Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

काठमाडौँ: अन्तरराष्ट्रिय भलिबल महासङघ (एफआइभीबी)ले सार्वजनिक गरेको विश्व वरियतामा नेपालले ८७औँ स्थान हासिल गरेको छ । विश्व भलिबलको सर्वोच्च निकाय एफआइभीबीले आज सार्वजनिक गरेको बरियतामा नेपालको राष्ट्रिय महिला भलिबल टोलीले ८७औँ स्थान हासिल गरेको हो । एफआइभीबीले अन्तरराष्ट्रिय सहभागिता र सफलताका आधारमा विश्व वरियता निर्धारण गर्दै आएको छ । वरियता क्रममा नेपालको ५७ अङ्क रहेको छ । त्यस्तै नेपाली महिला भलिबल टोलीले बङ्गलादेशमा यसै वर्ष सम्पन्न एभीसी सेन्ट्रल जोन महिला भलिबलको उपाधि हासिल गरेको थियो । त्यस्तै नेपालमा नै आयोजना भएको तेह्रौँ दक्षिण एशियाली खेलकूद (साग)मा नेपाली महिला टोलीले एतिहासिक रजत पदक हात पारेको थियो । त्यसैगरी…

Read More

काठमाडौँ: वरिष्ठ पत्रकार दुर्गानाथ शर्माको निधन भएको छ । ७२ वर्षीय पत्रकार शर्माको बुधबार बिहान निधन भएको हो । शर्माको उपचारका क्रममा निधन भएको उनका जेठा छोरा पञ्कज शर्माले जानकारी दिए । पछिल्लो समय उनको मृगौलामा समस्या देखिएको थियो भने पिसाबसम्बन्धी पनि समस्या रहेको थियो । उनको मनमोहन कार्डियोथोरासिस भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरमा उपचारका क्रममा निधन भएको हो । नेपाली सञ्चार जगतका अग्रणी शर्मा छापा तथा प्रसारण पत्रकारिताका अभिभावकसमेत रहेका थिए । नेपाल टेलिभिजनको महाप्रवन्धकसमेत रहेर काम गरिसकेका शर्माले नेपाल टेलिभिजनमा चलाउने कार्यक्रम विश्व घटना निकै चर्चित रहेको थियो । त्यसका साथै शर्माले रेडियो नेपालमा समेत समाचार…

Read More

काठमाडौं : हरेक वर्ष लाग्ने माधवनारायण मेला तथा श्री स्वस्थानी ब्रत मेलाको एक महिनाको समयावधिमा साँख्का व्यापारीले राम्रो आम्दानी गर्ने गरेका छन । मेला भर्न आउने भक्तजनलाई खुवाएर होस वा टिका फूल प्रसाद वेचेर होस, प्रत्येक दिन उनीहरुले कम्तीमा ५ हजारदेखि बढीमा १५ देखि २० हजारको व्यापार गर्ने गरेका छन । एघार महिना सुनसान हुने साँखुस्थित शाली नदी वरपरका स्थानहरु मेलाअवधिभर पुरै भरिभराउ हुने गरेको छ । व्यबसायीहरुको लागियो एक महिना मनग्य आम्दानी गर्ने सुनौलो अवसर सावित हुँदै आएको छ । व्यवसायीबाट साँखुको मेलामा दर्शनार्थीहरु ठगिएको भन्ने गुनासा आएपछि गाडी भाडा, खाजा खाना लगायतमा श्री माधवनारायण स्वस्थानी…

Read More

गौशाला: उखु खेतीलाई राष्ट्रिय बालीका रुपमा सरकारले घोषणा गरे तापनि कार्यान्वयन हुन नसकेपछि दिनानु दिन उखु किसानमा मर्कामा पर्दै आएको उखु उत्पादक केन्द्रीय सङ्घ लिमिटेडका अध्यक्ष रामचन्द्रसिंह कुशवाहाले बताएको छ । महोत्तरीको गौशालामा आज बिहान पत्रकारसँग कुरा गर्दै सरकारले स्वयम् उखु खेतीलाई राष्ट्रिय बालीका नाममा घोषणा गरे तापनि कार्यान्वयनमा नआउँदा वर्तमान समयमा किसान समस्याबीच उखु खेती गर्न बाध्यता रहेको जनाएका छन् । तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाको कार्यकालमा आफ्नै नेतृत्वमा किसानको पीडा–मर्कालाई सम्बोधन गराउनका लागि सरकारी पक्षकै सहमतिमा उखु खेतीलाई राष्ट्रिय बाली घोषणा गरिएको जानकारी दिएको हो । वर्तमान परिवेशमा देशमा तीनवटै तहका सरकारका फितलो कार्यनीतिकै कारण वर्तमान समयमा…

Read More

काठमाडौं ः आईसीसी विश्वकप लिग २ त्रिकोणात्मक सिरिज अन्तर्गत ओमानसँगको खेलमा नेपालले जीतका लागि १९८ रनको लक्ष्य पाएको छ । टीयू क्रिकेट मैदानमा टसमा हारेर ब्याटिङ गरेको ओमानले निर्धारीत ५० ओभरको खेलमा ९ विकेटको नोक्सानीमा १९६ रन बनाएको छ । पहिलो ४२ ओभरको खेलमा नेपालको दबाबमा रहेको ओमनले ७ विकेटको नोक्सानी बेहोरेको थियो । लगत्तै ४२ ओभरपछि कसिलो ब्याटिङ गरेको ओमानले मध्यम प्रदर्शन गरी नेपाललाई १९८ रनको लक्ष्य प्रस्तुत गरेको हो । खेलमा तीब्र गतिका बलर करण केसीले पहिलो ओभरको अन्तिम बलमा ओपनर जतिन्दर सिंहलाई ४ रनमा बोल्ड आउट गरे । केसीले ओमानको ४ विकेट लिएको छ भने आजकै…

Read More

काठमाडौँ: जलरङबाट चित्र सिर्जना गर्ने कलाकारको सबैभन्दा ठूलो मेला ‘अन्तरराष्ट्रिय जलरङ महोत्सव’को यसपालिको तेस्रो संस्करण भने नेपाली कला, संस्कृति र प्राकृतिक विविधता विशेष हुने भएको छ । आगामी भदौ ३१ देखि असोज ६ गतेसम्म काठमाडौँ र कास्कीको धम्पुसमा आयोजना हुने महोत्सवमा विदेशी कलाकारले समेत नेपाली कला, संस्कृति र प्राकृतिक विविधताको ‘थिम’मा रहेर चित्र सिर्जना गर्नेछन् । उनीहरुलाई विदेशी चित्रका लागि अनुमति दिइने छैन । अन्तरराष्ट्रिय जलरङ समाज नेपालले मङ्गलबार मिति घोषणा गर्दै नेपाल भ्रमण वर्ष सफल बनाउन नेपाली विषयवस्तुलाई प्राथमिकतामा राखेर महोत्सव आयोजना गर्न लागिएको जनाएको छ । आयोजकका अनुसार कला पर्यटनको विकास गर्नु यसको मुख्य उद्देश्य हो…

Read More

काठमाडौँ: नेपाली बजारमा बुधबार सुनको मूल्य घटेको छ । केही महिनायता उतार चढावको अवस्थामा रहेको छापावाल सुनको मूल्य बुधबार ७५ हजार २०० रुपैयाँ प्रतितोलामा कारोबार भएको हो । यसअघि मंगलबार तोलामा ७६ हजार रुपैयाँ प्रतितोलाका दरले कारोबार भएको छापावाल सुन बुधबार रु ८०० घटेको हो । यस्तै तेजावी सुन तोलामा ७४ हजार ९०० रुपैयाँ प्रतितोलामा कारोबार भएको छ । यता बुधबार चाँदीको मूल्य पनि घटेको छ । मंगलबार ८८० रुपैयाँ प्रतितोलाका दरले कारोबार भएको चाँदी बुधबार ८७५ रुपैयाँ प्रतितोलाका दरले कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

Read More

काठमाडौँ: सुदूरपश्चिम प्रदेशसभा सचिवालयमा भारतले मिचेको नेपालको भूमि कालापानी फिर्ता गराउन माग गर्दै मङ्गलबार सङ्कल्प प्रस्ताव दर्ता गरिएको छ । प्रदेशसभामा प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसका सदस्य कर्णबहादुर मल्ल प्रस्तावक, भरतबहादुर खड्का र टेकबहादुर रैका समर्थक रहेको सङ्कल्प प्रस्ताव दर्ता भएको प्रदेशसभा सचिवालयका सचिव रामसिंह धामीले जानकारी दिए । भारतले नेपालको सुदूरपश्चिम प्रदेशको लिम्पियाधुरा कालापानीलाई आफ्नो नक्सामा समावेश गरेको तथ्यप्रति गम्भीर ध्यानाकर्षण भएको उल्लेख गर्दै उक्त सङ्कल्प प्रस्तावमा भूमि फिर्ता गराई राष्ट्रिय अखण्डता जोगाउन सङ्कल्प प्रस्तावलाई पारित गरी केन्द्र सरकार र प्रदेश सरकारले मिचिएको भूमि भारतीय नक्साबाट हटाउन पहल गरोस् भन्ने माग गरिएको छ ।

Read More

काठमाडौं : नेपालले आईसीसी विश्वकप लिग २ त्रिकोणात्मक सिरिज अन्तर्गत ओमानसँगको खेलमा उत्कृष्ट प्रदर्शन गरेको छ । टीयू क्रिकेट मैदानमा टसमा हारेर ब्याटिङ गरि रहेको ओमान ४२ ओभरमा ७ विकेटको नोक्सानीमा १२४ रनको कमजोर अवस्थामा पुगेको छ । तीब्र गतिका बलर करण केसीले पहिलो ओभरको अन्तिम बलमा ओपनर जतिन्दर सिंहलाई ४ रनमा बोल्ड आउट गरे । ओडीआई डेब्यू खेल खेलि रहेका अभिनाश बोहराले दोस्रो ओभर डट राख्दै दबाब बढाए । तेस्रो ओभरको तेस्रो बलमा अकीब इलियास रन आउट हुनबाट बचे । शरद भेषवाकरले डाइरेक्ट प्रहार गरेको थ्रो स्टम नजिकैबाट बाहिरिएपछि रन आउट बाट जोगिएका थिए । तेस्रो ओभरका करणले…

Read More

खोटाङ: जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारको सडक ढलान हुने भएको छ । शहरी विकास तथा भवन निर्माण विभागको लगानीमा दिक्तेलबजारस्थित रत्नपार्कदेखि हाटडाँडासम्मको सडक ढलान गरिने भएको हो । क्रमागत योजनाअन्तर्गत पर्ने दिक्तेलबजारको सडक ढलानमा शहरी विकास तथा भवन निर्माण विभाग विराटनगरमार्फत यो वर्ष रु पाँच करोड खर्च हुने प्रतिनिधिसभा सदस्य विशाल भट्टराईले बताए । “दिक्तेलबजारको सडक ढलानमा करीब रु १५ करोड रकम खर्च हुने विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) मा उल्लेख छ”, उनले भने, “क्रमागत योजना भएकाले यस वर्ष रु पाँच करोड बजेटको मात्र बोलपत्र आह्वान गरेर ढलानको काम शुरु गरिनेछ ।” अर्थ मन्त्रालयले गत पुस २९…

Read More