछन्। ‘कोरोना भाइरसको कारण देखाउँदै चीनले माघ ५ गतेदेखि नाका ठप्प पारेको छ’, शेर्पाले भने, ‘अहिलेसम्म स्टकले धान्यौं, अब यहाँका १ सय २० घर भोकभोकै बस्नुपर्ने अवस्था आयो।’ चामल, नुन र तेल अभाव भएको उनले सुनाए। उनका अनुसार किमाथांका र चीनको चाँगा बजार बीचमा पर्ने कामु खोला पुलमा रहेको गेटमा ताला लगाएर चिनियाँ सुरक्षाकर्मी बसेका छन्। खाद्यान्न खरिदका लागि खोलिदिन प्रस्ताव…

Read More

काभ्रेपलाञ्चोक: पाँचखाल नगरपालिका–६ स्थित जैसिडिही र गणेशस्थान गाउँका २० भन्दा बढीलाई चितुवाले आक्रमण गरी घाइते बनाएको छ । आज जैसिडिहीमा र हिजो बेलुका गणेशस्थानका दुई जनालाई आक्रमण गरी घाइते बनाएको हो । चितुवाले आज खेतमा काम गरिरहेका जैसिडिहीका ३० वर्षीय अर्जुन श्रेष्ठलाई आक्रमण गरेपछि सोही गाउँमा बारीमा स्याउला लिन जानुभएका एक महिलालगायत अन्यलाई क्रमैसँग दिउँसो आक्रमण गरेको वडाध्यक्ष रामशरण दुलालले जानकारी दिनुभयो । उहाँका अनुसार खेतबारीमा काम गरिरहेका र घरआँगनमै भएकालाई चितुवाले आक्रमण गरी ढाडमा चोट पु¥याउने र केहीको कान लुछेको हो । श्रेष्ठलाई आजै उपचारार्थ टेकु अस्पताल लगिएको छ भने अन्य घाइतेलाई अस्पताल लैजाने तयारी भइरहेको छ । एउटै…

Read More

हेटौँडा: विद्युत् मिटरको शिल तोडेर विद्युत् चुहावट गर्ने ८५ जनाभन्दा बढी व्यक्तिलाई कारवाही गरेको विद्युत् वितरण केन्द्र टाँडीले जनाएको छ । साथै वितरण केन्द्रअन्तर्गतका विभिन्न टोल र घरमा छड्के गरी शिल तोडिएको अवस्थामा ५० वटा मिटर जफत गरिएको केन्द्रका प्रमुख चुटुनकुमार श्रीवास्तवले जानकारी दिनुभयो । विसं २०७६ श्रावणदेखि हालसम्म गरिएको विशेष छड्केमा कारवाहीमा परेकाबाट करिब रु १० लाख जरिवाना गरी असुलको प्रक्रिया अगाडि बढाइएको छ । साठी हजार विद्युत् मिटर ग्राहक रहेको सो केन्द्रले मासिक विद्युत् शुल्कवापत रु सात करोड उठाउने गरेको छ । कार्यालयले सामाजिक काम शुरु गरेको छ । कार्यालयले अति गरिब तथा विपन्न परिवारलाई निःशुल्क विद्युत् मिटर…

Read More

काठमाडौँ: अमेरिकी सहयोग मिलेनियम च्यालेञ्ज कर्पाेरेशन (एमसिसी) बारे सुझाव दिन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) द्वारा गठिन कार्यदलले काम शुरु गरेको छ । पार्टीका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालको संयोजकत्वमा गठित समितिको आज बसेको बैठकमा एमसिसी सम्झौतासम्बन्धी के कस्ता विषय अध्ययन गर्ने भन्नेबारे छलफल भएको पूर्वप्रधानमन्त्री खनालको सचिवालयले जनाएको छ । आइतबार सम्पन्न नेकपा केन्द्रीय कमिटी बैठकले एमसिसीबारे सुझाव दिन पार्टी वरिष्ठ नेता खनालको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरेको थियो । समितिमा पार्टी नेता भीमबहादुर रावल र परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली छन् । एमसिसीअन्तर्गत अमेरिकाले नेपाललाई विद्युत् र सडकमा खर्च गर्न रु ५१ अर्ब दिने सम्झौतामा उल्लेख छ ।…

Read More

काठमाडौँ: नेपाल आयल निगमले एलपी ग्यासको मूल्य वृद्धि गरेको छ । अन्तर्राष्ट्रिय बजारमा एलपी ग्यासको मूल्य बढेको भन्दै निगमले आज राति १२ बजेदेखि लागू हुने गरी ग्यासमा प्रतिसिलिन्डर रु २५ ले वृद्धि गरेको हो । यससँगै ग्यासको मूल्य प्रतिसिलिन्डर रु एक हजार ३७५ पुगेको छ । यसैगरी निगमले पेट्रोल, डिजेल तथा मट्टीतेलको मूल्यमा प्रतिलिटर रु १ घटाएको छ । समायोजनसँगै पेट्रोलको मूल्य प्रतिलिटर रु ११० तथा डिजेल र मट्टितेलको मूल्य प्रतितलिटर रु ९९ कायम गरिएको निगमले जनाएको छ । निगमले हवाई इन्धनको मूल्य भने यथावत नै राखेको छ । पेट्रोलियम पदार्थको खरिद मूल्य केही घटेर आएकाले मूल्य समायोजन गरिएको निगमका…

Read More

काठमाडौं: स्वास्थ्य मन्त्रालयले चीनमा रहेका नेपाली विद्यार्थीलाई बुधबारसम्ममा स्वदेश फर्काइसक्ने जनाएको छ। उनीहरुलाई ल्याएर राख्ने सुरक्षित ठाउँको तयारी गरी स्वदेश फर्काउन दुई दिन लाग्ने स्वास्थ्य मन्त्रालयमा आज साँझ आयोजित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता तथा सहसचिव महेन्द्र श्रेष्ठले बताए। ‘मंगलबारसम्ममा ठाँउको प्रबन्ध मिलेपछि सम्भवत: बुधबार चीनमा रहेका नेपालीलाई स्वदेश फर्काइने छ’ उनले भने। चीनबाट ल्याइने विद्यार्थीलाई राख्ने ठाउँ मंगलबार बेलुकासम्म टुंगो लगाउने श्रेष्ठले बताए । ‘ उनीहरुलाई राख्ने ठाँउ कहाँ उपयुक्त हुन्छ भन्ने कुरा सम्भवत: भोलि बेलुकासम्म टुंगो लाग्छ । त्यसपछि बुधबार त उहाँहरुलाई ल्याउन सकिन्छ सायद’ उनले भने । पाँच जना विज्ञको टोलीले शनिबारदेखि सुरक्षाका लागि निगरानीमा राख्‍न सम्भावित ठाउँहरू…

Read More

काठमाडौँ: साताको दोस्रो दिन आज पनि धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक वृद्धि भएको छ । नेपाल स्टक एक्स्चेन्जका अनुसार नेप्से २.४९ अङ्कले बढेर एक हजार ३४९.१३ मा पुगेको छ । यस्तै सेन्सेटिभ परिसूचक १.१६ अङ्कले बढेर २८७.९१ मा पुगेर रोकिएको छ । परिसूचकमा सामान्य वृद्धि हुँदा कारोवार रकम भने डेढ अर्ब नाघेको छ । स्टकका अनुसार कूल १७७ कम्पनीका ४७ लाख ४८ हजार ८२९ कित्ता शेयर रु एक अर्ब ६१ करोड १७ लाख १९ हजार २०३ मा खरिद–बिक्री भए । कारोवार भएका १२ मध्ये पाँच उपसमूहको शेयर मात्र बढेको छ । आज सबैभन्दा बढी निर्जीवन बीमा…

Read More

खाँदबारी: सङ्खुवासभाको ऐतिहासिक बजार चैनपुर बजारमा ६०० वर्ष पुरानो मल्लकालीन इँटा फेला परेको छ । चैनपुर बजारका नारायण श्रेष्ठको घरको पिंढीमा प्रयोग भएको इँटा मल्लकालीन समयमा उत्पादन भएको पाइएको छ । श्रेष्ठको घर पिंढीमा प्रयोग भएको इँटा १४औँ शताब्दीभन्दा अगाडिमात्र प्रयोग हुने गरेको इतिहासविद् डा रमेश ढुङ्गेलले जानकारी दिए । सङ्खुवासभाको इतिहासमा नयाँ कुराको प्राप्ति भएको इतिहासविद् डा ढुङ्गेलले बताए । उनले भने, “६०० वर्षभन्दा पुरानो इँटाहरु फेला परेको छ ।” यो चैनपुरको इतिहासमा महत्वपूर्ण प्रमाण भएको उनले दाबी गरे । चैनपुरमा पहिलो पटक मल्लकालीन समयमा प्रयोग हुने गरेको इँटा फेला परेकाले यसलाई संरक्षण गर्नु आवश्यक भएको उनको…

Read More

काठमाडौँ: अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)को टी–ट्वान्टी विश्व बरियतामा नेपाल यथावत् स्थानमा रहेको छ । आइसिसीले आज सार्वजनिक गरेको नयाँ बरियताअनुसार नेपाल टी–ट्वान्टीतर्फ १२औँ स्थानमा रहेको छ । यसअघि पनि नेपाल १२औँ स्थानमा थियो । टी–ट्वान्टीमा नेपाल ११ औँ स्थानसम्म पुगेको छ । टी–ट्वान्टीको विश्व बरियतामा पाकिस्तान शीर्ष स्थानमा, अष्ट्रेलिया दोस्रो, बेलायत तेस्रो, भारत चौथो र दक्षिण अफ्रिका पाँचौँ स्थानमा छन् । टी–ट्वान्टीको खेलाडी बरियताअन्तर्गत ब्याटिङतर्फ नेपालका पारस खड्का ६२ औँ स्थानमा छन् । यसअघि उनी ६०औं स्थानमा थिए । यसैगरी बलिङतर्फ नेपालका सन्दीप लामिछाने ८५औँ स्थानमा छन् । यसअघि उहाँ ८३औँ स्थानमा रहेको थियो । अलराउण्डरतर्फ…

Read More