Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- यो कार्कीमाथिको कारवाही होइन जिम्मेवारी हेरफेर मात्रै हो: मन्त्री पोखरेल
- अन्तत: कार्कीलाई हटाएर केसी प्रहरीको महानिरीक्षक नियुक्त
- पहिलो पटक ‘कुकुर तिहार’ रिल प्रतियोगिता
- राष्ट्रिय गौरवका सिँचाइ आयोजनाबाट नयाँ खेतमा पानी
- बैंककमा ऊर्जामन्त्री श्रेष्ठको सम्बोधन: ‘हाम्रा हिमाल जोगाउन विश्वले सहकार्य गरोस्’
- लुम्बिनी केबलकारमा भारतीय पर्यटक २४ प्रतिशतले बढे : पाँचतारे होटेल र क्यासिनो निर्माण अन्तिम चरणमा
- कात्तिक १५ देखि नागढुंगा सुरुङमार्ग प्रयोगमा टोल शुल्क लाग्ने
- मोरङको केरौन १३२ केभी सबस्टेसन निर्माण सम्पन्न, विद्युत् आपूर्ति भरपर्दो हुने, चुहावट घट्ने
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
बुटवल: बुटवल नगर क्षेत्रमा सञ्चालित शहरी स्वास्थ्य केन्द्रमा आधुनिक प्रयोगशाला सेवासहितको स्वास्थ्य सेवा सञ्चालमा आएपछि सेवाग्राहीको आकर्षण बढेको छ । बुटवल उपमहानगरका १९ वटै वडामा चिकित्सक र जनस्वास्थ्य अधिकृतले नियमित सेवा प्रदान गरिरहेको छ । स्वास्थ्य सेवालाई थप सुदृढ तथा प्रभावकारी बनाइएपछि नगरवासीको आकर्षण बढेको बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीले जानकारी दिए । केन्द्रबाट मातृशिशु, महिला, गर्भवती, बालबालिकादेखि हरेक उमेर समूहलाई लक्षित गरी प्रभावकारी सेवा प्रदान गरिएको उनले बताए । आर्थिक वर्ष २०७४÷७५ मा केन्द्रबाट २१ हजार ४७३ र आव २०७५÷७६ मा १० हजारभन्दा धेरैले बहिरङ्ग सेवा लिएको जनाइएको छ । यस्तै स्वास्थ्य संस्था नभएका वडामा वडाक्लिनिक सञ्चालनमा ल्याइएको…
काठमाडौं: नेपाली सेनाले अधिकृत क्याडेट पदका लागि भर्ना आह्वान गरेको छ । सेनाको भर्ना छनौट निर्देशनालय, कार्यरथी विभागले बिहीबार एक विज्ञापन प्रकाशित गर्दै खुला र समावेशीतर्फ कुल १५० सिटका लागि भर्ना आह्वान गरेको हो । नेपाली सेनाले २०७६/१०/२३ देखि ०७६/११/८ सम्म दरखास्त दिन इच्छुक व्यक्तिहरूलाई आग्रह गरेको छ । उम्मेदवारहरूको उमेर हद भने शैक्षिक योग्यताअनुरूप तोकिएको छ । सेनाका अनुसार, २१ वर्ष ननाघेका प्रमाणपत्र तह उत्तीर्ण र २४ वर्ष ननाघेका स्नातक उत्तीर्णले दरखास्त दिन सक्नेछन् । सैनिक सेवामै रहेका २६ वर्ष उमेर पार नगरेकाले पनि अधिकृत क्याडेटमा प्रतिस्पर्धा गर्न पाउनेछन् । यसपटक अनलाइन आवेदन दिने व्यवस्था मिलाइएको छ ।…
काठमाडौँ: नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग नेपालका लागि संयुक्त अधिराज्यका( बेलायत) नवनियुक्त राजदूत निकोला पोलिटले शिष्टाचार भेटवार्ता गरेक छन् । खुमलटारमा आज बिहान भएको भेटवार्तामा दुई देश बीचको आपसी हितका विषयमा कुराकानी भएको बताइएको छ । सो अवसरमा पूर्वप्रधानमन्त्री प्रचण्डले नेपालको विकासमा बेलायतले गर्दै आएको सहयोगप्रति धन्यवाद दिएको उनको निजी सचिवालयले जनाएको छ । पूर्व प्रधानमन्त्री प्रचण्डले भने, “तपाईँको कार्यकालमा नेपाल र बेलायतको सम्बन्ध अझै प्रगाढ रहने मैले विश्वास लिएको छु, नेपालको आर्थिक समृद्धिको अभियानमा रहेको छ, देशको आर्थिक समृद्धिमा बेलायतको सहयोग अपरिहार्य रहेको छ ।” भेटमा बेलायती राजदूत पोलिटले आगामी दिनमा नेपालको विकासमा बेलायत सरकारको…
काठमाडौं: नेपाल कम्युनिष्ट पार्टी (नेकपा) काभ्रे जिल्लाका नेता हरिदेव गिरीको काठमाडौँमा शंकास्पद अवस्थामा गएराती मृत्यु भएको छ । महानगरीय प्रहरी वृत्त, बानेश्वरका डीएसपी दुर्गाराज रेग्मीका अनुसार नयाँबानेश्वरको आलोकनगरस्थित ‘डि क्याफे एण्ड किचन रेष्टुरेन्ट’ मा गम्भीर अवस्थामा भेटिएपछि उपचारका लागि लगिएको थियो । काठमाडौँ प्रहरी परिसरका प्रबक्ता तथा प्रहरी नायव उपरीक्षक होबिन्द्र बोगटीका अनुसार मंगलबार राति १० बजेतिर सिभिल अस्पताल पुर्याइए पनि चिकित्सकले उनलाई मृत घोषित गरेको हो। उनले भने- हामीले प्रारम्भिक अनुसन्धानका लागि रेस्टुरेन्ट संचालकसहित चार जनालाई नियन्त्रणमा लिएर अनुसन्धान थालेका छौं। ‘घटना भएको बेलामा उपस्थित होटल सञ्चालक र कर्मचारीलाई सोधपुछका लागि नियन्त्रणमा लिएका हौं’, बोगटीले भने, ‘बानेश्वर वृत्तमा राखेर…
इस्तानबुल(एजेन्सी) : टर्कीमा एउटा विमान अवतरणका क्रममा धावनमार्गबाट चिप्लिँदा तीन जनाको मृत्यु भएको छ भने करिब १५० यात्रु घाइते भएका छन् । आन्तरिक उडानका क्रममा इजमिर प्रान्तबाट आएको बोइङ ७३७ विमान बुधबार इस्तानबुलमा अवतरणका क्रममा दुर्घटना भएको हो । इस्तानबुलस्थित विमानस्थलमा अवतरणका क्रममा पिगासस एयरलाइन्सको जेट विमान धावनमार्गबाट चिप्लिएको हो । विमानमा १७१ यात्री र चालक दलका ६ सदस्य सवार थिए । पिगासस एयरलाइन्सले आधिकारिक स्रोतलाई उद्धृत गर्दै दुर्घटनामा तीन जनाको मृत्यु भएको जनाएको छ । सो एयरलाइन्सले ट्वीट गर्दै यसको जानकारी दिएको हो । टर्किस मिडियाका अनुसार विमानमा सवार अधिकांश टर्कीकै नागरिक छन् ।…
काठमाडौँ: उपत्यकाको कलङ्की अण्डरपास सडकमा गत राति टिपरको ठक्करबाट मोटरसाइकलमा सवार दुईजनाको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुने दुवैजना बल्खुस्थित बयोधा वर्कसपमा काम गर्दै आएका थिए । अन्दाजी १२ः४५ बजे बल्खुबाट कलङ्कीतर्फ जाँदै गरेको टिपरले कलङ्कीबाट सितापाइलातर्फ जाँदै गरेको प्रदेश २, ०३–००४ प ५५० नम्बरको निलो पल्सर मोटरसाइकललाई ठक्कर दिएको थियो । महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता डीएसपी होविन्द्र बोगटीका अनुसार मृत्यु हुने दुवैजनाको घर रौतहटको कटहरिया हो । टिपरको ठक्करबाट मोटरसाइकल चालक १९ वर्षीय राकेश कुमार चौधरी र पछाडी सवार २४ वर्षीय मुन्ना चौधरीको मृत्यु भएको हो । यता, दुर्घटनालगत्तै टिपरसहित चालक फरार भएका…
नेपालगञ्ज: यहाँको तापक्रम सन्तुलन कायम गर्न र वातवरण स्वच्छ बनाउन ‘हरियाली अभियान’ शुरुआत गरिएको छ । “आउँदो तीन वर्षभित्र नेपालगञ्जलाई हरियालीयुक्त शहरमा रुपमा विकास गरिने अभियानको उद्देश्य छ”, उप महानगरपालिका प्रमुख डा धवलशम्शेर राणा भन्नुहुन्छ, “सामाजिक संस्थाको सहयोग र सहकार्यमा नगरको टोलटोलका सडक किनारमा रुख रोपेका छौँ ।” हरियालीयुक्त शहर बनाउन नगरपालिकासँग थुप्रै चुनौती छ । नगरका अधिकांश साँघुरा बस्तीमा रुख रोप्ने ठाउँ नै बाँकी नराखी बनाइएका सडक, नालाका कारण अभियानले सोचेजस्तो परिणाम दिन सक्लाजस्तो देखिँदैन । “हामी यसको पनि कुनै विकल्प खोज्छाँै, ठूलो रुखको सट्टा ससाना बोटबिरुवा त्यस्ता बस्तीमा लगाइने छ”, उनले भने। अभियानको शुरुआती चरणमा नेपालगञ्ज…
काठमाडौँ: वाग्मती प्रदेश सरकारले छुट्टै स्वायत्त निकाय स्थापना गरी ‘विद्युतीय बस’ सञ्चालन गर्ने भएको छ । प्रदेश सरकारले साझा यातायातलाई बस खरिद गर्न रकम उपलब्ध नगराउने र आफैँ बस खरिद गरी सञ्चालन गर्ने तयारी अगाडि बढाएको जनाएको छ । संघीय सरकारले सो यातायातलाई विद्युतीय बस खरिद गर्न दिएको रु तीन अर्ब फिर्ता लिने निर्णय गरेको थियो । प्रदेश सरकारले सो यातायातलाई रु ३० करोड रकम दिने प्रतिबद्धता जनाएपनि हालसम्म उपलब्ध नगराइसकेको बताइएको छ । सो रकमबाट विद्युतीय बस खरिदमा नै प्रयोग गरिने भौतिक पूर्वाधार विकास मन्त्रालयका सचिव तेजराज भट्टले जानकारी दिए । उनले भने, “रकम साझालाई नदिने भनिए पनि…
काठमाडौँ: आइसिसी विश्वकप क्रिकेट लिग दुईअन्तर्गत आज अमेरिका र ओमानबीच खेल हुँदैछ । त्रिकोणात्मक सिरिजको दोस्रो खेल हो । पहिलो खेलमा बुधबार नेपाल घरेलु मैदानमा ओमानसँग १८ रनले पराजित भएको थियो । अमेरिका र ओमानबीच कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा खेल हुनेछ । यसअघि अमेरिकाले आठ खेलमा छ मा जीत निकाल्दै १२ अङ्क जोडिसकेको छ । अमेरिका अङ्क तालिकाको शीर्ष स्थानमा छ । ओमान सात खेलमा पाँचमा जीतसहित १० अङ्क जोडेर तालिकाको दोस्रो स्थानमा छ । दुवै टोलीको लक्ष्य यहाँ जारी सिरिजका सबै खेल जितेर शीर्ष स्थानमा उक्लिने रहनेछ । लिग दुईमा सात देश समावेश छन् । आइसिसी विश्व…
काठमाडौँ: अख्तियार दुरूपयोग अनुसन्धान आयोगले बालुवाटारको सरकारी जग्गा व्यक्तिका नाममा पुर्याउने भूमाफिया शोभाकान्त ढकालले ३९ करोड र राम सुवेदीले ५२ करोड भ्रष्टाचार गरेको भन्दै विषेश अदालतमा मुद्दा दायर गरेको छ। भाटभटेनी सुपरमार्केटका सञ्चालक मिनबहादुर गुरूङले पनि ढकालले जति नै ३९ करोड २७ लाख ६८ हजार भ्रष्टाचार गरेको अख्तियारको आरोप छ। त्यस्तै पूर्वमन्त्री विजयगच्छदार, छविराज पन्त, डम्बर श्रेष्ठ, अख्तियारका पूर्वप्रमुख दिपबस्न्यात र जिल्ला न्यायाधीश विनोद गौतमले ९ करोड ६५ लाख ७६ हजार भ्रष्टाचार गरेको भनिएको छ। न्यायाधीश गौतम उपसचिव हुँदा बालुवाटार जग्गा व्यक्तिको नाममा पुर्याउने गरी निर्णय गरेको आरोप अख्तियारको छ। त्यस्तै पूर्वमन्त्री चन्द्रदेव जोशी र पूर्वसचिव दिनेशहरि अधिकारीले ७…
