Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- एनडब्लुइडिसीका ठेकेदार कम्पनीहरूले यसै साता राहत प्याकेज घोषणा गर्ने
- नुवाकोटको तादी नदीमा एक्रो ब्रिज ढुवानी गरी पुल निर्माणको काम तीव्र
- सुरुङभित्र उद्धारका लागि नेपाललाई स्विट्जरल्यान्डको अत्याधुनिक ड्रोन
- पुराना नेता र म मा यहि फरक छ: अरु कुर्सीमा बसेर फाइल समात्छन्, म फिल्डमै पुग्ने हो: सुदन गुरुङ
- त्रिशूली ३ ‘ए’को सुरुङको पावरहाउसमा उद्धार गर्न सेनाले थप्यो जनशक्ति
- भोटेकोशी बाढी पीडितका तस्वीर–भिडियो सार्वजनिक गर्दा संवेदनशील बन्न सञ्चारमन्त्रीको आग्रह
- पोखराको फेवातालमा कार खस्दा २ जना भारतीय नागरिकको मृत्यु
- उद्धार गरिएका साह भन्छन्: पावर हाउस भित्र ४०/४५ जना थियौं, सबैको ज्यान बचाउन लाग्दा म आफैभित्र परे
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
काठमाडौं । सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेको बयान सुरु भएको छ । पर्सास्थित सानोपाइला सहकारीको रकम अपचलनको आरोपमा उनीमाथि मंगलबारबाट बयान सुरु भएको हो । जिल्ला प्रहरी कार्यालय पर्साको हिरासतमा रहेका लामिछानेलाई जिल्ला सरकारी वकिल कार्यालय पर्सामा १० बजे उपस्थित गराएर बयान सुरु गरिएको छ । पर्साका एसपी कुमुध ढुंगेलले लामिछानेको बयान सुरु भएको बताए । कास्की प्रहरीको हिरासतमा रहेका लामिछानेलाई सोमबार काठमाडौं हुँदै हवाई जहाजमार्फत सिमरा, बारा लगिएको थियो । त्यहाँबाट पर्सा प्रहरीले आफ्नो भ्यानमा राखेर लामिछानेलाई पर्सा लगेको थियो । सोमबार मेडिकल जाँच गरेर लामिछानेलाई हिरासतमा राखिएको थियो । त्यतिबेला उनको प्रेसर…
काठमाडौं । संयुक्त राष्ट्र संघीय शान्ति मिसन अन्तरगत सिरियामा खटिएका सबै नेपाली सैनिक सुरक्षित रहेको नेपाली सेनाले जनाएको छ । विद्रोही समूह एचटीएसले देशको राजधानीमा कब्जा जमाएसँगै राष्ट्रपति बसर अल असद सिरिया छाडेर रुसतिर गएका छन् । विद्रोहीले राजनीतिक कब्जा गरेपछि सरकारी फौज पछि हट्नु परेको थियो । यो घटनाक्रम हुँदा नेपाली शान्ति सैनिक रहेको हदारस्थित १०-ए सुरक्षा पोष्टमा पनि हतियारधारी समूह जबरजस्ती प्रवेश गरेका थिए । यसपछि उत्पन्न परिस्थितिबारे जानकारी दिँदै सैनिक प्रवक्ता गौरवकुमार केसीले भनेका छन्, ‘उक्त सुरक्षा पोष्ट लगायत सिरियामा तैनाथ संयुक्त राष्ट्र संघीय मिसन अन्तरगत विभिन्न स्थानमा रहेका नेपाली शान्ति सैनिकको अवस्था सामान्य रहेको छ ।’
काठमाडौं । प्रहरी प्रमुख (आईजी) वसन्तबहादुर कुँवरलाई सोधपुछका लागि राष्ट्रिय मानव अधिकार आयोगमा बोलाइए पनि उनी उपस्थित भएनन् । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेलाई मध्यरातमा चितवनबाट पोखरा लगिएको घटनामा सोधपुछका आयोगले प्रहरी प्रमुखलाई बोलाएको थियो । रविमाथि हिरासतमै मानव अधिकार उल्लघंन भएको भन्दै बयानका लागि बोलाइए पनि सोमबार कुँवर उपस्थित नभएको आयोगका प्रवक्ता टिकाराम पोखरेलले बताए । कुँवर आफू उपस्थित नभएर अपराध अनुसन्धान विभागका एआईजी टेकप्रसाद तामाङ, सचिवालयका डीआईजी दानबहादुर कार्की र प्रहरीकै मानव अधिकार शाखाका एसपी मोहनकुमार थापालाई आयोगको कार्यालयमा पठाएका थिए । प्रहरीसँग आयोगका सदस्य मनोज दुवाडीले कानूनी शासनको प्रत्याभूतिसहित स्वच्छ पुर्पक्षको अधिकार र बन्दीका…
काठमाडौँ:विवादित व्यवसायी दुर्गा प्रसाईँमाथि विद्युतीय कारोबारसम्बन्धी कसुर (साइबर क्राइम) मा अनुसन्धान सकिएको छ। प्रहरीको साइबर ब्युरोले उक्त कसुरमा अनुसन्धान सकेर आइतबार जिल्ला सरकारी वकिल कार्यालयमा अनुसन्धान प्रतिवेदन बुझाएको ब्युरोका निर्देशक प्रहरी नायब महानिरीक्षक (डीआईजी) नविन्द अर्यालले बताए। प्रसाईँलाई मंसिर ४ गते प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले भक्तपुरस्थित उनको निवासबाट पक्राउ गरेको थियो। साइबर क्राइममा अनुसन्धान गर्न सीआईबीले उनलाई साइबर ब्युरोमा बुझाएको थियो। प्रसाईँले प्रधानमन्त्री केपी शर्मा ओलीले कम्बोडियामा लगानी गरेको भन्दै विवादित सामग्री सामाजिक सञ्जालमा फैलाएका थिए। त्यसक्रममा उनले त्यसका प्रमाण हुन् भन्दै कागजातसमेत सार्वजनिक गरेका थिए। तर ती कागजात र उनले लगाएको आरोप झुटो रहेको भन्दै पक्राउ गरिएको…
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोमबार बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालविरुद्ध भ्रष्टाचार मुद्दा दायर गर्यो । उनीहरूमाथि नपाएको ओहदा लिएको र झुटा विवरण पेश गरी भ्रष्टाचार गरेको आरोप लागेको हो । अख्तियारको दाबी अनुसार उनले नागरिकतामा भएको जन्ममितिको विवरण सच्याएर आफ्नो पदावधि लम्ब्याएका थिए । सिलवालले २४ फागुन, २०३२ मा पर्साबाट नागरिकता लिएका थिए, त्यतिबेला उनको नागरिकता उल्लेखित उमेर १६ वर्ष मात्रै थियो । पछि उनले जिल्ला प्रशासन कार्यालय, काठमाडौंबाट नागरिकताको प्रतिलिपि लिए, जसमा उनको जन्ममिति २२ कात्तिक २०१६ थियो । अख्तियारको दाबी अनुसार त्रिभुवन विश्वविद्यालयको ट्रान्सक्रिप्टमा उनको जन्ममिति १५ साउन, १०१५ साल भनी उल्लेख छ ।
बाजुरा: बाजुरामा गए रातिदेखि वर्षासँगै हिमपात सुरु भएको छ । मौसम बदली भएर वर्षा सुरु भएसँगै लेकाली भेगमा हिमपात सुरु भएको हो । हिमपात सुरु भएसँगै जिल्लामा चिसो बढेको छ । हिमाली गाउँपालिकाको बिच्छ्या, रुगिन, बाँधु, स्वामीकार्तिको जुकोट, जगन्नाथ गाउँपालिकाको गोत्री क्षेत्रमा हिमपात सुरु भएको वडा नम्बर ६ का स्थानीय जयप्रसाद पाण्डेले बताए । यसैगरी गौमुलको दहकोट, मानाकोट, बूढीनन्दाको कुरु, पाण्डुसैन, खप्तड छेडेदहको काँडा, जयबागेश्वरी, बडीमालिका रजाली, मार्तडी, ढम्कनेलगायत क्षेत्रका अग्ला भागमा हिमपातले डाँडा सेताम्मे भएका छन् । यहाँको धार्मिक तथा पर्यटकीय क्षेत्र बडीमालिका, पोरखे लेक, कालाजग्रा, दह डाँडा, बडालेख, खप्तड राष्ट्रिय निकुञ्जमा पनि हिमपातले छोपेको छ । सदरमुकाम मार्तडी…
काठमाडौं: उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुबीच भेटवार्ता भएको छ ।अर्थ मन्त्रालयमा भएको भेटमा आर्थिक सहयोग, एमसिसी र युएसएआइडी अन्तर्गतका परियोजनाको प्रभावकारी कार्यान्वयन, विकास वित्त, निजी क्षेत्रमा लगानी लगायतका विषयमा छलफल भएको छ ।उपप्रधानमन्त्री एवं अर्थमन्त्री पौडेलले नेपालमा राजनीतिक स्थायित्व भएकाले अबको मुख्य प्राथमिकता आर्थिक समृद्धि भएको र त्यसका लागि नेपालमा अमेरिकी सहयोगलाई थप विस्तार गर्न अनुरोध गर्नु भएको थियो ।अमेरिकी सहायक विदेशमन्त्री लुले दक्षिण एसियाका केही देश आर्थिक रुपमा समस्या परेपनि नेपाल आर्थिक वृद्धि र स्थायित्व कायम गर्न सफल भएको भन्दै खुशी व्यक्त गर्नु भएको थियो । उहाँले अमेरिका आगामी दिनमा नेपालमा थप आर्थिक…
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले केही समयपछि आफू भारत भ्रमणमा जाने जानकारी गराएका छन् । झापाको दमकस्थित व्यापारिक कम्प्लेक्सको उद्घाटन समारोहलाई सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री ओलीले आफ्नो चीन भ्रमणबाट देशको हितका लागि धेरै कुरा भएको र चाँडै भारत भ्रमणमा जाने बताएका हुन् । ‘हामी देश बनाउँछौं । कर्णालीमा पुल बन्ने भएको छ । चीन भ्रमणबाट अरु थुप्रै कुराहरू भएका छन्,’ प्रधानमन्त्री ओलीले भने, ‘अब मान्छेहरूले पत्याएका छैनन् होला, म केही समयपछि भारत भ्रमणमा पनि जान्छु ।’ उनले आफू संयूक्त राष्ट्रसंघको भ्रमणमा गएका बेला आठ दिनमै ४३ वटा कार्यक्रम सकेर फर्किएको पनि सुनाए । ‘अस्ति संयुक्त राष्ट्रसंघको भ्रमणमा गएँ, र…
नयाँ कार्यकाररिणी समितिले कार्यभार सम्हालेकै भोलीपल्ट खबर आयो निजी क्षेत्रलाई पनि अख्तियार दुरुपयोग अनुसन्धानको दायरामा ल्याउने गरि राष्टिय सभाले कानुन पारित गरेको थियो ।यो निजी क्षेत्रलाई दुरगामी असर पर्ने र लगानीलाई नै प्रभावित गर्न सक्ने व्यवस्थामा संसदको माथिल्लो सदनले अनुमति दिएको घटना थियो ।त्यसपछि महासंघ नेतृत्वले तत्काल संसदको सबैभन्दा ठूलो दलका मुख्य सचेतक तत्कालीन प्रमुख सचेतक रमेश लेखकसंग छलफल गरे । तत्काल कांग्रेस संसदीय दलले संसद सचिवालयमा छलफल राखेर निजी क्षेत्रका प्रमुख संस्थाहरुलाई बोलायो । त्यहा अध्यक्ष ढकाल लगायत निजी क्षेत्रले किन निजी क्षेत्रमा अख्तियारको प्रवेश हुनु हुँदैन भनेर सम्झाउने प्रयास गर्यो । त्यसपछि नेपाली कंग्रेस सभापति शेर वहादुर देउवा,…
काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओली आज गृह जिल्ला झापा जाने भएका छन् । झापाको दमकमा निर्माण भएको १८ तले बिजनेस टावरको उद्घाटनका लागि प्रधानमन्त्री झापा जान लागेका हुन् । उक्त टावरको ५ वर्षअघि तत्कालीन प्रधानमन्त्री ओलीले नै उद्घाटन गरेका थिए । चिनियाँ निर्माण कम्पनी जेडसीजीआईआईसी र आशिष ओम साइराम कम्पनीले २ अर्ब रुपैयाँको लागतमा निर्माण भएको हो । एक वर्षअघि नै निर्माण सकिएको टावरको आज उद्घाटन भएपछि व्यावसायिक रूपमा सञ्चालनमा आउने जनाइएको छ।