चीन(एजेन्सी) : चीनमा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या १०६ पुगेको छ ।
चिनियाँ अधिकारीहरुका अनुसार ४ हजार ५१५ जना मानिसमा यो भाइरसको संक्रमण देखिएको छ ।
यो अघिल्लो दिनभन्दा १७ सय जना बढी मानिसमा यो संक्रमण देखिएको तथ्यांक छ । यो तथ्यांक अनुसार चीनमा कोरोना भाइरसको संक्रमण दिनहुँ फैलिँदै गएकाले भयावह रुप लिने भन्दै चिकित्सकले सबैजनालाई सतर्कता अपनाउन आग्रह गरेका छन ।
भाइरस फैलिनबाट रोक्न चीनमा यातायात आवागमनमा थप कडाइ गरिएको बीबीसीले उल्लेख गरेको छ।
भाइरस उत्पत्ति भएको बुहान र त्यसअन्तर्गत हुबे प्रान्त अहिले सुनसान भएका छन्।
कोरोना भाइरस चीनबाहेक अन्य कम्तीमा १६ देशमा पनि फैलिसकेको छ।
अहिलेसम्म चीनबाहेकका देशमा ४७ जना यो भाइरसको संक्रमणमा परेका छन्।