Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

रासस काठमाडौँ:नेपालकै दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल भए पनि अन्तर्राष्ट्रिय विमान पर्खिरहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट आज तीन विमानले उडान भरिरहेका छन्। विमानस्थल सुरु भएदेखि नै उडान सुरु गरेको जजीरा एयरलाइन्सले स्थगित गरेको उडान आजदेखि फेरि सुरु गरेको छ। आज एक सय ७१ यात्रु लिएर आएको जजिरा एक बालकसहित एक सय ६८ यात्रु लिएर उडेको छ भने फ्लाई दुबई र नेपाल एयरलाइन्स पनि आजैदेखि उडान सुरु गर्दैछन्। यससँगै भैरहवाबाट अन्तर्राष्ट्रिय उडान गर्ने विमानको सङ्ख्या चार पुगेको छ। जजीरा एयर सातामा तीन दिन उडान गर्दैछ। मङ्गलबार, बिहीबार र शनिबार बिहान साढे ७ बजे भैरहवा आउने र साढे ८ बजे भैरहवाबाट कुबेतका लागि उड्ने विमानस्थलका…

Read More

काठमाडौं: मस्र्याङ्दी करिडोर २२० केभी प्रसारण लाइन आयोजनाअन्तर्गत मनाङको नासोँ गाउँपालिका–१ धारापानीमा २२० केभी क्षमताको सबस्टेसन निर्माणाधीन छ । आयोजनाअन्तर्गतकै लमजुङको मस्र्याङ्दी गाउँपालिका–३ खुदीमा निर्माणाधीन २२० केभी क्षमताको सबस्टेसन निर्माण अन्तिम चरणमा पुगेको छ ।धरापानी सबस्टेसन डेढ वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी काम भइरहेको छ । खुदी सबस्टेसन आगामी तीन महिनाभित्र निर्माण सम्पन्न गर्ने गरी अन्तिम चरणका कामहरु जारी छन् । धारापानी सबस्टेसन रहने ठाउँको जमिन सम्याउने तथा पावर ट्रान्सफर्मर राखिने स्थान, नियन्त्रण कक्षलगायतका सिभिल संरचनाहरुको निर्माण धमाधम भइरहेको छ ।धारापानी र खुदी सबस्टेसनमा क्रमश ः २२०÷१३२ केभी,१०० एमभिए तथा १३२÷३३ केभी, ३० एमभिए र २२०÷१३२ केभी, १६० एमभिए तथा…

Read More

काठमाडौं: नेपाली बजारमा सुनको मूल्य शुक्रबार एकैदिन तोलामा २ हजार रुपैयाँले बढेको छ । नेपाली सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुनको मूल्य तोलामा २ हजार रुपैयाँले बढेर प्रतितोला १ लाख ६६ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । हिजाे सुन प्रतितोला १ लाख ६४ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो । बिहिबिर सुनको मूल्य प्रतितोला ४००० रुपैयाँले घटेको थियो । साथै, आज चाँदीको भाउ प्रतितोला २० रुपैयाँले बढेको छ । चाँदी तोलामा १ हजार ९८० रुपैयाँमा कारोबार भइरहेको छ ।

Read More

काठमाडौँ: त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (टीआइए) आजदेखि करिब पाँच महिना दैनिक १० घण्टा बन्द हुने भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)का अनुसार विमानस्थलको स्तरोन्नतिका लागि आजबाट दैनिक १० घण्टा उडान बन्द गरेर विस्तारको काम गर्न लागिएको हो । प्राधिकरणअन्तर्गतको हवाई यातायात क्षमता अभिवृद्धि आयोजनाले विमानस्थलको दक्षिण–पश्चिमतर्फ समानान्तर ‘ट्याक्सीवे’, उत्तरतर्फको ‘इन्टरनेशनल एप्रोन’ र विमानस्थलको पूर्वतर्फको ‘ह्याङ्गर एप्रोन’लगायत विस्तार गर्नेछ । यी काम पूरा गर्न १५ अर्ब रुपैयाँ खर्च हुने आयोजनाले जनाएको छ । स्तरोन्नतिका क्रममा राति १० देखि बिहान ८ बजेसम्मका सबै उडान कटौती हुनेछन् । हाल विमानस्थल बिहान ६ बजे खुलेर राति २ बजेसम्म सञ्चालन हुँदै आएको थियो ।…

Read More

काठमाडौँ: नेपाल पर्यटन बोर्डको नेतृत्वमा नेपालले लन्डनमा आयोजना गरिएको “वल्र्ड ट्राभल मार्केट २०२४ (डब्ल्यूटीएम) मा सहभागिता जनाएको छ । २०८१ कार्तिक २० देखि २२ गते ( ५–७ नोभेम्बर २०२४) सम्मका लागि तय गरिएको वल्र्ड ट्राभल मार्केट–२०२४ मा नेपालले साहसिक यात्रा, सांस्कृतिक विविधता, र दिगो पर्यटनका लागि अग्रणी गन्तव्यको रूपमा आफ्नो उपस्थिति जनाउँदै गर्दै विश्व पर्यटन उद्योगको ध्यान आकर्षित गरेको छ । नेपाल पर्यटन बोर्डले गौरवपूर्वक आफ्नो ४० वर्षको सहभागिता वर्षको उत्सव मनाउँदै, विश्व पर्यटन क्षेत्रमा लामो समयदेखिको योगदानलाई निरन्तरता दिएको हो । १८४ देशहरूबाट ४३ हजार सहभागीहरू, ३ हजार ८७५ प्रदर्शकहरू सहभागी , डब्ल्यूटीएममा ८२ वटा सम्मेलन सत्रहरू आयोजना गरिएको…

Read More

काठमाडौँ: उदाउँदो सूर्यलाई अर्घ्य दिँदै छठपर्व सम्पन्न भएको छ । चार दिनसम्म विभिन्न विधि गर्दै मनाइने यस पर्वको चौथो दिन आज बिहान तराईका महोत्तरी, धनुषा, सिरहा, सप्तरी, सुनसरी, मोरङ, सर्लाही, रौतहट, बारा, पर्सालगायत मिथिलाञ्चलसहित देशभरिका जलाशयमा उदाउँदो सूर्यलाई अघ्र्य अर्पण गर्दै छठपर्व सम्पन्न भएको हो । पारिवारिक सुख, शान्ति, समृद्धि, रोगबाट मुक्ति तथा मनोकाङ्क्षा पूरा होस् भन्ने उद्देश्यले श्रद्धापूर्वक मनाइने छठका अवसरमा पोखरी, नदी, तलाउमा श्रद्धालु भक्तजनको भीड लागेको थियो । बर्तालुले अस्ताउँदो सूर्यलाई अर्घ्य दिएर सूर्योपासनाको यो पर्वको प्रारम्भ गरेका थिए । त्यस्तै पर्वको दोस्रो दिन बुधबार खर्ना मनाएका थिए । खर्नाका दिन बर्तीहरूले दिनभरि उपवास निराहार बसेर राति…

Read More

काठमाडौँ: राष्ट्रपति रामचन्द्र पौडेल आफ्नी श्रीमतीका साथ छठपूजास्थल गौरीघाट पुगेका छन् । हिन्दु धर्मावलम्बीहरूले कार्कित शुक्लपक्ष षष्ठीका दिन छठपूजा गरी छठ पर्व मनाउने गरिन्छ । खास गरी छठ पर्व तराईमा मनाउने प्रचलन भए पनि पछिल्लोपटक काठमाडौं उपत्यकामा पनि छठ मनाउनेको संख्या बढ्दै गएको छ । छठ पूजाको मुख्य दिन अस्ताउँदो सूर्यलाई अर्घ दिइन्छ भने भोलिपल्ट उदाउँदो सूर्यलाई अर्घ दिएपछि छठ पूजा सकिन्छ । अघिल्लो दिनबाटै छठको व्रत बस्ने प्रचलन पनि हुन्छ । र यो पर्वमा मुख्य रूपमा सूर्यको अर्चना गरिन्छ । छठपूजाका लागि काठमाडौंका नदी छेउहरूमा सफा गरी छठघाट बनाइएको छ । कमलपोखरी, गौरीघाटलगायतका क्षेत्रलाई बेहुलीझैँ सिंगारिएको छ ।

Read More

काठमाडौँ: सिंगापुरको आदित्य बिरला ग्लोबल ट्रेडिङ प्रालिलाई कृषि सामग्री कम्पनी लिमिटेडले २५ हजार टन डिएपी मल खरिद गर्ने ठेक्का दिएको छ। करिब २ अर्ब ५६ करोड रूपैयाँ (१ करोड ८९ लाख ७५ हजार अमेरिकी डलर) मा नेपालमा डिएपी मल आपूर्ति गर्ने ठेक्का दिइएको कम्पनीका प्रवक्ता पूर्ण प्रसाद उपाध्यायले बताए। कृषि सामग्री कम्पनीले प्रतिटन ७ सय ५९ डलरमा नेपालले मल किन्ने गरी ठेक्का दिएको हो। आदित्य बिरला ग्लोबल ट्रेडिङ प्रालिले वीरगञ्ज, विराटनगर र भैरहवामा मल आपूर्ति गर्नेछ। कृषि मन्त्रालयका अनुसार यो आर्थिक वर्षको असोज मसान्तसम्म १ लाख ५५ हजार ६ सय ८९ टन मल आयात भएको छ। चालु आर्थिक वर्षमा सरकारले…

Read More

काठमाडौँ: नेपाली बजारमा आज (बिहीबार) सुन–चाँदीको मूल्य घटेको छ। बुधबार प्रतितोला तीन सय रूपैयाँ बढेको सुनको भाउ यसदिन प्रतितोला चार हजार रूपैयाँ घटेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ६४ हजार पाँच सय रूपैयाँमा कारोबार भइरहेको छ। बुधबार छापावाल सुन प्रतितोला एक लाख ६८ हजार पाँच सय रूपैयाँमा कारोबार भएको थियो। ट्रम्पको विजयसँगै सुनको मूल्य घटेको विश्लेषण गरिएको छ। उनको जीतले अमेरिकामा मूल्य वृद्धि थप बढ्न सक्ने र यसले बण्ड र डलरको भाउ बढ्न सक्ने विश्लेषण गरिएको हो। जसले गर्दा लगानीको लागि सुन कम आकर्षित हुन सकिने मानिएको छ।ट्रम्पको जीतसँगै सुनको फ्युचर मूल्य (भविष्यको…

Read More

काठमाडौँ:मेरिकी सञ्चारमाध्यमहरुले अर्को स्विङ स्टेट विस्कन्सिन डोनाल्ड ट्रम्पले जित्ने प्रक्षेपण गरेका छन्। यससँगै उनले २७० इलेक्टोरल मतको लक्ष्य पार गरेका छन्। विस्कन्सिनमा विजयी भएसँगै राष्ट्रपतीय निर्वाचन पनि ट्रम्पको खल्तीमा परेको छ। उनी ४७ औँ राष्ट्रपति बनेका छन्। निर्वाचन अभियानका क्रममा दुई हत्याप्रयासका बाबजुद ऐतिहासिक पुनरागमन गर्दै ट्रम्पले कमला ह्यारिसलाई हराएर चुनाव जितेका हुन्। आगामी चार वर्ष उनले मुलुकको नेतृत्व गर्नेछन्। ७८ वर्षीय ट्रम्प एकपटक चुनाव हारिसकेपछि पुनः राष्ट्रपति बन्ने इतिहासकै दोस्रो व्यक्ति बन्ने भएका छन्। यसअघि १८९३ मा ग्रोभर क्लिभल्यान्डले दोस्रोपटक यसैगरी चुनाव जितेका थिए। यसअघिका राष्ट्रपति जो बाइडेन इतिहासकै वृद्ध राष्ट्रपति थिए। ट्रम्पको उमेर पनि उति नै छ। एजेन्सी

Read More