Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

डोटी: हिमपातसँगै परेको असिना पानीका कारण यहाँका किसानले लगाएको तोरी तथा तरकारी खेतीमा क्षति पु¥याएको छ । जिल्लाको आदर्श, सायल, पूर्वीचौकी, जोरायल गाउँपालिका, शिखर नगरपालिका तथा दिपायल सिलगढी नगरपालिका विभिन्न वडामा शनिबार दिउँसो परेको असिनाका कारण फुलेर कोसा लाग्ने अवस्थामा रहेको तरकारीमा निकै क्षति पु¥याएको सायल गाउँपालिकाका वासिन्दा सिद्धराज जोशीले बताए । उनले भने, “हिमपतासँगै एकाएक बाक्लो असिना परेका कारण तोरी र तरकारी खेतीमा निकै ठूलो नोक्सानी गरेको छ, किसानलाई समस्या भयो ।” असिनाले जिल्लाभरिमा २० देखि ३० प्रतिशत तोरीबारी तथा तरकारी खेतीमा नोक्सान भएको कृषि ज्ञान केन्द्र डोटीले जनाएको छ । शनिबार मौसममा एकाएक आएको परिवर्तनका कारण डोटीलगायत यहाँका…

Read More

काठमाडौं : प्रत्येक वर्ष फ्रेब्रुअरी २ का दिन मनाइने विश्व सिमसार दिवस आज नेपालमा पनि ‘सिमसार र जैविक विविधता’ भन्ने नाराका साथ विभिन्न कार्यक्रम गरी मनाइँदैछ । यस वर्षको सिमसार दिवस वन तथा वातावरण मन्त्रालय, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग र शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जको संयुक्तरुपमा शिवपुरीको धापमा विभिन्न कार्यक्रम गरी मनाइँदैछ । शिवपुरीको धाप महत्वपूर्ण सिमसार क्षेत्र हो । सो क्षेत्रमा विद्यार्थी, स्थानीय समुदाय र सरकारी निकायका अधिकारीको सहभागितामा सरसफाइ, सिमसार संरक्षणका लागि जनचेतनालगायत कार्यक्रम गर्न लागेको विभागका उपमहानिर्देशक रामचन्द्र कँडेलले जानकारी दिए । सिमसार भन्नाले पानीको मुहानलगायत दलदल एवं पानी जमेको क्षेत्रलाई जनाउँछ । सिमसार जैविक विविधताको…

Read More

काभ्रेपलाञ्चोक: पाँचखाल नगरपालिकाले आर्थिक वर्षको छ महिनामा आधा योजना पनि सम्झौता गर्न सकेको छैन । नगरका विभिन्न कार्यपालिका बैठकबाट निर्णय भएका ३०१ विकासे योजनामध्ये आवको आधा वर्षमा १२५ योजना मात्रै सम्झौता हुन सकेका हुन् । आर्थिक वर्षको छ महिनामा करिब ५० प्रतिशत योजना सम्झौता हुनुपर्नेमा हाल करिब ४२ प्रतिशत मात्रै योजना सम्झौता भएको पाइएको छ । हालसम्म सम्झौता भएका योजनामध्ये ४१ योजना अर्थात् करिब १३ प्रतिशत योजनाको मात्रै भुक्तानी गरिएको नगरसभामा सार्वजनिक अर्धवार्षिक प्रगति विवरणमा उल्लेख गरिएको छ । सम्झौता प्रक्रियाको यही अभ्यास हुँदै जाने हो भने चालू आवमा सो नगरको योजना सम्पन्न हुनेमा आशङ्का पैदा हुन थालेको छ ।…

Read More

काठमाडौँ: राष्ट्रियसभाको आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले प्रस्तुत गरेको ‘अख्तियार दुरुपयोग अनुसन्धान आयोग (तेस्रो संशोधन) विधेयक, २०७६ माथि विचार गरियोस्’ भन्ने प्रस्तावमा सैद्धान्तिक छलफल भएको छ । छलफलमा भाग लिँदै सांसद प्रकाश पन्थले सार्वजनिक पदमा रहेका व्यक्तिले सम्पत्ति विवरण बुुझाउन नपर्ने व्यवस्था गरेकामा उचित नभएको बताए । सांसद वृषेशचन्द्र लालले अनुचित कार्यलाई प्रोत्साहन गर्ने गरी प्रावधान ल्याइएको जनाउँदै आयोगको पारदर्शीताबारे विधेयकले बोल्नुपर्ने जनाए । सांसद प्रमिला कुमारी र जीतेन्द्रनारायण देवले भ्रष्टाचारमुक्त मुलुक बनाउने हो भने आयोगलाई नै कसरी भ्रष्टाचार मुक्त बनाउनुपर्ने बताए । तर सांसद ठगेन्द्र प्रकाश पुरीले वियधेक समय सान्दर्भिक भएको उल्लेख…

Read More

काठमाडौं: नेपाल प्रहरीका एक जना भगौडा हवल्दार समूह नै बनाएर चोरीमा सक्रिय रहेको पाइएको छ । महानगरीय अपराध अनुसन्धान महाशाखा, टेकुले पूर्वहवल्दार दोलखाका ३० वर्षीय रवि कार्कीलाई चोरी आरोपमा पक्राउ गरेसँगै उनको विभिन्न अपराधिक घटनामा संलग्नता खुलेको हो । महाशाखाका प्रमुख एसएसपी सहकुलबहादुर थापा भन्छन्, ‘कार्कीसहित भंगालका १९ वर्षीय राजन खनाल र काभ्रेका २० वर्षीय उपेन्द्र खरेल मिलेर चोरीको ग्याङ नै चलाइरहेका थिए ।’ कार्की प्रहरी सेवा छाडेर भागेका थिए । थापाका अनुसार यो समूह दिउँसोमै कार लिएर चोरी गर्न हिँड्ने गरेको थियो । पछिल्लो पटक भत्केको पुलमा रहेको बालकुमार थपलियाको घरमा डेरा गरी बस्ने विष्णु कार्कीको कोठामा चोरी गरेपछि…

Read More

काठमाडौं : नेकपा केन्द्रीय कमिटी बैठकमा नेताहरुको प्रश्नको जवाफ तयारीमा दुई अध्यक्ष जुटेका छन । बैठकमा उठेका प्रश्नहरुको जवाफ दिने बारे साझा धारणा बनाउन अध्यक्ष प्रचण्ड अर्का अध्यक्ष एवं प्रधानमन्त्री ओलीसँग छलफल गर्न बालुवाटार पुगेका छन् । बैठकमा नेताहरुले उठाएका एमसीसी लगायतका विषयमा साझा धारणा बनाउनका लागि भन्दै उनी बालुवाटार पुगेका हुन् । अध्यक्षले जवाफ दिएसँगै आजै केन्द्रीय कमिटी बैठक समापन गर्ने तयारी गरिएको छ । यसैबीच सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को जारी केन्द्रीय कमिटी बैठकमा आज अध्यक्षद्वयले सम्बोधन गर्ने भएका छन् । गत बुधबारबाट शुरु भएको केन्द्रीय कमिटी बैठकमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले…

Read More

चितवन : चितवन राष्ट्रिय निकुञ्जमा कालगतिले मरेका १४ गैँडामध्ये तीन विषाक्त खानाले मरेका छन् । शनिबार पूर्वी नवलपरासीको सेहेरीमा मृत फेला परेको गैँडा विषाक्त खानाका कारण मरेको प्रारम्भिक अध्ययनले देखाएको छ । निकुञ्जका वरिष्ठ पशु चिकित्सक डा विजय श्रेष्ठका अनुसार गत हप्ता तमासपुर क्षेत्रमा एउटा गैँडा र एक महिनाअघि गाँजीपुर क्षेत्रमा अर्को एक गैँडा विषाक्त खानाकै कारण मरेको प्रारम्भिक अध्ययनले देखाएको छ । गत साता मरेको गैँडाको पेटमा १० महिनाको बच्चासमेत रहेको थियो । श्रेष्ठका अनुसार ती गैँडाको आन्द्रा र पेटमा रक्तश्राव भएको शव परीक्षणमा देखिएको छ । यद्यपि कारण प्रष्ट हुनका लागि विषादी परीक्षण गर्न प्रयोगशालाको खोजी भइरहेको उहाँले…

Read More

काठमाडौँ: विश्व शान्तिको कामना गर्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तहका ६० बौद्ध भिक्षुले आगामी फागुन १ गतेदेखि काठमाडौँदेखि कपिलवस्तुसम्म ‘शान्ति पैदल यात्रा’ गर्ने भएका छन् । काठमाडौँको स्वयम्भूदेखि शुरु हुने उक्त पैदल यात्रा फागुन २० गते कनकमुनि बुद्धको जन्म भूमि निग्लिहवा पुगेर समापन गरिनेछ । आनन्दकुटी विहारको संयोजनमा हुने उक्त कार्यक्रममा दैनिक करिब ३० किलोमिटर हिँड्ने लक्ष्य लिइएको छ । यात्राका क्रममा स्कूलको खुला मैदान वा खुला चौरमा बास बस्दै यात्रालाई निरन्तरता दिइनेछ । कार्यक्रमका संयोजक भिक्षु पन्नामूर्ति महास्थवीरले विश्वमा अहंकार र महत्वाकाङ्क्षाले गर्दा द्वन्द्व, हिंसा र अशान्ति बढिरहेका बेलामा जुन बुद्धको आदर्शलाई अनुशरण गर्न कार्यक्रम गर्न लागिएको जानकारी दिए ।…

Read More

धनगढी: सुदूरपश्चिम प्रदेश सरकार मातहतको नयाँ सङ्गठन संरचना बनाउनका लागि प्रारम्भिक तयारी गरिएको छ । यस क्रममा यहाँ आयोजित कार्यक्रममा सरोकारवालासँग सुझाव सङ्कलन गरिएको छ । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान (स्टाफ कलेज)को टोली र प्रदेश सरकारका मन्त्री तथा सचिवसहितका अन्य कर्मचारी र प्रदेशसभाका सदस्यसँग नयाँ संरचनाका विषयमा छुट्टछट्टैरुपमा छलफल गरिएको प्रदेश सरकारका प्रमुख सचिव बालकृष्ण घिमिरेले बताए । प्रदेशको नयाँ संरचना बनाउने सम्बन्धमा प्रदेश सरकारले स्टाफ कलेजसँग गरेको सम्झौताबमोजिम सरोकारवालासँग छलफल गरी सुझाव सङ्कलन गरिएको हो । कार्यक्रममा सङ्घीय सरकारले प्रदेश सरकारलाई उपलब्ध गराएको (हाल कायम) संरचनालाई आवश्यकताअनुसार परिमार्जन गर्ने, प्रदेशको आवश्यकताअनुसार नयाँ संरचनामा जाँदा के कस्तो संरचना बनाउने लगायतका…

Read More

काठमाडौं: ललितपुरको बखुण्डोलस्थित एक कवाडी गोदाममा आगलागी भएको छ । नेपालस्थित कोरियन दूतावास नजिकको कवाडी गोदाममा आगलागी भएको हो । महानगरीय प्रहरी परिसर, ललितपुरका प्रमुख एसएसपी टेकप्रसाद राईले आगो नियन्त्रणमा लिने प्रयास भइरहेको बताए । उनले भने, ‘अहिले काठमाडौं र लतिलपुर महानगरपालिकाको दमकल आइपुगेको छ । नियन्त्रणमा लिने प्रयास जारी छ ।’ प्रारम्भिक अनुसन्धानमा विद्युत् सर्ट भएर आगलागी भएको हुनसक्ने अनुमान गरिएको छ ।

Read More