Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- यो कार्कीमाथिको कारवाही होइन जिम्मेवारी हेरफेर मात्रै हो: मन्त्री पोखरेल
- अन्तत: कार्कीलाई हटाएर केसी प्रहरीको महानिरीक्षक नियुक्त
- पहिलो पटक ‘कुकुर तिहार’ रिल प्रतियोगिता
- राष्ट्रिय गौरवका सिँचाइ आयोजनाबाट नयाँ खेतमा पानी
- बैंककमा ऊर्जामन्त्री श्रेष्ठको सम्बोधन: ‘हाम्रा हिमाल जोगाउन विश्वले सहकार्य गरोस्’
- लुम्बिनी केबलकारमा भारतीय पर्यटक २४ प्रतिशतले बढे : पाँचतारे होटेल र क्यासिनो निर्माण अन्तिम चरणमा
- कात्तिक १५ देखि नागढुंगा सुरुङमार्ग प्रयोगमा टोल शुल्क लाग्ने
- मोरङको केरौन १३२ केभी सबस्टेसन निर्माण सम्पन्न, विद्युत् आपूर्ति भरपर्दो हुने, चुहावट घट्ने
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
काठमाडौं : अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) ले दिने ५० करोड अमेरिकी डलर अनुदान स्वीकृत गर्ने-नगर्ने बहसले राजनीतिक वृत्त तातिरहेका बेला सरकारले एमसीसीका परियोजना कार्यान्वयन गर्न आयात गर्नुपर्ने सामग्रीको सूची स्वीकृत गरेको छ। सूचीमा ७ लाख ५३ हजार अमेरिकी डलर बराबरका सामग्री, उपकरण र सवारीसाधन छन्। मिलेनियम च्यालेन्ज कम्याक्ट सम्झौता संसद्मा अनुमोदनका लागि दर्ता भएसँगै यो अनुदान सहायतालाई लिएर सत्तारुढ दल नेकपाभित्र तीव्र मतभेद छ। पार्टीभित्र रहेको मतभेदबीच सरकारले एमसीसीअन्तर्गतका परियोजनाका लागि आयात गर्नुपर्ने सामग्रीको सूची स्वीकृत गरेको छ। सन् २०१७ सेप्टेम्बर २० मा भएको सम्झौता मिलेनियम च्यालेन्ज कम्प्याक्टमा एमसीसीका आयोजनाका लागि आयात गरिने वस्तुलाई भन्सार छुट दिने…
काठमाडौँ: सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले मन्त्रालय र मातहतका निकायलाई यही माघ महिनाभित्र गर्नुपर्ने भनी तोकिएका काम अघि नबढेमा बजेट फिर्ता हुने बताउनुभएको छ । सञ्चार मन्त्रालय र सम्बन्धित निकायको आर्थिक वर्ष २०७६÷०७७ मा सञ्चालन गरिने कार्यक्रमको आज सिंहदरबारमा सम्पन्न अर्धवार्षिक समीक्षा बैठकमा मन्त्री बाँस्कोटाले वार्षिक कार्यक्रममा रहेकामध्ये हालसम्म खर्च हुन नसकेको वा हुन नसक्ने अवस्थामा रहेका बजेट रकम फिर्ता गर्न निर्देशन दिनुभयो । त्यसरी बाँकी देखिएका रकम अन्य सेवा र कार्यक्रममा लगाउन सकिने बताउँदै उहाँले शुरुआत नै गर्न नसकिएका कामको बजेट कायम राखेर जाम गर्नु अनुचित हुने र त्यस्तो गर्ने निकाय वा विभागीय प्रमुखलाई विभागीय कारवाही गरिने स्पष्ट…
काठमाडौँ: शहीद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत आज भएको खेलमा मछिन्द्र फुटबल क्लबले विभागीय टोली नेपाल पुलिस क्लबलाई पराजित गर्दै विजयी भएको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा भएको खेलमा मछिन्द्रले पुलिसलाई १–० गोलअन्तरले पराजित गर्दै विजयी भएको हो । मछिन्द्रको जितमा रञ्जित धिमालले निर्णायक गोल गरे । उनले खेलको ५२औँ मिनेटमा करीब ३० यार्डबाट प्रहार गरेको फ्रि किकबाट उत्कृष्ट गोल गरेका थिए । जितसँगै मछिन्द्रले आठ खेलमा १६ अङ्क जोड्दै शीर्षस्थानको त्रिभुवन आर्मी क्लबसँग अङ्क बराबरी गरेको छ । अङ्क तालिकामा मछिन्द्र गोलअन्तरका आधारमा दोस्रो स्थानमा छ । त्यस्तै पराजित पुलिसको आठ खेलमा ११ अङ्क छ । पुलिस अङ्क…
सिमकोट : हुम्लाको सदरमुकाम सिमकोटसहित आसपासका क्षेत्र २२ दिनदेखि सञ्चारविहीन बनेका छन् । जिल्लामा एडिएसएल सेवा नचले पनि जिल्लाका सरोकार निकाय नेपाल टेलिकम शाखाले ध्यान दिएको छैन । पहिले कालीकोटको महाबु लेकको रिपिटर टावरमा चट्याङले बिगारेको भए पनि अहिले कम विद्युत् सामथ्र्यका कारण समस्या आएको टेलिकमले भन्दै आएको छ । टेलिफोन र इन्टरनेट सेवा अवरुद्ध हुँदा पनि शाखा कार्यालयले ध्यान नदिएको स्थानीयवासीले आरोप लगाएका छन् । इन्टरनेट सेवा नहुँदा जिल्लाको वस्तुस्थितिबारे केन्द्रमा पठाउन नसकिएको र इन्टरनेट अभावले जनमानसको समस्या समाधान गर्न कठिनाइ भएको प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्ती मगरले बताउनुभयो । टेलिकमले एडिएसएल र नमस्ते टेलिफोन सेवा मर्मत गर्न आलटाल…
धनगढी: स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले कैलालीको गेटामा निर्माणाधीन मेडिकल कलेज कुन प्रारुपमा सञ्चालन गर्ने भन्ने विषयमा चाँडो निर्णय गरिने बताउनुभएको छ । निर्माणाधीन उक्त मेडिकल कलेजका संरचनासम्बन्धी कामको आज स्थलगतरूपमा निरीक्षण गर्दै मन्त्री ढकालले यो कलेजलाई स्वास्थ्य विज्ञान प्रतिष्ठानका रूपमा सञ्चालन गर्न सकिने बताउनुभयो । मन्त्री ढकालसँगै निरीक्षणमा रहनुभएका उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले पनि उक्त कलेजलाई स्वास्थ्य विज्ञान प्रतिष्ठानका रूपमा सञ्चालन गर्न सकिने बताउनुभएको थियो । सो अवसरमा कलेज पूर्वाधार निर्माण विकास समितिका कार्यकारी निर्देशक भीमबहादुर साउदले निर्माणको भौतिक प्रगतिबारेमा जानकारी गराउनुभएको थियो । कार्यकारी निर्देशक साउदले भन्नुभयो, “आगामी एक वर्षभित्र कलेजले अस्पताल सञ्चालन गरिसक्ने गरी काममा…
काठमाडौँ: राष्ट्रियसभा सदस्यको निर्वाचन मुलुकका सातै प्रदेशमा बिहीबार बिहानदेखि हुँदैछ । कुल १८ पदका लागि बिहान १० देखि अपराह्न ४ बजेसम्म हुने मतदानका लागि मतदान अधिकृत र सुरक्षाकर्मीसहितको टोली मतदानस्थलमा पुगेर मतदान केन्द्रसमेत निर्माण गरिसकेको आज यहाँ आयोजित पत्रकार सम्मेलनमा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले जानकारी दिए । निर्वाचन आयोगका अनुसार मतदान हुने जिल्ला सदरमुकाममा प्रदेशसभा सदस्य तथा नगरपालिकाका प्रमुख र उपप्रमुख तथा गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष मतदानका लागि आजै साँझसम्म पुगिसक्नेछ । सातै प्रदेशको उच्च अदालत रहेका जिल्ला सदरमुकाम क्रमश ः मोरङ, धनुषा, ललितपुर, कास्की, दाङ, सुर्खेत र डोटीमा निर्वाचन हँुदैछ । निर्वाचनका लागि ती जिल्लाका जिल्ला न्यायाधीशलाई…
काठमाडौँ: मङ्गलबार सामान्य सुधार देखिएको धितोपत्र बजारमा आज नेप्से परिसूचक ओरालो लागेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार शेयर कारोवार मापक नेप्से परिसूचक ७.०५ अङ्कले घटेर एक हजार ३१३.४२ मा पुगेको छ । यस्तै सेन्सेटिभ परिसूचक २.१३ अङ्कले घटेर २८२.३० मा समेटिएको छ । परिसूचक ओरालो लागे पनि कारोवार रकम भने डेढ अर्ब नाघेको छ । आज कूल १८७ कम्पनीका ४९ लाख १४ हजार ४३७ कित्ता शेयर रु एक अर्ब ५८ करोड १३ लाख ८१ हजार ३६४ मा खरिदबिक्री भयो । कारोवार भएका कुल १२ उपसमूहमध्ये जीवन बीमा उपसमूहको शेयर मात्र बढेको छ । सो उपसमूहको शेयर १६२.७४…
काठमाडौं: उखु किसानको रकम भुक्तानी नगरेसम्म अन्नपूर्ण र लुम्बिनी चिनी मिल सञ्चालकको बैंक खाता रोक्का उद्योग बाणिज्य तथा आपूर्ति मन्त्रालयले राष्ट्र बैंकलाई पत्रचार गरेको छ । साथै उनीहरुमाथि अनुसन्धान गर्न आन्तरिक राजश्व विभागलाई भनिएको छ । सर्लाहीको अन्नपूर्ण चिनी मिलका सञ्चालक राकेशकुमार अग्रवालले मन्त्रालयसामू उखु किसानको बक्यौता दिने बाचा गरेको थिए । तर माघ ७ को भाका कटेपछि मन्त्रालयले अग्रवालको खाता रोक्का गर्न पत्रचार गरेको हो । मन्त्रालयले अन्नपूर्ण चिनी मिललाई नेपाल विद्युत प्राधिकरणबाट पाउनु पर्ने रकम पनि रोक्का गर्न भनेको छ ।
कास्की: राष्ट्रियसभा सदस्य निर्वाचन– २०७६ का लागि गण्डकी प्रदेशमा आवश्यक सम्पूर्ण तयारी पूरा भएको छ । जिल्ला निर्वाचन कार्यालय कास्कीको परिसरमा भोलि बिहान १० बजेदेखि साँझ ४ बजेसम्म मतदान समय तोकिएको र निर्वाचनका लागि आवश्यक कर्मचारी, सुरक्षा प्रबन्धलगायतका सम्पूर्ण तयारी सकिएको कार्यालयका प्रमुख महेन्द्र सुवेदीले बताए । निर्वाचनका लागि दुई मतदान केन्द्र तोकिएको र प्रत्येक केन्द्रमा नौ जनाका दरले १८ कर्मचारी परिचालन गरिएको उनले जानकारी दिए । त्यसैगरी आवश्यक मात्रामा सुरक्षाकर्मीसमेत आजबाट नै परिचालन गरिएको बताइन्छ । “निर्वाचनलाई शान्तिपूर्ण र कुनै पनि बाधा अड्चन बिना सम्पन्न गर्नका लागि सबै तयारी सकिएको छ । समयै मदान शुरु गरेर भोलि…
कञ्चनपुर: स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले स्वास्थ्य क्षेत्रको बेथिति दुई महिनामै पहिचान गरिएको बताएको छ । शुक्लाफाँटा नगरपालिका–४ असंैना स्वास्थ्यचौकीमा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले एउटै औजारमा करोडौँ कमिसन खाने कार्यले स्वाथ्य क्षेत्र बन्दैन भने । पिपलाडी स्वास्थ्यचौकीलाई स्तरोन्नति गरी अस्पताल बनाउने घोषणा भइसकेको बताउँदै उनले सरकारबाट औजार, भवन, चिकित्सक, औषधिलगायत के कुरा चाहिएको हो, ठोस प्रस्ताव लिएर आउनु होस्, त्यो पूरा गर्न आफू तयार रहेको छु भने । कानून, न्याय तथा संसदीय मामिलामन्त्रीसमेत रहनुभएका ढकालले नयाँ संविधान बनेपछिको निर्वाचित सरकारले २४२ नयाँ कानून बनाएको बताउँदै महिलाका लागि अंशवंशको कानून बनाइएको र त्यसलाई व्यवस्थित गरिने, दलित समुदायका…
