Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- यो कार्कीमाथिको कारवाही होइन जिम्मेवारी हेरफेर मात्रै हो: मन्त्री पोखरेल
- अन्तत: कार्कीलाई हटाएर केसी प्रहरीको महानिरीक्षक नियुक्त
- पहिलो पटक ‘कुकुर तिहार’ रिल प्रतियोगिता
- राष्ट्रिय गौरवका सिँचाइ आयोजनाबाट नयाँ खेतमा पानी
- बैंककमा ऊर्जामन्त्री श्रेष्ठको सम्बोधन: ‘हाम्रा हिमाल जोगाउन विश्वले सहकार्य गरोस्’
- लुम्बिनी केबलकारमा भारतीय पर्यटक २४ प्रतिशतले बढे : पाँचतारे होटेल र क्यासिनो निर्माण अन्तिम चरणमा
- कात्तिक १५ देखि नागढुंगा सुरुङमार्ग प्रयोगमा टोल शुल्क लाग्ने
- मोरङको केरौन १३२ केभी सबस्टेसन निर्माण सम्पन्न, विद्युत् आपूर्ति भरपर्दो हुने, चुहावट घट्ने
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
काठमाडौ: आफ्नै साथीको हत्या गर्र्ने बङ्गलादेशी नागरिक दुला मियाँलाई प्रहरीले पक्राउ गरेको छ । मियाँले सँगै काठमाडौँ आएका ढाकास्थित सनरे ट्राभल टुर्स प्रालिका सञ्चालक मोहिद्दिन अहमदको हत्या गरी फरार भएका थिए । काठमाडौँको सोल्टीमोडस्थित होटल ग्राण्ड भिलाको ११४ नं कोठामा सँगै बसेका बेला मदिराको बोतलले हानेर हत्या गरी फरार भएका उनलाई गएराति लहानबाट पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौँका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक उत्तमराज सुवेदीले जानकारी दिनुभयो । उक्त घटना यही माघ ६ गते भएको थियो । घटना घटाएर फरार भएका मिया रक्सौल, काँकडभिट्टा हुँदै पुनः नेपाल फर्किएर आउँदै गर्दा पक्राउ परेको प्रहरीले जनाएको छ । हत्या आरोपी मियाँ मृतक…
काठमाडौँ: राष्ट्रपति विद्यादेवी भण्डारी श्रीपञ्चमीका अवसरमा आज हनुमानढोका दरबारस्थित नासलचोक जानु भई परम्परानुसार वसन्त श्रवण गरिन्। नेपाल पञ्चाङ्ग निर्णायक समितिले उपलब्ध गराएकोे बिहान ९ः०५ बजेको शुभसाइतमा उनले वसन्त श्रवण गरेकी हुन् । सो अवसरमा राष्ट्रपति भण्डारीले पण्डितबाट फूलमाला, टीका र प्रसाद ग्रहण गरेकी थिईन। राष्ट्रपति भण्डारीलाई नेपाली सेनाको एक टुकडीले सलामी अर्पण गर्नुका साथै पञ्चैबाजाले स्वागत गरिएको थियो । प्रधानमन्त्री केपी शर्मा ओलीले सोही अवसरमा वसन्त श्रवण गर्नु भई प्रसाद ग्रहण गरे । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा, प्रतिनिधिसभाका सभामुख अग्नी सापकोटा, मन्त्रिगण, संवैधानिक निकायका प्रमुख, नेपाल सरकारका विशिष्ट श्रेणीका निजामती कर्मचारी तथा सुरक्षा निकायका प्रमुखले समेत सो अवसरमा वसन्त श्रवण गरे…
डोटी: जिल्लाका अधिकांश ग्रामीण भेकमा रहेका नागरिकले विद्युत्को न्यूनतम महशुल मूल्य रु १०० बुझाउन रु एक हजार ५०० खर्च गर्नु परिरहेको छ । जिल्ला सदरमुकाम सिलगढी तथा पुरानो क्षेत्रीय सदरमुकाम दिपायलबाट टाढा बसोबास गर्नेले वर्षौंदेखि यस्तो नियति झैल्दै आएका छन् । जिल्लाका बाझकाकाँनी, कालिकास्थान, खातिवडा, दहकालिका स्थान, रानागाउँ, मौवा, सलेना, फलेडी, कुलाउ, जमलकटिया, वाइल, वासुदेवी, झिगाबस्ती, मुडभारा, मरकट्टे, कपल्लेकीलगायतका गाउँबाट नेपाल विद्युत् प्राधिकरण मुख्य शाखा कार्यालय दिपायल पिपल्लामा आउनुपर्छ । महशुल तिर्न आउँदा करिब रु एक हजार ५०० खर्च हुने गरेको बाझकाकाँनीका नरेश खड्काले बताउनुभयो । उहाँले भन्नुभयो, “हामी त अलि नजिक छौँ, दहकालिका, तोलेनीलगायतका गाउँका जनताले त रु ३०० सम्म…
काठमाडौँ: प्रत्येक वर्ष माघ शुक्लपञ्चमीका दिन मनाइने श्रीपञ्चमी विद्याकी अधिष्ठात्रीदेवी सरस्वतीको पूजाराधना गरी आज देशभर मनाइँदैछ । वसन्त पञ्चमीका दिन सरस्वतीको पूजा गरे विद्या बुद्धि बढ्ने विश्वास छ । देशभरका सरस्वती मन्दिरमा पूजाआराधना गर्न श्रद्धालुको भीड लागेको छ । विद्यालय नपठाइएका साना बालबालिकालाई आजकै दिनदेखि अक्षरारम्भ गराउने चलन छ । आजका दिन लेखपढ गर्न सिकाए राम्रो विद्या आउने जनविश्वास छ । ज्ञान, बुद्धि र विवेक प्राप्तिका लागि विद्याकी अधिष्ठात्री देवीका रुपमा सरस्वतीको पूजाआजा गरिन्छ । हिन्दूको धार्मिकग्रन्थ पुराणमा उल्लेख गरिएनुसार, माघ शुक्ल पञ्चमी तिथिका दिन ब्रह्माले सृष्टिमा देवी सरस्वतीलाई आह्वान गरेपछि सरस्वती अवतरित हुनुभएको विश्वास गरिन्छ । आजका दिन विद्यार्थी,…
चौतारा: चीनमा फैलिएको नोवल कोरोना भाइरस सङ्क्रमण फैलिन नदिन उत्तरी नाको तातोपानीमा हेल्थ डेस्क स्थापना गरिएको छ । भोटेकोशी गाउँपालिकासँग समन्वय गरी स्थानीयवासीमा जनचेतना जगाउने उद्देश्यले प्रचारप्रसार गर्नुका साथै हेल्थ डेस्क स्थापना गरिएको प्रमुख जिल्ला अधिकारी गोमादेवी चेम्जोङले जानकारी दिनुभयो । डेस्कमा स्वास्थ्य परीक्षणको व्यवस्था मिलाइएको र कोरोना भाइरसको लक्ष्यण देखिएमा बिरामीलाई तत्काल काठमाडौ अस्पतालमा पठाइने व्यवस्था मिलाइएको जिल्ला जनस्वास्थ्य अधिकृत दुर्गादत्त चापागाईंले बताउनुभयो । तिब्बती भूभागमा हाल हिमपात भई सडक बन्द भएको र ल्होछार पर्वसमेत परेकाले एक सातादेखि चीनबाट सामान आयात बन्द गरिएको तातोपानी भन्सार कार्यालयका सूचना अधिकारी केशव वलीले जानकारी दिनुभयो । अध्यागमन कार्यालयका अनुसार खासा क्षेत्रमा शुरुदेखि…
भीमदत्तनगर: कञ्चनपुरको भीमदत्तनगरपालिका–२ का १३ वर्षीया बालिका निर्मला पन्त हत्या प्रकरणमा नेपाल प्रहरीको केन्द्रीय निकायले विभिन्न अनुसन्धान टोली गठन गरी गहनरुपमा अनुसन्धान गरिरहेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) र पछिल्लो समय प्रहरी महानिरीक्षको सचिवालयबाट टोली अनुसन्धानमा खटिरहेका छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट उक्त घटनाको अनुसन्धान अधिकृत रहने प्रहरी नायब उपरीक्षक छोटो समयमै धेरै परिर्वतन हुने क्रम देखिएको छ । शुरुआतको समयमा अनुसन्धान अधिकृतमा जिल्ला प्रहरी कार्यालयका तत्कालीन प्रहरी निरीक्षक (हाल निलम्बित) एकीन्द्र खड्का खटिनुभएको थियो । निर्मलालाई न्याय माग गर्दै आन्दोलन चर्किएपछि अनुसन्धान अधिकृत उहाँसहित सात प्रहरी निलम्बितमा पर्नुभएको थियो । गृहमन्त्रालयले तत्कालीन जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका…
चन्द्रौटा: सीमा क्षेत्रमा क्रियाशील रहेका सङ्घसंस्थाले मानव बेचबिखनलाई कमी ल्याउन सकेका छैनन् । कपिलवस्तुको सीमा क्षेत्र कृष्णनगर नाका हुँदै भारतमा नेपाली युवतीकोu ओसारपोसार तथा बेचबिखन हुने गरेको छ । चन्द्रौटा हुँदै भारत प्रस्थान गर्ने सडकमा जाँच र परामर्श हुने गरेको छ । गत वर्षको तुलनामा दोब्बर सख्यामा उद्धार गरेको तथ्याङ्क सार्वजनिक गरिएको छ । जिल्ला प्रहरी कार्यालयमा आव २०७५÷७६ मा तीन मानव बेचबिखनसम्बन्धी मुद्दा दर्ता भएका छन । सोमा दुई मुद्दा फछ्र्योट भएका छन् । चालू आर्थिक वर्षका छ महिनामा दुईवटामात्र मुद्दा दर्ता भएका जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक दीपशमशेर जबराले बताउनुभयो । आव २०७४÷७५ मा सीमा क्षेत्रमा रहेका शान्ति…
हुम्ला: जिल्लामा गत पुस २८ गतेदेखि यही माघ दोस्रो हप्तासम्म आठ जनाको निधन भएको छ । दक्षिणी भेगमा पर्ने खार्पुनाथ गाउँपालिकामा दुई, सर्केगाड गाउँपालिकामा एक र चङ्खेली गाउपालिकामा पाँचको मृत्यु भएको हो । हिमपात बढी हुने हुँदा दम, खोकी, निमोनिया र छाती सुन्निनेलगायत कारण मृत्यु भएको हुन सक्ने सर्केगाडका वडाध्यक्ष गजबहादुर राउतले फोनमार्फत जानकारी दिनुभयो । करीब तीन फिटसम्म बाक्लो हिमपात हुँदा जनजीवन कष्टकर हुनाका साथै कार्यालयमा काम गर्न कठिन भएको सहायक प्रजिअ दत्तराज हमालले जानकारी दिनुभयो । हिमपातका कारणले करीब एक महिनादेखि टेलिफोन र विद्युत् सेवामा अवरोध हुनाका साथै खाद्यान्न आपूर्तिमा समस्या भएको छ । त्यस्तै बैंक कारोवार…
काठमाडौँ: स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नोभेल कोरोना भाइरस सङ्क्रमणको आशङ्कामा एक जनालाई मात्रै निगरानीमा राखेको जनाएको छ । शहीद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा सम्पर्कमा आएका आठमध्ये अन्यलाई कुनै निगरानीको जरुरी नभएकाले घर पठाइएको र एक जनाको मात्रै परीक्षण थालिएको मन्त्रालयका प्रवक्ता महेन्द्रप्रसाद श्रेष्ठले जानकारी दिनुभयो । विशेषगरी भाइरस सङ्क्रमण भuएको क्षेत्रबाट आएका मानिस र शङ्कास्पद लक्षण देखिएकालाई मात्रै निगरानीमा राख्ने गरिएको छ । यसअघि चार जनामा गरिएको परीक्षणमा माघ ९ गते एक जनामा सङ्क्रमण भएको फेला परेको थियो । उनी पनि उपचारपछि निको भएर घर फर्किसकेका छन् । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालकै उपस्थितिमा हरेक दिन…
काठमाडौँ : शहीद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगितामा साविक विजेता मनाङ–मस्र्याङ्दी क्लबले सङ्कटा क्लबलाई पराजित गरेको छ । ललितपुरको सातदोबाटोस्थित एन्फा (अखिल नेपाल फुटबल सङ्घ) कम्प्लेक्सको मैदानमा आज सम्पन्न खेलमा मनाङले सङ्कटालाई ३–० गोलअन्तरले पराजित गर्दै विजयी भएको हो । मनाङले खेलको ४२औँ मिनेटमा सङ्कटाका खेलाडी अमित तामाङको आत्मघाती गोलबाट शुरुआती अग्रता बनायो । अञ्जन विष्टको हेड बल क्लियर गर्ने क्रममा अमितले आफ्नै पोस्टमा गोल गर्दै मनाङलाई पहिलो अग्रता दिलाएका थिए । अमितले गोल गरेको एक मिनेट पनि बित्न नपाउँदै मनाङका अञ्जन विष्टले एक गोल थपे । उनले खेलको ४३औँ मिनेटमा गोल गरेका थिए । त्यसैगरी मनाङका अर्का खेलाडी…
