Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

भक्तपुर: पूर्वराष्ट्रपति रामवरण यादवले विकासको नाममा भइरहेको प्राकृतिक सम्पदाको विनाशले सङ्कट निम्त्याउने खतरा रहेको औल्याउनुभएको छ । भक्तपुरको कमलविनायकस्थित भोकेशनल एकेडेमीमा शनिबार रवीन्द्र पुरी फाउण्डेशन फर कन्जरभेशनको १०आँै वार्षिकोत्सवको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले तराईको चुरेदेखि पहाडको डाँडासमेत नासिदै गएकोमा चिन्ता व्यक्त गर्नुभयो । पूर्वराष्ट्रपति यादवले भन्नुभयो, “अन्नको भण्डारको रुपमा लिइने तराई र काठमाडौँ उपत्यकामा अन्न रित्तिसक्यो, ढुङ्गेधारादेखि पानीको स्रोत सबै सुकिसक्यो, तराईदेखि पहाडसम्मका प्राकृतिक स्रोत, सम्पदा र साधनको विनाशले कस्तो अवस्था अवस्था आउला, त्यही सम्झेर चिन्ता लाग्छ ।” कार्यक्रममा शताब्दीपुरुष सत्यमोहन जोशीले सम्पदाको संरक्षण गरी रवीन्द्र पुरीले देशलाई योगदान पु¥याएको चर्चा गर्दै प्राचीनकालदेखिको सम्पदालाई जोगाउनुपर्नेमा विशेष जोड दिनुभयो । परम्परागत,…

Read More

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओली र सत्तारुढ नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले उपसभामुख पद कांग्रेसले पाउनुपर्ने बताएका छन्।शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको बैठकमा प्रतिनिधिसभाको उपसभामुख पद कांग्रेसले पाउनुपर्ने देउवाले बताएका हुन्। बैठकमा सभापति देउवाले संसद् सञ्चालनदेखि राजनीतिक नियुक्तिसम्म सबै सहमतिका आधारमा हुनुपर्ने तथा सत्तापक्ष र प्रतिपक्षबीच साझा सहमति कार्यान्वयनमा जोड दिएका थिए। सभापति देउवाले प्रतिनिधिसभाको उपसभामुख कांग्रेसले पाउनुपर्ने कुरा राखेको नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङको भनाइ छ। उनीहरुबीच मुलुकको समसामयिक राजनीतिक परिस्थितिका सन्दर्भमा छलफल भएको छ। छलफलका क्रममा राज्य सञ्चालन गर्दा सत्तापक्ष र प्रतिपक्षबीच भएको साझा सहमतिका बारेमा छलफल भएको नेम्वाङले जानकारी दिए।

Read More

जाजरकोट: सुगमका आँखाले दुर्गम नदेख्दा जाजरकोटको स्वास्थ्य सेवा समस्यामा पर्दै आएको छ । पैसट्ठी जना दरबन्दी भएको स्वास्थ्य सेवा कार्यालय, जाजरकोटमा अहिले मुस्किलले कार्यालय सहयोगीसहित तेइस जना स्वास्थ्यकर्मीले सेवा दिँदै आएका छन् । सधैँ दुर्गममात्र भनेर सेवा दिन आनाकानी गर्ने शैलीका कारण यहाँको स्वास्थ्य सेवा समस्यामा पर्दै आएको हो । ४२ जना स्वास्थ्यकर्मीको दरबन्दी रिक्त भएपछि स्वास्थ्य सेवा कार्यालय करार र प्रशिक्षार्थी स्वास्थ्यकर्मीको भरमा चलिरहेको छ । अस्पतालमा सातजना विशेषज्ञसहित पैसट्ठी जनाको दरबन्दी छ तर विशेषज्ञ चिकित्सक, स्वास्थ्यकर्मी, औषधि, पूर्वाधार र उपकरण लगायतको अभाव भएपछि सामान्य बिरामीसमेत जिल्लाबाहिर गएर उपचार गराउन बाध्य छन् । अस्पताललाई चार वर्षअघि १५ बाट ५० श्ययामा स्तरोन्नति…

Read More

काठमाडौँ : सामान्यतः जनताको निकटमा रहेर दिनरात नभनी जनताकै काम गर्न खटिरहने स्थानीय जनप्रतिनिधिनै भ्रष्टाचारमा संलग्न होलान् भनेर कल्पनासम्म गर्न सकिँदैन । कतिपय जनप्रतिनिधि आफूले प्राप्त गर्ने तलबभत्ता समेत जनचाहना पूरा गर्न सुम्पेको यथार्थ समेत पाइन्छ । तर, जाजरकोटको एक स्थानीय तहका अध्यक्ष भने स्थानीयको विकास निर्माणको आकाङ्क्षा लत्याउँदै सेवाग्राहीसँग घुस लिएको अवस्थामा पक्राउ परेका छन् । आफ्नो गाउँपालिका क्षेत्रभित्र विभिन्न उपभोक्ता समितिमार्फत निर्माण भएका सडकको भुक्तानी दिने क्रममा सेवाग्राहीसँग घुस लिएको आरोपमा जाजरकोटको जुनीचाँदे गाउँपालिककाका अध्यक्ष कृष्णबहादुर केसी अख्तियारको फन्दामा परेका छन् । सोही गाउँपालिकाको वडा नं ५ मा निर्माण गरिएको सडकको भुक्तानी दिन सहजीकरण गरिदिने भन्दै सेवाग्राहीसँग रु…

Read More

काभे्रपलाञ्चोक: सरकारद्वारा जारी दूध तथा दुग्ध पदार्थ उत्पादन मापदण्ड निर्देशिका–२०७५ विपरित यहाँ प्लास्टिकका भाँडामा दूध बोक्ने तथा भण्डारण गर्ने गरेको पाइएको छ । नेपाल खाद्य, प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय धुलिखेलले जिल्लास्थित दुग्ध चिस्यान केन्द्र तथा दुग्ध सङ्कलन केन्द्रको पटक–पटक अनुगमन गरी सचेत गराए पनि जिल्लाका अधिकांश व्यवसायी तथा कृषकले समेत अझै प्लास्टिककै भाँडामा दूध ढुवानी गरिरहेको पाइएको हो । निर्देशिकाअनुसार प्लाष्टिकको भाँडामा दूध बोक्न तथा भण्डारण गर्न पाइने छैन भने बासी दूध पनि बिक्री गर्न पाइने छैन । तर डिभिजन कार्यालय धुलिखेलले दुग्ध चिस्यान केन्द्र तथा दूध सङ्कलन केन्द्रमा पटक पटक गरेको अनुगमनका क्रममा प्लास्टिकका भाँडामा दूध नबोक्न…

Read More

काठमाडौँ: थाकखोलाबाट झरेका थकाली प्राय आफ्नो परम्परागत पेशामा नै रमाउन चाहन्छन् । चिटिक्क परेका घर तथा साँस्कृतिक विविधता उनीहरुको परिचय हो । होटल व्यवसाय त्यसमा पनि स्वादिलो खाना खुवाउने भएकाले पनि सानो समुदाय भए पनि उनीहरुको आफ्नै शान र नाम पनि छ । भूपि शेरचनले देश विदेशमा चिनाएको मुस्ताङको थाकखोलालाई थकालीको पुस्तौनी थलोको रुपमा नै चिनिन्छ । होटल व्यवसायमा रमाउन नसक्ने लाहुर जान्छन् पैसा कमाउन । सामूहिक भावनाका कारण उनीहरुले विगत लामो समयदेखि ढुुकटी खेले र आर्थिक रुपमा सबैलाई सबल बनाउने लक्ष्यसमेत राखे । केहीले यसलाई अवैध पनि माने । ग्रामीण अर्थतन्त्रको विकासमा त्यसले महत्वपूर्ण योगदान दियो…

Read More

काठमाडौँ: तामाङ समुदायले नयाँ वर्षका रुपमा सोनाम ल्होछार २८५६ आज भव्यरुप मनाएको छ । हरेक वर्ष माघ शुक्लपक्ष प्रतिपदाका दिन नयाँ वर्षारम्भका रुपमा तामाङ जातिले यस पर्वलाई मनाउने गर्दछन् । यस पर्वले तामाङ समुदायको परम्परागत संस्कृतिको संरक्षण र सम्वद्र्धनमा योगदान पु¥याउँदै आएको छ । बाग्मती प्रदेशका १३ जिल्लामा तामाङ समुदायको बाहुल्यता रहेको पाइन्छ । यसैबीच मुलुकका विभिन्न जिल्लाबाट काठमाडाँै आएर विभिन्न पेशा व्यवसायमा संलग्न तामाङ समुदाय नयाँ वर्षका उपलक्ष्यमा टँुडिखेलमा आयोजित सांस्कृतिक महोत्सवमा सहभागी भएका छन् । सो अवसरमा आयोजित कार्यक्रममा तामाङ समुदायका युवा नेता एवं सांसद प्रेम तामाङ, तामाङ समुदायका अगुवा राजनीतिज्ञ कमानसिंह तामाङ, पर्शुराम तामाङलगायतले आफ्नो…

Read More

काठमाडौँ: नेपाली सेनाले भौतिक पूर्वाधार (बाटो र सुरुङ) निर्माणमा खपत हुने विस्फोटक पदार्थ इमल्शन मुलुकको माग धान्ने गरी अन्तर्राष्ट्रियस्तरको उत्पादन गर्न सक्षम रहेको दाबी गरेको छ । सेनाको उक्त दाबीप्रति अहिले नै विश्वस्त हुने अवस्था नरहेको जनाउँदै विकास आयोजना निर्माणमा संलग्न ठेकेदारले भने नयाँ प्लान्टबाट उत्पादित विस्फोटक पदार्थको गुणस्तरमा सुधार आए तापनि मूल्य र राष्ट्रिय माग धान्ने विषयमा शङ्का नहटेको प्रतिक्रिया दिएका छन् । मकवानपुरको मनहरी गाउँपालिका–६ स्थित सुनाचरी इमल्शन प्लान्टमा चीनबाट खरिद गरी ल्याएको नयाँ उपकरण जडानपछि सेनाले असरदार विस्फोटक पदार्थ उत्पादन गर्दै आएको छ । करिब ३५ करोडको लागतमा जडान गरिएको नयाँ प्लान्टबाट वार्षिक…

Read More

चितवन: नारायणगढमा आजदेखि सुरु हुनलागेको कोटिहोम महायज्ञ विवादित भएको भन्दै उपराष्ट्रपति नन्दकिशोर पुन सहभागी हुने कार्यक्रम रद्द गरिएको छ । महायज्ञको उद्घाटनका लागि उपराष्ट्रपति पुन शुक्रबार यहाँ आइपुग्नु भएको थियो । उपराष्ट्रपतिका प्रेस संयोजक मनोज घर्तीमगरले उपराष्ट्रपति सबैको साझा व्यक्ति भएका कारण निम्तोलाई स्विकार गरी कार्यक्रमका लागि यहाँ आए पनि पछि कार्यक्रम विवादित भएकाले सहभागी नहुने निर्णय गर्नुभएको जानकारी दिनुभयो । स्थानीय प्रशासनसँगको छलफलपछि विवादित कार्यक्रममा उपस्थित हुन उपयुक्त नहुने देखिएकाले उपराष्ट्रपति पुन काठमाडौँ फर्कन लाग्नुभएको मगरले जानकारी दिनुभयो । आजको एक राष्ट्रिय दैनिकमा कोटिहोमका संयोजक एवम् प्रमुख बाचक बालयोगेश्वर महाराज बताउने बिजय भण्डारी ठग भएको भन्दै समाचार…

Read More

सुर्खेत: गृहमन्त्री रामबहादुर थापाले मिलियन च्यालेन्ज कर्पोरेसन (एमसिसी)का केही प्रावधान परिमार्जन गरेर संसद्ले पारित गर्ने बताउनुभएको छ । आज यहाँ आयोजित पत्रकार भेटघाटका कार्यक्रममा उहाँले एमसिसी राष्ट्रिय हितमा हुनुपर्ने बहस चलिरहेको र सभामुखको घोषणा भएपश्चात् सदनमा प्रस्तुत हुने बताउनुभयो । एमसिसी सरकारले सदनबाटै पारित गर्नुपर्ने बाध्यता किन भन्ने विषयमा पत्रकारले राखेको प्रश्नको जवाफमा उहाँले अमेरिकी सिनेटले पारित गर्ने भएकाले नेपालको सदनबाट पारित गर्नुपर्ने उल्लेख गर्नुभयो । गृहमन्त्री थापाले शान्ति र स्थायित्व विना मुलुकमा विकास सम्भव नभएको बताउनुभयो । उहाँले सरकारले अपराधिक गतिविधि नियन्त्रणलाई प्राथमिकता राखेको जानकारी दिनुभयो । पछिल्लो समयमा निर्यात बढेको बताउनुभएका गृहमन्त्री थापाले…

Read More