Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

काठमाडाैं: लगानी सम्मेलनमा आउने विदेशी लगानीकर्तालाई सरकारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलतमै रातो कार्पेट बिच्छाएर स्वागत गर्ने तयारी गरिरहेका बेला काठमाडौं उपत्यकामा सुरक्षा सर्तकता पनि बढाइएको छ । सम्मेलनको मिति नजिकिँदै जाँदा उपत्यका र आसपासका भेगमा सादा पोशाक र हतियार सहितका सुरक्षाकर्मी खटिएका छन् । सम्मेलनस्थल होटल सोल्टी आसपासका भेग, पाहुना बस्ने विभिन्न होटल, उपत्यकाका मुख्य चोक र विशिष्ट पाहुना ओहोर–दोहोर गर्ने सडकमा नियमित सुरक्षा निगरानी बढाइएको नेपाल प्रहरीले जनाएको छ । सम्मेलन आगामी शुक्रबार र शनिबार काठमाडौंमा हुँदै छ । शसस्त्र प्रहरी बल, नेपाल प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका सुरक्षाकर्मी सम्मेलनको सुरक्षाकालागि खटिने भएकाले केही दिनयता तीनवटै सुरक्षा निकायको…

Read More

चितवन : दुर्लभ मानिएको एक सिङ्गे गैडा मर्ने क्रम बढेको छ। चालु आर्थिक वर्षको नौ महिनामा चितवनमा ४१ वटा गैंडा मरेका छन्। साउनयता चितवन राष्ट्रिय निकुञ्जमा ३९ र डिभिजन वन कार्यालय भरतपुरको कार्यक्षेत्रमा २ गैंडा मरेका छन्। प्राकृतिक तथा कालगतिले गैंडा मरेका हुन्। मरेका गैंडामा एकदेखि दश वर्षका सातवटा, बीस वर्षसम्मका पाँच, ३० वर्षसम्मका सात र ३० वर्षभन्दामाथिका ५ वटा गैंडा छन्। सत्रवटाको मरेपछि कंकाल मात्रै फेला परेको थियो। प्राकृतिक कारणबाट गैंडा मर्ने क्रम बढेकोमा संरक्षणकर्मीले चिन्ता ब्यक्त गरेका छन्। प्राकृतिक कारणले गैंडा मरेपनि त्यसको कारण पत्ता लागेको छैन। गत वर्ष २६ गैंडा प्राकृतिक कारणले मरेका थिए। कतिपय गैंडा आपसमा…

Read More

काठमाडौं: सरकारले प्रतिबन्ध लगाएर पक्राउ गर्न थालेपछि नेत्रविक्रम चन्द ‘विप्लव’ का नेताहरुले धेरै वटा सिमकार्ड प्रयोग गर्न थालेको छन् । उनीहरको पुराना सिमकार्ड फाल्ने र नयाँ नयाँ सिमकार्ड प्रयोग गर्दै आएको अनुसन्धानमा खुलेको छ । शुक्रबार पक्राउ परेका सो पार्टीका नेता हेमन्तप्रकाश ओली र उनका सहयोगीसँग २२ वटा सिमकार्ड भेटिएको छ र विगतमा प्रयोग गरेका सिमकार्ड उनीहरुले फालिसकेको प्रहरीले जनाएको छ । बरामदमध्ये कतिपय सिमकार्ड प्रयोग नगरिएका समेत छन् । ओलीले आफूले पक्राउ पर्ने डरले कार्यकर्ताकै सिमकार्ड धेरै प्रयोग गर्ने र पुराना सिमकार्ड प्रयोग गर्ने गरेको समेत खुलेको छ र यो समाचार नयाँ पत्रिकामा प्रकाशित छ ।

Read More

काठमाडौं: अन्तर्राष्ट्रिय उडान गरिरहेको वायुसेवा कम्पनी हिमालय एयरलाइन्स सञ्चालनमा आएको तीन वर्षमा चार अर्ब ८३ करोड रुपैयाँ घाटामा गएको छ । निजी लगानीमा नियमित उडान सुरु गरेको चैत्र अन्तिममा तीन वर्ष पुग्छ । यसले क्षमताअनुसार यात्रु उडान गर्न नसक्दा, नाफाको गन्तव्यमा उडान गर्न नसक्दा र भएको उडान गन्तव्यबाट पनि लाभ लिन नसक्दा बर्सेनी एक अर्बभन्दा बढी घाटा व्यहोरिहरको छ । यो वायुसेवा आव ०७४ /०७५ मा मात्रै एक अर्ब ७६ करोड रुपैयाँ घाटामा गएको प्राप्त तथ्याङ्कमा उल्लेख छ । यो समाचार राजु बास्कोटाले अन्नपूर्णमा लेखेका छन् ।

Read More

काठमाडौं : सरकारले लगानी सम्मेलनमा सार्वजनिक–निजी साझेदारीका ५० परियोजनामा लगानी आह्वान गर्ने भएको छ। लगानी बोर्डले आइतबार लगानी आह्वानका लागि प्रदर्शनीमा राखिने आयोजनाको टुंगो लगाएको छ। निजी क्षेत्रका तर्फबाट २३ आयोजनामा साझेदार लगानीकर्तालाई आमन्त्रण गरिने भएको छ। शुक्रबार र शनिबार आयोजना हुने लगानी सम्मेलनमा ४० देशबाट ६ सय ५० विदेशी लगानीकर्ता तथा तिनका प्रतिनिधिले सहभागिता जनाउने छन्। लगानी बोर्डका प्रवक्ता बलराम रिजालले लगानी सम्मेलनकै क्रममा लगानीकर्तासँग छलफल भइ द्विपक्षीय सहमति पत्रमा हस्ताक्षर समेत हुनसक्ने बताए। लगानी बोर्डले लगानी सम्मेलनका क्रममा प्रस्तुत हुने परियोजनाको कुल लागत ३१ खर्ब रुपैयाँको हाराहारीमा रहेको जनाएको छ। लगानी सम्मेलनका लागि निजी–सार्वजनिक साझेदारीका लागि प्रस्ताव गरिएका…

Read More

काठमाडौं: जापानले नेपाली कामदार लैजाने विषयमा दुई देशबीच सोमबार काठमाडौंमा श्रमसमझदारी हुँदै छ । यसलाई दुइ देशबीच ‘सहकार्य गर्ने समझदारी’को नाम दिइएको छ । जापानले पहिलो पटक ‘श्रम भिसा’मा सोझै नेपालबाट कामदार लैजाने भएपछि दुई देशबीच समझदारीमा हस्ताक्षर हुन लागेको हो । जापानले आउँदो अप्रिल १ देखि नेपालसहित ९ देशबाट विदेशी कामदार ल्याउने निर्णय गरेको छ । यो समाचार होम कार्कीले कान्तिपुरमा लेखेका छन् ।

Read More

ललितपुर: ललितपुर महानगरपालिकाले आगामीे वैशाखदेखि तीन विद्यालयमा शिक्षण सिकाइमा नवीनत्तम प्रविधि प्रयोगको विकास गर्न रोबोट बनाउने तालीम अर्थात ‘रोबोट प्रोग्रामिङ शिक्षा’ लागू गर्ने भएको छ । वर्तमान समयमा प्राविधिक शिक्षालाई अघि बढाउन आवश्यक भएको महसुस गरी महानगरपालिकाले उक्त कार्यक्रम अघि बढाउन लागेको हो । महानगरपालिकाले यशोधरा बौद्ध माध्यमिक विद्यालय थैना, जलपा माध्यमिक विद्यालय धापाखेल र हिन्दू विद्यापिठ नेपाल बालकुमारीका कक्षा ६ देखि १० सम्मका विद्यार्थीलाई वैशाखदेखि उक्त शिक्षा शुरु गर्ने स्रोत व्यक्ति सत्यनारायण महर्जनले जानकारी दिए । “नगरप्रमुखले ललितपुरमा प्राविधिक शिक्षालाई अघि बढाउने योजना अघि बढाएसँगै गत फागुनमा ‘म्यागी युनिभर्सिटी अफ जापान’ का प्रोफेसर मिजुटानीले रोबोट निर्माण बारे जानकारी दिनुभयो”,…

Read More

काठमाडौँ: फ्लोरीकल्चर एशोसिएशन नेपालको आयोजनामा भएकोे पुष्प मेलामा रु ६२ लाखको आर्थिक कारोवार भएको छ । गत शुक्रबारदेखि शुरु भएको मेलामा ५७ हजार अवलोकनकर्ताको सहभागी थियो । उक्त २२ औँ पुष्प मेला विशेष गरी सजावटका फूलहरु बिक्री भएको मेला एशोसिएशनले जानकारी दिएको छ । देशका विभिन्न क्षेत्रमा उत्पादन भएका पुष्प तथा पुष्पजन्य वस्तुको प्रवद्र्धन, विस्तार, नयाँ प्रविधि र अनुसन्धानको राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा प्रचारप्रसार र जनचेतना जगाउने उद्देश्यले मेलाको आयोजना गरिएको आयोजक संस्थाका अध्यक्ष कुमार कसजु श्रेष्ठले जानकारी दिए । मेलामा ८४ व्यावसायिक स्टल राखिएका थिए । अवलोकनकर्ताले अन्तर्राष्ट्रियस्तरमा प्रयोग भइरहेको प्रविधिको विषयमा समेत जानकारी लिएका थिए । मेलामा मौसमी फूल,…

Read More

काठमाडौं: नेत्रविक्रम चन्द नेतृत्वको प्रतिबन्धित विप्लव समूहका मध्यकमाण्ड इञ्चार्ज हेमन्तप्रकाश वलीविरुद्ध संगठित अपराध मुद्दामा म्याद थप गरिएको छ । जिल्ला अदालत, ललितपुरमा आइतबार उपस्थित गराइएका उनीसहित ९ जनालाई न्यायाधीश चुडामणि खड्काको इजलासले ८ दिन थुनामा राख्ने अनुमति दिएको हो । यसअघि शनिबार बिहान काभ्रेको खानीखोला–७, मिल्चेबाट उनीसहित ९ जनालाई पक्राउ गरिएको थियो । उनीहरुलाई बा १७ च ४८९३ नम्बरको स्कर्पियो जीपबाट काठमाडौं आउँदै गर्दा पक्राउ गरिएको प्रहरीले दाबी गरेको छ । जीपमा हतियारसमेत भेटिएको सुरक्षा संयन्त्रको दाबी छ ।

Read More

काठमाडौँ : सङ्घीयतालाई सुदृढ गर्दै विद्युतीय शासनको प्रयोगमार्फत सार्वजनिक सेवालाई उत्तरदायी, कुशल, पारदर्शी र सुदृढ बनाउन राष्ट्रिय योजना आयोग १५औँ योजनाको मस्यौदालाई अनुमोदन गराउने तयारीमा छ । अर्थ समितिको आज बसेको बैठकमा आयोगका उपाध्यक्ष डा पुष्पराज कँडेलले योजनाको आधारपत्रको प्रारम्भिक मस्यौदा परिमार्जन गरी आयोगबाट अनुमोदन गरिने जानकारी दिए । राष्ट्रिय विकास परिषद्अन्तर्गत रहेको उक्त आयोग मुलुकको विकास योजना तथा नीति तर्जुमामा सल्लाह तथा सुझाव दिने निकाय हो । मुलुकको समृद्ध अर्थतन्त्र, सामाजिक न्याय तथा परिष्कृत जीवनसहितको आर्थिक वृद्धि तथा गरीबी निवारण गरी समृद्धिको आधारलाई प्राथमिकता दिइएको छ । सो मस्यौदामा सामाजिक आर्थिक रुपान्तरण गरी देशको स्वाभिमान, स्वतन्त्रता र राष्ट्रिय हितको…

Read More