Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- पुराना नेता र म मा यहि फरक छ: अरु कुर्सीमा बसेर फाइल समात्छन्, म फिल्डमै पुग्ने हो: सुदन गुरुङ
- त्रिशूली ३ ‘ए’को सुरुङको पावरहाउसमा उद्धार गर्न सेनाले थप्यो जनशक्ति
- भोटेकोशी बाढी पीडितका तस्वीर–भिडियो सार्वजनिक गर्दा संवेदनशील बन्न सञ्चारमन्त्रीको आग्रह
- पोखराको फेवातालमा कार खस्दा २ जना भारतीय नागरिकको मृत्यु
- उद्धार गरिएका साह भन्छन्: पावर हाउस भित्र ४०/४५ जना थियौं, सबैको ज्यान बचाउन लाग्दा म आफैभित्र परे
- त्रिशूली–३ ‘ए’ को परियोजनाभित्र फसेका दुईजनाको जीवितै उद्धार
- भोटेकोशी बाढीका मृतक परिवारलाई १० लाख राहत
- भोटेकोशी बाढीमा ज्यान गुमाएकाको सम्मानमा राष्ट्रिय शोक, भदौ २२ मा झण्डा आधा झुकाइने
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने हिरासतमुक्त हुने भएपछि समर्थकहरूमा खुशी छाएको छ । अदालत बाहिर रास्वपा कार्यकर्ताहरूले खुशी मनाउन थालेका छन् । आज आदेश आउने भएपछि दिउँसैदेखि रास्वपा नेता कार्यकर्ताको अदालत परिसरमा चहलपहल बढेको थियो । आदेश सुनाउन बेलामा अदालत बाहिर दर्जनौ संख्यामा नेता-कार्यकर्ताको उपस्थिति रहेको छ । पार्टी उपसभापति डिपी अर्याल, सांसद सोभिता गौतम, प्रवक्ता मनिष झा, हरि ढकाललगायतका नेता अदालत बाहिर छन् । अहिले नेता कार्यकर्ताले रवि लामिछानेको समर्थनमा नारावाजी गरिरहेका छन् । उनीहरूले रवि दाइ हाइ हाइ । यो जित कसको जनताको । रवि दाइ कस्तो जनताको जस्ता नारा लगाएका छन् ।
काठमाडौँ: कास्की जिल्ला अदालतले छविलाल जोशी बन्जाडेसँग ८८ लाख रुपैयाँ धरौटी माग गरेको छ। न्यायाधीश नितिज राईको इजलासले सूर्यदर्शन सहकारी ठगी प्रकरणमा डीआईजीसमेत रहेका जोशीलाई धरौटीमा रिहा गर्न आदेश भएको हो। जोशी रवि लामिछानेका व्यापारिक साझेदार हुन्। सहकारीको रकम गोर्खा मिडियामा लगेर संगठित रूपमा ठगी गरेको र गैरकानुनी सम्पत्ति शुद्धीकरण गरेको अभियोग उनीहरूविरूद्ध सम्पत्ति शुद्धीकरणको कसुरमा मुद्दा चलाइएको छ। छविलाई गत असोज ६ गते काठमाडौँबाट पक्राउ गरी पोखरा लगिएको थियो।
काठमाडौँ: कास्की जिल्ला अदालतले रवि लामिछानेसँग ६५ लाख धरौटी माग गरेको छ। सूर्यदर्शन सहकारी ठगी प्रकरणका अभियुक्त लामिछानेलाई कास्की जिल्ला अदालतका न्यायाधीश नीतिज राईको इजलासले धरौटीमा छाड्न आदेश दिएको हो । पूर्वगृहमन्त्रीसमेत रहेका लामिछानेले अब अदालतले तोकेको धरौटी बुझाएर रिहा हुनेछन् भने तारेखमा रहेर मुद्दाको पुर्पक्ष गर्नेछन् । पूर्वगृहमन्त्रीसमेत रहेका लामिछानेलगायत ६३ जनाविरुद्ध सरकारी वकिल कार्यालय कास्कीले एक अर्ब ५१ करोड बिगो माग दावीसहित ५ पुसमा थप र ७ पुसमा पुरक अभियोजनपत्र जिल्ला अदालतमा दर्ता गराएको थियो । लामिछानेविरुद्ध सहकारी ठगी, सम्पत्ति शुद्धीकरण र संगठित अपरोधको अभियोगमा मुद्दा दायर भएको छ । सोही मुद्दामा लामो बहसपछि आज थुनछेक आदेश आएको…
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफूमाथि गलत ढङ्गले मुद्दा लगाइएको भन्दै न्यायलयबाट स्वतन्त्र र निष्पक्ष आदेश हुनु पर्ने माग गरेका छन् । बिहीबार कास्की जिल्ला अदालतमा थुनछेक बहसको आदेश हुनु अघि प्रतिवादीलाई बोल्न न्यायाधीश नितिज राईले समय दिएका थिए । सो क्रममा ५ मिनेट समय पाएर बोलेका लामिछानेले आफूलाई सरकारले प्रतिशोधपूर्ण मुद्दा लगाएको भन्दे न्यायको माग गरे । ‘सरकारले प्रतिशोधपूर्ण मुद्दा लगायो, न्याय पाउँ श्रीमान्’ लामिछानेको भनाई उदृत गर्दै स्रोतले सिधाकुरासँग भन्यो । सहकारी पीडितको पक्षमा काम गर्दा गर्दै र सहकारी समस्या समाधानका लागि काम गरिरहेको अवस्थामा आफूमाथि अन्यायपूर्ण ढङ्गबाट मुद्दा दायर गरिएको लामिछानेले न्यायाधीश…
काठमाडाैँ । प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिका सभापति राजकिशोर यादव र नेमकिपा सांसद प्रेम सुवालबीच भनाभन भएको छ । बिहीबार सिंहदरबारमा बसेको समिति बैठकमा निर्णय सुनाउने क्रममा आफ्नो असहमतिलाई सभापतिले वेवास्ता गरेको भन्दै सांसद सुवालले प्रश्न उठाएपछि सभापति यादव आक्रोशित भएका थिए । सो क्रममा भनाभन भएको हो । सांसद सुवालले आफ्नो असहमति राख्दै गर्दा सभापति यादवले अमर्यादित ढंगले नौटंकी गर्ने भन्दै सुवाललाई हप्काएका थिए । ‘औँला तल राख्नुस, नौंटंकी गर्ने ?’ सुवालले समितिका सभापति निरंशुक ढंगले चल्न नहुने बताइरहदा सभापति यादवले भने निरंशुक बन्ने भन्दै जवाफ फर्काएका थिए । ‘तपाईँ निरकुश नहुनुस्, यो राणा शासन होइन, तपाईं…
काठमाडौँ: ठगी आरोप लागेका संसद्को सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलका पूर्वस्वकीय सचिव अनिलकुमार पोखरेललाई प्रहरीले पक्राउ गरेको छ। मोरङ जिल्ला प्रहरी कार्यालयका प्रमुख, एसपी नारायण चिमोरियाका अनुसार आरोपित पोखरेललाई आज (बिहीबार) बिहान विराटनगरबाट प्रहरीले नियन्त्रणमा लिएको हो। अनिलले एमबीबीएसमा छोरीको नाम निकालिदिने भनी सप्तरीको अग्नीसाईर कृष्णासवरन गाउँपालिका-५ बकधुवाका बौवालाल चौधरीसँग ३८ लाख ८० हजार रुपैयाँ ठगेको आरोप छ। सो प्रकरणमा सोमबार मोरङ जिल्ला अदालतले उनलाई पक्राउ गरी अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको थियो। सो मुद्दामा पक्राउ पुर्जी जारी भएपछि लेखा समितिका सभापति ऋषिकेशले यही पुस १९ गते अनिललाई आफ्नो स्वकीय सचिवबाट निष्कासन गरेका थिए। पक्राउ परेका अनिललाई आजै अदालत…
एजेन्सी: एथलेटिको क्लबलाई हराउँदै बार्सिलोना स्पेनिस सुपर कपको फाइनलमा पुगेको छ। बुधबार राति किङ अब्दुल्लाह स्पोर्ट्स सिटी स्टेडियममा भएको सेमिफाइनलमा एथलेटिको क्लबलाई २–० गोलअन्तरले हराउँदै फाइनलमा पुगेको हो। बार्सिलोनाको जितमा गाभी र लामिन यामालले समान एक गोल गरे। खेलको १७औँ मिनेटमा गाभीको गोलमा बार्सिलोनाले सुरुवाती अग्रता बनाएको थियो। खेलको ५२औँ मिनेटमा यामालको गोलमा बार्साले अग्रता दोब्बर पार्यो। स्पेनिस सुपर कपको दोस्रो सेमिफाइनलमा रियल मड्रिड र रियल मार्लोका भिड्नेछन्।सुपर कपको फाइनल खेल आइतबार हुनेछ।
काठमाडौँ:मेडिकल व्यवसायी दुर्गा प्रसाईंविरुद्ध थप दुई वटा कसुरमा मुद्दा दर्ता भएको छ। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को अनुसन्धानपछि सरकारी वकिल कार्यालयले उनीविरुद्ध अपराधिक लाभ र संगठित अपराधको कसुरमा जिल्ला अदालत काठमाडौँमा मुद्दा दायर गरेको हो। यसअघि प्रसाईंविरुद्ध साइबर क्राइमको आरोपमा पनि मुद्दा दायर भएको थियो। उक्त कसुरमा ४० हजार रुपैयाँ धरौटीमा रिहा भएका प्रसाईंविरुद्ध लगतै अर्को मुद्दा अदालत पुगेको हो। प्रसाईसहित पाँचथर घर भई झापाको मेचिनगर १३ चारआली बस्ने ३६ वर्षीय नविन प्रधान भन्ने हरिचन्द्र फुयाल र तेह्रथुमको आठराई ६ घर भई झापाको बिर्तामोड बस्ने ४२ वर्षीय रामचन्द्र मैनालीलाई प्रतिवादी बनाइएको छ। यी मध्ये फुयाल हिरासतमा छन्। प्रसाई सर्वोच्चको…
काठमाडौँ: पोखराको सूर्यदर्शन सहकारीको बचत रकम अपचलन मुद्दाका आरोपी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति एवं पूर्वउपप्रधान तथा गृहमन्त्री रवि लामिछानेसहितका प्रतिवादी र जाहेरवाला सहकारीपीडित पक्षका कानुन व्यवसायीको जवाफी बहस सकिएको छ । आज सरकारी वकिलले जवाफी बहस गर्ने कास्की जिल्ला अदालतका स्रेस्तेदार राजन खनालले जानकारी दिए । न्यायाधीश नीतिज राईको इजलासमा यही पुस १६ गतेदेखि उक्त मुद्दाका सात जना प्रतिवादीहरुको थुनछेक बहस जारी छ । प्रतिवादीहरुका तर्फबाट कानुनी व्यवसायीहरुको बहस सकिएपछि जवाफी बहस सुरु भएको अदालतले जनाएको छ । लामिछानेसहित उक्त सहकारीको रकम अपचलन मुद्दामा जोडिएका पूर्वडिआइजी छविलाल जोशी, लीला पछाईँ, कृष्णबहादुर गुरुङ, रामबहादुर खनाललगायतमाथि थुनछेक बहस भइरहेको हो ।…
बुटवल । पूर्व-पश्चिम राजमार्ग अन्तर्गत पश्चिम नवलपरासीको दाउन्नेमा फेरि सवारी साधन आवागमन अवरुद्ध भएको छ । मंलबार रातिदेखि अवरुद्ध सडक सोही दिन दिउँसो केही समय एकतर्फी रुपमा सञ्चालन भए पनि गएरातिदेखि फेरि अवरुद्ध भएको हो । शीतलहरका कारण सडक चिप्लो भएपछि मंगलबार रातिदेखि सवारी साधन आवागमनमा समस्या भएको छ । शीतलहरले कच्ची सडक हिलाम्य भएर दुर्घटनाको जोखिम बढेपछि पूर्णरुपमा सवारी आवागमन अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीले जनाएको छ । बिहान दुवैतर्फ सवारी साधनको लामो लाइन छ । रातभरको जामका कारण यात्रुले सास्ती भोग्न बाध्य भएका छन् । कतिपय यात्रुहरु भने रातभर हिंडेर दाउन्ने खण्ड पार गरेका छन् ।…