Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- जव गृहमन्त्री जेनजी स्मारक पार्क उद्दघाटन नगरी फर्किए, भएको के हो ?
- प्रम शाहद्वारा तीनै सुरक्षा निकायका प्रमुहरुसँग छुट्टाछुट्टै भेटवार्ता गर्दै
- रसुवा बाढीले निम्त्याएको भौतिक क्षति र आवश्यकता मूल्याङ्कन यथार्थपरक बनाउन अर्थमन्त्रीको निर्देशन
- एनडब्लुइडिसीका ठेकेदार कम्पनीहरूले यसै साता राहत प्याकेज घोषणा गर्ने
- नुवाकोटको तादी नदीमा एक्रो ब्रिज ढुवानी गरी पुल निर्माणको काम तीव्र
- सुरुङभित्र उद्धारका लागि नेपाललाई स्विट्जरल्यान्डको अत्याधुनिक ड्रोन
- पुराना नेता र म मा यहि फरक छ: अरु कुर्सीमा बसेर फाइल समात्छन्, म फिल्डमै पुग्ने हो: सुदन गुरुङ
- त्रिशूली ३ ‘ए’को सुरुङको पावरहाउसमा उद्धार गर्न सेनाले थप्यो जनशक्ति
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले केही समयपछि आफू भारत भ्रमणमा जाने जानकारी गराएका छन् । झापाको दमकस्थित व्यापारिक कम्प्लेक्सको उद्घाटन समारोहलाई सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री ओलीले आफ्नो चीन भ्रमणबाट देशको हितका लागि धेरै कुरा भएको र चाँडै भारत भ्रमणमा जाने बताएका हुन् । ‘हामी देश बनाउँछौं । कर्णालीमा पुल बन्ने भएको छ । चीन भ्रमणबाट अरु थुप्रै कुराहरू भएका छन्,’ प्रधानमन्त्री ओलीले भने, ‘अब मान्छेहरूले पत्याएका छैनन् होला, म केही समयपछि भारत भ्रमणमा पनि जान्छु ।’ उनले आफू संयूक्त राष्ट्रसंघको भ्रमणमा गएका बेला आठ दिनमै ४३ वटा कार्यक्रम सकेर फर्किएको पनि सुनाए । ‘अस्ति संयुक्त राष्ट्रसंघको भ्रमणमा गएँ, र…
नयाँ कार्यकाररिणी समितिले कार्यभार सम्हालेकै भोलीपल्ट खबर आयो निजी क्षेत्रलाई पनि अख्तियार दुरुपयोग अनुसन्धानको दायरामा ल्याउने गरि राष्टिय सभाले कानुन पारित गरेको थियो ।यो निजी क्षेत्रलाई दुरगामी असर पर्ने र लगानीलाई नै प्रभावित गर्न सक्ने व्यवस्थामा संसदको माथिल्लो सदनले अनुमति दिएको घटना थियो ।त्यसपछि महासंघ नेतृत्वले तत्काल संसदको सबैभन्दा ठूलो दलका मुख्य सचेतक तत्कालीन प्रमुख सचेतक रमेश लेखकसंग छलफल गरे । तत्काल कांग्रेस संसदीय दलले संसद सचिवालयमा छलफल राखेर निजी क्षेत्रका प्रमुख संस्थाहरुलाई बोलायो । त्यहा अध्यक्ष ढकाल लगायत निजी क्षेत्रले किन निजी क्षेत्रमा अख्तियारको प्रवेश हुनु हुँदैन भनेर सम्झाउने प्रयास गर्यो । त्यसपछि नेपाली कंग्रेस सभापति शेर वहादुर देउवा,…
काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओली आज गृह जिल्ला झापा जाने भएका छन् । झापाको दमकमा निर्माण भएको १८ तले बिजनेस टावरको उद्घाटनका लागि प्रधानमन्त्री झापा जान लागेका हुन् । उक्त टावरको ५ वर्षअघि तत्कालीन प्रधानमन्त्री ओलीले नै उद्घाटन गरेका थिए । चिनियाँ निर्माण कम्पनी जेडसीजीआईआईसी र आशिष ओम साइराम कम्पनीले २ अर्ब रुपैयाँको लागतमा निर्माण भएको हो । एक वर्षअघि नै निर्माण सकिएको टावरको आज उद्घाटन भएपछि व्यावसायिक रूपमा सञ्चालनमा आउने जनाइएको छ।
विराटनगर । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गगन थापालाई लक्षित गर्दै बढी बोल्नेले आफूलाई सिध्याउने बताएका छन् । कांग्रेसकाे काेशी प्रदेशको पहिलो सम्मेलनलाई सम्बोधन गर्दे उनले यस्तो बताएका हुन् । यसअघि बोलेका महामन्त्री थापाले आफूले सभापति कम बोल्ने भएको कारण उहाँको पनि समय लिएर लामो समय बोलेको बताएका थिए । त्यसको विषयमा ठट्यौली शैलीमा मन्तव्य दिएका देउवाले भने, `बढी बोल्ने आफूलाई सिध्याउँछ, कम बोल्नेले अरूलाई सिध्याउँछ ।´ देउवाले यसो भन्दा हलमा हाँसो गुन्जिएको थियो । त्यसपछि देउवाले फेरि भने, `माफ गर्नु होला मैले ठट्टा मात्रै गरेको ।´ देउवाले वर्तमान सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीसँग स्थायित्वका लागि सहकार्य गरेको बताए ।…
काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक कोर्स बदल्नुपर्ने बेला आएको बताउनुभएको छ। माओवादी केन्द्र गोरखा-काठमाडौँ सम्पर्क समन्वय समितिको दोस्रो अधिवेशन उद्घाटन गर्दै प्रचण्डले शासकीय स्वरूप र निर्वाचन प्रणाली बदलेर मात्रै राजनीतिक कोर्स बदल्न सकिने स्पष्ट पारेका हुन् । आफ्नो पार्टीको चुनबाङ बैठकबाट गणतन्त्रको अभ्यास गर्दै जाँदा यसलाई यथास्थितिमा राख्ने र जनताको गणतन्त्र बनाउने शक्तिबिच टक्कर पर्ने अड्कल गरेको स्मरण गर्दै उनले अब त्यो बेला आएको बताए । अध्यक्ष प्रचण्डले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख रहने शासकीय प्रमुख, पूर्ण समानुपातिक निर्वाचन प्रणाली र सांसद होइन विज्ञ मन्त्री बन्ने व्यवस्थामा गएर मात्रै जनताको गणतन्त्र सुदृढ गर्न सकिने धारणा व्यक्त…
काठमाडौँ: नागार्जुन नगरपालिका वडा नम्बर १ को पहलमा शनिबार नि:शुल्क मोतिबिन्दु पहिचान तथा आँखा शिविरमा ४७६ जना वडावासी प्रत्यक्ष लाभावान्वित भएका छन् । २०७९ पछि दोश्रो पटक आयोजना गरिएको यस प्रकारको आँखा शिविरमा यसपटक कुल सेवाग्राहीमध्ये १२६ वृद्धवृद्धाहरुमा मोतिबिन्दु पहिचान भएको छ भने अन्य सेवाग्राहीलाई आवश्यकता र आँखाको समस्या हेरेर ६८ जनालाई नि:शुल्क चस्मा र बाँकीलाई आँखाको औषधि वितरण गरिएको शिविरपछि वडाध्यक्ष रामेश्वर लामाले जानकारी दिनुभयो। गत साल २०८० कार्तिक २० गते पनि वडाले १४ को निशुल्क मोतिबिन्दुको शल्यक्रिया बरिष्ठ डाक्टर सन्दुक रुइतको नेतृत्वमा कपनमामा गरेको थियो । वडाध्यक्ष लामाका अनुसार आज सम्पन्न आँखा शिविर माट्रिका आँखा केन्द्र, पुरानो बानेश्वरको…
काठमाडौँ:चितवन राइनोजलाई पराजित गर्दै कर्णाली याक्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा पहिलो जित दर्ता गरेको छ। शुक्रबारको पहिलो खेलमा कर्णालीले चितवनलाई ६ विकेटले पराजित गर्दै एनपीएलमा पहिलो जित निकालेको हो। एनपीएलको पहिलो खेलमा कर्णाली जनकपुर बोल्ट्ससँग ८ विकेटले पराजित भएको थियो। दोस्रो खेलमा काठमाण्डुसँग ३ विकेटले हारेको थियो। कर्णालीले पहिलो जित निकालेको दिन चितवन राइनोजले भने पहिलो हार व्यहोरेको छ। चितवनले पहिलो खेलमा काठमाण्डु गुर्खाजलाई ५ विकेटले हराएको थियो। दोस्रो पोखरालाई ८७ रनले हराएको थियो। चितवनले दिएको १ सय ३१ रनको लक्ष्य कर्णालीले १ बल अगावै ४ विकेटको क्षतिमा भेट्टायो। पहिलो विकेटका लागि ओपनर शिखर धवन र देव खनालले ९.५…
काठमाडौँ:सर्वोच्च अदालतले गोला प्रक्रियाबाट मुद्दाको पेसी तोक्न थालेको ३ वर्ष भैसकेको छ ।यसअघि प्रधानन्यायाधीशले कुन मुद्दा कुन न्यायाधीशको इजलासबाट हेर्ने भन्ने तय गर्थे। तर, तत्कालीन प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले पेसी तोक्दा नै मुद्दामा चलखेल गरेको आरोप लागेपछि प्रधानन्यायाधीशको त्यो अधिकार खोसियो। मुद्दाको पेसी तोक्दा प्रधानन्यायाधीशको भूमिका नहुने गरी २०७८ मंसिर १५ गतेदेखि गोला प्रक्रियाबाट मुद्दाको पेसी तोक्न थालिएको हो। अहिले सर्वोच्चदेखि उच्च र जिल्ला अदालत (एकभन्दा बढी न्यायाधीश भएका) सम्मै गोला प्रक्रियाबाट मुद्दाको पेसी तोक्न थालिएको छ।न्यायाधीशहरूले गोला तान्छन् र उक्त गोलामा मुद्दाहरूको समूह जनिने नम्बर लेखिएको हुन्छ। जुन गोला तानिन्छ, ती न्यायाधीशको इजलासमा त्यही समूहका मुद्दा पर्छन्। यस पेसी तोक्दा…
काठमाडौं । भुटानका राजा जिग्मे खेसार नाम्ग्याल वाङचुक निजी भ्रमणको सिलसिलामा काठमाडौं आएका छन् । वाङचुकलाई परराष्ट्रमन्त्री डा.आरजू राणा देउवाले विमानस्थलमा स्वागत गरेकी थिइन् । केहीबेरअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएका उनी अहिले स्वयम्भू पुगेका छन् । विमानस्थलबाट उनी सिधै स्वयम्भू गएका हुन् । उनी सिनामंगल–तिनकुने–नयाँबानेश्वर–माइतीघर–थापाथली–त्रिपुरेश्वर–टेकु–कालिमाटी–ताहाचल–छाउनी हुँदै स्वयम्भूनाथ गएका थिए । स्वयम्भूमा दर्शन र पूजापाठ गरेपछि उनी बौद्धनाथ जाने कार्यक्रम छ । त्यहाँ पनि पूजापाठ सकेर उनी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल फर्किने छन् । विमानस्थलबाट उनी करिब २ः४० बजे फिर्ता हुने तालिका छ । भुटानका राजाको काठमाडौं आगमनलाई लक्षित गरी सुरक्षा व्यवस्था चुस्त पारिएको छ । गत बुधबार नै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा…
काठमाण्डौं २० मंसिर गृहमन्त्रीको ‘प्रमुख स्वकीय हुँ’ भन्दै प्रहरी/ प्रशासनदेखि विभिन्न निकायमा फोन गर्ने नक्कली पिए लाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । गृहमन्त्री रमेश लेखकको पिए बताउँदै विभिन्न क्षेत्रबाट लाभ लिन खोज्ने बैतडीको भुमेश्वर गाउँपालिका–७ का २६ बर्षीय करनसिंह विष्टलाई काठमाण्डौबाट पक्राउ गरिएको हो । उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख बरिष्ठ प्रहरी उपरीक्षक सानुराम भट्टराईले नक्कली पिए विष्टलाई पक्राउ गरी अनुसन्धान थालिएको जानकारी दिनुभयो । उहाँले नक्कली पिए भन्दै ठगी गर्दै हिडेका विष्टmलाई धुम्वाराहीबाट पक्राउ गरेको जानकारी दिदैं प्रहरी बरिष्ठ उपरीक्षक भट्टराईले कानुनी कारबाही अघि बढिसकेको जानकारी दिनुभयो । त्यसैगरी गृहमन्त्रीको सचिवालयले पनि नक्कली पिएको विषय सचिवालयमा आएपछि केही…