Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- बेपत्ता भन्सार कर्मचारीका परिवारलाई अर्थमन्त्रीको सहयोगको आश्वासन
- नेपाल महिला चेम्बरको ‘चेम्बर बजार’ असोज १७ गतेदेखि सञ्चालनमा आउने
- सरकारले निजी क्षेत्रलाई विद्युत प्रसारण लाइन प्रयोग गर्न खुला गर्यो, ईआरसीद्वारा `ह्वीलिङ चार्ज´ सार्वजनिक
- भूमिगत विद्युत् वितरण प्रणाली सञ्चालनमा ल्याउन काठमाडौंका विभिन्न स्थानमा विद्युत् आपूर्ति कटौती गरिने
- निरन्तर वर्षा र बाढीपहिरोका कारण दूरसञ्चार सेवा प्रभावित
- अविरल वर्षा र बाढीपहिरोले विद्युतीय संरचनामा क्षति, झन्डै ५०० मेगावाट विद्युत् उत्पादन बन्द
- संयुक्त राष्ट्रसंघको ८१औं महासभामा प्रधानमन्त्री वालेन्द्र शाहले के भने? (सम्बोधनको पूर्णपाठ)
- चेम्बरद्वारा उद्योगमन्त्रीलाई व्यापारिक उधारो असुलीसम्बन्धी विधेयकको प्रारम्भिक मस्यौदा हस्तान्तरण
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
काठमाडौँ: अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले भोटेकोशी-रसुवा बाढीमा परी ज्यान गुमाउनुभएका र हराइरहेका भन्सार कर्मचारीका परिवारलाई पीडाको घडीमा एक्लो महसुस नगर्न आग्रह गर्नुभएको छ। बिहीबार मन्त्रालयमा पीडित परिवारका सदस्यहरूसँग सामूहिक भेट गर्दै उहाँले अर्थ मन्त्रालय र भन्सार प्रशासन परिवारको साथमा रहेको बताउनुभयो। सरकारको राजस्व संकलन गर्ने जिम्मा पाएर रसुवास्थित कार्यक्षेत्रमा खटिएका भन्सारका काबिल कर्मचारीहरू अकल्पनीय विपत्तिले गुमाउनुपरेको भन्दै उहाँले दुःख व्यक्त गर्नुभयो। “पूर्वसूचना र सतर्कता समेत अपनाउनै नसकिने गरी घटेको विपत्तिले थिच्दा ठूलो धनजनको क्षति व्यहोर्नुपरेको छ,” उहाँले परिवारका सदस्यहरूलाई भन्नुभयो, “तपाईंहरूलाई जत्तिकै पीडा र दुःख हामीलाई पनि छ। हामीले पनि हाम्रा काबिल भन्सार प्रशासनका परिवारका सदस्यहरू गुमाउनुपर्दा दुःखी छौँ। तपाईंहरूलाई परेको…
काठमाडौं:नेपाल महिला चेम्बरले महिला उद्यमी तथा व्यवसायीका उत्पादनको बजारीकरण, प्रवद्र्धन र व्यापार विस्तार गर्ने उद्देश्यले आगामी असोज १७ गते शनिबारदेखि चेम्बर अफ कमर्सको भवन, जमलमा ‘चेम्बर बजार’ सञ्चालन गर्ने भएको छ । बजारमा खाद्यान्न लगायत लत्ताकपडा, हस्तकलाका सामाग्री आदी बिक्रीको लागि राखिने छ । मेलामा साल्ट ट्रेडिङ्ग लगायतका स्टलहरु रहनेछन् ।चेम्बर बजारमा महिला उद्यमीका उत्पादनसँगै आयात निर्यातजन्य वस्तुहरूको समेत प्रवद्र्धन तथा बजारीकरण गरिनेछ । उ द्यम गरिरहेका र उद्यम गर्न इच्छुक महिलालाई व्यवसायमा आकर्षित गर्न सरकारी प्रक्रिया तथा व्यवसाय सञ्चालनसम्बन्धी अभिमुखीकरण, सीप तथा भोकेशनल तालिम, महिला स्वास्थ्यसम्बन्धी सचेतना तथा निःशुल्क स्वास्थ्य परीक्षणजस्ता कार्यक्रम पनि सञ्चालन गरिने नेपाल महिला चेम्बरकी अध्यक्ष…
काठमाडौँ: सरकारले निजी क्षेत्रलाई राष्ट्रिय प्रसारण लाइन प्रयोग गर्न खुला गरेको छ । ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले विद्युत व्यापारमा निजी क्षेत्रलाई सहभागी गराउने उद्देश्यका साथ प्रसारण लाइन प्रयोगको बाटो खोलेको हो । मन्त्रालय मातहतको विद्युत नियमन आयोगले बिहीबार ऊर्जामन्त्री विराजभक्त श्रेष्ठको उपस्थितिमा निजी क्षेत्रलाई राष्ट्रिय प्रसारण लाइन प्रयोग गर्न दिन प्रसारण दस्तुर (ह्वीलिङ चार्ज) निर्धारण सार्वजनिक गरेको छ । आयाेगका अध्यक्ष रामप्रसाद धितालकाअनुसार राष्ट्रिय विद्युत प्रसारण ग्रीड (नेशनल ट्रान्समिसन ग्रीड) को प्रसारण शुल्क गणनासम्बन्धी मापदण्डबमाेजिम शुल्क निर्धारण गरिएकाे छ । मापदण्डअनुसार आर्थिक वर्ष २०८३/८४ का लागि नेपाल विद्युत प्राधिकरण अन्तर्गतको राष्ट्रिय विद्युत प्रसारण ग्रिड (नेशनल ट्रान्समिसन ग्रिड) मा रहेको…
काठमाडौं: काठमाडौं उपत्यकाको भूमिगत विद्युत वितरण प्रणालीलाई सञ्चालनमा ल्याउन तथा आगामी हिउँदको विद्युत् माग व्यवस्थापनका लागि आवश्यक कार्य गर्न काठमाडौंका विभिन्न स्थानमा विद्युत् आपूर्ति कटौती गरिने भएको छ । कुलेश्वर, बानेश्वर, जोरपाटी र कीर्तिपुर वितरण केन्द्रअन्तर्गतका विभिन्न क्षेत्रमा भूमिगत विद्युत वितरण प्रणालीसम्बन्धी काम तथा हिउँदको लोड व्यवस्थापनका लागि असोज १५ गतेदेखि २६ गतेसम्म विभिन्न स्थानमा विद्युत् आपूर्ति कटौती गरिने नेपाल बिद्युत प्राधिकरणले जनाएको छ । सम्बन्धित क्षेत्रमा बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म विद्युत् आपूर्ति कटौती गरी भूमिगत लाइन सञ्चालनमा ल्याउने तथा आवश्यक प्राविधिक कार्य गरिनेछ । असोज १५ गते सतुंगल बौथली क्षेत्र, असोज १६ गते मच्छेगाउँ दोभान चोक तथा…
काठमाडौँ:निरन्तरको हावाहुरीसहितको वर्षा तथा देशका विभिन्न स्थानमा आएको बाढीपहिरोका कारण दूरसञ्चार कम्पनीको सेवा प्रभावित भएको छ । कम्पनीका अनुसार भारी वर्षा र पहिरोका कारण प्राविधिक टोलीलाई प्रभावित क्षेत्रमा पुग्न कठिनाइ हुनुका साथै अप्टिकल फाइबरमा क्षति र विद्युत् आपूर्तिमा अवरोध हुँदा सेवा सञ्चालनमा समस्या आएको हो । हिमपात, वर्षा तथा बादलका कारण सोलार साइटको प्रभावकारिता घट्दा पनि सेवा निरन्तरतामा कठिनाइ भएको कम्पनीले जनाएको छ । कम्पनीले प्राविधिक रूपमा सिस्टमबाट गर्न सकिने मर्मतसम्भारका काम निरन्तर गरिरहेको तथा सम्भव भएका स्थानमा सेवा मर्मतको काम भइरहेको जनाएको छ । मौसममा सुधार आएपछि सम्बन्धित कार्यस्थलमा पुगेर मर्मतसम्भार गर्न प्राविधिक टोलीलाई तयारी अवस्थामा राखिएको पनि कम्पनीले…
काठमाडौं: अविरल वर्षा, हावाहुरी, बाढीपहिरो र चट्याङका कारण देशका विभिन्न स्थानमा विद्युत् प्रसारण तथा वितरणका संरचनामा क्षति पुगेको छ । संरचनामा क्षति पुग्दा केही स्थानमा विद्युत् आपूर्ति अवरुद्ध भएको छ भने नदी तथा खोलामा आएको बाढीका कारण विभिन्न जलविद्युत् आयोजनाको विद्युत् उत्पादनसमेत प्रभावित भएको छ । कालीगण्डकी करिडोर २२० केभी प्रसारण लाइनअन्तर्गत म्याग्दीको दानादेखि पर्वतको कुश्मासम्मको खण्डमा टावर नम्बर २१ र २२ मा क्षति पुगेको छ । त्यस्तै, कालीगण्डकी करिडोरअन्तर्गत कुश्मा–नयाँबुटवल खण्डको प्रसारण लाइनमा समेत फल्ट आएको छ । यसका कारण करिडोर प्रसारण लाइनमा जोडिएका करिब २०० मेगावाट विद्युत् उत्पादन प्रभावित भएको छ । बाढीका कारण १४० मेगावाटको कालीगण्डकी, २५…
काठमाडौं: प्रधानमन्त्री वालेन्द्र शाहले जलवायु परिवर्तनबाट सिर्जित विपद्को सामना गर्न विश्वव्यापी सहकार्य, पर्याप्त वित्तीय सहयोग र जलवायु न्याय आवश्यक रहेको बताएका छन्। संयुक्त राष्ट्रसंघको ८१औं महासभालाई सम्बोधन गर्दै प्रधानमन्त्री शाहले नेपालले न्यून मात्रामा हरितगृह ग्यास उत्सर्जन गरे पनि जलवायु परिवर्तनको ठूलो मूल्य चुकाइरहेको बताए। उनले हालैको भोटेकोशी–त्रिशूली बाढीलाई नेपालका लागि मात्र नभई विश्वकै लागि चेतावनीका रूपमा लिनुपर्ने उल्लेख गरे। उनले जलवायु परिवर्तनका कारण हिमालयको पारिस्थितिक प्रणाली अस्थिर बन्दै गएको, हिमनदी खुम्चिँदै गएको तथा बाढी, पहिरो र अन्य जोखिम बढिरहेको बताए। विपद्का कारण सडक, पुल, विद्यालय, घर, खेतीयोग्य जमिन र जीविकोपार्जनका साधनमा ठूलो क्षति पुगेको उनको भनाइ थियो। प्रधानमन्त्री शाहले नेपाल,…
काठमाडौं: नेपाल चेम्बर अफ कमर्सले उद्योग तथा व्यवसाय क्षेत्रमा लामो समयदेखि देखिँदै आएको व्यापारिक उधारो रकम असुलीको समस्या समाधानका लागि तयार गरिएको ‘व्यापारिक उधारो रकम असुली विधेयक, २०८३’ को प्रारम्भिक मस्यौदा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिपक कुमार साह समक्ष हस्तान्तरण गरेको छ । चेम्बर अध्यक्ष कमलेश कुमार अग्रवाल नेतृत्वको चेम्बर प्रतिनिधिमण्डलले बुधवार मन्त्री साहलाई भेट गरी उक्त मस्यौदा हस्तान्तरण गरेको हो । व्यापारिक कारोबारमा वस्तु तथा सेवा बिक्री गरेपछि लामो समयसम्म रकम भुक्तानी नहुँदा उद्योगी तथा व्यवसायीको कार्यशील पूँजीमा दबाब पर्ने, नगद प्रवाह प्रभावित हुने र कारोबार विस्तारमा समस्या आउने अवस्थालाई सम्बोधन गर्ने उद्देश्यले चेम्बरले मस्यौदा तयार गरेको चेम्बर…
काठमाडौँ: ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले बहालवाला सुरक्षाकर्मीलाई जलविद्युत् आयोजनाको प्राथमिक शेयर (आईपीओ) मा २ प्रतिशत सहभागिता सुनिश्चित गर्ने कानुनी व्यवस्था मिलाउन प्रक्रिया अघि बढाइएको जानकारी दिनुभएको छ । बुधबार प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै मन्त्री श्रेष्ठले भोटेकोशी–त्रिशूली नदी प्रणालीमा आएको विनाशकारी बाढीका क्रममा सुरक्षाकर्मीले निर्वाह गरेको भूमिका र योगदानको उच्च मूल्यांकन गर्दै उनीहरूलाई प्रोत्साहित गर्ने उद्देश्यले यस्तो व्यवस्था गर्न लागिएको बताउनुभयो । कठिन भौगोलिक अवस्था, प्रतिकूल मौसम र सीमित स्रोतसाधनका बीच पनि सुरक्षाकर्मीले खोज, उद्धार तथा पुनःस्थापनाका कार्यमा देखाएको समर्पण प्रशंसनीय रहेको उल्लेख गर्दै उहाँले राष्ट्रसेवामा खटिने सुरक्षाकर्मीको योगदानको सम्मानस्वरूप आईपीओमा सहभागिताको व्यवस्था गर्न आवश्यक कानुनी…
काठमाडौं: चितवनको सौराहास्थित लक्जरी रिसोर्ट रोयल टुलिप चितवनले पाँचतारे डिलक्स मान्यता प्राप्त गरेको छ। पर्यटन विभागको स्थलगत निरीक्षणपछि रिसोर्टलाई स्तरीकरण मान्यता प्रदान गरेको हो। रिसोर्ट केटीएम हस्पिटालिटी लिमिटेडद्वारा सञ्चालित छ। कम्पनीले करिब तीन साताअघि पर्यटन विभागमा स्तरीकरणका लागि निवेदन दिएको थियो। निवेदनपछि विभागका निर्देशकसहितको चार सदस्यीय टोली रिसोर्टको भौतिक पूर्वाधार, सेवा सुविधा, सुरक्षा व्यवस्था, अतिथि सेवा र सञ्चालन प्रणालीको विस्तृत निरीक्षण गरेको थियो। निरीक्षणका क्रममा तोकिएका मापदण्ड पूरा गरेको पाइएपछि विभागले रिसोर्टलाई पाँचतारे डिलक्सको मान्यता दिएको हो। नेपाल सरकार, पर्यटन विभाग द्वारा देश भर रहेका होटलहरु मध्ये हाल सम्म यस प्रकारको पाँचतारे डिलक्सको मान्यता अन्य तीन होटल लाई दिएको देखिन्छ।…