Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

काठमाडौँ: राष्ट्रियसभाको आजको बैठकमा सदस्यले आधारभूत स्वास्थ्य उपचार सेवा पाउने संवैधानिक हकको कार्यान्वयन हुनुपर्ने र कोरनाजस्ता भाइरसबाट बच्न सरकारले सचेतना अपनाउनुपर्नेमा जोड दिएको छ । बैठकको शून्य समयमा नेपाली काँग्रेसका राधेश्याम अधिकारीले आधारभूत स्वास्थ्य सेवा पाउने अधिकार संविधानको मौलक हकमा व्यवस्था भए पनि जनताले निःशुल्क भनिएका औषधि सहजै पाउन नसकेको गुनासो गरे । उनले भने, “स्वास्थ्य र शिक्षा सहज हुनुपर्नेमा निजी र सरकारी विद्यालयका नाममा विभेद छ ।” काङ्ग्रेसकै रमेशजङ्ग रायमाझीले कोरना भाइसर रोक्न सरकारले चासो दिनुपर्ने बताए । नेकपाकी डा विमला राई पौडेलले ग्यासको हिटरले भारतीय पर्यटनको मृत्युजस्ता समस्यालाई गम्भीरतापूर्वक लिई जनताको जीउधनको सुरक्षामा ध्यान दिन माग गरे ।…

Read More

बनियानी: मकैबाट बनाइने पशु आहार ‘साइलेक्स’ उत्पादनका लागि झापामा २०० बिघामा मकैखेती गरिएको छ । झापालाई पशु आहारमा आत्मनिर्भर बनाउने उद्देश्यले पशुपालन तथा दुग्ध उत्पादन सङ्घको नेतृत्वमा मकैखेती गरिएको हो । सङ्घका अध्यक्ष लक्ष्मीप्रसाद निरौलाले साइलेक्स बनाउन मकैको फेददेखि टुप्पोसम्म सबै प्रयोग हुने भएकाले केही खेर नजाने र गाई–बाख्राले राम्ररी खाने गरेकाले यसप्रति किसानको आकर्षण बढ्दै गएको बताए । “दानाको भन्दा यो चार गुणा सस्तो पर्छ”, उनले भने, “साइलेक्समा १३ देखि १४ प्रतिशत प्रोटिन हुने भएकाले दूध उत्पादन वृद्धि हुन्छ र पशुपालक किसानलाई प्रत्यक्ष फाइदा पुग्छ ।” दानाको तुलनामा साइलेक्सको प्रयोग गर्दा गाई तथा बाख्रापालक किसानको २५ प्रतिशत लागत खर्च…

Read More

चितवन: भरतपुर अस्पतालले बहिरङ्ग सेवामा उपचारका लागि आएका रुघाखोकी र ज्वरोका बिरामीलाई टिकट काट्ने र स्वास्थ्य परीक्षण गर्ने ठाउँ अलग गरेको छ । पाँच वटा टिकट काउण्टरमध्ये एउटामा त्यस्ता बिरामीको टिकट काट्ने र छुट्टै कक्षमा परीक्षण गराउने व्यवस्था मिलाइएको अस्पतालले जनाएको छ । अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलका अनुसार सोमबारदेखि अस्पताल छिर्ने रुघाखोकी र ज्वरोका बिरामीलाई सबै परीक्षण अलगरुपमा गर्ने व्यवस्था मिलाइएको छ । कोरोना भाइरसको सङ्क्रमण हुनसक्ने भन्दै उच्च सतर्कता अपनाइएको अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेन्ट डा श्रीराम तिवारीले जानकारी दिए । उपचारसँगै सचेतनामा पनि अस्पताल जुटेको छ । कोरोना भाइरसको सङ्क्रमण हुन नदिन सचेतना जगाउने उद्देश्यले आज अस्पताल परिसरमा…

Read More

विराटनगर: विराटनगर महानगरपालिका–१० निवासी सुदर्शनबहादुर श्रेष्ठ र कपिला श्रेष्ठले रु १५ लाखको अक्षयकोष स्थापना गरेको छ । प्रत्येक दुई वर्षमा रु दुई लाख पुरस्कार तथा सम्मान गर्ने हेतुले श्रेष्ठ दम्पतीले अक्षय कोष स्थापना गरेको हो । नेपाल भाषा तथा संस्कृतिको संरक्षण, संवद्र्धन र जगेर्नाको अभियानमा रहेका व्यक्ति तथा संस्थालाई पुरस्कृत एवं सम्मान गर्न श्रेष्ठ दम्पतीले स्थापना गरेको कोषबाट ‘सुदर्शन–कपिल सिरपा’ नामबाट सम्मान एवं पुरस्कार वितरण गरिने कोषका संस्थापक श्रेष्ठले जानकारी दिए । कोषबाट पहिलो पुरस्कार वांमय शताब्दीपुरुष सत्यमोहन जोशीलाई प्रदान गर्ने निर्णय भएको छ ।

Read More

दैलेख: पुष्पलाल मध्यपहाडी लोकमार्ग एक हप्ताका लागि बन्द भएको छ । लोकमार्गको दैलेख जिल्लाअन्तर्गत भगवतीमाई गाउँपालिकामा रहेको लोहोरे–बेस्तडा सडकखण्डमा यातायात बन्द गरिएको आयोजनाले जनाएको छ । लोकमार्गको लोहोरे–बेस्तडा–मन्घर सडकखण्डको छाँच भिरमा भएको ठाडो कडा चट्टानलाई काट्नुपर्ने र यस क्षेत्रको सडक चौडा गर्नुपर्ने भएकाले हिजो शनिबारदेखि यही माघ २४ गतेसम्म सडक बन्द गर्ने आयोजनाले जनाएको छ । अन्य ठाउँमा सडक चौडा भइसकेको भए पनि यस क्षेत्रको कडा चट्टानले बाटो चौडा बनाउने काम रोकिएको थियो । यस क्षेत्रमा पर्ने छाँचको २५० मिटर (भिर) कटान गर्न लागिएको आयोजना कार्यालय दैलेखका प्रमुख इञ्जिनीयर नारायणप्रसाद न्युउरेले बताए । चट्टान फोडेर दोहोरो लाइन बनाउने भनिए पनि…

Read More

काठमाडौँ: चालू आर्थिक वर्षमा यातायात व्यवस्था विभागले सडक नियम पालना नगर्ने सवारी साधनबाट रु ३५ लाख जरिवाना गराएको छ । विभागले विभिन्न स्थानमा गरेको अनुगमनका क्रममा सडक नियम पालना नगर्ने सवारी साधनलाई सो रकम जरिवाना गराएको हो । विभागले दैनिक विभिन्न स्थानमा पुगेर सवारी साधनको अनुगमन गरिरहेको विभागका महानिर्देशक गोगनबहादुर हमालले बताए । उनका अनुसार काठमाडौँ उपत्यका र नाकासम्म पुगेर अनुगमन गरिँदै आएको छ । उपत्यका बाहिर पुग्न नसकिए पनि उपत्यकाभित्र नियमितरूपमा अनुगमन भइरहेको छ । विभिन्न माध्यमबाट आएका उजुरी र गुनासोका आधारमा समेत अनुगमन भइरहेको उनले बताए । उनले भने, “हामीले सूचनाका आधारमा र आफैँले पनि उपयुक्त स्थान छानेर…

Read More

धनगढी: कैलाली जिल्लाका स्थानीय तहले मदिराको बिक्री वितरणलाई व्यवस्थित बनाउन र लागु पदार्थको दुव्र्यसन न्यूनीकरण गर्नका लागि साझा कानून बनाउने समझदारी गरेका छन् । शनिबार यहाँ बसेको जिल्लाका १३ वटै स्थानीय तहका पदाधिकारीको बैठकले मदिराको बिक्री वितरणलाई व्यवस्थित बनाउनका लागि साझा कानून ल्याउने निर्णय गरेको हो । यसका लागि जिल्ला समन्वय समितिका संयोजक सूर्यबहादुर थापाको संयोजकत्वमा तीन सदस्यीय मस्यौदा तयारी समिति गठन गरिएको छ । समितिको सदस्यमा धनगढी उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत र टीकापुर नगरपालिकाका कानूनी सल्लाहकार राख्ने सहमति गरिएको छ । समितिले एक महिनाभित्र मस्यौदा तयार पारेर स्थानीय तहको समन्वय बैठकमा पेश गर्ने निर्णय भएको बैठकमा सहभागी जिल्ला समन्वय…

Read More

खाँदबारी: प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलिया र पूर्व गृह सचिव प्रेमकुमार राई आफ्नो गृहजिल्ला सङ्खुवासभामा विभूषित भएको छ । खाँदबारी नगरपालिकाले शनिबार उहाँहरु लगायत विभिन्न सात विधामा २६ जना आफ्ना नगरबासीलाई विभूषण र पदकले सम्मान गरेको हो । उहाँहरुलाई नगरसभाबाट विभूषणसम्बन्धी ऐन जारी गरी पहिलोपटक विभूषित गरेको जनाइएको छ । ‘खाँदबारी गौरव’ पदकबाट प्रमुख निर्वाचन आयुक्त थपलिया र पूर्वसचिव स्व सन्तबहादुर राईलाई विभूषित गरिएको छ । देशकै प्रतिष्ठा बढाउन योगदान पु¥याउने नगरवासीलाई नगरपालिकाको विभूषणसम्बन्धी ऐनल्याई सम्मान गरेको नगरप्रमुख मुरारीप्रसाद खतिवडाले बताए । सोही अवसरमा खाँदबारी रत्न, खाँदबारी तारा, खाँदबारी पौरख, खाँदबारी ज्योति, खाँदबारी समाजसेवा र खाँदबारी सेवाश्री पद २६ जनालाई…

Read More

हेर्टौँडा: हेटौँडा उपमहानगरपालका–५ पिप्लेमा रहेको जेनिथ इन्टरनेशनल विद्यालयको परिसरभित्र रोकीराखिएको दुई बसमा शनिबार राति आगलागी भएको छ । ना७ख ८७२८ र ना१क ३२१८ नंको बसमा आगलागी भएको स्थानीयवासीले देखेपछि प्रहरीलाई खबर गरेका थिए । आगलागीबाट एउटा बस पूर्णरूपमा र अर्काे आंशिक क्षति भएको जनाइएको छ । स्थानीयवासी र हेटौँडा उपमहानगरपालिकाको दमकलले आगो नियन्त्रणमा लिएका थिए । आगलागी आफैँ अथवा कसैले गरेको हो भन्ने नखुलेको प्रहरीले जनाएको छ । घटनास्थलमा जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट प्रहरी निरीक्षक अमर गजमेर र सुरेन्द्र श्रेष्ठसहितको टोली पुगेर अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

Read More

सुनसरी : सुनसरीको तित्रृवनमा आज विहान बस र माइक्रो बस एक आपसमा ठोक्किएर भएको दुर्घटनामा मृत्युहुनेको संख्या चार पुगेको छ । दुर्घटनामा ज्यान गुमाउनेमा काठमाडौका हेमराज कोईराला, माइक्रोका चालक दिपक खड्काको पहिचान खुलेको छ भने अन्य २ जनाको पहिचान हुन बाँकी रहेको ट्राफिक प्रहरी कार्यलय सुनसरीका असई ज्ञानु देउजाले जानकारी दिए । दुर्घटनामा घाइते चार जनाको इनरुवा अस्पतालमा उपचार भइरहेको छ । २ जनाको एपेक्स अस्पताल र अन्यको धरानमा उपचार भइरहेको प्रहरीले जनाएको छ । इटहरीबाट इनरुवातर्फ जाँदै गरेको बा ५ ख ३१५७ नम्बरको माइक्रबो बस र इनरुवाबाट इटहरीतर्फ आउँदै गरेको ना ६ ख ७९५ नम्बरको बस एक आपसमा ठोक्किएर…

Read More