Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

काठमाडौँ । नेपाल आयल निगम इन्धनको मूल्य घटाएको छ । चाडपर्व नजिकिएसँगै इन्धनको मूल्य घटेको हो । निगमका अनुसार पेट्रोल, डिजेल, हवाई इन्धन र मट्टितेलको मूल्य घटेको छ । मंगलबार बिहानदेखि लागु हुने गरी निगमले पेट्रोलमा एक रुपैयाँ, डिजेलमा दुई, हवाई इन्धनमा आन्तरिकमा ६ तथा बाह्यमा प्रतिहजार लिटरमा ४५, मट्टितेलमा दुई रुपैयाँ घटाइएको जनाएको छ । एलपी ग्याँसको मूल्य भारतबाट नेपाली ४१ बढेर आएकोमा चाडपर्वलाई लक्षित गरी यथावत् राखिएको निगमले जनाएको छ । इन्धनको मूल्य घटेसँगै चाडबाडको मुखमा उपभोक्ताले राहत महसुस गर्ने विश्वास गरिएको छ । साथै आयल निगमले पर्वका बेला इन्धन आपूर्तिमा कुनै समस्या नहुने जनाएको छ ।

Read More

काठमाडौँ:ग्लोबल आइएमई बैंक लिमिटेडका ग्राहक तथा ग्राहकका परिवारका सदस्यहरुले बुद्ध एयरको टिकट खरिदमा ८ प्रतिशत छुट पाउने छन् । उक्त छुट सम्बन्धी समझदारीमा बैंकका नायव महाप्रबन्धक तथा बाग्मती प्रदेश प्रमुख रुपेन्द्र वाग्ले र बुद्ध एयरका मार्केटिङ्ग सेल्स डाइरेक्टर रुपेश जोशीले हस्ताक्षर गर्नुभएको छ । समझदारी अनुसार ग्लोबल आइएमई बैंकका डेबिट, क्रेडिट कार्डवाहक एवम् बैंकको मोबाइल बैंकिङ्ग एप्लिकेशन ‘ग्लोबल स्मार्ट प्लस’ प्रयोगकर्ता हरुले बुद्ध एयरको टिकटको खरिदमा ८ प्रतिशत छुट पाउनेछन् । बैंकका ग्राहकहरु तथा ग्राहकका परिवार सदस्यहरुले बुद्ध एयरको काउन्टरबाट यो छुट पाउनेछन । साथै, सम्पूर्ण आन्तरिक बिमानस्थलमा रहेको बुद्ध एयरको काउण्टरबाट टिकट लिएपश्चात् बैंकको ग्लोबल स्मार्ट प्लसमार्पmत क्युआर कोर्ड…

Read More

काठमाडौँ । प्रधानमन्त्री केपी शर्माओलीले आफू संयुक्त राष्ट्रसंघको भैँसी दुहुन गएर दूध लिएर आएको जस्तो नभएको बताएका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा संयुक्त राष्ट्रसंघमा नेपालको सहभागिताबाट नेपालले के फाइदा लियो भनेर सञ्चारकर्मीले सोधेको प्रश्नमा प्रधानमन्त्रीले यस्तो जवाफ दिएका हुन् । ‘म कुनै भैँसी दुहुन गएर दूध लिएर आएको जस्तो होइन’, प्रधानमन्त्री ओलीले भने, ‘म त्यहाँ हाम्रा विचार र समस्या राख्न गएको हो । राखियो ।’ उनले समस्याहरू हाम्रो देशका मात्र नभएको भन्दै विश्वव्यापी समस्याका बारेमा जानकारी गराएको बताए । ‘ग्लोबल समस्या भएकाले सबै मिलेर गर्नुपर्छ । त्यसरी नै अल्पविकसित देशहरूले बढी भोग्नुपरेको क्षति र मार जुन छ क्षति पुर्‍याउने कुरामा…

Read More

काठमाडौं: इलामको माई नदीमा आएको बाढीले काबेली करिडोर १३२ केभी प्रसारण लाइनका ४ वटा टावरमा क्षति पुर्याएको छ ।बाढीले प्रसारण लाइनमा क्षति पुर्याएपछि ताप्लेजुङ, पाँचथर र इलाममा सञ्चालनमा रहेका आयोजनाहरुको करिब १८५ मेगावाट विद्युत् उत्पादन बन्द भएको छ । टावर ढल्नुभन्दा अगाडि उक्त लाइनबाट दैनिक रुपमा १८०–१८५ मेगावाटसम्म विद्युत् प्रवाह भइरहेको थियो ।काबेली करिडोर प्रसारण लाइनअन्तर्गत इलामको गोदकबाट झापाको दमकसम्मको खण्डमा पर्ने ५०,५१,५२ र ५३ नम्बर टावरलाई माई नदीको बाढीले क्षति पुर्याएको छ । उक्त स्थानबाट प्रसारण लाइनलाई माई नदी पार गराएको थियो । उक्त स्थानमा प्रसारण लाइनको स्पान साढे सात सय मिटर रहेको छ ।चारवटा टावरमध्ये बाढीले ५१ र…

Read More

तिमिल्सिनालाई भने ६ महिना कैद काठमाडौं । सर्वाेच्च अदालतले सिधा कुरा नामक अनलाइन र त्यसमा संलग्न व्यक्तिहरुले अदालतको मानहानी गरेको ठहरसहित सजाय तोकेको छ । सर्वोच्चको वृहत पूर्ण इजलासले आइतवार निर्णय सुनाउँदै कथित अडियो रेकर्ड गर्ने राजकुमार तिमल्सिनालाई ६ महिना कैद सजाय तोकेको छ । त्यस्तै सिधाकुराका सम्पादक युवराज कडेल र नविन ढुंगानालाई ३ महिना कैद सुनाएको छ । युवराज कँडेल र नविन ढुंगानाले कथित अडिओको सत्य तथ्य परीक्षण नगरी प्रसारण गरेको हुनाले ३ महिना कैद सजाय तोकिएको हो । उनीहरुले लिखितरुपमा अदालत समक्ष माफी मागेमा ७ दिनमात्र कैद बसी अरु कैद निलम्बन हुने भनिएको छ । सीधा कुरा अनलाइनलाई…

Read More

काठमाडौँ: नागढुंगा–नौबीसे खण्डमा पर्ने झ्याप्लेखोलामा गएको पहिरो पन्छाइएको छ। डोजरले पहिरो पन्छाएसँगै काठमाडौंबाट क्रेन लगेर बाटोमा अड्किएका बसहरुलाई हटाएसँगै बाटो खुलेको हो। नागढुंगा नौबीसे सडक आयोजनाका प्रमुख केशवप्रसाद ओझाले सडकको पहिरो सबै फालिएको बताए। उनले भने, ‘पहिरो पन्छाउने काम सकिएको छ। बीचमा बसहरुले बाटो छेकेका थिए। तिनलाई काठमाडौंबाट क्रेन लगेर सारिएको छ।’ योसँगै दुई दिनयता पहिरोले अवरुद्ध सडक समेत खुल्ला भएको छ।

Read More

काठमाडौं: अविरल वर्षाका कारण आएको बाढी-पहिरोले साढे ६ सय मेगावाटका १६ वटा हाइड्रोपावर कम्पनीमा क्षति पुर्‍याएको छ । १६ वटा जलविद्युत आयोजनामा बाढीका कारण क्षति पुगेको स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) ले जानकारी दिएको छ । इप्पानका अनुसार बाढीका कारण ६५७ मेगावाटका १६ वटा आयोजान आंशिक तथा पूर्ण रूपमा क्षतिग्रस्त भएका हुन् । यद्यपि जलविद्युत आयोजनामा सञ्चार विच्छेद भएकाले अन्य आयोजनाको विवरण आउन नसकेको इप्पानले जनाएको छ । यी १६ आयोजनामा करिब १ खर्बभन्दा बढीको लगानी छ। बाढीले क्षति पुर्‍याएपछि हाइड्रोपावर लगानीकर्ताहरू चिन्तित बनेका छन् । केही आयोजनामा यसअघिको बाढीले समेत क्षति पुर्‍याएको छ । मान्डू हाइड्रोपावरको लगानी रहेको…

Read More

काठमाडौँ: वर्षाका कारण बीपी राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको रोसी गाउँपालिकास्थित विभिन्न स्थानमा सडक नै बगाएपछि उक्त क्षेत्रमा अलपत्र परेका यात्रुको उद्धार गर्न हेलिकप्टर परिचालन गरिएको छ। यसका लागि सदरमुकाम धुलिखेलबाट नेपाली सेनाको हेलिकप्टर पानी, खाद्यान्नसहितका राहत सामग्री बोकेर बिहान पौने १० बजे नै पठाइएको छ। शनिबार साँझ नेपाली सेनाको हेलिकप्टरबाट उद्धार प्रयास गरिए पनि सफल हुन सकेको थिएन। खाद्यान्नसहित उडेको हेलिकप्टर अवतरणका लागि उचित ठाउँ नपाएपछि पुनः धुलिखेल फर्किएको जिल्ला समन्वय समितिका प्रमुख दीपक गौतमले बताए। उनका अनुसार त्यस क्षेत्रमा फसेकालाई सेनाको हेलिकप्टरमार्फत उद्धार गर्न आज बिहानैबाट तयारी थालिएको थियो। सडक सम्पर्क-विच्छेद भएपछि राजमार्गमा करिब एक सय ५० यात्रु अलपत्र अवस्था रहेको…

Read More

काठमाडौं । काठमाडौंको नागढुंगादेखि मुनि झ्याप्लेखोलामा पहिरोमा पुरिएको दुईवटा बसबाट १४ जनाको शव निकालिएको छ । शनिबार बिहान पहिरो जाँदा धादिङ जिल्लाको झ्याप्ले खोलामा माइक्रोबसहरु पुरिएका थिए । त्यस क्रममा लु १ ज ४५७८ नम्बरको माइक्रोबसबाट ५ वटा शव निकालिएको हो । त्यस्तै नम्बर नखुलेको अर्को बसबाट ९ जनाको शव निकालिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी नवराज अधिकारीले जानकारी दिए । ती बसहरु शनिबार साँझ एक्साभेटरको सहायताले निकालिएको थियो । पहिरोमा अरु बसहरु पनि पुरिएको आशंकामा प्रहरीले खोजी गरिरहेको छ ।

Read More

काठमाडौँ:काठमाडौँको नागार्जुन नगरपालिकामा अविरल वर्षा संगै झरेको पहिरोले ५ वटा घरमा क्षती पुर्याउंदा ५ जनाको मृत्यु भएको भने २ जना घाइते भएका छन् । नागार्जुन नगरपालिका प्रवक्ता एबम वारदा नम्बर ५ का वार्ड अध्यक्ष महेश रिमालका अनुसार इचङ्गु नारायण मन्दिरको पछाडी पर्ने नागार्जुन वडा नं. ६ को सिमानामा पहिरोले ५ वटा घर पुरिनुका साथै पुरिएर ५ जनाको निधन हो । घटनाबारे खबर हुने बितिकै मेयर मोहन बहादुर बस्नेत, उपमेयर सुशिला अधिकार र जनाप्रतिनिधरु घटना स्थलमा पुगेको प्रबक्ता रिमालले जानकारी दिए । घटनाबारे दुःख व्यक्त गर्दै मेयर बस्नेतले उपचाररत २ जना विरामीको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन् भने उद्धार तथा…

Read More