Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

काठमाडौँ । फरार प्रतिवादी खोज्दा नेपाल प्रहरीका बहालवाल इन्स्पेक्टर फेला परेका छन् । स्वयम्भू वृतमा कार्यरत प्रहरी निरीक्षक धर्मेन्द्र अकौलिया फरार सूचीमा रहेको भेटिएपछि उनलाई प्रहरीले पक्राउ गरेर अदालतमा बुझाएको छ । सहकारीसम्बन्धी मुद्दामा फरार रहेको भेटिएपछि अकौलियालाई निलम्बन गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी नवराज अधिकारीले रातोपाटीलाई बताए । प्रहरीले उनलाई अदालतमा उपस्थित गराएको छ । कसुरमा प्रहरी वृत्त स्वयम्भूमा २०८० भदौमा जाहेरी दर्ता भएको थियो । अनुसन्धान सकेर प्रहरले २०८१ साउनमा अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालयमा बुझायो । मुद्दा अदालतमा पेस भएर सुनुवाइको प्रक्रियामा छ । सहकारीको सञ्चालक समिति सदस्य समेत रहेका अकौलिया २०८१ भदौ २७ मा सरुवा…

Read More

काठमाडौँ: नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा मंसिर १५ गतेदेखि सुरु हुन लागेको पहिलो संस्करणको सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) मा उत्कृष्ट प्रदर्शन गर्ने नेपाली खेलाडीलाई शारडा समूहले ब्रान्ड न्यू कार प्रदान गर्ने भएको छ। यस संस्करणमा ‘प्लेयर अफ द सिरिज’ घोषित हुने नेपाली खेलाडीले यो विशेष सम्मान पाउनेछन्। एनपीएलको व्यावसायिक अधिकार व्यवस्थापन गरिरहेको ब्रान्ड डिजिटल लजिक प्रा.लि. र क्यानको संयुक्त पहलमा यो सम्झौता गरिएको हो। सम्झौतापत्रमा ब्रान्ड डिजिटल लजिक प्रा. लि. का प्रमुख कार्यकारी रोशन निरौला र शारडा समूह अन्तर्गतको एसपीजी अटोमोबाइल्सका निर्देशक गौरव शारडाले हस्ताक्षर गरेका छन्। एसपीजी अटोमोबाइल्सका निर्देशक गौरव शारडाले यो सहकार्यले नेपालमा क्रिकेटको प्रवर्द्धन…

Read More

काठमाडौं । विद्युत् नियमन आयोगले डेडिकेटेड एवम् ट्रंक लाइन विवादमा मन्त्रिपरिषद्ले गरेको निर्णयअनुरूप बक्यौता असुली गर्न नेपाल विद्युत प्राधिकरणलाई निर्देशन दिएको छ । उद्योगहरूको लाइन काट्दा सरकारको राजस्वमा समेत असर पर्ने हुनाले उसले लाइन नकाट्न समेत भनेको छ । यसअघि मन्त्रिपरिषद् बैठकले टीओडी मिटरसमेतका आधारमा पुनः गणना गरी १५ दिनभित्र बक्यौता उठाउन र उद्योगहरूमा काटिएको लाइन जोडिदिने निर्णय २५ कात्तिकमा गरेको थियो । लाल आयोगको सिफारिस तथा मन्त्रीपरिषद्को निर्णयका आधारमा डेडिकेटेड र ट्रंक लाइनसम्बन्धी बिलहरूको छानबिन गर्न ऊर्जा मन्त्रालयले प्राविधिक समिति गठन गरेको हुनाले बक्यौता उठाउने कुरामा कुनै सम्झौता नगरी अन्य सबै प्रक्रिया यथास्थितिमा राख्ने निर्णय भएको छ,’ नियमन आयोगका…

Read More

काठमाडौँ:नेपाल धितोपत्र बोर्डका नवनियुक्त अध्यक्ष सन्तोषनारायण श्रेष्ठले पद तथा गोपनीयताको शपथ लिएका छन्। अर्थ मन्त्रालयमा मंगलबार साँझ अध्यक्ष श्रेष्ठले अर्थमन्त्री विष्णु पौडेलसँग शपथग्रहण गरेका हुन्। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले उनलाई धितोपत्र बोर्डको अध्यक्ष बनाउने निर्णय गरेको थियो। पूर्वअध्यक्ष रमेश हमालले गत वर्ष पुस २० मा कार्यकाल पूरा गरेपछि अध्यक्ष पद लामो समय रिक्त थियो। शपथ लिँदै अध्यक्ष श्रेष्ठले आफूलाई तोकिएको काम आफ्नो ज्ञान र विवेकले बुझेसम्म इमान र कर्तव्य सम्झी बफादार भएर पूरा गर्ने बताए।

Read More

काठमाडौँ : नेपाल राष्ट्र बैंकले कर्णाली डेभलपमेन्ट बैंकलाई निक्षेप संकलन र कर्जा प्रवाहमा रोक लगाएको छ । केन्द्रिय बैंकले उक्त बैंक समस्यामा देखिएपछि निक्षेप लिन र कर्जा दिन रोक लगाएको हो । केन्द्रिय बैंकले निरीक्षण गर्दा तोकिए बमोजिमको पूँजीकोष अनुपात कायम नहुने भन्दै निक्षेप लिन र कर्जा दिन रोक लगाएको बताइएको छ । राष्ट्र बैंकको वित्तीय संस्था सुपरिवेक्षण विभागका अनुसार नेपालगञ्ज बाँकेमा केन्द्रीय कार्यालय रहेको कर्णाली डेभलपमेन्ट बैंकले तोके बमोजिमको न्यूनतम पुँजीकोष अनुपात कायम नगरेको तथा निष्कृय कर्जा (एनपीएल) अनुपात ४०.८५ प्रतिशत कायम रहेकाले कारवाही गरिएको जनाएको छ । निक्षेपकर्ता र सर्वसाधारणको हित संरक्षण गर्ने अभिप्रायले सो संस्थालाई आजैका मितिबाट…

Read More

काठमाडौं: नेपाली बजारमा मंगलबार पनि सुनको मूल्य घटेको छ । अघिल्लो दिन प्रतितोला १५ हजार ९ सय रुपैयाँले घटेको सुनको मूल्य आज पनि घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला २ हजार ६ सय रुपैयाँले घटेको छ । यससँगै आज सुनको मूल्य प्रतितोला १ लाख ४८ हजार ७ सय रुपैयाँ कायम भएको छ । अघिल्लो दिन सुनको मूल्य प्रतितोला १ लाख ५१ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । चाँदीको मूल्य २५ रुपैयाँले घट्दै प्रतितोला १ हजार ८२० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको…

Read More

काठमाडौँ: सरकारले नेपाल धितोपत्र बोर्डको अध्यक्षमा सन्तोषनारायण श्रेष्ठलाई नियुक्त गरेको छ। सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले श्रेष्ठलाई ४ वर्षको लागि बोर्ड अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो। सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले धितोपत्र बोर्डको अध्यक्षमा श्रेष्ठलाई नियुक्त गरेको जानकारी दिए। बोर्ड अध्यक्ष छनोट समितिले आइतबार सन्तोष नारायण श्रेष्ठ, मुक्तिनाथ श्रेष्ठ र डा. नवराज अधिकारीको नाम सिफारिस गरेको थियो ।समितिले सिफारिस गरेका व्यक्‍तिमध्ये बाट सरकारले सन्तोष नारायणलाई नियुक्त गर्ने निर्णय गरेको हो । व्यवसायीक प्रशासनमा स्नातकोत्तर गरेका श्रेष्ठ वित्तीय संस्थाको सञ्चालक समितिको अध्यक्ष भइ काम गरिसकेका छन् । त्यसैगरी विद्युत प्रधिकरण सञ्चालक समितिमा समेत बसेर काम गरिसकेका छन् ।

Read More

काठमाडौं: नेपाली बजारमा सुनचाँदीको मूल्य भारी मात्राले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले सोमबारका लागि सुनको मुल्य प्रतितोला १ लाख ५१ हजार ३ सय कायम भएको जनाएको छ । सुनको मूल्य आइतबार प्रतितोला १ लाख ६७ हजार २ सय रुपैयाँ थियो । यसैगरी हिजो प्रतितोला १९ सय ६० रूपैयाँमा किनबेच भएकामा १८ सय ४५ रूपैयाँमा काराेबार भइरहेको छ । यस हिसाबले सुनको मूल्य प्रतितोला १५ हजार ९ सय रूपैयाँले तथा चाँदीको १ सय १५ रूपैयाँले कम भएको हो ।

Read More

काठमाण्डौं ९ मंसिरनेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपाल सम्वन्धी कानूनलाई संशोधन तथा एकीकरण गर्न वनेको विधयेक आइतबार प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय पेश गरिएको छ ।गृह मन्त्रालयले प्रहरी र सशस्त्र प्रहरी बल सम्वन्धी कानूनलाई संशोधन गर्न अर्थ मन्त्रालय, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय र लोक सेवा आयोगको सहमतीपछि प्रहरी विधयेक मन्त्रीपरिषद्मा पेश गरेको हो ।गृह मन्त्रालय कानून महाशाखाका प्रमुख सहसचिव भरत मणि रिजालले प्रहरी ऐन २०१२ मा व्यवस्था भएका कानूनी प्रावधानहरुलाई समयसापेक्ष परिमार्जन एवं संशोधन गरी नयाँ प्रहरी ऐन तर्जुमा गर्न तथा सर्वोच्च अदालतबाट प्रहरी कर्मचारीको सेवा सर्त सम्वन्धमा विभिन्न मितिमा भएका फैसला कार्यान्वयन गर्नुका साथै प्रहरी सेवालाई नेपालको…

Read More

काठमाडौँ:राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने थप १५ दिन हिरासतमा बस्ने भएका छन्। कास्की जिल्ला अदालतले आइतबार उनलाई थप १५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो। लामिछानेलाई थप १५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतबाट अनुमति प्राप्त भएको जिल्ला प्रहरी कार्यालय कास्कीका एसपी श्यामबाबु ओलियाले बताए। पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा कात्तिक २ देखि कास्की जिल्ला प्रहरीको हिरासतमा रहेका पूर्वगृहमन्त्री लामिछानेलाई चौथोपटक थपिएको १३ दिनको म्याद पनि सकिएपछि थप समय हिरासतमा राख्ने अनुमति माग्न पाँचौँपटक कास्की जिल्ला अदालतमा पेस गरेको हो। गत कात्तिक २ गते काठमाडौँमा पक्राउ गरी पोखरा (कास्की) लगिएका लामिछानेलाई हिरासतमा राख्न अदालतले चौथोपटक…

Read More