Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- यो कार्कीमाथिको कारवाही होइन जिम्मेवारी हेरफेर मात्रै हो: मन्त्री पोखरेल
- अन्तत: कार्कीलाई हटाएर केसी प्रहरीको महानिरीक्षक नियुक्त
- पहिलो पटक ‘कुकुर तिहार’ रिल प्रतियोगिता
- राष्ट्रिय गौरवका सिँचाइ आयोजनाबाट नयाँ खेतमा पानी
- बैंककमा ऊर्जामन्त्री श्रेष्ठको सम्बोधन: ‘हाम्रा हिमाल जोगाउन विश्वले सहकार्य गरोस्’
- लुम्बिनी केबलकारमा भारतीय पर्यटक २४ प्रतिशतले बढे : पाँचतारे होटेल र क्यासिनो निर्माण अन्तिम चरणमा
- कात्तिक १५ देखि नागढुंगा सुरुङमार्ग प्रयोगमा टोल शुल्क लाग्ने
- मोरङको केरौन १३२ केभी सबस्टेसन निर्माण सम्पन्न, विद्युत् आपूर्ति भरपर्दो हुने, चुहावट घट्ने
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
काठमाडौँ: स्वास्थ्यकर्मीले कोरोना भाइरस फैलिन नदिन चीनबाट स्थलमार्ग भएर नेपाल भित्रिने सर्वसाधारणमाथि निगरानी गर्ने भएका छन् । हालसम्म हवाईमार्ग प्रयोग गरेर नेपाल भित्रिने नागरिकमाथि निगरानी गरिँदैआएकामा अब चीनसितको सीमा नाकामा आवतजावत गर्नेमाथि निगरानी गरिनुका साथै सीमामा उच्च सतर्कता अपनाइने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा सो मन्त्रालयका प्रवक्ता महेन्द्रप्रसाद श्रेष्ठले चीनसितको सीमा नाका रसुवाको रसुवागढी र सिन्धुपाल्चोकको तातोपानी भएर नेपाल भित्रिने नागरिकमाथि निगरानी गरिने जानकारी दिनुभयो । “अहिलेसम्म त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल भएर आउनेमाथि निगरानी गर्दै थियौँ, अब चीनसितको सीमा नाकामा सतर्कता अपनाउँछौँ”, उहाँले भन्नुभयो । ती दुवै ठाउँमा ‘हेल्थ डेस्क’ स्थापना गर्न लागिएको प्रवक्ता श्रेष्ठको…
काठमाडौं: सर्वोच्च अदालतले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सचिव महेश्वर न्यौपानेलाई १५ दिनभित्रै इजलासमा उपस्थित हुन आदेश दिएको छ । न्यायाधीशहरु मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र सुष्मालता माथेमाको संयुक्त इजलासले नेपाल आयल निगमका तत्कालिन महाप्रबन्धक युवराज शर्माको भ्रष्टाचार मुद्दाको अभिलेख लिएर उपस्थित हुन आदेश दिएको हो । बिहीबार दिएको आदेशमा भनिएको छ, ‘सामान्य प्राविधिक कारण देखाई अदालतबाट माग गरिएका मुद्दासँग सम्बन्धित अभिलेख पेश गर्न आलटाल गर्ने र जिम्मेवारीबाट पन्छिन खोज्ने प्रवृतिलाई उचित ठान्न सकिन्न ।’ शर्मा जोडिएको भ्रष्टाचार मुद्दाको एउटा फाइल नभेटिएको सन्दर्भमा सर्वोच्चले यस्तो आदेश दिएको हो । यसअघि पनि आयोगका सचिवलाई सम्बोधन गरि २०७५ कात्तिक ८ र फागुन…
काठमाडौँ: धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक आज पनि उकालो लागेको छ । लगातार उकालो लाग्ने क्रममा रहेको नेप्से परिसूचक आज झण्डै २० अङ्कले उकालो लागेको छ । नेपाल स्टक एक्स्चेञ्जका अनुसार नेप्से १९.५१ विन्दुले बढेर एक हजार ३२५.३८ मा पुगेको छ । यस्तै सेन्सेटिभ परिसूचक ३.५७ ले बढेर २८१.७६ मा पुगेको छ । नेप्से उकालो लाग्दा कारोवार रकममा समेत उच्च अङ्कको वृद्धि भएको छ । कूल १७८ कम्पनीका ४६ लाख दुई हजार १०१ कित्ता शेयर रु एक अर्ब ९६ करोड ६२ लाख १९ हजार ७४९ मूल्यमा खरीद बिक्री भए । नेप्सेका अनुसार कारोवार भएका कूल १२ उपसमूहमध्ये व्यापार…
काठमाडौँ: स्वास्थ्य र शिक्षाको विकासका लागि प्रयोग गरिने भनिएको पूर्वराजपरिवारको सम्पत्तिमा अनावश्यकरुपमा व्यापारिक प्रयोजनका लागि सम्झौता गरिएको भन्दै सांसदहरुले आपत्ति जनाएका छन् । पूर्वराजपरिवारको सम्पत्तिको व्यवस्थापन तथा समन्वयका लागि नेपाल ट्रष्ट स्थापना गरिएको भए पनि ट्रष्टले व्यापारिक संस्थाको हितमा काम गरेको, समय सकिनुअगावै अपारदर्शीरूपमा सम्झौता गरिएको भन्दै सांसदहरुले गुनासो गरेका हुन् । प्रतिनिधिसभा, सार्वजनिक लेखा समितिको आजको बैठकमा बोल्ने अधिकांश सांसदले नेपाल ट्रष्टले गरेका अधिकांश सम्झौतामा चलखेल भएको तथ्य र प्रमाणले स्पष्ट पारेको भन्दै किन त्यस्तो गरिएको हो, स्पष्ट पार्नसमेत आग्रह गर्नुभयो । समितिको बैठकमा उपस्थित हुनुभएका प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव नारायणप्रसाद बिडारी तथा ट्रष्टका सहसचिव राजेश्वर ज्ञवालीलाई…
काठमाडौँ: राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका अध्यक्ष मण्डलका संयोजक तथा सांसद महेन्द्रराय यादवले तत्काल आफ्नो सरकारमा जाने कुनै सम्भावना नरहेको प्रस्ट पार्नुभएको छ । रिपोटर्स क्लबद्वारा यहाँ आज आयोजित साक्षात्कारमा (राजपा) सरकारमा जाने चर्चा चरिरहेको सन्दर्भमा अध्यक्ष मण्डलका संयोजक यादवले सरकारमा जानेबारे पार्टिभित्र कुनै छलफल नभएको र तत्काल सरकारमा जाने सम्भावन नरहेको बताउनुभयो । उहाँले भन्नुभयो, “सरकारमा सहभागी हुनेबारे हाम्रो पार्टीभित्र कुनै छलफल भएको छैन् । त्यसैले सरकारमा जाने सम्भावना छैन् । प्रधानमन्त्रीसँग पनि सरकारमा जाने विषयमा कुनै छलफल भएको छैन् ।” संयोजक यादवले तत्काल सरकारमा जाने सोच नभए पनि आफ्ना विगतका मुद्दा र मागलाई वर्तमान सरकारले सम्बोधन…
काठमाडौँ: सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाले अमेरिकी सहयोग परियोजना एमसीसी नेकपा केन्द्रीय कमिटिमा पास हुने दावी गरेका छन् । बिहिबार मन्त्रालयमा भएको नियमित पत्रकार सम्मेलनमा बोल्दै मन्त्री बास्कोटाले प्रधानमन्त्रीले एमसीसी पास गर्ने बताउँदै आएको भन्दै सो परियोजना कार्यान्वयनमा गइसकेको जानकारी दिए । उनले एमसीसी परियोजनालाई राजनीतिक दाउपेचको मसला बनाउन नहुने बताउँदै नेपालको हितका लागि प्राप्त हुने वैदेशिक सहयोग लिने पक्षमा सरकार रहेको बताए । चीनले दिएको ५० अर्ब सहयोग लिएको, भारतले दिएको ७५ अर्ब ऋण सहयोग पनि लिएको भन्दै अमेरिकी सहयोगको विरोध गर्न आवश्यक नरहेको उनले दावी गरे । नेपाल बाहेक ४९ देशले एमसीसी सहयोग लिएको विषयलाई पनि…
काठमाडौँ: नेपाली काँग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी सङ्घका केन्द्रीय अध्यक्षमा सुनसरीका राजिव ढुङ्गाना मनोनित भएका छन् । काँग्रेस पार्टी सभापति शेरबहादुर देउवाले आज रिक्त रहेको ‘नेपाल विद्यार्थी सङ्घ केन्द्रीय तदर्थ कार्यसमिति’ गठन गरेका हुन् । पार्टीको २०७५ साल फागुन १ गतेको केन्द्रीय कार्यसमिति बैठकको निर्णयअनुसार पार्टी सभापति देउवाले ढुङ्गानालाई मनोनित गरेका हुन् । विसं २०४६ मा नेविसङ्घको जिल्ला सदस्यबाट नेविसङ्घको राजनीति शुरु गरेका ढुङ्गानाले यसअघि नेविसङ्घको केन्द्रीय सदस्य, कोषाध्यक्ष र उपाध्यक्षको जिम्मेवारी निर्वाह गरिसकेका छन् । तदर्थ समितिको महामन्त्रीमा काठमाडौँका मनोज वैद्य र पाल्पाका महेश्वरी कुँवर रहेका पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । कार्यसमितिलाई आजको मितिदेखि छ महिनाभित्र…
काठमाडौँ प्रधानमन्त्री केपी शर्मा ओली र नेपालको औपचारिक भ्रमणमा रहेका लग्जेम्बर्गका विदेशमन्त्री जिन एसलवर्नबीच व्यापार, लगानी र प्रविधि हस्तान्तरणलाई द्विपक्षीय हितमा उपयोग गर्नुपर्ने, युरोपेली सङ्घमार्फत नेपाललाई प्राप्त हँुदै आएको सहयोगलगायत विषयमा छलफल भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको भेटवार्तामा दुई देशबीचको सम्बन्धलाई अझ उचाइमा पु¥याउनुपर्ने, व्यापार, लगानी र प्रविधि हस्तान्तरणलाई द्विपक्षीय हितमा उपयोग गर्नुपर्ने, युरोपेली सङ्घमार्फत नेपाललाई प्राप्त हँुदै आएको सहयोगलगायत विषयमा छलफल भएको भेटमा सहभागी मन्त्रालयका सहसचिव निर्मलराज काफ्लेले जानकारी दिए । सो अवसरमा प्रधानमन्त्री ओलीले संविधान निर्माणपछि नेपालमा राजनीतिक स्थायित्व कायम भएको बताउँदै व्यापार र लगानीका लागि आह्वान गरेका थिए । प्रधानमन्त्री ओलीले दिगो विकासको…
काठमाडौँ: निकै उतारचढावका बीच कारोबार हुँदै आएको पहेँलो धातुको मूल्य स्थानीय बजारमा माघयता उच्च बिन्दुमा पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला रु ७६ हजार ३०० र तेजाबी सुनको मूल्य प्रतितोला रु ७६ हजार पुगेको छ । स्थानीय बजारमा सुनको मूल्य प्रतितोला रु ७०० ले बढेको हो । यही सोमबार र मङ्गलबार प्रतितोला रु ७६ हजारमा कारोबार भइरहेको छापावाला सुनको मूल्य बुधबार सामान्य घटेर प्रतितोला रु ७५ हजार ६०० पुगेको थियो । सुनको मूल्य बढेसँगै चाँदीको मूल्यमा प्रतितोला रु १० ले वृद्धि भएको छ । नेपाली बजारमा चाँदीको मूल्य प्रतितोला रु ८८० पुगेको…
इनरुवा: नेपाली काँग्रेसका केन्द्रीय सदस्य गगनकुमार थापाले वर्तमान सरकारले देशलाई पछाडि धकेलेको बताएका छन् । सुनसरीको रामधुनी नगरपालिकामा बुधबार काँग्रेस रामधुनी नगर समितिले आयोजना गरेको नगर सम्मेलनमा उहाँले सरकारले देशलाई विकासको सट्टा बरबादीतर्फ लगेको आरोप लगाए । बहुमतप्राप्त सरकारले देशलाई अहिले विकास निर्माणतर्फ अगाडि बढाउनुपर्नेमा त्यसविपरीतका कार्य गर्ने गरेको उनको भनाइ थियो । कार्यक्रममा काँग्रेस सुनसरीका सभापति तथा प्रदेश नं १ को प्रदेशसभाका संसदीय दलका नेता राजिव कोइरालाले नेता थापालाई पार्टीको नेतृत्वमा आउन आग्रह गरे ।
