Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- यो कार्कीमाथिको कारवाही होइन जिम्मेवारी हेरफेर मात्रै हो: मन्त्री पोखरेल
- अन्तत: कार्कीलाई हटाएर केसी प्रहरीको महानिरीक्षक नियुक्त
- पहिलो पटक ‘कुकुर तिहार’ रिल प्रतियोगिता
- राष्ट्रिय गौरवका सिँचाइ आयोजनाबाट नयाँ खेतमा पानी
- बैंककमा ऊर्जामन्त्री श्रेष्ठको सम्बोधन: ‘हाम्रा हिमाल जोगाउन विश्वले सहकार्य गरोस्’
- लुम्बिनी केबलकारमा भारतीय पर्यटक २४ प्रतिशतले बढे : पाँचतारे होटेल र क्यासिनो निर्माण अन्तिम चरणमा
- कात्तिक १५ देखि नागढुंगा सुरुङमार्ग प्रयोगमा टोल शुल्क लाग्ने
- मोरङको केरौन १३२ केभी सबस्टेसन निर्माण सम्पन्न, विद्युत् आपूर्ति भरपर्दो हुने, चुहावट घट्ने
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
काठमाडौँ: काठमाडौँ महानगरपालिकाले सम्पदा क्षेत्र र मानिसको अत्यधिक भीड हुने स्थानलाई पहिलो प्राथमिकतामा राखेर सार्वजनिक शौचालय निर्माण गर्ने तयारी गरेको छ । नयाँ शौचालय निर्माणसँगै सञ्चालनमा रहेका सार्वजनिक शौचालयको गुणस्तर सुधार गर्नुपर्ने, पहुँच बढाउनुपर्ने, पेट्रोल पम्पलगायत सार्वजनिक सेवा प्रदायक निकाय र होटल, रेष्टुराँलगायत निजी तथा व्यावसायिक स्थान सञ्चालन भइरहेका शौचालयलाई स्तरोन्नति गरिने कामपाको उपप्रमुख हरिप्रभा खड्गी (श्रेष्ठ) ले जानकारी दिनुभयो । शुक्रबार बसेको नगर कार्यपालिकाको बैठकले सामाजिक उत्तरदायित्वअन्तर्गत सार्वजनिक शौचालय निर्माणको काम अघि बढाउन उपप्रमुख श्रेष्ठलाई जिम्मेवारी दिएको थियो । चालु आर्थिक वर्षमा कामपाले सार्वजनिक शौचालय निर्माणका लागि रु तीन करोड विनियोजन गरेको छ । पछिल्लो समय कामपाले शहरी योजना…
उल्लान्बातार: कुनै पनि चिनियाँ नागरिक तथा अन्य देशका नागरिकलाई चीनबाट आफ्नो देशमा आउन मङ्गोलियाले प्रतिबन्ध लगाएको छ । मङ्गोलियाले चीन हुँदै विमान, रेल वा सडक यातायात मार्फत् आफ्नो देशमा भित्रिन नपाइने व्यवस्था गरिएको शुक्रबार घोषणा गरेको छ । विनाशकारी कोरोना भाइरसका कारण चीनमा धेरै जनाको मृत्यु भइसकेको र संसार भरी नै पैmलिँदै गएकाले उच्च सतर्कता अन्तर्गत उनीहरूलाई प्रतिबन्ध लगाइएको अधिकारीले जनाएका छन् । सो प्रतिबन्ध अहिलेलाई शनिबार अर्थात् फेब्रुअरी १ देखि मार्च २ सम्मका लागि निर्धारण गरिएको पनि समाचारमा जनाइएको छ । सरकारले जारी गरेको वक्तव्यका अनुसार आगामी फेब्रुअरी ६ सम्म चिनियाँ नागरिकलाई स्वदेश फर्किन भने सामान्य रुट नै प्रयोग…
काठमाडौँ: कोरोना भाइरसको सङ्क्रमण रोकथामका लागि सरकारले तीनवटा समिति गठन गरेको छ । विश्वमा कोरोना भाइरसको सङ्क्रमण झन् बढ्दै गएपछि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले रोकथामका लागि तीनवटा समिति गठन गरेको मन्त्रालयले जनाएको छ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालको अध्यक्षतामा उच्चस्तरीय अनुगमन समिति, स्वास्थ्य सचिव खगराज बरालको अध्यक्षतामा निर्देशक समिति र गुणस्तर मापन तथा नियमन महाशाखा प्रमुख डा दीपेन्द्ररमण श्रेष्ठको अध्यक्षतामा स्वास्थ्य प्राविधिक समिति गठन भएको हो । सदस्यहरूमा सबै मन्त्रालयका सचिव तथा महाशाखा प्रमुख हुनेछन् । समितिमा मन्त्रालयका तीनै विभागका महानिर्देशक, सबै महाशाखाका निर्देशक, टेकु अस्पतालका निर्देशक, स्वास्थ्यअन्तर्गतका सबै परिषद्का अध्यक्षहरु पदेन सदस्य तोकिएको छ । उच्चस्तरीय अनुगमन समितिले…
काठमाडौँ: नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले ललिता निवास जग्गा हिनामिना छानबिन प्रतिवेदन प्रहरी प्रधान कार्यालय हुँदै गृह मन्त्रालयलाई बुझाएको छ । ब्यूरोले काठमाडौँ महानगरपालिका–४ बालुवाटारस्थित ललिता निवास आसपासमा रहेको सरकारी जग्गा हिनामिना छानबिन गरी गृह मन्त्रालयलाई प्रतिवेदन बुझाएको हो । बालुवाटारको ललिता निवासको ११४ रोपनी जग्गा हिनामिना प्रकरणमा प्रहरीले पूर्वमुख्य सचिव एवं हाल चीनका लागि नेपाली राजदूत लीलामणि पौडेलसहित ४० जनाभन्दा बढीलाई कारवाही गर्न सिफारिस गरेको छ । ब्यूरोका प्रवक्ता, प्रहरी उपरीक्षक बेलबहादुर पाण्डेले २०७५ फागुन २८ को मन्त्रिपरिषद्को बैठकको निर्णयानुसार अनुसन्धान कार्य सिआइबीलाई दिएकाले सिआइबीले अनुसन्धान गरेर प्रतिवेदन मन्त्रालयमा बुझाएको जानकारी दिए । सरकारी जग्गा व्यक्तिले हिनामिना गरेको…
काठमाडौँ: राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाईन्स) ले कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषलाई जहाज खरिद गर्दा लिएको ऋणको पुस मसान्तमा भुक्तानी गर्नुपर्ने किस्ता रकम भुक्तानी गरेको छ । निगमले वाइडबडी र न्यारोबडी जहाजको किस्ताबापतको रु एक अर्ब एक करोड ४१ लाख ३९३ भुक्तानी गरेको आज विज्ञप्तिमार्फत जनाएको छ । निगमले दुई वाइडबडी जहाजको किस्ता रकमबापत रु ६६ करोड ५५ लाख ९९ हजार ७७० र न्यारोबडीको रु ३४ करोड ८५ लाख ६४ हजार ६२३ रकम भुक्तानी गरेको हो । निगमले जहाज खरिद गर्दा लिएको ऋणको हरेक तीन÷तीन महिनामा किस्ता भुक्तानी गर्नुपर्ने दायित्व रहेको छ । निगमले दुई वाइडबडी…
काठमाडौँ : यातायात व्यवस्था विभागले हालका लागि सवारी चालक अनुमतिपत्रका लागि अनलाइन फारम बन्द गरिएको जनाएको छ । अनुमति पत्रसम्बन्धी अनलाइन प्रणाली परिमार्जन गर्न लागिएकाले सेवा हालका लागि सञ्चालन नभएको विभागले सूचना जारी गर्दै जनाएको छ । विभागले उक्त प्रणालीमा देखिएको समस्या यथाशीघ्र समाधान गरेर सञ्चालनमा ल्याइने जनाएको छ । विभागले गत वर्षदेखि नै देशभरका सेवाग्राहीले अनलाइन भरेका आवेदनबाट फारम बुझेर अनुमतिपत्रका लागि लिखित र प्रयोगात्मक परीक्षा लिने गरेको छ ।
काठमाडौँ : आगामी असोज २१ देखि २४ गतेसम्म नेपालमै पहिलोपटक ‘अन्तर्राष्ट्रिय मेयर सम्मेलन २०२०’ आयोजना हुने भएको छ । उपत्यका नगरपालिका फोरमले आज यहाँ पत्रकार सम्मेलनको आयोजना गरी सम्मेलनबारे जानकारी गराएको हो । कार्यक्रममा महानगरका प्रमुख एवं उपत्यका नगरपालिका फोरमका अध्यक्ष विद्यासुन्दर शाक्यले ‘डब्लुडब्लुडब्लु डट आइएमसी–२०२० डट ओआरजी डट एनपी’ वेबसाइट पनि सार्वजनिक गर्नुभएको थियो । साइटमा सम्मेलनका सूचना तथा जानकारीसँगै काठमाडौँ उपत्यकाका १८ वटै नगरका विवरण राखिनेछन् । कार्यक्रममा प्रमुख शाक्यले कार्यक्रममा विश्वका विभिन्न देशका नगरप्रमुख, नीतिनिर्माता र योजनाविद्का बीचमा शहरहरुको दिगो रुपान्तरणका दिशामा प्राप्त उपलब्धि र अनुभवको आदानप्रदान बताउनुभयो । शहरीकरण सम्पदा संरक्षणसित प्रत्यक्ष सरोकार राख्ने पर्यावरणीय मुद्दामा…
काठमाडौँ: काठमाडौँको नागार्जुन नगरपालिका-१ स्थित रानीबन टोलमा आमाछोरी चढेको स्कुटरलाई स्कूल बसले ठक्कर दिंदै आमाको घटनास्थलमै मृत्यु भएको छ भने उनकी छोरी शख्त घाइते भएकी छिन। करिव ५ बजे भएको उक्त दुर्घटनामा मृत्यु हुनेमा अन्दाजी ४१ वर्षिया लिला कुमारी घले रहेको प्रहरीले जनाएको छ घटनामा उनकै छोरी प्रनिला लामा घाइते भएकी छिन्। स्थानीय एक प्रतक्षदर्शीका अनुसार स्कूल बसले स्कुटरलाई अगाडीबाट सिधै ठक्कर दिएर स्कुटर र मृतकलाई केहि परसम्म घिसार्दै लागेको बताए। घाइते लामाको उपचार अहिले मनमोहन अस्पतालमा भैरेहेको स्वोयाम्भु प्रहरी वृतका प्रमुख तथा प्रहरी नायव उपरीक्षक लालधोज सुबेदीले जानकारी दिए । उक्त बा १ ख ६६४५ नम्बरको बस बिधार्थी…
काभ्रेपलाञ्चोक: पाँचखाल नगरपालिका–८ खटार पाँडुलास्थित उपकार इँटा उद्योगका एक मजदूर आज बिहान मृत अवस्थामा फेला परेका छन् । भारतको दरभङ्गा निवासी ४८ वर्षीय भोली सदाय बिहान ८ बजे मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय धुलिखेलका प्रहरी निरीक्षक गोविन्द अधिकारीले जानकारी दिनुभयो । अधिकारीका अनुसार सदायलगायत उद्योगका चार जना मजदूरसँगै सुतेको र तीन जना बिहान सबेरै काममा निस्किएका थिए । बिहान ७ बजे काममा आउनुपर्ने काममा नआएपछि उनका साथीले हेर्न जाँदा सदाय मृत अवस्थामा देखिएका थिए । सदायको सुतिरहेको अवस्थामा राति नै मृत्यु भएको हुनसक्ने प्रारम्भिक अनुसन्धानबाट खुलेको अधिकारीले बताउनुभयो । मृतक सदायको दरभङ्गामा रहेको परिवारलाई घटनाबारे जानकारी गराइएको प्रनि…
काठमाडौँ: प्रतिनिधिसभाको आजको बैठकमा आठ आयोगका वार्षिक प्रतिवेदन पेश भएका छन् । प्रधानमन्त्रीका तर्फबाट कानून न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले ‘न्याय परिषद् र न्याय सेवा आयोग, राष्ट्रिय मानव अधिकार आयोग र थारु आयोगको आर्थिक वर्ष २०७५÷०७६ को वार्षिक प्रतिवेदन’ पेश गर्नुभएको छ । यस्तै उहाँले सभामा ‘लोकसेवा आयोगको ६० औँ वार्षिक प्रतिवेदन, राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग, राष्ट्रिय समावेशी आयोग, मधेशी आयोग र मुस्लिम आयोगको आव २०७५÷०७६ प्रथम वार्षिक प्रतिवेदन’ पनि पेश गर्नुभयो ।
