Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले लगानीका लागि अझै केही कानुनहरू संशोधन गर्न जरुरी रहेको बताउनुभयो ।बिहीबार काठमाडौंमा आयोजित ‘प्लाष्ट नेपाल २०२४’को समुदघाटन कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले गत वैशाखमा लगानी सम्मेलनको समयमा एकैपटक अध्यादेशमार्फत् कानुन संशोधन भए पनि तिनको नियमावली र कार्यविधि तयार नभएकाले कार्यान्वयन हुन नसकेको गुनासो गर्नुभयो । उहाँले हाल निजी क्षेत्रका अन्त:शुल्क, उत्पादित सामग्री खेर जाने र मूल्यलगायतका समस्याहरू रहेकाले यसको व्यावहारिक निर्णय गरेर समयमै सम्बोधन गर्नुपर्ने धारणा राख्नुभयो। उहाँले भन्नुभयो, ‘सरकार र निजी क्षेत्रको सक्रियतामा लागनी सम्मेलन सम्पन्न भयो । कानुनहरू संशोधन भए । तर तिनको नियमावली र कार्यविधि तयार नभएको अवस्था छ।…

Read More

काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा चीन प्रस्थान गरेकी छिन् । चिनियाँ विदेशमन्त्री वाङ यीको मैत्रीपूर्ण निमन्त्रणामा चीनको औपचारिक भ्रमणका लागि उनी आज मध्यान्ह त्यसतर्फ प्रस्थान गरेकी हुन् । परराष्ट्रमन्त्री नियुक्त भएपछि राणाको यो पहिलो चीन भ्रमण हो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्र मन्त्रालयका कायममुकायम सचिव अमृतबहादुर राई र मन्त्रालयका अधिकारीहरूले उनलाई बिदाइ गरेका छन् । भ्रमणका क्रममा मन्त्री डा. राणाले चिनियाँ विदेशमन्त्री वाङ यीसँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ ।सो भेटवार्ता शुक्रबार चीनको सिचुआन प्रान्तस्थित छेन्दु शहरमा हुनेछ । चीनको औपचारिक भ्रमणका साथै प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न भ्रमणको तयारीस्वरुप उनी चीन गएकी हुन् । प्रधानमन्त्री…

Read More

काठमाडौं । नेपाल विद्युत् प्राधिकरण सञ्चालक समितिले उद्योगहरूको बिजुली नकाट्ने निर्णय गरेको छ । विद्युत् नियमन आयोगले उद्योगहरूको लाइन नकाटी बक्यौता असुली गर्ने नेपाल विद्युत् प्राधिकरणलाई निर्देशन दिइसकेको अवस्थामा बोर्डले यस्तो निर्णय गरेको हो । बोर्डले गरेको उक्त निर्णय प्रति भने दुई सञ्चालक कपिल आचार्य र भक्तबहादुर पुनले फरक मत राखेको स्रोतले बतायो । विद्युत् नियमन आयोगले मंगलवार डेडिकेटेड विवादमा बक्यौता असुली गर्न तर लाइन नकाट्न नेपाल विद्युत प्राधिकरणलाई निर्देशन दिएको थियो । यसअघि मन्त्रिपरिषद् बैठकले टीओडी मिटरसमेतका आधारमा पुनः गणना गरी १५ दिनभित्र बक्यौता उठाउन र उद्योगहरूमा काटिएको लाइन जोडिदिने निर्णय २५ कात्तिकमा गरेको थियो । त्यस आधारमा प्राधिकरणले…

Read More

काठमाडौ: कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले दुग्ध विकास सस्थान (डिडिसी) लाई प्रभावकारी बनाई ऋणवाट मुक्त गराउन आफुले सक्दो प्रयास गरीरहेको वताउनु भएको छ । आज सिहंदरवार स्थीत मन्त्रालयमा राष्ट्रीय किसान संजालको ज्ञापनपत्र बुझ्दै मन्त्री अधिकारीले डिडिसीको उत्पादनको खपत बढाउन ब्यक्तिगत तबरबाट समेत आफुले विभिन्न प्रयास गरिरहेको भन्दै यस्को नतिजा चाडै देखिने उल्लेख गर्नुभयो । बिगत देखिनै डिडिसीमा बेथिति रहेको र यसलाई अन्तय गर्न केही समय लाग्ने र यसका लागि आफ्नो पहल जारी रहेको मन्त्री अधिकारले उल्लेख गर्नुभयो । यो समयमा डिडिसीले दूध खरिदमा बिगत देखीनै कोटा निर्धारण गर्ने गरेको जानकारी आफुलाई आएको भएपनि किसानलाई निरास पार्न नहुनेमा मन्त्रालयको जोड…

Read More

काठमाडौँ । फरार प्रतिवादी खोज्दा नेपाल प्रहरीका बहालवाल इन्स्पेक्टर फेला परेका छन् । स्वयम्भू वृतमा कार्यरत प्रहरी निरीक्षक धर्मेन्द्र अकौलिया फरार सूचीमा रहेको भेटिएपछि उनलाई प्रहरीले पक्राउ गरेर अदालतमा बुझाएको छ । सहकारीसम्बन्धी मुद्दामा फरार रहेको भेटिएपछि अकौलियालाई निलम्बन गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी नवराज अधिकारीले रातोपाटीलाई बताए । प्रहरीले उनलाई अदालतमा उपस्थित गराएको छ । कसुरमा प्रहरी वृत्त स्वयम्भूमा २०८० भदौमा जाहेरी दर्ता भएको थियो । अनुसन्धान सकेर प्रहरले २०८१ साउनमा अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालयमा बुझायो । मुद्दा अदालतमा पेस भएर सुनुवाइको प्रक्रियामा छ । सहकारीको सञ्चालक समिति सदस्य समेत रहेका अकौलिया २०८१ भदौ २७ मा सरुवा…

Read More

काठमाडौँ: नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा मंसिर १५ गतेदेखि सुरु हुन लागेको पहिलो संस्करणको सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) मा उत्कृष्ट प्रदर्शन गर्ने नेपाली खेलाडीलाई शारडा समूहले ब्रान्ड न्यू कार प्रदान गर्ने भएको छ। यस संस्करणमा ‘प्लेयर अफ द सिरिज’ घोषित हुने नेपाली खेलाडीले यो विशेष सम्मान पाउनेछन्। एनपीएलको व्यावसायिक अधिकार व्यवस्थापन गरिरहेको ब्रान्ड डिजिटल लजिक प्रा.लि. र क्यानको संयुक्त पहलमा यो सम्झौता गरिएको हो। सम्झौतापत्रमा ब्रान्ड डिजिटल लजिक प्रा. लि. का प्रमुख कार्यकारी रोशन निरौला र शारडा समूह अन्तर्गतको एसपीजी अटोमोबाइल्सका निर्देशक गौरव शारडाले हस्ताक्षर गरेका छन्। एसपीजी अटोमोबाइल्सका निर्देशक गौरव शारडाले यो सहकार्यले नेपालमा क्रिकेटको प्रवर्द्धन…

Read More

काठमाडौं । विद्युत् नियमन आयोगले डेडिकेटेड एवम् ट्रंक लाइन विवादमा मन्त्रिपरिषद्ले गरेको निर्णयअनुरूप बक्यौता असुली गर्न नेपाल विद्युत प्राधिकरणलाई निर्देशन दिएको छ । उद्योगहरूको लाइन काट्दा सरकारको राजस्वमा समेत असर पर्ने हुनाले उसले लाइन नकाट्न समेत भनेको छ । यसअघि मन्त्रिपरिषद् बैठकले टीओडी मिटरसमेतका आधारमा पुनः गणना गरी १५ दिनभित्र बक्यौता उठाउन र उद्योगहरूमा काटिएको लाइन जोडिदिने निर्णय २५ कात्तिकमा गरेको थियो । लाल आयोगको सिफारिस तथा मन्त्रीपरिषद्को निर्णयका आधारमा डेडिकेटेड र ट्रंक लाइनसम्बन्धी बिलहरूको छानबिन गर्न ऊर्जा मन्त्रालयले प्राविधिक समिति गठन गरेको हुनाले बक्यौता उठाउने कुरामा कुनै सम्झौता नगरी अन्य सबै प्रक्रिया यथास्थितिमा राख्ने निर्णय भएको छ,’ नियमन आयोगका…

Read More

काठमाडौँ:नेपाल धितोपत्र बोर्डका नवनियुक्त अध्यक्ष सन्तोषनारायण श्रेष्ठले पद तथा गोपनीयताको शपथ लिएका छन्। अर्थ मन्त्रालयमा मंगलबार साँझ अध्यक्ष श्रेष्ठले अर्थमन्त्री विष्णु पौडेलसँग शपथग्रहण गरेका हुन्। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले उनलाई धितोपत्र बोर्डको अध्यक्ष बनाउने निर्णय गरेको थियो। पूर्वअध्यक्ष रमेश हमालले गत वर्ष पुस २० मा कार्यकाल पूरा गरेपछि अध्यक्ष पद लामो समय रिक्त थियो। शपथ लिँदै अध्यक्ष श्रेष्ठले आफूलाई तोकिएको काम आफ्नो ज्ञान र विवेकले बुझेसम्म इमान र कर्तव्य सम्झी बफादार भएर पूरा गर्ने बताए।

Read More

काठमाडौँ : नेपाल राष्ट्र बैंकले कर्णाली डेभलपमेन्ट बैंकलाई निक्षेप संकलन र कर्जा प्रवाहमा रोक लगाएको छ । केन्द्रिय बैंकले उक्त बैंक समस्यामा देखिएपछि निक्षेप लिन र कर्जा दिन रोक लगाएको हो । केन्द्रिय बैंकले निरीक्षण गर्दा तोकिए बमोजिमको पूँजीकोष अनुपात कायम नहुने भन्दै निक्षेप लिन र कर्जा दिन रोक लगाएको बताइएको छ । राष्ट्र बैंकको वित्तीय संस्था सुपरिवेक्षण विभागका अनुसार नेपालगञ्ज बाँकेमा केन्द्रीय कार्यालय रहेको कर्णाली डेभलपमेन्ट बैंकले तोके बमोजिमको न्यूनतम पुँजीकोष अनुपात कायम नगरेको तथा निष्कृय कर्जा (एनपीएल) अनुपात ४०.८५ प्रतिशत कायम रहेकाले कारवाही गरिएको जनाएको छ । निक्षेपकर्ता र सर्वसाधारणको हित संरक्षण गर्ने अभिप्रायले सो संस्थालाई आजैका मितिबाट…

Read More

काठमाडौं: नेपाली बजारमा मंगलबार पनि सुनको मूल्य घटेको छ । अघिल्लो दिन प्रतितोला १५ हजार ९ सय रुपैयाँले घटेको सुनको मूल्य आज पनि घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला २ हजार ६ सय रुपैयाँले घटेको छ । यससँगै आज सुनको मूल्य प्रतितोला १ लाख ४८ हजार ७ सय रुपैयाँ कायम भएको छ । अघिल्लो दिन सुनको मूल्य प्रतितोला १ लाख ५१ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । चाँदीको मूल्य २५ रुपैयाँले घट्दै प्रतितोला १ हजार ८२० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको…

Read More