Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- सुरुङभित्र उद्धारका लागि नेपाललाई स्विट्जरल्यान्डको अत्याधुनिक ड्रोन
- पुराना नेता र म मा यहि फरक छ: अरु कुर्सीमा बसेर फाइल समात्छन्, म फिल्डमै पुग्ने हो: सुदन गुरुङ
- त्रिशूली ३ ‘ए’को सुरुङको पावरहाउसमा उद्धार गर्न सेनाले थप्यो जनशक्ति
- भोटेकोशी बाढी पीडितका तस्वीर–भिडियो सार्वजनिक गर्दा संवेदनशील बन्न सञ्चारमन्त्रीको आग्रह
- पोखराको फेवातालमा कार खस्दा २ जना भारतीय नागरिकको मृत्यु
- उद्धार गरिएका साह भन्छन्: पावर हाउस भित्र ४०/४५ जना थियौं, सबैको ज्यान बचाउन लाग्दा म आफैभित्र परे
- त्रिशूली–३ ‘ए’ को परियोजनाभित्र फसेका दुईजनाको जीवितै उद्धार
- भोटेकोशी बाढीका मृतक परिवारलाई १० लाख राहत
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
काठमाडौँ:ग्लोबल आईएमई बैंक लिमिटेड र आध्यान्त फन्ड म्यानेजमेन्ट लिमिटेडबीच साना तथा मझौला कर्जाको क्षेत्रमा वित्तीय पहुँच र लगानी विस्तार गर्नेसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ। उक्त समझदारी पत्रमा बैंकका साना, मझौला तथा खुद्रा कर्जा प्रवर्द्धन विभागका प्रमुख चित्रकुमार चालिसे तथा आध्यान्त फन्ड म्यानेजमेन्ट लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सन्तोष थापाले हस्ताक्षर गरेका हुन्। आध्यान्त फन्ड म्यानेजमेन्टले साना तथा मझौला उद्यमीहरुको व्यापार विस्तार तथा व्यावसायिक क्षमता अभिवृद्वि गर्न प्राविधिक सहायता तथा परामर्श लगायतका सेवाहरु प्रदान गर्दै आइरहेको छ । बैंक र आध्यान्तबिचको सहकार्यले उद्यमीहरुलाई विभिन्न प्रकारका तालिम तथा वित्तीय पँहुच सहज बनाउँदै मुलुकको अर्थतन्त्रमा टेवा पुर्याउने विश्वास लिइएको छ । आध्यान्त फन्ड…
काठमाडौं । साता कारोबारको अन्तिम दिन पनि सेयर बजारमा उच्च उतारचढाव देखियो । दिउँसो १२ : ४६ बजे बजार परिसूचक नेप्से ३०१८ अंकसम्म पुगे पनि ३ हजारमाथि टिक्न सकेन । अन्ततः बजार अंकमा रहेर बन्द भयो । अघिल्लो दिनको तुलनामा नेप्से परिसूचक जम्मा ६.०१ अंक बढेको हो । कारोबार रकममा सामान्य वृद्धि भएको छ । अघिल्लो दिन १८ अर्ब ९० करोडको कारोबार भएकोमा यस दिन १९ अर्ब १६ करोडको भयो । १३२ कम्पनीको मूल्य बढ्दा १०९ को घट्यो भने ३ को स्थिर रह्यो । विकास बैंक समूहमा उल्लेख्य आकर्षण देखियो । सो समूहको सूचक ४.५ प्रतिशत बढ्यो । बैंकिङ ०.१७,…
काठमाडौँ: बिहीबार सुनको भाउ प्रतितोला ११ सय रुपैयाँ घटेको छ । बुधबार ८०० रुपैयाँ बढेर रेकर्ड बनाएको सुनको भाउ बिहीबर ११ सय रुपैयाँ घटेको हो । यो सँगै बिहीबार छापावाला सुनको भाउ प्रतितोला १ लाख ५१ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार सुनको भाउ प्रतितोला १ लाख ५३ हजार रुपैयाँमा कारोबार भएको थियो । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार बिहीबार चाँदी १ हजार ८३० रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार चाँदी १ हजार ८३५ रुपैयाँमा कारोबार भएको थियो । अन्तर्राष्ट्रिय बजारमा हुने कारोबारका आधारमा नेपालमा सुनचाँदीको मूल्य निर्धारण गर्ने गरिएको छ । अन्तर्राष्ट्रिय बजारमा बिहीबार सुन प्रतिऔंस…
काठमाडौं:साफ यु–२० च्याम्पियनसिप फुटबलमा आज नेपाल र बंगलादेशबीच प्रतिस्पर्धा हुँदैछ । खेल दिउँसो ३ बजे ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा हुनेछ । प्रतियोगितामा दुवै टोलीले आज दोस्रो खेल खेल्दै छन् । यसअघिको खेलमा दुवै टोलीले श्रीलंकालाई पराजित गरेर एक खेल अगावै सेमिफाइनलमा पुगिसकेका छन् । दुबै टोलीको समान तीन अंक छ । गोलअन्तरका आधारमा बंगलादेश शीर्ष स्थानमा छ । आज पराजित हुने टोलीले समूह ‘बी’ को भारतसँग प्रतिस्पर्धा गर्नुपर्नेछ । प्रतियोगितामा ६ टोली सहभागी छन् । जसमा नेपाल रहेको समूह ‘ए’मा बंगलादेश र श्रीलंका तथा समूह ‘बी’ मा भारत, माल्दिभ्स र भुटान छन् ।
काठमाडौँ: उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले विकासोन्मुख र अल्प विकसित मुलुकहरुको आन्तरिक राजस्व परिचालन गर्ने क्षमता कमजोर हुँदै गएको र सार्वजनिक ऋणको भार पनि बढ्दै गएकाले विकासका लागि स्रोतको जोहो गर्नु चुनौतीपूर्ण भएको बताएका छन् । संयुक्त राष्ट्रसङ्घले अर्थ मन्त्रालय र नेपाल उद्योग वाणिज्य महासङ्घसँगको सहकार्यमा आज यहाँ आयोजना गरेको ‘विकासका लागि वित्तसम्बन्धी संवाद’ कार्यक्रममा अर्थमन्त्री पौडेलले नेपालले पनि न्यून राजस्व सङ्कलन र बढ्दो सार्वजनिक ऋणको दायित्वका कारण सिर्जित समस्या भोगिरहेको बताएका हुन् । “राजस्वको अधिकांश भाग सार्वजनिक ऋण भुक्तानीमा लगाउनुपर्ने बाध्यताले सामाजिक सुरक्षा तथा विकास गतिविधिमा सरकारको लगानी सङ्कुचित हुने देखिएको छ । यसले दिगो विकासको लक्ष्य पूरा गर्ने…
काठमाडौंं: नेपालका ७५३ स्थानीय तह मध्ये ५३९ स्थानीय तह सारभूत रुपमा पूर्ण विद्युतीकरण भएका छन् । १९६ स्थानीय तहमा आंशिक रुपमा विद्युतीकरण भएको छ ।१८ स्थानीय तहमा नेपाल विद्युत प्राधिकरणले राष्ट्रिय प्रसारण विद्युत पुर्याउन सकेको छैन । राष्ट्रिय प्रसारण ग्रिड नपुगेतापनि १८ स्थानीय तहका बासिन्दाले लघुजलविद्युत र सौर्य ऊर्जाबाट विद्युत् उपभोग गरिरहेका छन् ।प्राधिकरणले मुलुकभरीका स्थानीय तहका गाउँपालिका र नगरपालिकाका वडासम्मको विस्तृत अध्ययन गरी तयार पारेको विद्युतीकरण तथ्याङ,२०८१ अनुसार, कुल जनसंख्याको ९९ प्रतिशतमा विद्युत् पुगेको छ । विद्युत्का ग्राहक सामुदायिकसहित ५९ लाख ३५ हजार पुगेको छ ।विद्युतको पहुँच पुगेको जनसङ्ख्यामध्ये ९७ प्रतिशत राष्ट्रिय ग्रिडबाट र २ प्रतिशतले ग्रिडभन्दा बाहिर रहेका…
काठमाडौँ — वर्षभरि दिवंगत भएका आफन्तका आत्माले मोक्ष प्राप्त गरून् भन्ने कामना गर्दै परिवारले गाईलाई नगर परिक्रमा गराई उपत्यकामा मंगलबार गाईजात्रा पर्व मनाउँदै छन् । हरेक वर्ष भदौ कृष्ण प्रतिपदाका दिन नेवार समुदायले विशेषरुपमा मनाउने उक्त पर्वमा सरकारले काठमाडौं उपत्यकामा सार्वजनिक बिदा दिएको छ । काठमाडौं, ललितपुर र भक्तपुरमा यो पर्व धुमधामका साथ मनाउने चलन छ ।
काठमाडौं । लोकप्रियत सामाजिक सञ्जाल एप टिकटकमाथि १० महिनाअगाडि लागेको प्रतिबन्ध फुकुवा गर्ने सरकारले तयारी गरेको छ । टिकटकले नेपालको नीति-नियम सबै पालना गर्ने प्रतिवद्धतासहित पत्राचार गरेपछि सरकार लचिलो बनेको हो । चार दिनअगाडि मात्रै इमेलमार्फत टिकटकको प्रतिवद्धता पत्र प्राप्त भएको मन्त्रालय स्रोतले जानकारी दियो । टिकटकको एसियाका पोलिसी डिभिजन चिफ फेरसले पत्रमा हस्ताक्षर गरेका छन् । ‘नेपाल सरकारको सबै ऐनकानून पालना गर्न हामी कमिटेड छौं भन्ने पत्र आएको छ,’ स्रोतले भन्यो । स्रोतका अनुसार प्रधानमन्त्री केपी शर्मा ओली टिकटकको प्रतिबन्ध फुकुवा गर्न सकारात्मक छन् । उनकै ग्रीन सिग्नल पाएर सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रतिबन्ध फुकुवाका लागि टिप्पणी उठाउन कर्मचारीलाई निर्देशन…
काठमाडौँ: भारत भ्रमणमा रहेकी परराष्ट्रमन्त्री आरजु राणा देउवाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग शिष्टाचार भेटवार्ता गरेकी छिन्। विदेशी पाहुनाहरू भेट्नका लागि तयार पारिएको हैदरावाद हाउसमा सोमबार साँझ उनीहरूबीच भेटवार्ता भएको हो। उनीहरूबीच करिब आधाघण्टा छलफल भएको थियो। भारतीय टोलीमा विदेशमन्त्री एस जयशंकर, सुरक्षा सल्लाहकार अजित डोभाल, विदेश सचिव विक्रम मिस्री लगायतका अधिकारी थिए। त्यस्तै नेपालको तर्फबाट परराष्ट्र मन्त्रालयका सहसचिव भृगु ढुंगाना, कार्यवहाक राजदूत डा. सुरेन्द्र थापा, काउन्सुलर दुर्पदा सापकोटा पनि उपस्थित थिइन्। भेटका क्रममा परराष्ट्रमन्त्री राणाले प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय प्रधानमन्त्री मोदीलाई नेपाल भ्रमणका लागि दिएको निमन्त्रणा पत्र हस्तान्तरण गरेकी थिइन्। नेपाल भ्रमणमा आएका भारतीय विदेश सचिव विक्रम मिस्रीमार्फत पनि…
काठमाडौं: नेपालले द्धिपक्षीय सम्झौतमा बमोजिम भारतका बिहार र हरियाण राज्यलाई थप २५१ मेगावाट विद्युत् निर्यात स्वीकृति पाएको छ । भारतको विद्युत मन्त्रालयअन्तर्गतको केन्द्रीय विद्युत प्राधिकरणले हरियाण राज्यलाई थप १२५.८९ मेगावाट र बिहारलाई १२५ मेगावाट मध्यकालीन सम्झौता बमोजिम निर्यात गर्न नेपाल विद्युत प्राधिकरणलाई स्वीकृति दिएको हो ।१० जलविद्युत आयोजनाहरुबाट उत्पादित १२५ मेगावाट विद्युत बिहारलाई र २ जलविद्युत आयोजनाहरुबाट उत्पादित थप १२५.८९ मेगावाट विद्युत हरियाणा राज्यका वितरण कम्पनीहरुलाई बिक्री गरिने छ । प्राधिकरणले हरियाण राज्यलाई हाल १०९ मेगावाट विद्युत् बिक्री गरिरहेको छ ।नेपालमा खपत गरी अतिरिक्त भएको वर्षायामको विद्युत् हरेक वर्ष जुन देखि अक्टोबरसम्म बिहार र हरियाणालाई बिक्री गरिने छ । योसँगै…