Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

काठमाडौँ: नेप्सेमा आज हरियाली छाएको छ । सोमबार नेप्से १२७.२५ अङ्कले बढेर २८२३.२५ विन्दुमा पुगेको छ । सोमबार ३३५ कम्पनिको कूल ३ करोड १४ लाख ३० हजार ४८ कित्ता शेयर १ लाख ६० हजार ५७९ पटक कारोबार हुदा १३ अर्ब १० करोड ४६ लाख ३१ हजार ८०२ मा खरिद बिक्री भएका छन् । त्यस्तै, आज नेशनल हाइड्रोसहित सात कम्पनिको शेयर मुल्यमा सकारात्मक सर्किट लागेको छ भने आज लक्ष्मी उन्नति कोषको शेयर मुल्य सबै भन्दा बढी ४.७१ प्रतिशतले घटेको छ । आज गुडविल फाइनान्सको सबै भन्दाबढी ४६ करोड ५२ लाख ५१ हजार ९०० को रकम बराबरीको खरिद बिक्रि भएको छ भने…

Read More

काठमाडौ: अर्थ मन्त्रालयले निश्चित शर्तसहित दुग्ध विकास संस्थानमा ६० करोड रुपैयाँ ऋण लगानी गर्ने गरी मन्त्रिपरिषद्मा प्रस्ताव पेश गर्न कृषि तथा पशुपन्छि विकास मन्त्रालयलाई सहमति दिएको छ । दुग्ध विकास संस्थानले यो रकम तत्कालका लागि किसानहरूलाई दुधको बाँकी रकम भुक्तानीमा प्रयोग गर्न सक्नेछ । चालु आर्थिक वर्षका लागि दुग्ध विकास संस्थानको नाममा ऋण लगानी अन्तर्गत १ करोड रुपैयाँ बजेट व्यवस्था भएकोमा कृषि मन्त्रालयमा विनियोजित रकमबाट थप ५९ करोड रुपैयाँ रकमान्तर गरी कूल ६० करोड ऋण लगानी गर्ने गरी मन्त्रिपरिषमा प्रस्ताव पेश गर्न सहमति दिइएको हो । यस सम्बन्धी प्रस्ताव मन्त्रिपरिषद्बाट स्वीकृत भएपछि सरकारले संस्थानमा ऋणको रुपमा लगानी गर्नेछ । दुग्ध…

Read More

काठमाडौं: अर्थ मन्त्रालयले राजस्व चुहावट नियन्त्रणसम्बन्धी दुईवटा द्रुत गस्ती निरीक्षण टोली गठन गरेको छ। पहिलो टोली चितवनबाट पूर्व मेचीसम्म र दोस्रो टोली चितवनबाट पश्चिम महाकालीसम्मको क्षेत्रमा परिचालन हुनेछ। एउटा टोलीको नेतृत्व आन्तरिक राजस्व विभागका उप-महानिर्देशक र अर्को टोलीको नेतृत्व भन्सार विभागका उप-महानिर्देशकले गर्नुहुनेछ। अर्थ मन्त्रालयका प्रवक्ता महेश भट्टराईका अनुसार टोलीले कानुन अनुसार कर अधिकृत र भन्सार अधिकृतलाई प्राप्त अधिकार प्रयोग गर्नेछ । यसैगरी आवश्यकता अनुसार चुहावट नियन्त्रण गर्ने निकायसँग समन्वय गर्ने, सहयोग लिने, आन्तरिक राजस्व कार्यालय र भन्सार कार्यालयको सहयोग लिनेछ। अर्थ मन्त्रालयले सार्वजनिक गरेको एक सय दिनको कार्य योजनामा राजस्व चुहावट नियन्त्रणसम्बन्धी द्रुत गस्ती निरीक्षण टोली गठन गर्ने उल्लेख…

Read More

काठमाडौँ: उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अर्थतन्त्रका सूचक सकारात्मक बन्दै गएको बताएका छन् । सरकार गठनपछि अर्थतन्त्रका बाह्य सुचक सकारात्मक रहेको र आन्तरिक अर्थतन्त्रको सुधारमा थप कदम चाल्न तयार रहेको उनले बताए । आइतबार नेपाल आर्थिक पत्रकार समाज (सेजन)को २६ औं वार्षिक साधारण सभाका अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै अर्थमन्त्री पौडेलले सरकारले निजी क्षेत्रमैत्री नीति ल्याएको बताए । सोहीकारण पूँजीबजार, रियलस्टेट ऋण प्रवाह बढ्दै गएको बताए । अर्थमन्त्री पौडेलले सरकार नीतिगत तथा कार्यगत हस्तक्षेपबाटै अर्थतन्त्र सुधारको बाटोमा गएको र थप सुधारका लागि विभिन्न क्षेत्रबाट सुझाव लिएर अघि बढ्न सरकार तयार रहेको बताए । “हाम्रो आर्थिक र वित्तीय सूचक सकारात्मक बन्दै…

Read More

काठमाडौं । नेपाल प्रहरीमा ३० वर्षे सेवा अवधि कार्यान्वयन नगर्न यसअघि दिएको अन्तरिम आदेश सर्वोच्च अदालतले शुक्रबार खारेज गरेको छ । ६ भदौमा न्यायाधीश हरि फुयालको इजलासले ३० वर्षे सेवा अवधि कार्यान्वयन नगर्न दिएको अन्तरिम आदेश शुक्रबार न्यायाधीश विनोद शर्मा र सारंगा सुवेदीको संयुक्त इजलासले खारेज गरेको हो । न्यायाधीश फुयालको इजलासले दिएको अन्तरिम आदेश खारेजीको माग गर्दै गृह मन्त्रालयले सर्वोच्चमा निवेदन दिएको थियो । शुक्रबार सोही निवेदनको सुनुवाइ गर्दै न्यायाधीश शर्मा र सुवेदीको इजलासले सरकारको माग बमोजिम अन्तरिम आदेश खारेज गरेको सर्वोच्च अदालतले वेबसाइटमा उल्लेख गरेको छ । सर्वोच्चको यो आदेशसँगै १६ भदौदेखि नेपाल प्रहरीका ९० अधिकृतहरु ३० वर्षे…

Read More

काठमाडौँ । मनाङको थोचे आसपासमा भूकम्पको धक्का महसुस भएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार आज विहान ३ बजेर ४७ मिनेट जाँदा मनाङको थोचे आसपास केन्द्रविन्दू भएर चार दशमलव दुई रेक्टरस्केलको भूकम्प गएको हो । यसअघि भदौ १३ गते बझाङको मासदेव आसपास केन्द्रविन्दू भएर चार दशमलव तीन रेक्टरस्केलको भूकम्प गएको थियो । नेपाल हिमालय क्षेत्र भएको कारणले भूकम्पको जोखिमको क्षेत्रका रुपमा लिने गरिन्छ ।

Read More

काठमाडौं: नेपालमा सबैभन्दा धेरै लगानी औद्योगिक क्षेत्रमा भित्रिएको छ । नेपालमा प्रत्यक्ष वैदेशिक लगानीमध्ये ५९.७ प्रतिशत औद्योगिक क्षेत्रमा र ४०.२ प्रतिशत सेवा क्षेत्रमा भित्रीएको राष्ट्र बैंकले सार्वजनिक गरेको प्रत्यक्ष वैदेशिक लगानीसम्बन्धी सर्वेक्षण प्रतिवेदन २०७९/०८० मा उल्लेख छ । औद्योगिक क्षेत्रअन्तर्गत जलविद्युत् क्षेत्रमा ३० प्रतिशत र उत्पादन क्षेत्रमा २९.४ प्रतिशत वैदेशिक लगानी रहेको देखिन्छ । यसै गरी, कुल प्रत्यक्ष वैदेशिक लगानीमध्ये २६ प्रतिशत सेवा क्षेत्रअन्तर्गत बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीमा रहेको देखिन्छ । सर्वेक्षणबाट प्राप्त नतिजाअनुसार नेपालमा आर्थिक वर्ष २०७९/८० को अन्त्यसम्ममा कुल प्रत्यक्ष वैदेशिक लगानीको मौज्दात ११.८ प्रतिशतले वृद्धि भई २ खर्ब ९५ अर्ब ५० करोड कायम रहेको…

Read More

काठमाडौँ । मुख्य सचिव नियुक्तिमा असन्तुष्टि जनाउँदै महिला बालबालिका तथा समाज कल्याण मन्त्रालयका सचिव दिनेश भट्टराईले पनि राजीनामा दिएका छन्। प्रधानमन्त्री कार्यालय स्रोतकाअनुसार उनले दिएको राजीनामा स्वीकृत पनि भएको छ। यसअघि योजना आयोगका सचिव तोयनारायण ज्ञवालीले पनि राजीनामा दिएका थिए । भदौ १३ गते बसेको मन्त्रिपरिषद् बैठकले चौथो वरियतामा रहेका एकनारायण अर्याललाई मुख्यसचिव बनाएको थियो। उनीहरू असन्तुष्ट हुँदै राजीनामा दिएका हुन्। ज्ञवाली पहिलो र भट्टराई दोस्रो वरियतामा थिए।

Read More

काठमाडौँ: नेपाल सरकारको लगानी र अमेरिकी सरकारको अनुदानमा कार्यान्वयन भइरहेको एमसीसी नेपाल कम्प्याक्ट कार्यक्रम अन्तर्गतको विद्युत् प्रसारण आयोजनाको एक महत्वपूर्ण अंश १८ किमि सीमापार प्रसारण लाइन निर्माण सम्झौतामा एमसिए–नेपालले हस्ताक्षर गरेको छ । एमसिए–नेपालले एमसीसी नेपाल कम्प्याक्ट कार्यक्रम कार्यान्वयनमा प्रवेशको पहिलो वर्ष मनाइरहेको वर्तमान क्षणमा हासिल यो कोशेढुङ्गाले नेपाल र भारतबीचको क्षेत्रीय ऊर्जा व्यापार अभिवृद्धि गर्नमा सम्पूर्ण सरोकारवालाको दृढ प्रतिवद्र्धता प्रतिविम्बित गर्दछ । नवलपरासी (वर्दघाट सुस्ता पश्चिम) जिल्लामा निर्माणाधीन ४०० केभी क्षमताको नयाँ बुटवल सबस्टेशनदेखि नेपाल–भारत सीमासम्म २१ महिनाको करार अवधिमा निर्माण गरिने यो १२३.६० लाख अमेरिकी डलरको सम्झौता ट्रान्सरेल लाइटिङ लिमिटेडसँग गरिएको छ । अर्थ मन्त्रालय, नेपाल विद्युत् प्राधिकरण,…

Read More

काठमाडौं: कृषि तथा पशुपन्छी बिकास मन्त्री रामनाथ अधिकारीले आफुले किसानका पक्षमा इमान्दरीताका साथ काम गर्ने प्रतिबद्धता बोकेको बताउनु भएको छ । मुक्तिनाथ कृषि कम्पनीको छैटौं बार्षिक उत्सबका अबसरमा आयोजित कार्यक्रममा मन्त्री अधिकारीले गाउँमै फर्किएर कृषि कर्म गर्न अभिप्रेरित गर्ने कार्य गरेकोमा कम्पनीको प्रशंसा समेत गर्नुभयो ।कृषि क्षेत्रमा वार्षिक बजेट बढाउन आवश्यक छ भन्नुहुदै मन्त्री अधिकारीले कृषिको व्यवसायिकरणमा प्रविधि, पूर्वाधार, जनशक्ति तथा बजार प्रमुख भएकाले यस क्षेत्रमा व्यवस्थित र रणनितिक लगानीको आवश्यकता रहेको उल्लेख गर्नूभयो । सरकारले घोषणा गरेको कृषिमा लगानी दशकलाई सफल बनाउने दायित्व नीजि क्षेत्रको समेत भएको उल्लेख गर्दै मन्त्री अधिकारीले यस्का लागि मन्त्रालयले गृहकार्य गरिरहेको बताउनु भयो ।…

Read More