Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- ऊर्जा र जलस्रोतमा ३२ बुँदे सुधार योजना: मन्त्री श्रेष्ठद्वारा समयसीमासहित निर्देशन
- सर्वोच्चले अदालतले भन्यो- पूर्वमन्त्री दीपक खड्कालाई तत्काल थुनामुक्त गर्नू
- सरकारले सार्वजनिक गर्यो १८ बुँदे ‘राष्ट्रिय प्रतिबद्धतापत्र’ को मस्यौदा
- डोलप्रसाद अर्याल सभामुखमा निर्विरोध निर्वाचित
- अर्थमन्त्री डा. वाग्लेले गरे एक सातामै तीन दर्जन काम
- निर्माण व्यवसायी महासंघको अध्यक्षमा पाण्डे निर्वाचित, महासचिवमा घिमिरे
- चालु आर्थिक वर्षको ८ महिनामा भित्रियो साढे १४ खर्ब रुपैयाँ रेमिट्यान्स
- फेरि बढ्यो डिजेल र पेट्रोलको मूल्य, पेट्रोल प्रतिलिटर २०२ रुपैयाँ, डिजेल १८२ रुपैयाँमा कारोबार
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
काठमाडौँ: प्रधानमन्त्री सुशीला कार्कीले आगामी निर्वाचनलाई पनि एक राष्ट्रिय पर्वका रूपमा ग्रहण गरी त्यसमा सहभागी हुन र सफल बनाउन सबै पक्षलाई आह्वान गरेकी छन्। आज सोमबार बिहान छठ पर्वको शुभकामना दिँदै प्रधानमन्त्री कार्कीले आफ्ना कुनै अडान वा असन्तुष्टि छन् भने पनि आउँदो फागुन २१ गते प्रतिनिधि सभाको निर्वाचनबाट अनुमोदन गराउन अपिल गरेकी हुन्। ‘सडक प्रदर्शन मात्र सबै समस्याको समाधान होइन। आफ्ना कुनै अडान वा असन्तुष्टि छन् भने पनि शान्तिपूर्ण तवरले राखी आमजनताको मन जितेर निर्वाचनबाट अनुमोदित गराउनु लोकतन्त्रको सर्वोत्तम विधि हो’, उनले शुभकामना सन्देशमा भनेकी छन्, ‘यसनिम्ति पनि आगामी निर्वाचनलाई पनि एक राष्ट्रिय अनुष्ठानका रूपमा ग्रहण गरी त्यसमा सहभागी हुन…
काठमाडौँ: कार्तिक शुक्ल षष्ठी अर्थात् छठ पर्वको मुख्य दिन आज (सोमबार) साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी विधिपूर्वक अर्घ्य दिइँदै छ। बिहानै स्नान गरी दिनभर निर्जल व्रत गरेका व्रतालुले बेलुकी अस्ताउँदो सूर्यलाई अर्घ्य दिने व्रत विधि छ। कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने सूर्यदेवको आराधना, उपासना र पूजाको यो पर्व शनिबार सुरु भएको हो। ऐतिहासिक पौराणिक ग्रन्थ महाभारतमा उल्लेख भएअनुसार द्रोपदीसहित पाँच पाण्डव अज्ञातवासमा रहँदा उक्त गुप्तवास सफल होस् भनी सूर्यदेवलाई आराधना गरिएको थियो। त्यस समयमा पाण्डवहरू विराट राजाको दरबारमा बास बसेको उल्लेख छ। लोककथनबमोजिम सोही समयदेखि छठ मनाउने परम्पराको थालनी भएको हो। सूर्य पुराणअनुसार सर्वप्रथम अत्रिमुनिकी पत्नी अनुसूर्यले छठ व्रत…
काठमाडौँ: नेपाल प्रहरीमा ५ जना प्रहरी नायव महानिरीक्षक (डीआईजी) बढुवाका लागि सिफारिस गरिएको छ। आइतबार बसेको बढुवा सिफारिस समितिको बैठकले हाल रिक्त चार र तीन दिनपछि रिक्त हुने एक डीआईजीमा बढुवा गर्न सिफारिस गरेको हो। डीआईजीका लागि एसएसपीहरु भुपेन्द्र खत्री, सानुराम भट्टराई, ओम अधिकारी, शेखर खनाल र अविनारायण काफ्ले सिफारिस भएका हुन्। उनीहरू सबै २०५६ सालमा प्रहरी निरीक्षकमा भर्ना भएका थिए। उनीहरूभन्दा वरियतामा अगाडी रहेका दुई डीआईजीलाई भने छुटाइएको छ। एसएसपीहरू शारदा प्रसाद चौधरी र विश्व अधिकारीलाई छुटाइएको छ। उनीहरू एसएसपीमा अगाडी थिए। अधिकारी जेनजी आन्दोलनका क्रममा काठमाडौँ प्रहरी प्रमुख थिए। सरकार परिवर्तन भए लगतै अधिकारीलाई काठमाडौँ प्रहरी प्रमुखको जिम्मेवारीबाट…
काठमाडौँ । सम्पदा र संस्कृति संरक्षण अभियानकर्मी गणपतिलाल श्रेष्ठले आफूलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको सट्टा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको जिम्मेवारी दिइएकोमा आपत्ति जनाउँदै मन्त्री पदको जिम्मेवारी अस्वीकार गरेको जानकारी दिएका छन् । झन्डै २४ वर्षदेखि देशको सम्पदा, संस्कृति र सभ्यताको संरक्षण तथा संवर्धनका लागि सङ्घर्ष गर्दै आएका श्रेष्ठले आफू मन्त्री बन्नका लागि कसैको हारगुहार नगरेको तर देशको अहिलेको तरल अवस्था र पर्यटन व्यवसायको खस्किँदो स्थिति तथा संस्कृति संरक्षणमा हुन सक्ने अपूरणीय क्षतिलाई रोक्न आफूले प्रधानमन्त्रीको प्रस्ताव स्वीकार गरेको बताएका हुन् । करिब एक महिनाअघि प्रधानमन्त्रीसँग भेट्दा आफूले मार्गचित्र तयार गरेको र आफ्नो विज्ञता, ज्ञान र…
काठमाडौँ । जेनजी प्रदर्शनपछि गठन भएको उच्चस्तरीय जाँचबुझ आयोगको सचिवालयमा सह सचिव प्रकाश पौडेललाई ल्याइएको छ । गृहमन्त्री ओमप्रकाश अर्यालले आइतबार उनलाई सचिवालयमा सरुवा गर्ने निर्णय गरेका हुन् । पौडेल बाराको प्रमुख जिल्ला अधिकारी थिए । बाराको प्रमुख जिल्ला अधिकारीबाट उनलाई भदौ २३ र २४ मा भएको प्रदर्शनको क्रममा भएको भौतिक एवं मानवीय क्षतिको यथार्थ जाँचबुझ आयोगको सचिवालयमा सरुवा गरिएको गृह मन्त्रालयले जनाएको छ । त्यस्तै, सहसचिव शंकरहरी आचार्यलाई जेनजी आन्दोलनका घाइतेहरूको उपचार र राहत प्रभावकारी बनाउने जिम्मेवारी दिइएको छ । आचार्यलाई धनुषाको प्रजिअबाट मन्त्रालयमा सरुवा गरेर सो जिम्मेवारी दिइएको छ । मन्त्रालयले बाराको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारीमा धर्मेन्द्र कुमार…
काठमाडौँ । पाँच तारे होटल तारागाउँ रिजेन्सी होटल्स (हायात रिजेन्सी काठमाडौँ)ले जेनजी आन्दोलनका क्रममा होटलमा ठुलो क्षति भएको उल्लेख गर्दै पुनः निर्माणपछि यथाशीघ्र सञ्चालनमा आउने बताएको छ । आइतबार होटलका कार्यकारी निर्देशक सुरेशलाल श्रेष्ठद्वारा जारी विज्ञप्तिमा होटलमा भएको क्षतिका सम्बन्धमा प्रधानमन्त्री सुशीला कार्की र अर्थमन्त्री रामेश्वरप्रसाद खनालले सरकारबाट आवश्यक साथ सहयोग प्रदान गरिने भनी दिनुभएको आश्वासनप्रति होटलले आभार व्यक्त गरेको छ । गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा होटलमा भएको क्षतिको मूल्याङ्कन भइरहेको र पुनः निर्माणपछि पर्यटन क्षेत्रमा नेपालको मान–प्रतिष्ठा अझ उच्च बनाउने दृढ सङ्कल्पसहित सञ्चालन हुने विज्ञप्तिमा उल्लेख गरेको हो । “आन्दोलनका क्रममा होटलमा भएको…
काठमाडौं: ठेक्का सम्झौता गरी काम नगरेर वर्षोंदेखि अलपत्र पारिएका सिँचाइतर्फका १२ रुग्ण ठेक्का तोडिएको छ । साविकको जनताको तटबन्ध कार्यक्रम फिल्ड कार्यालय नं २ जलेश्वर महोत्तरीअन्तर्गतका १२ रुग्ण ठेक्का तोडिएको छ । बबई सिँचाइ आयोजनाका ६ रुग्ण ठेक्का तोड्न ३० असोजमा १५ दिने सार्वजनिक सूचना प्रकाशित भइसकेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङले ठेक्का लिने तर काम नगर्ने र आयोजना अलपत्र पार्ने प्रवृत्ति अन्त्यका लागि रुग्ण ठेक्का तोड्न मातहतका निकायलाई निर्देशन दिनुभएको थियो । सोही बमोजिम ठेक्का तोड्ने प्रक्रिया अगाडि बढाइएको थियो । सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना, जनकपुरधामले आइतबार…
काठमाडौं: सडक र पुल निर्माणका लागि ठेक्का सम्झौता गरी काम नगरेर वर्षोंदेखि अलपत्र पारिएका रुग्ण ठेक्का तोड्ने प्रक्रिया सुरु भएको छ । सडक विभागअन्तर्गत हुलाकी सडक निर्देशनालय, संघीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालय काठमाडौं र इटहरी मातहतका सडक डिभिजन कार्यालयले रुग्ण अवस्थामा रहेका १७ वटा ठेक्का तोड्ने प्रक्रिया अगाडि बढाएका छन् । सडक डिभिजन कार्यालय विराटनगर, चन्द्रनिगाहपुर तथा निर्देशनालयले पाँच÷पाँच र नुवाकोटले २ वटा गरी १७ वटा ठेक्का किन नतोड्ने ? भन्दै शुक्रबार सार्वजनिक सूचना जारी गरेका छन् । ठेका तोड्न प्रक्रिया बढाइएका अधिकांश पुल निर्माणका रहेका छन् । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास…
काठमाडौँ: नेपाली बजारमा सुनको मूल्य अहिलेसम्मकै महँगो बनेको छ । आज एकैदिन सुन तोलाको २ हजार रुपैयाँले बढेको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुनको मूल्य तोलाको २ लाख ५० हजार ९०० पुगेको छ । बुधबार एक तोला सुन २ लाख ४८ हजार ९०० रुपैयाँमा खरिदबिक्री भएको थियो । आज चाँदीको मूल्य पनि वृद्धि भएको छ । आज एक तोला चाँदी ३ हजार २७० रुपैयाँमा खरिदबिक्री भइरहेको महासंघले जनाएको छ । बुधबार एक तोला चाँदीको मूल्य ३ हजार २४० रुपैयाँमा कारोबार भएको थियो ।
काठमाडौं: ठेक्का सम्झौता गर्ने तर काम नगरेर वर्षोंदेखि अलपत्र पारी रुग्ण बनाइएका सिँचाइतर्फका ठेक्का तोड्न सुरु गरिएको छ । बबई सिँचाइ आयोजनाले करिब ६ वर्ष अघि अमन कन्स्ट्रक्सन कम्पनी गुलरिया—५सँग गरिएको ठेक्का सम्झौता तोड्ने बिहीबार सार्वजनिक सूचना जारी गरेको छ । आयोजनाले कम्पनीसँग नहर मर्मत, कमाण्ड क्षेत्र संरक्षण, भवन मर्मतलगायतका काम गर्न आर्थिक वर्ष २०७७÷७८मा ठेक्का सम्झौता गरेको थियो । ६वटा ठेक्कामध्ये चारको निर्माण प्रगति शून्य छ । एउटाको ३० र अर्कोको ५५ प्रतिशत प्रगति रहेकोछ । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङले ठेक्का लिने तर काम नगर्ने र आयोजना अलपत्र पार्ने…