Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- सुरुङभित्र उद्धारका लागि नेपाललाई स्विट्जरल्यान्डको अत्याधुनिक ड्रोन
- पुराना नेता र म मा यहि फरक छ: अरु कुर्सीमा बसेर फाइल समात्छन्, म फिल्डमै पुग्ने हो: सुदन गुरुङ
- त्रिशूली ३ ‘ए’को सुरुङको पावरहाउसमा उद्धार गर्न सेनाले थप्यो जनशक्ति
- भोटेकोशी बाढी पीडितका तस्वीर–भिडियो सार्वजनिक गर्दा संवेदनशील बन्न सञ्चारमन्त्रीको आग्रह
- पोखराको फेवातालमा कार खस्दा २ जना भारतीय नागरिकको मृत्यु
- उद्धार गरिएका साह भन्छन्: पावर हाउस भित्र ४०/४५ जना थियौं, सबैको ज्यान बचाउन लाग्दा म आफैभित्र परे
- त्रिशूली–३ ‘ए’ को परियोजनाभित्र फसेका दुईजनाको जीवितै उद्धार
- भोटेकोशी बाढीका मृतक परिवारलाई १० लाख राहत
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
काठमाडौँ महानगरपालिकाको कार्यालय नजिकैको सडक भासिएर ठूलो भ्वाङ परेको छ। स्थानीयका अनुसार दरबारमार्ग र न्युप्लाजा जोड्ने सडक भासिएर भ्वाङ परेको हो। टुकुचा छोपेर बनाइएको सडक बिहीबार राति भासिएको स्थानीयले जनाएका छन्। अहिले उक्त सडकखण्ड बन्द गरिएको र भ्वाङ परेको सडक टाल्न लागिएको महानगरपालिकाले जनाएको छ।
काठमाडौं: नोबेल पुरस्कार विजेता मुहम्मद युनुसले बङ्गलादेशको अन्तरिम सरकारको प्रमुखका रूपमा सपथ लिएका छन् । उनका लागि अब प्रमुख कार्य बङ्गलादेशमा शान्ति पुनःस्थापित गर्ने र नयाँ निर्वाचनको तयारी गर्नु रहेको छ । हप्तौँको हिंसामा विद्यार्थी कार्यकर्ताहरूले पूर्वप्रधानमन्त्री शेख हसिनाको १५ वर्षको निरङ्कुश शासनविरुद्ध विद्रोहको नेतृत्व गरेका थिए । बङ्गलादेशका राष्ट्रपति मोहम्मद शाहबुद्दिनले राष्ट्रपति भवन ढाकामा विदेशी कूटनीतिज्ञ, नागरिक समाजका सदस्य, शीर्ष व्यापारीहरू र पूर्व विपक्षी दलका सदस्यहरूको उपस्थितिमा युनुसलाई मुख्य सल्लाहकारका रूपमा उहाँको भूमिकाको सपथ गराए। मुख्य सल्लाहकार प्रधानमन्त्री पद बराबर हो । सपथ ग्रहण समारोहमा हसिनाको पार्टीका कुनै पनि प्रतिनिधि सहभागी थिएनन् । अन्तरिम मन्त्रिपरिषद्मा मुख्यरूपमा नागरिक समाजका सदस्य…
काठमाडौं: प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन मनाइने नागपञ्चमी पर्व आज परम्पराअनुसार घरका मूलढोकामा नागको तस्वीर टाँसी पूजार्चना गरी मनाइँदैछ। यसरी नागको तस्वीर टाँस्दा वर्षभर घरमा नाग, सर्प र बिच्छीलगायत जीवले दुःख नदिने र अग्नि, मेघ र चट्याङको भयबाट पनि बच्न सकिने धार्मिक विश्वास छ। नाग पूजाको प्रचलन वैदिक कालदेखि नै सुरु भएको हो। वैदिक मान्यतानुसार नागलाई सर्पको राजा मानिन्छ। नाग रिसाए भने पानीको अभाव हुने भएकाले पानीका लागि पनि नागलाई खुशी पार्न पूजा गर्ने परम्परा छ। वराहपुराणमा उल्लेख भएअनुसार यसै तिथिमा नागराजसँग ब्रह्माको संवाद भएकाले पनि आजको दिन नागपूजाका लागि प्रसिद्ध मानिन्छ। प्रत्येक घरमा नाग रहेका हुन्छन्। घरको जगमुनि…
काठमाडौँ:नेपाल विद्युत् प्राधिकरणका दुई सञ्चालकलाई तत्काल नहटाउन ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयलाई सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ। दुई सञ्चालकहरू कपिल आचार्य र भक्तबहादुर पुनलाई मन्त्रालयले सञ्चालक समितिबाट हटाएको थियो। सोविरुद्ध उनीहरू बुधबार सर्वोच्च पुगेका थिए। उनीहरूले दर्ता गरेको रिटमा सर्वोच्चले बिहीबार अन्तरिम आदेश जारी गरेको हो। न्यायाधीश सुनीलकुमार पोखरेलको एकल इजलासले हटाउनुको कारण पनि मागेको छ। ऊर्जा मन्त्रालयकी सहसचिव इन्दिरा दाहालले सञ्चालकद्वय आचार्य र पुनलाई पदबाट हटाएको जानकारीपत्र आइतबार पठाएकी थिइन्। डेडिकेटेड फिडर र ट्रंकलाइनको महसुल बक्यौता विवादमा प्राधिकरणले पछिल्लोपटक बिजुली काटिदिएका उद्योगमा पुनः लाइन जोड्नेबारे सञ्चालक समिति बैठकमा ‘नोट अफ डिसेन्ट’ राखेका थिए। त्यसपछि मन्त्रालयले उनीहरूसँग स्पष्टीकरण…
काठमाडौँ: सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले लगातार हवाई दुर्घटना हुनुले नेपालको आकाश सुरक्षित नभएको पुष्टि गरेको बताएका छन्। मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्ने क्रममा बिहीबार सिंहदरबारमा मन्त्री गुरुङले दुर्घटनाको कारण पत्ता लगाएर समाधान निकाल्न सरकारले योजनाबद्ध रुपमा काम गर्ने बताए। ‘हिजो पनि हेलिकप्टर दुर्घटना भयो, र नेपाली आकाश सुरक्षित छैन भन्ने कुरा यसले पुष्टि गरेको छ,’ उनले भने। अहिलेसम्मका सरकार दुर्घटनाबारे जाँचबुझ समिति बनाउनेमा मात्रै सिमित रहेको टिप्पणी गर्दै मन्त्री गुरुङले अहिलेको सरकार समाधान नै निकाल्ने गरि जुटेको दाबी गरे। ‘अहिलेसम्म दुर्घटना हुने छानबिन र जाँचबुझ समिति बनाउनेमा सरकार सीमित भयो’, उनले भने, ‘अब सरकारले कारणसहित…
काठमाडौँ:नेपाली सेनाको प्रधानसेनापतिको कार्यभार बलाधिकृत रथी अशोकराज सिग्देलले बुझेका छन्। प्रधानसेनापति प्रभुराम शर्माले बिहीबार जंगीअड्डामा आयोजित एक समारोहका बीच सिग्देललाई प्रधानसेनापतिको कार्यभार बुझबुझारथ गरेका हुन्। मन्त्रिपरिषद्को यही साउन १४ गतेको निर्णयअनुसार राष्ट्रपति रामचन्द्र पौडेलबाट यही २५ गतेदेखि सिग्देलले कायममुकायम प्रधानसेनापतिको जिम्मेवारी सम्हाल्ने अख्तियारी पाएका थिए। प्रधानसेनापति शर्मा आगामी भदौ २४ बाट अनिवार्य अवकाशमा जाँदै छन्। सेनाको प्रचलित परम्पराअनुसार उनी २५ गतेदेखि विदामा बस्नलागेका हुन्। शर्माले सिग्देललाई आफ्नो उत्तराधिकारीका रुपमा कार्यभार बुझाउन पाएकामा खुसी व्यक्त गरेको नेपाली सेनाले जनाएको छ। शर्माले उनलाई सफल कार्यकालका लागि शुभकामना र बधाई दिएका थिए।
संस्कृति, पर्यटन तथा नागरिक उडडयनमन्त्री बद्रीप्रसाद पाण्डेले नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक इन्जिनियर प्रदीप अधिकारीलाई पदमुक्त गराउने विषयमा कानूनी परामर्श भइरहेको बताएका छन्। एयर डाईनेष्टीको हवाई जहाज दुर्घटनामा विषयमा बिहीवार सिंहदरबारमा बसेको प्रतिनिधि सभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको बैठकमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिने क्रममा उनले सो कुरा बताएका हुन्। मन्त्री पाण्डेले मातहतका निकायलाई कारबाही गर्ने प्रश्नमा सरकार गम्भिरतापूर्वक लागि परेको बताए। उनले आफूले गरेको निर्णय फेरि अदालतबाट बदर नहोस् भन्नका लागि सो निर्णय लिनुअघि आफूले कानुनी परामर्श अघि बढाएको पनि समितिमा स्पष्टिकरण दिए। उनले भने, ‘म के चाहन्न भने मन्त्रीको पहलकदमीमा एउटा निर्णय होस्, कुनैपनि निर्णय फेरि…
काठमाडौँ:सरकारले राष्ट्रिय सुरक्षा सल्लाहकारको पद खारेज गरेको छ। सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले मन्त्रिपरिषद्का निर्णयबारे जानकारी गराउँदै ‘राष्ट्रिय सुरक्षा परिषद्को राष्ट्रिय सुरक्षा सल्लाहकारको नियुक्ति, सेवा शर्त तथा सुविधासम्बन्धी निर्देशिका, २०८० खारेज गर्ने’ निर्णय भएको बताए। उक्त निर्देशिका खारेज भएसँगै हाललाई राष्ट्रिय सुरक्षा सल्लाहकारको पद नै खारेजीमा परेको छ। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले २०८० जेठमा राष्ट्रिय सुरक्षा सल्लाहकारको पद सिर्जना गरी तत्कालीन मुख्यसचिव शंकरदास वैरागीलाई नियुक्त गरेको थियो। ३ महिनापछि अवकाश पाउन लागेका बेला वैरागीले मुख्य सचिवबाट राजीनामा दिएपछि राष्ट्रिय सुरक्षा सल्लाहकारको पदमा नियुक्ति पाएका थिए। तर, नेपाली कांग्रेस र नेकपा एमालेबीच…
काठमाडौं । जापानमा शक्तिशाली भूकम्प गएपछि सुनामीको चेतावनी जारी गरिएको छ । भूकम्पको तीव्रता ७.१ रेक्टर स्केल मापन भएको छ । भूकम्पको केन्द्र दक्षिणपश्चिम क्षेत्रको मियाजाकी प्रान्तमा थियो । भूकम्पको कारण मियाजाकी र कोची प्रान्तमा सुनामी आउने सम्भावना रहेको अधिकारीहरुको भनाइ छ । जापानको सरकारी समाचार संस्था एनएचेका अनुसार भूकम्पले क्षति पुर्याएको विवरण भने आइसकेको छैन । गत जनवरी (२०८० पुस) मा जापानको इशिकावामा भूकम्प जाँदा कम्तिमा ४८ जनाको मृत्यु भएको थियो । उक्त भूकम्पको तीव्रता ७.६ थियो । बीबीसीका अनुसार जापानमा भूकम्पको शक्ति म्याग्निच्युडमा भनिँदैन । जमिनको कम्पनको आधारमा मापन गरेर त्यसको आधारमा एकदेखि सातसम्म मान दिइन्छ ।
काठमाडौँ: अमेरिकी डलरको भाउले नयाँ रेकर्ड बनाएको छ । मंगलबार र बुधबार रेकर्ड बनाएको डलरले बिहीबार पनि अर्को रेकर्ड कायम गरेको हो । नेपाल राष्ट्र बैंकका अनुसार बिहिबार अमेरिकी डलरको खरिद दर १३४ रुपैयाँ ०४ पैसा र बिक्री दर १३४ रुपैयाँ ६४ पैसा रहेको छ । नेपाल राष्ट्र बैंकका अनुसार बिहीबार युरोको खरिद दर १४६ रुपैयाँ ३९ पैसा र बिक्री दर १४७ रुपैयाँ ०५ पैसामा कारोबार भइरहेको छ । आज कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ७६ पैसा र बिक्री दर ३६ रुपैयाँ ९२ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ । यसैगरी, बिहीबार बेलायती पाउण्ड एकको खरिद दर…