Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

काठमाडौँ: आजबाट धरहरा अस्थायी रुपमा सञ्चालनमा आउने भएको छ । संविधान दिवसका अवसरमा धरहरा अस्थायी रुपमा सञ्चालनमा आउने भएको हो । एक दिनमा अधिकतम पाँच सय सर्वसाधारणले निःशुल्क धरहरा चढ्न पाउने गरी व्यवस्था गरिएको छ। सर्वसाधारणले नवनिर्मित धरहरा नि:शुल्क रूपमा चढ्न पाउनेछन् । अर्को व्यवस्था नहुन्जेल सर्वसाधारणले निस्शुल्क धरहरा चढ्न पाउने सहरी विकास तथा भवन निर्माण विभागले जनाएको छ । भदौ २७ गते बसेको मन्त्रिपरिषद् बैठकले असोज ३ गते संविधान दिवसको दिनदेखि धरहरा सञ्चालन गर्ने निर्णय गरेको थियो। २०७२ को भूकम्पमा भत्किएको धरहराको पुनर्निर्माण पछि ९ वर्षपछि अस्थायी रुपमा सञ्चालनमा आउन लागेको हो। अहिलेका लागि धरहरा चढ्नका लागि कुनै शुल्क…

Read More

काठमाडौ: सरकारले प्रत्येक वर्षको वैशाख ७ गतेलाई राष्ट्रिय याक दिवसका रुपमा मनाउने निर्णय गरेको छ । बुधवार बसेको मन्त्रीपरिषदको बैठकले वैशाख ७ गतेलाई याक दिवसको रुपमा मनाउने निर्णय गरेको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ ।कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले आफ्नो अग्रसरतामा यहि भदौ ३० गते मन्त्रालयले तयार पारेको यस सम्बन्धि प्रस्ताब स्वीकृत गर्नुभएको थियो । याक तथा चौरीको संरक्षण सम्वद्र्धन एंव राष्ट्रिय तथा अन्तराष्ट्रिय क्षेत्रमा यसको प्रवद्र्धन गर्ने उद्देश्यले राष्ट्रिय याक दिवस घोषणा गरि मनाउने निर्णय गरिएको कृषि तथा पशुपन्छी विकासमन्त्री अधिकारीले वताउनुभयो । याक दिवसको घोषणाले याक जन्य वस्तुहरुको गुणस्तरीयतामा वृद्धि भई राष्ट्रिय आय वृद्धिमा योगदान…

Read More

काठमाडौं । आज संविधान दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै छ । सार्वभौम संविधानसभाबाट २०७२ असोज ३ गते संघीयतासहितको संविधान जारी भएको दिनको स्मरणमा हरेक वर्ष असोज ३ गतेलाई राष्ट्रिय दिवसको रुपमा मनाइन्छ । संविधान दिवसको अवसरमा सैनिक मञ्च टुँडिखेलमा आज बिहान साढे आठ बजे विशेष समारोह आयोजना गरिएको छ । समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री केपी शर्मा ओलीलगायत सहभागी हुँदैछन् । टुँडिखेलमा आयोजित समारोहमा विभिन्न सांस्कृतिक झाँकी प्रदर्शन गरिने छ । नेपाली सेनाको हेलिकप्टरबाट पुष्पवृष्टि गर्नुका साथै शान्तिको प्रतीक सेतो परेवा उडाउने प्रचलन छ । आजै राष्ट्रपति पौडेलले शीतल निवासमा पनि एक कार्यक्रम आयोजना गरेका छन् ।…

Read More

काठमाडौं । पूर्वप्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले संविधानले दिएका अधिकारको उच्चतम उभोग गर्दै भ्रष्टाचारमुक्त अभियानमा लाग्न आह्वान गरेका छन् । संविधान दिवसको अवसरमा शुभकामना संदेश दिंदै प्रचण्डले भनेका छन्, ‘जनताले प्राप्त गरेका अधिकारको उच्चतम उपभोग गर्दै सबैखाले अराजकता, भ्रष्टाचार, बेथिति र निराशालाई चिर्दै नयाँ उत्साहका साथ अघि बढ्न र यो अभियानमा सहभागी हुन म सम्पूर्ण जनसमुदायमा हार्दिक अपिल गर्न चाहन्छु ।’ उनले संविधानमार्फत जनताले प्राप्त गरेका अधिकारको रक्षा, प्रयोग र थप परिस्कृत गर्दै बदलिएको व्यवस्थाअनुकूल जनताको अवस्था बदल्न दृढताका साथ अघि बढ्नुपर्ने पनि बताएका छन् । यसका लागि आफू तयार रहेको उनको भनाइ छ । अबको बाटो सुशासन,…

Read More

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले यही संविधानले दिएको स्वतन्त्रताको उपभोग गरेर भविष्य सुरक्षित गर्नुपर्ने बताएका छन् । अहिलेको संविधानको सबैलाई अधिकार सम्पन्न गराएको भन्दै ओलीले सबैखाले विचार, समुदाय, भूगोल, लिङ्ग, जाति र धर्मका भावनाहरुलाई यसले संरक्षण गरेको बताएका छन् । आज संविधान दिवसको अवसरमा शुभकामना सन्देश दिँदै ओलीले लेखेका छन्, ‘आज संविधान दिवस, हाम्रो राष्ट्रिय दिवस । दशकौं लामो संघर्ष र सयौंको बलिदानको फलस्वरूप जनता आफैंले आफ्ना लागि तय गरेको शासन प्रणाली र जनताले चुनेको संविधानसभाले पहिलो पटक निर्माण गरेको संविधान । यसले सबैलाई अधिकार सम्पन्न बनाएको छ ।’ उनी थप लेख्छन्, ‘सबैखाले विचार, समुदाय, भूगोल, लिङ्ग, जाति र…

Read More

काठमाडौं । सरकारले सहकारीसम्बन्धी संसदीय विशेष छानबिन समितिको प्रतिवेदन कार्यान्वयनका लागि सम्बन्धित मन्त्रालयहरुमा पठाएको छ । मन्त्रिपरिषद्को बुधबार बसेको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले संसदले पठाएको प्रतिवेदन अगाडि बढाउने बताएका हुन् । ‘उहाँले सिधै सम्बन्धित मन्त्रालयमा पठाऊँ, मन्त्रालय आवश्यक कारबाही गर्छ भन्नुभयो’, एक मन्त्रीले भने । सहकारी छानबिन समितिले सोमबार संसदमा आफ्नो प्रतिवेदन पेश गरेको थियो, जसलाई सभामुखले आवश्यक कारबाहीका लागि सरकारसमक्ष पठाउन निर्देशन दिए । संसदीय विशेष समितिले सूर्य दर्शन, सुप्रिम लगायतका सहकारीको रकम गोर्खा मिडियामा अपचालन भएको निष्कर्षसहित जीबी राई, कुमार रम्तेलर, रवी लामिछाने र छविलाल जोशीलाई कारबाही गर्न सिफारिस गरेको छ ।

Read More

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सामुदायिक विद्यालयका शिक्षकको दरबन्दी मिलान गर्न कार्यदल बनाउने भएको छ । विद्यालयको दरबन्दीको मिलान गर्न अद्यावधिक विवरणसहित सुझाव दिन तीन दिनभित्रमा कार्यदल बनाउने लागेको हो । शिक्षा पत्रकार समाजको चौथो वार्षिकोत्सव कार्यक्रममा बोल्दै शिक्षामन्त्री विद्या भट्टराईले कार्यदल गठन गर्न लागेको बताएकी हुन् । ‘विद्यालयमा कति शिक्षक छन् ? कति आवश्यक छ ? भन्ने अहिलेको अद्यावधिक विवरण आवश्यक भएकाले कार्यदल गठन गर्न लागेका हौँ । महाश्रम शर्माको प्रतिवेदन पुरानो भएकोले नयाँ कार्यदल गठन गर्नु परेको हो,’ उनले भनिन् । तथ्याङक विभागले ग्रामीण भेगमा जनसङ्ख्या घटेको तथ्याङक सार्वजनिक गरेकोले शर्माको प्रतिवेदनले औँल्याएको विवरण पुरानो भएको…

Read More

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई सरकारको न्यूनतम साझा कार्यक्रमसम्बन्धी कार्यदलले प्रतिवेदन हस्तान्तरण गरेको छ । वुधबार साँझ बालुवाटारमा कार्यदलले उनीहरुलाई न्यूनतम साझा कार्यक्रमको प्रतिवेदन हस्तान्तरण गरेको हो ।

Read More

काठमाडौँ । यस वर्ष संविधान दिवसको अवसरमा कुनै पनि कैदीहरूको कैद माफी नहुने भएको छ । विगतमा संविधान दिवस, गणतन्त्र दिवस, प्रजातन्त्र दिवस जस्ता विशेष अवसरमा कैदीहरूको माफी मिनाहा गर्ने प्रचलन भएपनि यो पटक राष्ट्रपति रामचन्द्र पौडेलको विशेष चासोका कारण कैद माफीसम्बन्धी कुनै निर्णय नभएको हो । स्रोतका अनुसार कारागार व्यवस्थापन विभागले असल चालचलन भएको जिकिर गर्दै कैदीहरूको कैद माफीका लागि गृह मन्त्रालय हुँदै राष्ट्रपति कार्यालयमा दुई चरणमा प्रस्तावित सूची पठाएको थियो । सो प्रस्ताव आएसँगै राष्ट्रपति कार्यालय शीतल निवासले गृहमन्त्रीसहित विभागका महानिर्देशकलगायतका सरोकारवालासँगको छलफलमा कानुनी अड्चनसहितका विवादका विषय समेत उठाएको थियो । त्यसपछि राष्ट्रपति कार्यालयमा फाइनल प्रस्ताव नै नगएको…

Read More

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले बाहिरबाटै सहकारी रकम ठगी गरेको पुष्टि भएको बताएका छन्। सहकारी भित्र बसेर भन्दा पनि बढी रकम बाहिरबाटै ठगी गरेको संसदीय छानबिन समितिको प्रतिवेदनले स्पष्ट देखाएको उनको दाबी थियो। बुधवार पार्टी केन्द्रीय कार्यालयमा आयोजित एक कार्यक्रममा बोल्दै महामन्त्री थापाले लामिछानेले आफूहरुले सोचेभन्दा धेरै करिब ६५ करोड ठगी गरेको पनि संसदीय छानबिन विशेष समितिको प्रतिवेदनमा उल्लेख गरिएको बताए। उनले भने, ‘सहकारी कानूनमा दफा १२२ ले के भन्छ भने सहकारीमा ठग्ने मानिसहरु दुई खालका छन्। एउटा आफैँ सहकारीमा बस्छ। सहकारीलाई ठग्छ। एउटा आफू सहकारीमा बस्दैन। बाहिर बस्छ। तर विभिन्न माध्यामबाट सहकारीलाई ठग्छ।…

Read More