Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- यो कार्कीमाथिको कारवाही होइन जिम्मेवारी हेरफेर मात्रै हो: मन्त्री पोखरेल
- अन्तत: कार्कीलाई हटाएर केसी प्रहरीको महानिरीक्षक नियुक्त
- पहिलो पटक ‘कुकुर तिहार’ रिल प्रतियोगिता
- राष्ट्रिय गौरवका सिँचाइ आयोजनाबाट नयाँ खेतमा पानी
- बैंककमा ऊर्जामन्त्री श्रेष्ठको सम्बोधन: ‘हाम्रा हिमाल जोगाउन विश्वले सहकार्य गरोस्’
- लुम्बिनी केबलकारमा भारतीय पर्यटक २४ प्रतिशतले बढे : पाँचतारे होटेल र क्यासिनो निर्माण अन्तिम चरणमा
- कात्तिक १५ देखि नागढुंगा सुरुङमार्ग प्रयोगमा टोल शुल्क लाग्ने
- मोरङको केरौन १३२ केभी सबस्टेसन निर्माण सम्पन्न, विद्युत् आपूर्ति भरपर्दो हुने, चुहावट घट्ने
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
काठमाडौँ: अभद्र व्यवहार कसुरअन्तर्गतको मुद्दामा जिल्ला प्रशासन कार्यालय काठमाडौँले गायिका आस्था राउतलाई धरौटीमा छाड्न आदेश दिएको छ । काठमाडौँका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालको आजको इजलासले रु चार हजार धरौटीमा छाड्न आदेश दिएको थियो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सुरक्षा जाँचका क्रममा भएको घटनालाई लिएर गायिका राउतले प्रहरी सङ्गठनलाई नै गालीगलौज गरेपछि प्रहरीले कारबाही प्रक्रिया थालेको थियो । सोमबार मात्रै प्रशासन कार्यालयबाट चार दिनको म्याद लिएर अनुसन्धान थालेको प्रहरीले अनुसन्धानमा सहयोग गरेको र गल्तीको महसुस गरेकाले आजै अनुसन्धान पूरा गरी सरकारी वकिलको कार्यालयलाई मिसिल बुझाएको हो । गायिका राउतले आफूलाई विमानस्थलमा रहेको महिला प्रहरीले ‘तँ’ भनेर दुव्र्यवहार…
काठमाडौँ: चीनको हुवान प्रान्तबाट शुरु भएको नोभेल कोरोना भाइरस एक नेपालीमा देखिएपछि सरकारले उच्च सतर्कता अपनाउन थालेको छ । उनी त्यही प्रान्तबाट आएका नेपाली हुन् । एक जनामा देखिए पनि सङ्क्रमण बढ्नसक्ने आशङ्कामा सरकारले विभिन्न क्षेत्रमा डेस्क स्थापना गरेर सङ्क्रमण फैलन नदिन आवश्यक तयारी थालिसकेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जानकारी दिएको छ । काठमाडौँ, पोखरा, चितवन, लुम्बिनीलगायत क्षेत्रमा डेस्क नै स्थापना गरेर निगरानी र सतर्कता अपनाउन थालिएको हो । त्रिभूवन अन्तरराष्ट्रिय विमानस्थलमा आगन्तुकको परीक्षणका लागि चौविसैघण्टा स्वास्थ्यकर्मीको टोली खटाइएको मन्त्रालयका प्रवक्ता महेन्द्रप्रसाद श्रेष्ठले बताउनुभयो । “कोही आत्तिनुपर्ने अवस्था छैन तर पनि सङ्क्रमित क्षेत्रबाट आएकालाई भने विशेष निगरानी गरिएको…
काठमाडौँ: धितोपत्र बजारमा आज शेयर कारोबार मापक नेप्से परिसूचक सामान्य वृद्धि भएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक ५.५२ अङ्कले बढेर एक हजार ३०६.१५ मा पुगेको छ । यस्तै सेन्सेटिभ परिसूचक भने झिनो अङ्कले गिरावट आएको छ । सेन्सेटिभ परिसूचक ०.४८ अङ्कले घटेर २७८.६७ मा पुगेको छ । आज कुल १७८ कम्पनीका ३७ लाख ३९ हजार ३९७ कित्ता शेयर रु १ अर्ब ४० करोड ४ लाख ७६ हजार ८०५ मा खरिदबिक्री भयो । कारोबार भएका कुल १२ मध्ये ४ उपसमूहको शेयर ओरालो लाग्यो भने ८ उपसमूहको शेयर उकालो लागेको छ । बैंकिङ १.१२ अङ्कले घट्दा…
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले संसदको चालू आर्थिक वर्षभित्रै मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी)सँगको सम्झौता पारित गर्नुपर्ने बताएका छन् । नयाँ सभामुख निर्वाचित भएपछि आज मंगलबार बसेको प्रतिनिधि सभाको पहिलो बैठकलाई सम्बोधन गर्दैै प्रधानमन्त्री ओलीले संसदको चालू अधिवेशनबाटै एमसीसी सम्झौता पारित गर्नुपर्ने बताएका हुन् । देश विकासको लागि गति बढाएर काम गर्नुपर्ने उल्लेख गरेका प्रधानमन्त्री ओलीले केही काममा विलम्व भएको स्वीकार गरे । ‘अलिकति विलम्व भएको छ, सभामुख चयनका विषयमा पनि । अब हामीले विलम्व गर्नु हुँदैन । संसद, सरकार सबैले तीव्र गतिमा हाम्रा काम अघि बढाउन जरुरी छ । नत्र हामी पछाडि पर्छौं,’ प्रधानमन्त्री ओलीले भने, ‘एमसीसी…
काठमाडौँ : आश्रयस्थल हुँदै परिवारसम्म पुगेका पनि पुनः सडकमा नै फर्किने गरेका छन् । हालसम्म काठमाडौँका विभिन्न स्थानबाट ६४७ को उद्धार गरिएकोमध्ये ५४५ पुरुष र १०२ महिला र १६ बालबालिका रहेको जनाइएको छ । यसैगरी ५२३ लाई परिवारसँग पुनर्मिलन गराइएको र तीमध्ये ३० सडकमा पुनः फर्केका बताइएको छ । लामो समयसम्म सडकमा बसेकाले पुनः परिवारसँग बस्न उनीहरुलाई समस्या भई फर्केको हुनसक्ने मानवसेवा आश्रमले जनाएको छ । बेसहारा, अभिभावकविहीन, सडक आश्रित ९सहयोगापेक्षी० मानवमुक्त अभियानलाई काठमाडौँ महानगरपालिकाले निरन्तरता दिइरहेको छ । काठमाडौँका विभिन्न सडकबाट उद्धार गरी आश्रममा ल्याइएकामध्ये २० ले बिना जानकारी आश्रम छोडेका छन् । परिवारका सम्पर्कमा…
काठमाडौँ : सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सचिवालय सदस्य एवं प्रवक्ता नारायणकाजी श्रेष्ठले ‘मिलेनियम च्यालेन्ज कर्पोरेस’ (एमसिसी) सम्झौताबारे राष्ट्रिय हितलाई ध्यानमा राखेर निर्णय गरिने बताएका छन । प्रेस सङ्गठन नेपाल, उपत्यका प्रदेश कमिटीका पदाधिकारीसँग आज आफ्नो निवास हात्तिवनमा कुराकानी गर्दै उनले एमसिसीलाई राष्ट्रिय हितका आधारमा हेरेर निर्णयमा पुगिने स्पष्ट पारे । गत पुस ७ गते सम्पन्न नेकपाको स्थायी कमिटी बैठकले सोबारे निर्णयको जिम्मेवारी पार्टीको सचिवालयलाई दिएको थियो । अमेरिकी सरकारसँगको उक्त सम्झौता अनुमोदनका लागि सरकारले सङ्घीय संसद्मा प्रस्तुत गर्नुपर्ने व्यवस्था छ । नेकपाको स्थायी कमिटीमा सो सम्झौता अमेरिकाको हिन्द प्रशान्त रणनीतिको अङ्ग भएमा पारित हुन नहुने मत…
काभ्रेपलाञ्चोक : धुलिखेलस्थित काठमाडौँ विश्वविद्यालय (केयू)का विभिन्न सात सङ्कायमा लगाइएको ताला २८ दिनपछि खुलाइएको छ । पछिल्लोपटक गत पुस १६ गतेदेखि केन्द्रीय हाताका उपकुलपति, रजिष्ट्रार, डीन कार्यालय, परीक्षा नियन्त्रणको कार्यालय टेक्निकल टे«निङ सेन्टर ९टिटिसी० प्रशाकीय भवनलगायत मुख्य प्रशासनिक भवन तथा विभिन्न सङ्कायको कक्षामा तालाबन्दी भएको थियो । विश्वविद्यालयमा सञ्चालित सातै सङ्कायको कक्ष, परीक्षा नियन्त्रणको कार्यालय, टिटिसी प्रशासकीय भवनको ताला मात्रै खुलाइएको स्कुल अफ साइन्सका डीन प्रा डा कन्हैया झाले जानकारी दिए । उनका अनुसार उपकुलपति, रजिष्ट्रार र डीन कार्यालयको तालाबन्दी खुलाइएको छैन । केयू प्राध्यापक सङ्घ र कर्मचारी सङ्घले संयुक्तरुपमा विभिन्न माग राख्दै ताला लगाएको थियो । “सोमबारको…
काठमाडौं : कृषि विकास बैंकको २ अर्ब ५० करोड रुपैयाँ बराबरको ऋणपत्रमा आज मंगलबार (माघ १४ गते) देखि आवेदन खुला भएको छ । बैंकले एक हजार रुपैयाँ अंकित दरका ७ वर्ष भुक्तानी अवधि भएको वार्षिक १०.३५ प्रतिशत ब्याजदर अर्धवार्षिक रूपमा भुक्तानी गर्नेगरी सो बराबरको ऋणपत्र निष्काशनमा ल्याएको हो। २ अर्ब ५० करोड मध्ये १ अर्ब रुपैयाँ बराबरको १० लाख कित्ता ऋणपत्र सर्वसाधारणहरुमा सार्वजनिक निष्काशनको माध्यमबाट बिक्री हुनेछ। बाँकी एक अर्ब ५० करोड रुपैयाँ बराबरको १५ लाख कित्ता ऋणपत्र भने व्यक्तिगत तवरबाट बिक्री खुल्ला गरिनेछ। एनआईबिएल एस क्यापिटल लिमिटेड निष्काशन तथा बिक्री प्रबन्धक रहेको यस ऋणपत्रमा छिटोमा माघ १७…
चितवन : महान्यायाधिवक्ता अग्निप्रसाद खरेलले अपराध र यसको प्रकृति बढेको बताएका छन । जिल्ला सरकारी वकिलको कार्यालय भवनको आज त्यहाँ शिलान्यास गर्नुहुँदै उनले अनुसन्धान फितलो भए अभियोजन पनि फितलो हुने भएकाले अपराधीले उन्मुक्ति पाउन सक्ने बताए । पाँच वर्षयता मुद्दाको वृद्धिदर ६५ प्रतिशत भएको भन्दै उनले चितवन, कास्की, सुनसरी र रुपन्देहीमा हरेक वर्षमा दुई हजारभन्दा बढी फौजदारी मुद्दा दर्ता हुने गरेकाले ती जिल्लामा सह–न्यायाधिवक्ता राख्नुपर्ने उनको भनाइ थियो । एक सय ५० वटा मुद्दालाई हेर्न एकजना सरकारी वकिल चाहिने भए पनि त्यसअनुरुपको जनशक्ति अभाव रहेको उनले बताए । उजुरी परेपछि तत्काल पक्राउभन्दा पनि अनुसन्धान गरेर पक्राउ गर्नुपर्ने उनको धारणा…
काठमाडौं : रुपन्देहीको रोहिणी गाउँपालिकामा आज तीन वटा ट्रक एकापसमा ठोक्किँदा तीन जनाको मृत्यु भएको छ भने दुई गम्भीर घाइते भएका छन् । भैरहवा परासी सडकखण्डमा पर्ने रोहिणी गाउँपालिका–४ सिपागढमा भैरहवादेखि परासीतर्फ जाँदै गरेको लु १ ख ६७४५ नम्बरको ट्रक परासीदेखि भैरहवातर्फ आउँदै गरेको ना २ ख ८४८१ र ना ५ ख ७८५६ नम्बरको ट्रक आपसमा ठोक्किँदा ट्रकमा सवार तीन जनाको घटनास्थलमै मृत्यु भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ । मृत्यु हुनेमा नवलपरासी पाल्हीनन्दन गाउँपािलका–४ बस्ने ३५ वर्षीय लालु कुर्मी, सोही ठाउँकै ३० वर्षीय मोबिकन कुर्मी र सुनसरी चदाराका ३६ वर्षीय पूर्णबहादुर भुजेल रहेको प्रदेश ट्राफिक…
