Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- जव गृहमन्त्री जेनजी स्मारक पार्क उद्दघाटन नगरी फर्किए, भएको के हो ?
- प्रम शाहद्वारा तीनै सुरक्षा निकायका प्रमुहरुसँग छुट्टाछुट्टै भेटवार्ता गर्दै
- रसुवा बाढीले निम्त्याएको भौतिक क्षति र आवश्यकता मूल्याङ्कन यथार्थपरक बनाउन अर्थमन्त्रीको निर्देशन
- एनडब्लुइडिसीका ठेकेदार कम्पनीहरूले यसै साता राहत प्याकेज घोषणा गर्ने
- नुवाकोटको तादी नदीमा एक्रो ब्रिज ढुवानी गरी पुल निर्माणको काम तीव्र
- सुरुङभित्र उद्धारका लागि नेपाललाई स्विट्जरल्यान्डको अत्याधुनिक ड्रोन
- पुराना नेता र म मा यहि फरक छ: अरु कुर्सीमा बसेर फाइल समात्छन्, म फिल्डमै पुग्ने हो: सुदन गुरुङ
- त्रिशूली ३ ‘ए’को सुरुङको पावरहाउसमा उद्धार गर्न सेनाले थप्यो जनशक्ति
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
काठमाडौँ । सर्वोच्च अदालतले नेकपा एमालेको पार्टी कार्यालय निर्माणका लागि व्यवसायी मीनबहादुर गुरुङले दानमा दिएको जग्गा विवादमा अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश सुनिलकुमार पोखरेलको एकल इजलासले अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो । सर्वोच्चले दुवै पक्षलाई छलफल नभएसम्मका लागि अन्तरिम आदेश जारी गरेको छ । सर्वोच्चको यो आदेशसँगै सत्ताको नेतृत्व गरिरहेको एमालेलाई झट्का लागेको छ । विवादित व्यक्तिको जग्गा दानमा लिएको भनि आलोचना भइरहेको र भ्रष्टाचारविरुद्ध काम गर्ने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थाहरूले समेत प्रश्न उठाएको अवस्थामा सर्वोच्चले यस्तो आदेश गरेको हो । अधिवक्ता ज्ञानबहादुर बस्नेतले दायर गरेको रिटमा सुनुवाइ गर्दै सर्वोच्चले अल्पकालीन अन्तरिम आदेश र कारण देखाऊ आदेश…
दाङ: दाङमा जबर्जस्ती करणीको आरोपमा पक्राउ परेका सशस्त्र प्रहरी जवान रेवन पचभैया मगर प्रहरीको हिरासतमै मृत फेला परेका छन्। नाबालिका बलात्कार आरोपमा वडा प्रहरी कार्यालय घोराहीको हिरासतमा रहेका प्रहरी जवान पचभैया आज बिहान मृत फेला परेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता, डीएसपी ईश्वर थापाले जानकारी दिए। उनी वडा प्रहरी कार्यालयको हिरासतको शौचालयमा झुन्डिएको अवस्थामा मृत फेला परेका हुन्। उनले आत्महत्या गरेको अनुमान गरिएको छ। ‘अहिले म त्यही केसमा व्यस्त छु’, डीएसपी थापाले नेपालखबरसँग भने, ‘थप कुरा पछि गरौँला।’ दसैँ बेला पिङ खेल्न गएका नाबालिकालाई बलात्कार गरेको आरोप लागेपछि प्रहरी जवान पचभैया केही दिनअघि पक्राउ परेका थिए। प्रहरीको दाबीअनुसार बयानका क्रममा…
काठमाडौँ: नेपाली बजारमा आज (आइतबार) सुनको मूल्यले पुनः नयाँ रेकर्ड कायम गर्न सफल भएको छ। लगातार बढिरहेको सुनको मूल्य आज हालसम्मकै उच्च विन्दुमा पुगेको हो। यसअघि गत कात्तिक ७ गते हालसम्मकै उच्च मूल्यमा सुनको कारोबार भएको थियो। उक्त दिन सुन प्रतितोला एक लाख ६६ हजार सात सय रूपैयाँमा कारोबार भएको थियो। आज सुन प्रतितोला एक लाख ६७ हजार चार सय रूपैयाँ पुगेको छ। यो मूल्य पछिल्लो रेकर्डभन्दा प्रतितोला सात रूपैयाँ बढी हो। यस्तै शुक्रबार भने एक लाख ६६ हजार रूपैयाँमा सुनको कारोबार भएको थियो। शुक्रबारको तुलनामा आइतबार भने सुनको मूल्य प्रतितोला एक हजार चार सय रूपैयाँ बढेको हो। यसैगरी, शुक्रबार…
काठमाडौँ: अविरल वर्षाका कारण बन्द रसुवागढी केरूङ अन्तर्राष्ट्रिय राजमार्ग यही सोमबारदेखि सञ्चालनमा ल्याउने गरी चिनियाँ पक्षले तयारी गरेको छ। अविरल वर्षाले क्षति पु–याई गत असोज १२ गतेबाट अवरूद्ध चिनियाँ भूभागको सडक आइतबारसम्म पुनःनिर्माण सम्पन्न गरी सोमबारबाट यातायात सञ्चालनमा ल्याउने सिमाक्षेत्रका समकक्षीले आज टेलिफोनमार्फत जानकारी दिएको रसुवाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) अर्जुन पौडेलले जानकारी दिए। राजमार्ग सञ्चालनमा ल्याई नेपाल चीनबीचको व्यापार, व्यवसाय अभिवृद्वि गराउने कार्यमा ल्हासास्थित नेपाली वाणिज्य माहादूत नवराज ढकालद्वारा सहजीकरणमा ठुलो सहयोग मिलेको प्रजिअ पौडेलले बताए। रसुवागढी–केरूङ खण्डअन्तर्गत ठोङ्सा नजिक चिनियाँ पाखामा पहिरो जाँदा अवरूद्व भएको थियो। सडक अवरूद्ध हुँदा चिनियाँ मालसामा ढुवानी गर्ने सवारीसाधन टिमुरे क्षेत्रमै रहेका पाङसिङस्थित…
काठमाडौँ: ग्लोबल आइएमई बैंकले यस वर्षको ग्लोबल फाइनान्स म्यागाजिनको बेष्ट बैंक अवार्ड २०२४ प्राप्त गरेको छ। बैंकले यो उसको अर्को महत्वपूर्ण सफलता हासिल मानेको छ छ!बैंकको विश्वसनीयता, वित्तीय स्रोत परिचालन, पहुँच विस्तार, तथा ग्राहक केन्द्रित सेवाहरुको निरन्तर विकासले गर्दा सो उपलब्धि प्राप्त गर्न सफल भएका बैंकले जनाएको छ। यो उपलब्धि बैंकका सबैको कर्मचारीहरुका लागि प्रेरणा भएको पनि बताएको छ। उसले भनेको छ, “यसले हामीलाई अझ रचनात्मक र उत्कृष्ट सेवा प्रदान गर्न प्रोत्साहित गर्नेछ।” ग्लोबल आइएमई बैंकलाई सो सम्मान प्रदान गरेकोमा ग्लोबल फाइनान्स म्यागाजिनलाई विशेष धन्यवादसमेत दिएको छ ।
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले कीर्तिपुरमा मौन प्रदर्शन गरेको छ । सभापति रवि लामिछानेलाई राजनीतिक प्रतिशोध राखेर सरकारले पक्राउ गरेको भन्दै आज काठमाडौंको कीर्तिपुरमा प्रदर्शन गरेको हो । प्रदर्शनपछि बोल्दै कार्यबाहक महामन्त्री कविन्द्र बुर्लाकोटीले रास्वपा आफैंमा आन्दोलन भएको बताए । उनले प्रधानमन्त्री केपी शर्मा ओलीको चर्को आलोचना गरे । उनले प्रधानमन्त्री ओलीले पार्टीको नाममा व्यवसायी मीनबहादुर गुरुङसँग जग्गा दान लिएको नभई घुस लिएको दाबी गरे । उनले भने, ‘एमालेले १० रोपनी १४ आना जगा दान लिएको छ, जोसँग सरकारवादी भएर ललिता निवास काण्डमा मुद्दा चलिरहेको छ, ९ अर्ब बिगो भराउनुपर्ने मुद्दा छ । त्यही व्यक्तिसँग १०० करोडको जग्गा दान…
काठमाडौँ :आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ क्रिकेटका लागि नेपाली टोलीको घोषणा भएको छ। अमेरिकामा जारी श्रृखंलामा नेपाल र अमेरिकासहित स्कटल्याण्डको पनि सहभागिता रहेको छ। नेपाल क्रिकेट एशोसियसन (क्यान) ले शनिबार रोहित पौडेलको कप्तानीमा टोली घोषणा गरेको हो। टोलीका अन्य सदस्यहरुमा कुशल भुर्तेल, आसिफ शेख, अनिल साह, भीम सार्की, आरिफ शेख, कुशल मल्ल र दीपेन्द्र सिंह ऐरी, अर्जुन साउद, सोमपाल कामी, करन केसी, गुल्सनकुमार झा, रिजन ढकाल, सन्दीप लामिछाने र ललित राजवंशी रहेका छन्। देव खनाल र सागर ढकालको नाम भने रिजर्भमा राखिएको छ। यो श्रृंखलामा सहभागी तीनवटै राष्ट्रले दुई–दुई खेल खेल्नेछन्। नेपालले पहिलो खेल आयोजक अमेरिकासँग खेल्नेछ।
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूले सरकार ढाल्ने गरी आन्दोलन नगरेको बताएका छन् । शनिबार काठमाडौंमा आयोजित खबरदारीसभामा सम्बोधन गर्दै उनले माओवादीले सरकार फेर्न हतार गर्यो भन्ने भ्रम छ भने फाल्न आग्रह गरे । ‘माओवादीले सडकबाट सरकार फेर्न हतारो गरेको छ भन्ने बुझ्नुभएको छ भने तपाईंहरु भ्रममा हुनुहुन्छ, त्यो भ्रम फाल्नुस्’, उनले भने । अध्यक्ष प्रचण्डले कांग्रेस र एमालेसँग विगतमा सत्ता सहकार्य गरेर गल्ती गरेको बताए । ‘तपाईंहरुजस्ता पार्टीहरु यो देशका दलाल, पुँजीपति भ्रष्टहरुको प्रतिनिधि हुनुहुन्छ, केही समय तपाईहरुसँग सहकार्य गरेर गल्ती गर्यौं, तपाईहरुको रोग हामीलाई पनि सर्यो’, उनले भने । अब आफूहरु प्रधानमन्त्री र मन्त्री…
नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले विदेशमा रहेका नेपालीहरुले आर्जन गरेको ज्ञान, सीप र पुँजीलाई नेपालको विकास र सम्मृद्धिमा प्रयोग गर्न आग्रह गर्नुभएको छ । गैरआवासीय नेपाली सङ्घ अमेरिकाद्धारा वासिङ्टनमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ढकालले नेपालमा लगानीका अनगिन्ती सम्भावना रहेका र अहिले लगानीको वातावरण पनि रहेकाले आफ्नो मातृभूमिमा लगानी भित्र्याउन आग्रह गर्नुभएको हो । सो कार्यक्रममा उहाँले भन्नुभयो “प्रकृतिले नेपाललाई धेरै कुरा दिएको छ । तर त्यसको उपयोग र उपभोग गर्न हामी सफल हुन सकेका छैनौँ । देशलाई यतिखेर यहाँहरुले विदेशी माटोमा आर्जन गरेका ज्ञान, सीप र पुँजीको जरुरत छ । अहिले हामी जहाँ र जस्तोसुकै काम विशेषमा…
काठमाडौँ । माओवादी केन्द्रका मधेस प्रदेशका नेता रामेश्वर राय यादवले प्रधानमन्त्री केपी ओलीले पार्टी कार्यालयका लागि खुलेआम घुस खाएको बताएका छन् । शनिवार काठमाडौँमा भएको खबरदारी सभामा बोल्दै उनले साना कर्मचारीले दुई चार हजार घुस खाँदा समात्ने गरेकोमा ओलीले खुलेआम अर्ब रुपैयाँ खुस खाने प्रणालीको सुरुवात गरेको आरोप लगाए । उनले भने– ‘यो सरकारले अर्ब घुस खाने काम गर्यो, बिद्युत् प्राधिकरण जस्ता संस्थालाई निजीकरण गर्ने षडयन्त्र गरिरहेको छ । यसमा माओवादी केन्द्र सचेत रहेको छ । माओवादी केन्द्रले सुरु गरेको भ्रष्टाचार नियन्त्रण अभियानको फाइललाई यो सरकारले अघि बढाएन भने म यहीँबाट खबरदार भन्न चाहन्छु, यदि तिमीले सकेनौँ भने माओवादीले हिजोको…