Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- डिजिटल माध्यमबाट विद्युत महसुल तिर्न ऊर्जामन्त्री श्रेष्ठको अपिल, अझै ७३ प्रतिशत नागरिकले भौतिक रुपमा काउन्टरमा गएर महसुस तिर्छन्
- २७ जलविद्युत आयोजनाको आरसीओडी थपियो, ५४० मेगावाटको बाटो खुल्यो
- कांग्रेस महाधिवेशनको दोस्रो दिन : आज बन्द सत्र
- बिजुलीको बिल मोबाइलबाटै तिर्ने प्रणाली सहज बनाउन ऊर्जा मन्त्री श्रेष्ठको निर्देशन
- बदलिएको कांग्रेसले देश पनि बदल्छ : गगन थापा
- नेपाली कांग्रेसको १५औँ महाधिवेशन आजदेखि
- अर्थमन्त्री डा.स्वर्णिम वाग्ले अमेरिकामा,सोमबार अमेरिकी अर्थमन्त्री र विश्व बैंकका अध्यक्षसँग भेटवार्ता
- हेटौंडा–ढल्केबर ४०० केभी प्रसारण लाइन दशैंलगत्तै सञ्चालनमा आउने
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
काठमाडौँ : नेपाली काङ्ग्रेसले ‘हिमाल, पहाड, तराई–मधेश नेपाली काङ्ग्रेस राष्ट्रिय जागरण अभियान’ को दोस्रो चरणका लागि केन्द्रीय प्रतिनिधि खटाएको छ । पर्सी भदौ २४ गतेदेखि प्रारम्भ हुने दोस्रो चरणको जागरण अभियानका लागि आज प्रदेश नं १, कर्णाली र सुदूरपश्चिम प्रदेशका लागि प्रतिनिधिको नाम टुङ्गो लगाई खटाइएको पार्टी कार्यालयले जनाएको छ । प्रदेश नं १ का ५६, कर्णाली प्रदेशका २४ र सुदूरपश्चिम प्रदेशका ३२ प्रदेशसभा निर्वाचन क्षेत्रमा प्रदेशसभा सदस्य, पूर्वसांसद, पूर्वजिल्ला सभापति, प्रतिनिधिसभा र प्रदेशसभाका लागि उम्मेदवार भइसकेका व्यक्तिलाई केन्द्रीय प्रतिनिधिका रूपमा खटाइएको हो । बाँकी चार प्रदेशका लागि पनि आजै नाम टुङ्गो लगाई खटाइने पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी…
विराटनगर : लामो समयदेखि मुआब्जा एवं क्षतिपूर्ति नपाएको विषय लिएर सुनसरी, सप्तरी र उदयपुरका पीडितजन ‘रिले’ अनशनमा बसेका छन् । सुनसरीको कोशी ब्यारेजमा पाल टाँगेर बसेका पीडितले कोशी ब्यारेज निर्माण गर्दाको अवस्थामा भएको क्षतिको माग गरेका छन् । उहाँहरुले जग्गामा भएको बालीको क्षतिपूर्तिको मुआब्जा दिनुपर्ने, जग्गाको सुरक्षा गर्नु पर्ने र तत्कालीन समयमा भएको सम्झौताको कार्यान्वयन गराउनु पर्ने, पीडित समाजका गाउँमा सडक एवं विद्यालय निर्माण हुनुपर्ने, सप्तरी, सुनसरी र उदयपुरमा सिँचाइको व्यवस्था हुनुपर्ने, पीडित परिवारमा शिक्षित बेरोजगारलाई रोजगार दिनुपर्ने र पीडित परिवारजनमा स्वास्थ्य हेरचाह हुनुपर्ने जस्ता माग राखेका छन् । तत्कालीन समयमा भारतीय सरकारले क्षतिपूर्ति दिने भनिएको भए पनि ६५…
महोत्तरी: महोत्तरीको बर्दिवास नगरपालिका–३ मा दाजुभाइबीचको झगडाले आमाको ज्यान गएको छ । हिजो शनिबार साँझ आपसी झगडामा घाइते भएका छोरालाई उपचारका लागि अस्पताल ल्याउन लागेकी आमाको आपूm चढेको एम्बुलेन्स दुर्घटना हुँदा ज्यान गएको हो । बर्दिवास–३ पाटुका दाजुभाइ २१ वर्षीय गङ्गा वादी र १८ वर्षीय उमेश वादी आपसमै कुटपिट मच्चाउँदा घाइते भएपछि छोराहरु लिएर अस्पताल आउँदै गरेकी ५० वर्षीया आमा तारा वादीको बाटोमै आपूm चढेको एम्बुलेन्स पल्टँदा मृत्यु भएको हो । बा२च ४४४१ नंको एम्बुलेन्स शनिबार साँझ ८ बजेतिर विपी राजमार्गको बर्दिवास–३ गौरीडाँडामा पल्टिदा पैदलयात्री छिमेकको धनुषा जिल्लाको मिथिला नगरपालिका–४ का २१ वर्षीय रोशन बराइली, मृतकका दुवै छोरा र…
काठमाडौँ: आउँदो दशैं–तिहार अघि सार्वजनिक सवारीको भाडा वृद्धि नहुने भएको छ । सरकार, उपभोक्ता अधिकारकर्मी, व्यवसायीसहित बसेको बैठकले दशैंअघि सार्वजनिक यातायातको भाडा वृद्धि नगर्ने निर्णय गरेको यातायात व्यवस्था विभागले जनाएको छ । व्यवसायीहरुले लामो समयदेखि भाडा वृद्धिको माग गर्दै आए पनि विभागसँगको छलफलमा दशैंअघि भाडा नबढाउने तर त्यसपछि भाडा निर्धारण गर्ने सहमति भएको हो । ‘विगतभन्दा पहिले यातायात व्यवसायी धेरै जिम्मेवार देखिनुभयो,’ विभागका महानिर्देशक गोगनबहादुर हमालले भने,‘दसैं अगाडि भाडा वृद्धि हुँदैन ।’
काठमाडौँ: चीनका विदेशमन्त्री वाङ यी नेपालको तीनदिने औपचारिक भ्रमणमा (आज)आइतबार आउँदैछन्। उनको भ्रमणलाई चिनियाँ राष्ट्रपति सी जिनफिङको सम्भावित नेपाल भ्रमणको पूर्वतयारीका रुपमा हेरिएको छ । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको औपचारिक निमन्त्रणामा १९ सदस्यीय टोलीको नेतृत्व गर्दै वाङ नेपाल आउन लागेका हुन् । पाकिस्तान हुँदै नेपाल आउने आउने वाङलाई परराष्ट्र मन्त्रालयका सचिव शंकरदास वैरागीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गर्नेछन् । चिनियाँ राष्ट्रपति सीको नेपाल भ्रमण उपयुक्त समयमा हुने भनिए पनि मिति निश्चित भइसकेको छैन । परराष्ट्रमन्त्रालयका अधिकारीहरु भने असोज अन्तिम साता भारत भ्रमणमा आएका बेला सी नेपाल पनि आउनेमा आशावादी छन् । ‘विदेशमन्त्री वाङको भ्रमणले उच्चस्तरीय भ्रमणको वातावरण बनाउन सघाउ पुग्ने…
बाजुरा : स्वामीकार्तिक खापर गाउँपालिका-३ जुकोटका महेन्द्रबहादुर शाहीको बारीमा १२ सय बोट स्याउ छन्। उनले स्याउखेती गर्न थालेको १५ वर्ष भयो। बारीमा लटरम्म स्याउ फल्छ। बजार नपाउँदा स्याउ खेर गइरहेको छ। उनले एक रुपैयाँमा तीन दाना दिने गरेका छन्। गाउँपालिकाले भने किलोको १५ रुपैयाँ निर्धारण गरेको छ। उनले भने, ‘बारीमा आएर किलोमा कोही किन्दैनन्। दानाकै हिसाबले बेच्छु।’ लाखौं मूल्यको स्याउ खेर जाने उनले बताए। उनले भने, ‘किन्न कोही आउँदैन। बजार निकै टाढा छ। भरियालाई बोकाएर पुर्याउन सकिँदैन। स्याउ बस्तुभाउलाई कँुडो बनाएर खुवाउनुपरेको छ।’ गाउँपलिकाबाट भारी बोकेर कोल्टी बजारसम्म पुग्न दुई दिन लाग्छ। कोल्ड स्टोर निर्माण र स्याउका अन्य परिकारबारे…
काठमाडौँ : यातायात क्षेत्रमा कार्यरत मजदूरहरुले अनिवार्यरुपमा पोशाक लगाउनुपर्ने भएको छ । अखिल नेपाल यातायात मजदूर सङ्घ कलङ्की–बल्खुले शनिबार यहाँ आयोजना गरेको यात्रुमैत्री व्यवहार तथा सवारी दुर्घटना न्यूनीकरण अन्तक्र्रिया कार्यक्रममा यातायात मजदूरले पोशाक र परिचयपत्र अनिवार्य लगाउनुपर्ने बताइएको हो । कार्यक्रममा महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालले नमूना यातायात निर्माणका लागि पोशाक र परिचयपत्र अनिवार्य लगाउनुपर्ने बताउनुभयो । “परिचयपत्र र पोशाक लगाएसँगै यात्रुले यातायात मजदूरलाई हेर्ने दृष्टिकोणमा परिवर्तन आउँछ”, उहाँले भन्नुभयो । परिचयपत्र र पोशाक लगाएसँगै यातायात मजदूरको जिम्मेवारी बढ्ने उहाँको भनाइ थियो । महानगरीय प्रहरी परिसर काठमाडौँका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक उत्तमराज सुवेदीले उपत्यकालगायत देशभरको…
काठमाडौँ: प्रहरीले पेस्तोल र गोलीसहित काठमाडौंको माछापोखरीबाट सात जनालाई पक्राउ गरेको छ। शनिबार अपरान्ह ४ बजे प्रहरीले गुण्डागर्दीमा संलग्न रहेका सात जनालाई पक्राउ गरेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी नायब उपरीक्षक होविन्द्र बोगटीले जानकारी दिए। पक्राउ परेकाहरूको पहिचान प्रहरीले खुलाएको छैन। ‘पेस्तोलसहित पक्राउ परेका उनीहरूसँग थप अनुसन्धान गर्दैछौं,’ बोगटीले भने। माछापोखरी र बालाजु क्षेत्रलाई आधार बनाएर गुण्डागर्दीमा संलग्न रहेको भन्दै प्रहरीले उनीहरूलाई पक्राउ गरी अनुसन्धान अघि बढाएको छ।
चितवन: डेङ्गुका बिरामी बढेसँगै जिल्लामा रगतको अभाव देखिएको छ । क्षेत्रीय रक्तसञ्चार केन्द्र भरतपुरका प्रमुख रमेशकान्त पौडेलका अनुसार नियमित रक्तदान नहुँदा डेङ्गु सङ्क्रमितलाई आवश्यक पर्ने सेतो रगत पु¥याउन कठिन भएको हो । अहिले दैनिक १०० युनिट सेतो रगतको माग रहेको बताउँदै उहाँले केन्द्रले ६० देखि ७० युनिट मात्रै उपलब्ध गराउन सकेको जानकारी दिनुभयो । सेतो रगतले प्लेटलेट निर्माणका लागि सहयोग गर्ने गर्दछ । डेङ्गु सङ्क्रमितलाई आवश्यक पर्ने सेतो रगत रक्तदान गरेको छ घण्टाभित्र बनाई सक्नुपर्ने हुन्छ । नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा सभापति ज्ञानशाली न्यौपानेका अनुसार जिल्लामा नियमित रक्तदान नहुँदा बिरामीको मागअनुसार रगत दिन नसकिएको हो । पछिल्लो समय…
सल्यान : कुनै बेला जिल्लाकै विकट र दुर्गम मानिने वाफुखोला अहिले करोडौँको आलु निर्यात गर्ने गाउँ बनेको छ । बागचौर नगरपालिका–१२ वाफुखोलाबाट यस वर्ष रु १५ करोडको आलु निर्यात भएको छ । आलुखेतीबाट मनग्य आम्दानी हुन थालेपछि यस क्षेत्रका बासिन्दाले अन्नबाली छाडेर आलुखेती गर्दै आएका छन् । वाफुखोलाका ८० प्रतिशत जमीनमा वर्षे आलुखेती गरिँदै आएको छ । आलुखेतीबाट मनग्य आम्दानी हुन थालेपछि किसान व्यावसायिक आलुखेतीमतर्फ आकर्षित हँुदै आएका छन् । कुनै बेला परिवारको गर्जो टार्न भारतका विभिन्न स्थानमा पुगेर पसिना बगाउँदै आएका वागचौर नगरपालिका–१२ की वाफुखोलाकी कमला वलीले आलुखेती शुरु गरेपछि भारत नगएको बताउनुभयो । “२० वर्षसम्म भारतका विभिन्न स्थानमा…