Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

मध्यपुरथिमि:मध्यपुरथिमि नगरपालिकाभित्र पुरिएका, अरुका नाममा गएका र घाँसे मैदनमा परिणत भएका ऐतिहासिक एवं पुरातात्विक महत्वका पोखरीहरुले पुनःजीवन पाउन थालेका छन् । नगरपालिकाले हरेक वर्ष बजेटमै समावेश गरेर भग्नावशेषमा परिणत भएका र लोप हुन लागेका सम्पदा बचाउने अभियान थालेका कारण त्यस्ता पोखरीे पुरानै स्वरुपमा फर्कंदै छन् । मध्यपुरथिमि नगरपालिकाकाका प्रमुख मदन सुुन्दर श्रेष्ठले सोधखोज गर्ने जनप्रतिनिधि नभएर हराउँदै गएका, पुरिएका र खेल मैदानमा परिणत भएका ऐतिहासिक पोखरीहरुको नगरपालिकाले संरक्षण थालेको बताउनुभयो । मध्यपुरथिमि–८ बाडेमा रहेको सयौं वर्ष पुरानो पलेस्वाँ पुखुः (कमल पोखरी) को नगरपालिकाले पुनःनिर्माण कार्य शुरू गरेको हो । पलेस्वाँ पुखुःको सिमाङ्कन गर्ने, पर्खाल निर्माण गर्ने कार्यसँगै आउँदो बिस्केट जात्रामा पानी…

Read More

काठमाडौँ: सरकारले छिमेकी मुलुक चीनका केही क्षेत्रमा फैलिएको कोरोना भाइसरका कारण पर्यटन क्षेत्रमा पर्न सक्ने सम्भावित जोखिमबारे उच्च सतर्कता अपनाउन सरोकारवालालाई आग्रह गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा आज सरोकारवालासँगको छलफलमा मन्त्री योगेश भट्टराईले भाइसरबारे धेरै आत्तिनुपर्ने अवस्था नभए पनि उच्च सावधानी अपनाउन आग्रह गर्नुभयो । भाइरसको प्रकोपलाई फैलन नदिन सरकारले तयारी गरिरहेको जानकारी दिनुभयोे । “कोरोना भाइसर नेपालमा फैलन नदिन सबै सरोकारवालाले उच्च सतर्कता अपनाऔँ, सङ्क्रमण बढेको अवस्थामा नियन्त्रण गर्न सरकार तयार छ”, उहाँले भन्नुभयो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको समन्वयमा हवाई मार्गबाट भित्रने पर्यटकको स्वास्थ्य परीक्षणका गर्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ‘हेल्थ डेस्क’ स्थापना गरिएको र…

Read More

काठमाडौँ : “हाम्रो चयन उपयुक्त रहेछ । कुनै पनि दलले उहाँको विकल्पमा अर्को प्रस्ताव सार्नुभएन”, यो भनाइ हो नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का संसदीय दलका उपनेता सुवास नेम्वाङको । प्रतिनिधिसभाको आजको बैठकमा नेकपा स्थायी समिति सदस्य एवं सांसद अग्निप्रसाद सापकोटालाई सभामुखमा निर्वाचित गरियोस् भन्ने प्रस्ताव राख्दै उपनेता नेम्वाङले सभाध्यक्षका लागि आफूहरुको चयन उपयुक्त भएको बताएर पार्टीको निर्णय सही भएको स्पष्ट पार्नुभयो । नेता सापकोटा लामो समयदेखि संसदीय प्रक्रियामा सहभागी रहेको र राजनीतिमा आउनुअघि कुशल शिक्षक समेत रहनुभएकाले सभामुखका लागि उहाँ उययुक्त पात्र रहेको पूर्व सभामुखसमेत रहनुभएका नेम्वाङको भनाइ थियो । ‘कञ्चन’ उपनामले चिनिनुहुने सापकोटालाई आम मानिसले हेडसरका रूपमा चिन्छन् । राजनीतिमा…

Read More

पोखरा : अखिल नेपाल फुटबल संघ कास्कीका अध्यक्ष मिलन गुरुङमाथि कुटपिट गरेको आरोपमा पक्राउ परेका प्रदेशसभा सांसद राजीव गुरुङ((दीपम मनाङे) धरौटीमा रिहा भएका छन् । मनाङेलाई जिल्ला प्रशासन कार्यालयले ६ हजार धरौटीमा रिहा गरेको सहायक प्रमुख जिल्ला अधिकारी श्रीनाथ पौडेलले जानकारी दिए । उनलाई फागुन १३ गते उपस्थित हुने गरी धरौटीमा रिहा गरिएको पौडेलले बताए। मनाङेलाई माघ ९ गते पक्राउ परेका थिए। कुटाई खाने एन्फा कास्की अध्यक्ष मिलन गुरुङलाई पनि बैंकिङ कसुरको आरोपमा १० गते पक्राउ गरिएको थियो । मिलनलाई भन थपे ७ दिन थुनामा राख्ने गरी म्याद थप गरिएको छ। मंगलबार पोखरामा उद्घाटन भएको मुख्यमन्त्री कप फुटबल समारोहमा मिलनमाथि…

Read More

काठमाडौं : सत्तारुढ नेकपाको पार्टी एकतापछि पहिलोपटक केन्द्रीय समितिको बैठक बुधबार बस्ने भएको छ । बैठक ५ दिनमा सक्ने तयारी भएको छ ।विधानतः ६–६ महिनामा बस्नुपर्ने बैठक नेकपाले २१ महिनासम्म पनि नबोलाएकोमा पार्टीभित्र अध्यक्षद्वयको आलोचना हुँदै आएको थियो । तत्कालीन एमाले र माओवादी केन्द्रबीच २०७५ जेठ ३ मा पार्टी एकता भएको थियो । ‘अब केन्द्रीय समिति बैठक बस्ने गरी सम्पूर्ण तयारी पूरा भएको छ’, केन्द्रीय कार्यालयका सचिव श्रीराम ढकालले बताए । गत मंसिर २९ देखि पुस ६ सम्म बसेको पार्टी स्थायी समिति बैठकले केन्द्रीय समिति बैठक २३ पुसबाट बोलाउने निर्णय गरेको थियो । तर २० पुसको सचिवालय बैठकले राष्ट्रिय सभा…

Read More

काठमाडौं: आयात–निर्यातकर्ता व्यवसायीको प्रतिनिधि संस्था नेपाल समुद्रपार निकासी पैठारी संघमा नयाँ कार्यसमिति चयन भएको छ । संघको गत शुक्रबार सम्पन्न ४०औं साधारणसभाबाट सुनिलकुमार वंशलको नेतृत्वमा २१ सदस्यीय कार्यसमिति चयन भएको हो । अध्यक्षसहित सबै कार्यसमिति सदस्य निर्विरोध निर्वाचित भएका हुन् । नयाँ कार्यसमितिको प्रथम उपाध्यक्षमा विनोदकुमार सेठिया, द्वितीय उपाध्यक्षमा शिवकुमार अग्रवाल, महासचिवमा मदनलाल मित्तल, प्रथम सचिवमा अनिलकुमार अग्रवाल, द्वितीय सचिवमा खगेन्द्र सिटौला र कोषाध्यक्षमा कुमार कार्की चयन भएका छन् । कार्यसमिति सदस्यहरुमा अमित मोर, आकाश गोल्छा, गौरव शारडा, जयन्तकुमार अग्रवाल, दिनेशकुमार चोखानी, पवनकुमार अग्रवाल छन् । त्यसैगरी, प्रदीप राजगाढिया, प्रभातकुमार सर्राफ, विष्णुकुमार जोशी, रतनलाल केडिया, रमेशकुमार थापा, रामचन्द्र खेतान, संजय…

Read More

गलकोट: यहाँको एक गाउँपालिकाले गाउँघरमा छोरीलाई हेरिने सामाजिक दृष्टिकोण अझै पनि गलत रहेको भन्दै परिवर्तन गर्न थालनी गरेको छ । गाउँपालिकाले ‘उज्यालो भविष्य बाल बचत’ कार्यक्रम सञ्चालन गरेर छोरीलाई हुने विभेदको अन्त्य गर्न थालेको हो । बागलुङ जिल्लाको बरेङ गाउँपालिकाले छोरा र छोरी बीचमा हुने विभेद, सुरक्षित प्रसूति र उज्ज्वल भविष्य निर्माणका लागि नयाँ कार्यक्रमको ल्याएको छ । गाउँपालिकाले छोरी जन्मेमा हरेक महिना एक सय रुपैयाँका दरले २० वर्षसम्म बालिकाको खातामा रकम जम्मा गरिदिने योजना बनाएको बरेङ गाउँपालिकाले जनाएको छ । छोरा जन्मेमा भने एकपटक मात्र बालकको खातामा एक हजार जम्मा गरिदिनेछ । यसका लागि गाउँपालिकाको केही सर्त पूरा गर्नुपर्ने…

Read More

रारा: मुगुलगायत कर्णालीका केही जिल्लामा एक महिनादेखि इन्टरनेट सेवा ठप्प भएको छ । कर्णालीका मुगु, हुम्ला, डोल्पा, जुम्ला र कालीकोटका साबिकका कर्णालीका जिल्लामा एक महिनादेखि एडिएसएल इन्टरनेट सेवा ठप्प भएको हो । गत पुस १७ गतेबाट कर्णालीका जिल्लामा नेपाल टेलिकमद्वारा वितरित एडिएसएल इन्टरनेट सेवाले काम गर्न छोडेपछि यी जिल्लााहरु सञ्चारविहीन भएका हुन् । टेलिकम क्षेत्रीय कार्यालय नेपालगञ्जका प्रमुख अनन्त मल्लिकका अनुसार कर्णालीमा बाक्लो हिमपातपछि नेपाल टेलिकमको दैलेखको महावु र जुम्ला जिल्लाको डाँफे लेखमा राखिएको रेडियो लिङ्कमा समस्या आएको, पटकपटक प्राविधिक टोली लेखमा चढ्न खोजे पनि मौसममा आएको खराबीका कारण लेख चढ्न नसकेर समस्या लम्बिएको, शुक्रबारबाट मौसममा सुधार आएकाले शनिबार प्राविधिक…

Read More

काठमाडौँ: प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले कोरोना भाइरसबाट नेपाल पनि उच्च जोखिममा रहेको भन्दै यसबाट नेपालीको सुरक्षाका लागि गम्भीरतापूर्वक आवश्यक व्यवस्थापन गर्न सरकारसँग माग गरेको छ । नेपाल पनि कोरोना भाइरसबाट उच्च जोखिममा रहेको छ । चीनको हुबई प्रान्तको राजधानी उहानबाट फैलन शुरु भएको कारोना भाइरस आधा दर्जन मुलुकमा फैलिसकेकोे छ । उहान शहरमा विभिन्न विश्वविद्यालय, शिक्षण संस्थामा अध्ययनरत नेपाली विद्यार्थी र त्यहाँ रहेका नेपाली व्यवसायीसमेत जोखिममा रहेकाले उनीहरुलाई सुरक्षित तरिकाले यथाशीघ्र उद्धारका लागि आवश्यक व्यवस्था गर्न काँग्रेस संसदीय दल आग्रह गरेको हो । “महामारीका रुपमा फैलन सक्ने कोराना भाइरस फैलन नदिन आवश्यक सुरक्षा व्यवस्था तथा सङ्क्रमित व्यक्तिको उचित उपचारको…

Read More

लहान: आगोमा जलेर घाइते सिरहाको औरही गाउँपालिका–५ औरही नवटोलकी २७ वर्षीय अनिताकुमारी यादवको उपचारका क्रममा आज बिहान मृत्यु भएको छ । गत शुक्रबार राति खाना पकाइरहेका बेला अचानक शरीरमा आगो लागेर घाइते भएकी अनिताको काठमाडौँको कीर्तिपुर मोडेल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । यसैबीच अनिताको मृत्यु रहस्यमय रहेको भन्दै प्रहरीले अनिताका पति विनोद यादवलाई पक्राउ गरेको छ । घटना शङ्कास्पद भएकाले अनिताका श्रीमान् विनोदलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी नायब उपरीक्षक विनोदकुमार घिमिरेले जानकारी दिनुभयो । स्थानीयवासीले घटना भएको घरमा मट्टितेलको बोतल भेटिएकाले घटना शङ्कास्पद भएको बताएका छन् । वैदेशिक रोजगारीबाट करिब तीन महिनाअघि मात्र…

Read More