Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- राष्ट्रिय गौरवका सिँचाइ आयोजनाबाट नयाँ खेतमा पानी
- बैंककमा ऊर्जामन्त्री श्रेष्ठको सम्बोधन: ‘हाम्रा हिमाल जोगाउन विश्वले सहकार्य गरोस्’
- लुम्बिनी केबलकारमा भारतीय पर्यटक २४ प्रतिशतले बढे : पाँचतारे होटेल र क्यासिनो निर्माण अन्तिम चरणमा
- कात्तिक १५ देखि नागढुंगा सुरुङमार्ग प्रयोगमा टोल शुल्क लाग्ने
- मोरङको केरौन १३२ केभी सबस्टेसन निर्माण सम्पन्न, विद्युत् आपूर्ति भरपर्दो हुने, चुहावट घट्ने
- तीन महिनामा नेपालको वैदेशिक व्यापार ४०.७१ प्रतिशतले वृद्धि
- राष्ट्रसंघीय सम्मेलनमा मन्त्री श्रेष्ठको आह्वान : जलवायु तथा भू-विपद्को सामना गर्न क्षेत्रीय सहकार्य र प्रविधि उपयोग गरौं
- सीमापार विद्युत् व्यापारका लागि निजी क्षेत्रलाई आशयपत्र (LoI), ऊर्जा व्यापारमा नयाँ अध्यायको सुरुवात
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
चीन(एजेन्सी) : चीनमा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या १०६ पुगेको छ । चिनियाँ अधिकारीहरुका अनुसार ४ हजार ५१५ जना मानिसमा यो भाइरसको संक्रमण देखिएको छ । यो अघिल्लो दिनभन्दा १७ सय जना बढी मानिसमा यो संक्रमण देखिएको तथ्यांक छ । यो तथ्यांक अनुसार चीनमा कोरोना भाइरसको संक्रमण दिनहुँ फैलिँदै गएकाले भयावह रुप लिने भन्दै चिकित्सकले सबैजनालाई सतर्कता अपनाउन आग्रह गरेका छन । भाइरस फैलिनबाट रोक्न चीनमा यातायात आवागमनमा थप कडाइ गरिएको बीबीसीले उल्लेख गरेको छ। भाइरस उत्पत्ति भएको बुहान र त्यसअन्तर्गत हुबे प्रान्त अहिले सुनसान भएका छन्। कोरोना भाइरस चीनबाहेक अन्य कम्तीमा १६ देशमा…
काठमाडौँ: चीनमा कोरोनाभाइरसका कारण ज्यान गुमाउनेको संख्या ८२ पुगेको छ । यसका साथै तीन हजार व्यक्ति यसबाट संक्रमित भएको पुष्टि भएको छ । चीनले नयाँ वर्षमा दिइएको बिदा पुनः तीन दिन थपेको छ । सार्वजनिक बिदा आइतबारसम्म लागू हुनेछ । हुबेईमा मृत्यु हुनेको संख्या ५६ बाट ७६ मा पुगेको छ । साथै, विभिन्न स्थान गरी ६ जनाको मृत्यु भएको छ । बुहान र त्यस आसपास शहरका स्थानीयलाई कतै निस्कन प्रतिबन्ध लगाइएको छ । चीन बाहेक अन्य देशमा ४४ जना संक्रमित भएको पुष्टि भएको छ यसमा नेपाल, भारत, जर्मनी, अमेरिका, अष्ट्रेलियालगायतका देश समावेश छन् । यद्यपि, चीन बाहिर कोरोना भाइरसका…
बनेपा: कृषि उपजको उत्पादन वृद्धि र लागत घटाउने उद्देश्यले चौरीदेउराली गाउँपालिका–५ वडा कार्यालयले कृषकलाई अनुदानमा कृषि औजार वितरण गरेको छ । कृषकलाई परम्परागतखेती प्रणालीको विकल्पमा यान्त्रिकीकरण र आधुनिकीकरण गर्न अग्रसर बनाउने उद्देश्यले वडा कार्यालयको ५० प्रतिशत अनुदानमा कृषि औजार वितरण गरेको हो । वडाका सबै कृषकलाई समेट्ने गरी पाँच÷पाँच जनाको समूह बनाएर प्रतिसमूह एक मिनीटेलर गरी कूल ३० मिनीटेलर वितरण गरेको वडा नं ५ का वडाध्यक्ष राजकुमार गौतमले बताउनुभयो । “गाउँमा काम गर्नसक्ने जनशिक्त विदेशिएर काम गर्ने मान्छे नभएपछि खेतीमा सहजता प्रदान गर्नका लागि ५० प्रतिशन अनुदानमा मिनीटेलर वितरण गरेका छौँ”, उहाँले भन्नुभयो, “गोरु पाल्न छाडेको र काम गर्न सक्ने…
राजविराज: बुद्ध एयरले आउँदो माघ १८ गते शनिवारदेखि राजविराजबाट सातै दिन उडान गर्ने तयारी गरेको छ । उडान सेवा काठमाडौँबाट राजविराजका लागि ११ बजेर २५ मिनेटमा तथा राजविराजबाट काठमाडौँका लागि १२ बजेर २० मिनेटमा प्रस्थान गर्ने समय तालिका निर्धारण गरिएको बुद्ध एयर राजविराजका स्टेशन इञ्चार्ज अनिल राजवंशीले बताउनुभयो । नियमित उडानले पर्यटन प्रवद्र्धनका साथै भ्रमण वर्ष २०२० लाई सफल बनाउन मद्दत पुग्ने उहाँले विश्वास व्यक्त गर्नुभयो । यसअघि राजविराज विमानस्थलमा श्री एयरलाइन्सले साताको तीन दिन उडान सेवा दिँदै आएकामा बुद्ध एयरले भने सातै दिन एक÷एक उडान गर्ने भएको छ । प्रारम्भिक चरणमा बुद्धको ४७ सिट क्षमता भएको विमानले उडान भर्ने…
काठमाडौं : अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) ले सम्झौताका सबै सर्त पालना नभई नेपालले गरेको खर्चको सोधभर्ना दिन नमिल्ने बताएको छ। साथै एमसीसीले सरकारलाई सम्झौता कार्यान्वयनका थाती काम छिटो सम्पन्न गर्न पनि आग्रह गरेको छ। सरकारले अमेरिकाले एमसीसीमार्फत दिन लागेको ५० करोड अमेरिकी डलर (५५ अर्ब रुपैयाँ) अनुदान सहायतामा कार्यान्वयन गरिने परियोजना तयारी र कार्यान्वयनका लागि कार्यालय स्थापना गरी काम अघि बढाएको छ। एमसीसी सहयोगका परियोजना अर्थ मन्त्रालय मातहतको विकास समिति, मिलेनियम च्यालेन्ज एकाउन्ट (एमसीए) नेपालमार्फत कार्यान्वयन हुँदै छन्। एमसीए नेपालले परियोजना विकास र कार्यालय सञ्चालनका क्रममा सरकारले नै खर्च गर्दै आएको छ। यो खर्चको सोधभर्नास्वरूप १ करोड…
काठमाडौँ: चीनमा फैलिएको कोरोना भाइरसको प्रभाव नेपालमा पर्न नदिन सरकारले उच्च सतर्कता अपनाउन निर्देशन दिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनपछि सोमबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सरोकारवाला निकायलाई १२ बुँदे निर्देशन दिएको हो । नेपाल भ्रमण वर्ष २०२० का सन्दर्भमा नेपालको पर्यटन क्षेत्र र जनस्वास्थ्यमा यसको नकारात्मक प्रभाव पर्न नदिन अपनाउनुपर्ने पूर्वसतर्कता, जनचेतना र समन्वयका सम्बन्धमा छलफल गरी निर्देशन दिइएको मन्त्रालयका प्रवक्ता रुद्रसिंह तामाङले जानकारी दिनुभयो । उहाँका अनुसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा (हेल्थ डेस्क) स्वास्थ्य कक्ष स्थापना गरी चीनबाट आएका पर्यटकमा उक्त भाइरसको सङ्क्रमणको अनुमान गर्न निर्देशन दिएको हो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालय तथा नेपाल नागरिक…
काठमाडौँ: राजधानीमा जारी शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगितामा नेपाल पुलिस क्लब विजयी भएको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आजदेखि शुरु भएको नवांै चरणको पहिलो खेलमा पुलिस सशस्त्र प्रहरी बल–एपिएफ) क्लबलाई १–० गोल अन्तरले पराजित गर्दै विजयी भएको हो । पुलिसको जित कप्तान भोलानाथ सिलवाल नायक बने । उनले खेलको १३ औँ मिनेटमा गरेको एक गोल नै पुलिसको लागि निर्णायक गोल सावित भयो । कप्तान भोलाले पेनाल्टीमार्फत गोल गरेका हुन् । रवि पासवानको कर्नरमा एपिएफका राजन गुरुङले पुलिसका भरत साहलाई धकेलेपछि रेफ्री प्रकाशनाथ श्रेष्ठले पुलिसलाई पेनाल्टी दिएको थियो । सोही अवसरलाई सदुपयोग गर्दै कप्तान भोलाले गोल गरेका थिए ।…
मेलम्ची: लाङटाङ राष्ट्रिय निकुञ्जमा ११ दिनदेखि बेपत्ता दुई युवकको शव हिउँले पुरिएको अवस्थामा फेला आज परेको छ । गोसाइँकुण्ड पदयात्रामा जाने क्रममा हराएका सिन्धुपाल्चोक हेलम्बुका १७ वर्षका वाङ्गेल लामा र काठमाडाँै जोरपाटीका २० वर्षका जापान तामाङ हिउँमा पुरिएर मृत्यु भएको अवस्थामा भेटिएका हुन् । उद्धारकर्ता लालबहादुर तामाङको नेतृत्वमा खटिएको टोलीले नुवाकोट घ्याङ्फेदीबाट यही माघ ३ गते शुक्रबारदेखि हराइरहेका उनीहरुलाई आज मृत अवस्थामा फेला पारेको दुप्चेश्वर गाउँपालिकाका अध्यक्ष योविन्द्रसिंह तामाङले जानकारी दिनुभयो । उद्धारकर्मीको समूहले घोप्टेफेदीको खोंचस्थित हिउँमा पुरिएको अवस्थामा ४० मिटरको फरकमा उनीहरुको शव फेला पारेको थियो । मृतक दुबै राजधानीको बौद्धस्थित कुमारी बोर्डिङ स्कुलका विद्यार्थी हुन् । गोसाइँकुण्ड घुमेर…
काठमाडौँ: सर्वोच्च अदालतमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता अग्निप्रसाद सापकोटाविरुद्धको मुद्दामा आज सुनुवाइ नसकिएकाले हेर्दाहेर्दैमा मङ्गलबार सुनुवाइ हुने भएको छ । न्यायाधीश सपना प्रधान मल्लको एकल इजलासमा सुनुवाइ शुरु भएको थियो । सुनुवाइ नसकिएको हुँदा हेर्दाहेर्दैमा राखिएको हो । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले सशस्त्र द्वन्द्वकालमा काभ्रेका अर्जुन लामाको हत्यामा संलग्नताको आरोप लागेका सापकोटालाई सभामुखमा नियुक्त नगर्न माग गर्दै सर्वोच्चमा रिट दायर गर्नुभएको थियो । न्यायाधीश हरिप्रसाद फुयाँलको एकल इजलासमा आइतबार पेशी तोकिएको भएपनि सापकोटाविरुद्धको अर्को मुद्दामा सर्वोच्च अदालतमा न्यायाधीश नहुँदै बहस गरेको हुनाले हेर्न नमिल्ने सूचीमा राखिएको थियो ।
काठमाडौँ: सरकारले देशभर सञ्चालनमा रहेका क्रसर उद्योग अनुगमन तथा अध्ययन गर्नका लागि पाँच सदस्यीय समिति गठन गरेको छ । गृह मन्त्रालयमा आज बसेको पाँच मन्त्रीसहितको बैठकले देशभर सञ्चालनमा रहेका पाँच हजारभन्दा बढी क्रसर उद्योग अनुगमन तथा अध्ययन गर्न पाँचै मन्त्रालयका सहसचिव रहने गरी समिति गठन गरेको छ । गृहमन्त्री रामबहादुर थापा, उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट, वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेत, भौतिक पूर्वाधार तथा योजनामन्त्री वसन्तकुमार नेम्वाङ, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री हृदयेश त्रिपाठीसहित सुरक्षा निकायको प्रमुखको बैठकले समिति गठन गरेको हो । समितिमा गृह, वन, उद्योग, भौतिक तथा सङ्घीय मामिला मन्त्रालयका सहसचिव रहनेछन् । समितिले क्रसर उद्योग दर्ता,…
