Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

काठमाडौँ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को केन्द्रीय कमिटी बैठकमा बिहीबारदेखि समूहगत छलफल हुने छ । राष्ट्रियसभागृहमा शुरु भएको बैठकमा बिहीबारदेखि वर्णानुक्रमअनुसार १५ समूह विभाजन गरी प्रतिवेदनमाथि समूहगत छलफल गर्ने तयारी भएको नेकपाका प्रचार विभाग उपप्रमुख सूर्य थापाले जानकारी दिनुभयो । महासचिव विष्णुप्रसाद पौडेलले समूहगत छलफलका लागि १५ समूहमा केन्द्रीय सदस्यलाई विभाजन गर्नुभएको थियो । वर्णानुक्रमअनुसार ४४१ केन्द्रीय सदस्यलाई विभिन्न १५ समूहमा विभाजन गरिएको हो । बन्दसत्रमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीको राजनीतिक प्रतिवेदन प्रस्तुत गर्दै आगामी २०७७ चैत मसान्तसम्म पार्टीको एकता महाधिवेशन गर्ने प्रस्ताव पेश गर्नुभयो । त्यसैगरी बैठकमा महासचिव पौडेलले साङ्गठनिक प्रतिवेदन प्रस्तुत गर्नुभयो । आजै सातै प्रदेशका अध्यक्षले…

Read More

काठमाडौँ : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता महेन्द्रप्रसाद श्रेष्ठलाई एक राजनीतिक नेताले फोन गर्दै छोरा चीनबाट आएको तीन हप्तापछि नोभेल कोरोना भाइरस छ कि परीक्षण गर्नुप¥यो भनेर फोन आयो । उहाँले आवश्यक छैनभन्दा पनि उहाँले ढिपी गर्नुभयो । “कुनै पनि व्यक्तिमा कोरोना भाइरस लागेको बढीमा १५ दिनमा त लक्षण नै देखिन्छ, तीन हप्तापछि कोरोना भाइरस छ कि भनेर शङ्का गर्नु आवश्यक नै छैन”, प्रवक्ता श्रेष्ठले थप्नुहुन्छ, “जबर्जस्ती शङ्का गर्नु जरुरी छैन ।” उहाँले केही अस्पतालले पनि जबर्जस्ती कोरोना भाइरस परीक्षणका लागि सिफारिस गरेको भन्दै यस्तो नगर्न भनेको जानकारी दिनुभयो । केही व्यक्ति नमूना लिएर नै टेकुस्थित जनस्वास्थ्य प्रयोगशालासमेत आइपुगेका छन्…

Read More

काठमाडौँ : धितोपत्र बजारमा आज शेयर कारोबार मापक नेप्से परिसूचक झिनो अंकले गिरावट आएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आज नेप्से ०.२७ अंकले घटेर १ हजार ३०५.८८ मा थामिएको छ । यस्तै सेन्सेटिभ परिसूचक ०.४९ अंकले घटेर २७८.१९ मा पुगेर रोकिएको छ । आज कुल १७६ कम्पनीका २८ लाख ७८ हजार ४५२ कित्ता शेयर रु एक अर्ब २९ करोड ३७ लाख ११ हजार ३८३ मा खरिदबिक्री भयो । कारोबार भएका कुल १२ मध्ये चार उपसमूहको शेयरमात्र बढेको छ । आज सबैभन्दा बढी निर्जीवन बीमाको शेयर ९७.१९ अंकले वृद्धि भएको छ । यस्तै वित्त ९०.९५, होटल १६.१६ र व्यापार उपसमूहको…

Read More

काठमाडौं: गत पुष ७ गते प्रहरीले अवैध रुपमा बसेका तथा आर्थिक अपराधमा संलग्न भएको आरोपमा काठमाडौंका विभिन्न स्थानमा छापा मारी एक सय २२ जना चिनियाँलाई पक्राउ गर्‍यो । विदेशी नागरिक यति ठूलो संख्यामा पक्राउ परेको त्यो नै अहिलेसम्म सबैभन्दा ठूलो अपरेसन थियो । उनीहरुलाई प्रहरीले अभद्र व्यवहार सम्बन्धी मुद्दामा अदालतबाट ५ दिनको समय लिएर अनुसन्धान पनि गर्यो पछि केहि प्रमाणित नभएको भन्दै उनीहरुलाई पुष २३ गते चीन नै फर्काइयो । अपरेसनको नेतृत्व गरेको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)का निर्देशक डिआइजी निरज शाही चिनियाँ नागरिक आपराधिक कामकै लागि नेपाल बसेको बताउँछन् । विज्ञहरु भने यो घटनालाई सामान्य अपराधका रुपमा मात्र हेर्दैनन्…

Read More

काठमाडौँ: १९ महिनापछि सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को केन्द्रीय समिति बैठक शुरु भएको छ । तत्कालीन एमाले र माओवादी केन्द्रबीच एकीकरण भएर नेकपा बनेपछि यो दोस्रो केन्द्रीय समिति बैठक हो । राष्ट्रिय सभा गृहमा ११ बजेदेखि सुरु भएको बैठकमा पार्टीका ४ सय ४१ केन्द्रीय सदस्य सहभागी भएका छन । बैठकलाई प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गरिरहेका छन । बैठकमा अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक प्रतिवेदन पेस गर्नेछन् । यसअघि स्थायी समितिमा पेस गरिएको प्रतिवेदनलाई नै प्राप्त सुझावसहित पेस गर्न लागिएको हो । अध्यक्षले विभिन्न एजेन्डासहित पेस गर्ने प्रतिवेदन सदस्यलाई वितरण गरिने छ । वितरित प्रतिवेदनमाथि भने बिहीबारबाट…

Read More

काठमाडौ: नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले सांसद शिवमाया तुम्बाहाङ्फेलाई केन्द्रीय सदस्यमा मनोनित गरेको गरेको छ । मंगलबार बसेको नेकपा सचिवालयको बैठकले तुम्बाहाङ्फेलाई केन्द्रीय सदस्यमा मनोनित गरेको महासचिव विष्णु पौडेलले जानकारी दिए । तत्कालीन उपसभामुख रहेकी तुम्बाहाङफेले गत गत माघ ६ गते राजीनामा दिएकी थिइन् । तुम्बाहाङफे केन्द्रीय सदस्यमा मनोनित भएसँगै उनलाई आजबाट सुरु हुने केन्द्रीय समिति बैठकमा सहभागी हुने बाटो खुलेको छ । उनी तत्कालीन एमालेको केन्द्रीय सदस्य थिइन् । उपसभामुख बनेपछि पार्टीको सदस्यता त्यागेकी थिइन् ।

Read More

काठमाडौँ: नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) ले ल्यान्डफिल्ड साइटको वातारणीय प्रभाव मूल्याङ्कनका बारेमा गरेको अध्ययन प्रतिवेदन काठमाडौँ महानगरपालिकालाई बुझाएको छ । कामपाका प्रमुख विद्यासुन्दर शाक्यलाई मङ्गलबार नास्टका वरिष्ठ वैज्ञानिक अधिकृत डा भोजराज पन्तले अध्ययन प्रतिवेदन बुझाउनुभएको हो । प्रतिवेदनअनुसार विगत १३ वर्षदेखि काठमाडौँ उपत्यकाको १८ स्थानीय तहको फोहर नुवाकोटको सिसडोलस्थित ल्यान्डफिल्डमा व्यवस्थापन हँुदै आएको थियो । प्रतिवेदनले साइट आसपासका १० स्थान अति प्रभावित, १० ठाउँलाई प्रभावित र ४ स्थान कम प्रभावित भएको देखाएको छ । मापनका आधारमा नुवाकोट जिल्लाको ककनी गाउँपालिकास्थित तल्लो सिउँडिनी (तलेटार, ल्यान्डफिल्ड साइटको माथिल्लो भाग), सोति बालुवा, मङ्गटा टोल १ र २,…

Read More

पोखरा: पोखराको अन्तर्राष्ट्रिय पर्वतीय सङ्ग्रहालयमा हुने तेस्रो विश्व शान्ति पूजाका अवसरमा गौतम बुद्धको जन्मभूमि लुम्बिनीबाट शान्तिदीप पोखरा ल्याइने भएको छ । हिमाल आरोहण एवं पदयात्राका क्रममा दिवङ्गत भएका सम्पूर्ण आत्माको चिरशान्तिको कामना गर्दै पोखरामा यही माघ २० देखि २२ गतेसम्म हुने विश्व शान्ति पूजामा शान्तिको प्रतीक दीप ल्याउन लागिएको हो । प्रदेश नंं ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले यही माघ २० गते सोमबार बिहान ७ः३० बजे लुम्बिनीबाट लामा गुरुलाई हस्तान्तरण गर्नुहुने उक्त शान्तिदीपलाई सोही दिन पोखराको हेम्जास्थित शाक्य गुम्बामा ल्याएर राखिने कार्यक्रम छ । नेपाल पर्वतारोहण सङ्घको आयोजना तथा नेपाल पर्यटन बोर्ड, नेपाल भ्रमण वर्ष २०२० को सहयोगमा…

Read More

रुपन्देही: बजारमा गुणस्तरहीन सामानको बिक्री बढेको उपभोक्ताको गुनासो आएपछि जिल्ला प्रशासन कार्यालय (जिप्रका) ले बजार अनुगमन शुरु गरेको छ । जिप्रका रुपन्देहीको नेतृत्वमा वाणिज्य कार्यालय, खाद्य तथा गुण नियन्त्रण कार्यालय, बुटवल उपमहानगरपालिका, नेपाल प्रहरी र पत्रकार महासङ्घका प्रतिनिधिसहितको टोलीले मङ्गलबार बुटवल–१३ स्थित थापा फुड्स प्रोसेसिङ इण्डष्ट्रिजमा अनुगमन ग¥यो । उपभोक्ताको गुनासो आएपछि थापा फुड्स प्रोसेसिङ इण्डष्ट्रिजले बिक्री गर्दै आएको विभिन्न ब्राण्डका चामल, दाल, बेसनलगायतका खाद्य सामग्रीको अनुगमन गरिएको हो । अनुगमनका क्रममा मापदण्डविपरीत चामल बिक्री गरेको पाइएकाले तत्कालका लागि कारोबार रोक्का गर्न निर्देशन दिइएको जिप्रकाका अधिकृत मनोज पोखरेलले जानकारी दिनुभयो । अनुगमनका क्रममा थापा ब्राण्डका विभिन्न…

Read More

काठमाडौँ: सत्तारुढ नेकपाको पार्टी एकतापछि पहिलोपटक केन्द्रीय समितिको बैठक बुधबार (आज) बाट शुरु हुँदै छ । बैठक ५ दिनमा सक्ने तयारी भएको छ ।विधानतः ६–६ महिनामा बस्नुपर्ने बैठक नेकपाले २१ महिनासम्म पनि नबोलाएकोमा पार्टीभित्र अध्यक्षद्वयको आलोचना हुँदै आएको थियो । तत्कालीन एमाले र माओवादी केन्द्रबीच २०७५ जेठ ३ मा पार्टी एकता भएको थियो । बैठकको राष्ट्रिय सभागृहमा हुने बैठककको तयारी पूरा भएको नेकपा प्रचार विभाग उपप्रमुख सूर्य थापाले जानकारी दिए। पार्टी एकता भएको डेढ वर्षपछि बैठक हुन लागेको हो। नेकपाको गत मंसिर २९ देखि पुस ६ गतेसम्म बसेको स्थायी कमिटी बैठकले एकीकरणको काम पूरा गराएसँगै केन्द्रीय कमिटीको बैठक राख्ने निर्णय…

Read More