Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- सुरुङभित्र उद्धारका लागि नेपाललाई स्विट्जरल्यान्डको अत्याधुनिक ड्रोन
- पुराना नेता र म मा यहि फरक छ: अरु कुर्सीमा बसेर फाइल समात्छन्, म फिल्डमै पुग्ने हो: सुदन गुरुङ
- त्रिशूली ३ ‘ए’को सुरुङको पावरहाउसमा उद्धार गर्न सेनाले थप्यो जनशक्ति
- भोटेकोशी बाढी पीडितका तस्वीर–भिडियो सार्वजनिक गर्दा संवेदनशील बन्न सञ्चारमन्त्रीको आग्रह
- पोखराको फेवातालमा कार खस्दा २ जना भारतीय नागरिकको मृत्यु
- उद्धार गरिएका साह भन्छन्: पावर हाउस भित्र ४०/४५ जना थियौं, सबैको ज्यान बचाउन लाग्दा म आफैभित्र परे
- त्रिशूली–३ ‘ए’ को परियोजनाभित्र फसेका दुईजनाको जीवितै उद्धार
- भोटेकोशी बाढीका मृतक परिवारलाई १० लाख राहत
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
काठमाडौं । भारतीय विदेश सचिव विक्रम मिश्री नेपाल भ्रमणमा आउँदै छन । विदेश सचिवमा नियुक्त भएपछि उनी पहिलो पटक नेपाल आउन लागेका हुन। परराष्ट्र मन्त्रालयका प्रवक्ता अमृतबहादुर राईका अनुसार ‘नयाँ विदेश सचिव आउँदा दक्षिण एसियाको भ्रमण गर्ने प्रचलन’ अनुसार उनी नेपाल आउन लागेका हुन्। उनी चाँडै नेपाल आउने भनिए पनि त्यसको मिति भने अझैं निश्चित भैनसकेको परराष्ट्र मन्त्रालयको भनाइ छ। मिश्री गत असार १४ गते भारतीय विदेश सचिव नियुक्त भएका थिए। विदेश सचिवमा नियुक्त भएपछि पहिलो भ्रमण भने उनले भुटानमा गरेका थिए।
‘यौनजन्य घटनालाई पनि गम्भीर अपराधमा समेटिएको छ’ काठमाडौं । बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप (टीआरसी) आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयकसम्बन्धी कार्यदलले तयार पारिएको प्रतिवेदन तीन शीर्ष नेताहरूलाई बुझाइएको छ। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजित एक कार्यक्रमका बीच प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई प्रतिवेदन बुझाइएको हो। टीआरसी कार्यदलमा कांग्रेसबाट गृहमन्त्री रमेश लेखक, एमालेका मुख्य सचेतक महेश बर्तौला र माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्मा सदस्य छन्। टीआरसीका विवादित विषयमा कार्यदलले यही साउन १७ गते सहमति जुटाएको थियो। जसमा द्वन्द्वकालीन समयमा नियतवश वा स्वेच्छाचारी…
काठमाडौं: लघुवित्त पीडितहरुको समस्या समाधानका लागि विकल्पसहितको प्रतिवेदन पेश गर्न गठित कार्यदलले प्रतिवेदन बुझाएको छ । नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर डा.नीलम ढुङ्गाना तिम्सिनाको संयोजकत्वमा गठित कार्यदलले उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई प्रतिवेदन बुझाएको हो । प्रतिवेदनमा सरकारबाट सम्बोधन हुनुपर्ने, नेपाल राष्ट्र बैंकले गर्नुपर्ने, लघुवित्त वित्तीय संस्थाहरूले गर्नुपर्ने र लघुवित्तीय संस्थाका सदस्यहरुले गर्नुपर्ने कार्यहरुका बारेमा सुझाव दिइएको छ । सरकारले गर्नुपर्ने कार्यहरुमा बचत तथा ऋण सहकारी संस्था तथा लघुवित्त संस्थाबाट लिएको कर्जाका कारण लघुवित्त वित्तीय संस्थाका ऋणीहरुलाई कठिनाइ भएको गुनासो रहेको सन्दर्भमा बचत तथा ऋण सहकारी संस्थाहरुबाट हुने वित्तीय कारोबारलाई व्यवस्थित गर्न आवश्यक व्यवस्था गर्ने उल्लेख छ । यसैगरी नेपाल…
काठमाडौं । ग्लोबल आईएमई बैंक लिमिटेड, आईएमई लिमिटेड र जापानिज भाषा शिक्षक संघ नेपाल (जाल्टान) बीच त्रिपक्षीय समझदारी पत्रमा हस्ताक्षर भएको छ । उक्त समझदारी पत्रमा बैंकका नायव प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेल, आईएमई लिमिटेडका प्रमुख सम्बन्ध व्यवस्थापन सुशिल थापा तथा जाल्टानका अध्यक्ष राजेन्द्र केसीले हस्ताक्षर गरेका छन् । उच्च शिक्षाका लागि जापान जान चाहने विद्यार्थीलाई सहज शैक्षिक कर्जा प्रवाह गर्ने सम्बन्धमा त्रिपक्षीय समझदारी भएको हो । समझदारीअनुसार बैंकले जाल्टानबाट सिफारिस भएका विद्यार्थीलाई जापानका विभिन्न विश्वविद्यालयहरूमा उच्च शिक्षाका निमित्त आवश्यक पर्ने शैक्षिक कर्जा प्रवाह गर्नेछ । यसैगरी जापान गए पछि विद्यार्थीले जापानबाट आईएमईबाटै सजिलैसँग नेपालमा पैसा पठाउन सक्नेछन् ।
काठमाडौं । मंगलबार र बुधबार भारी वर्षा र अति भारी वर्षा हुनसक्ने र यसले ५ वटा प्रदेशका विभिन्न जिल्ला उच्च जोखिममा रहने जल तथा मौसम विज्ञान विभागले प्रक्षेपण गरेको छ । राष्ट्रिय जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आज विशेष सूचना जारी गरेर अति भारी वर्षाका कारण विपदका घटना हुनसक्ने भन्दै उच्च सतर्कता अपनाउन आग्रह गरेकाे ५ । ३४ जिल्लामा अति भारी वर्षाका कारण विपद्का घटना बढ्न सक्ने भन्दै सचेत रहन सम्बन्धित सबै सरोकारवालालाई विशेष सूचना जारी गरिएको प्राधिकरणले जनाएको छ । प्राधिकरणले रातको समयमा यात्रा गर्दा बाटोमा आउन सक्ने बाढी र पहिरोको आँकलन गर्न कठिन हुने भएकोले सम्भावित क्षति रोक्न…
काठमाडौं । काभा वुमन्स नेसन्स लिगमा नेपाल फाइनल प्रवेश गरेको छ । मंगलबार इरानलाई ३-० को सोझो सेटमा हराउँदै भारतसँगको उपाधि भिडन्त पक्का गरेको हो । दशरथ रंगशाला कभर्डहलमा मंगलबार भएको सेमिफाइनल खेलमा नेपालले इरानलाई २५-२१, २८-२६ र २५-२० ले हराएको हो । मंगलबार नै श्रीलंकालाई सोझो सेटमा हराउँदै भारत फाइनलमा पुगिसकेको छ । फाइनल खेल बुधबार नै हुनेछ । लिग चरणमा वेष्ट अफ फाइभ खेलेर पराजित भएको नेपालले सेमिफाइनलमा इरानसँग बदला लिएको छ । पहिलो सेटको सुरुमा ५-१ ले पछि परेको नेपालले लगातार ४ अंक जोड्दै ६-५ को अवस्थामा अघि बढ्यो । त्यसपछि नेपालले लगातार अंक जोड्दै १६-१० को…
काठमाडौं: गृह मन्त्रालयले गठन गरेको छानबिन समितिले २८ असारमा चितवनको सिमलतालमा नारायणीमा बस खसेको घटनाको प्रतिवेदन बुझाएको छ । गृह मन्त्रालयमा आयोजित एक कार्यक्रममा समितिका संयोजक सहसचिव छवि रिजालले गृहमन्त्री रमेश लेखकसमक्ष प्रतिवेदन बुझाएका हुन् । प्रतिवेदनमा दुर्घटनाको कारण र यस्ता दुर्घटना कम गन सुझाव दिइएको छ । २८ असारको बिहान वीरगञ्जबाट काठमाडौं आउँदै गरेको बागमती प्रदेश–०३–००६ ख १५१६ नम्बरको एन्जल डिलक्स र काठमाडौंबाट रौतहटको गौरका लागि छुटेको बागमती प्रदेश–०३–००१ ख २४९५ नम्बरको गणपति डिलक्स बस सडकमाथिबाट आएको लेदो सहितको पहिरोले बगाउँदा त्रिशुली नदीमा खसेका थिए । अझैसम्म पनि बस र ४१ यात्रु बेपत्ता छन् । यात्रुसहितका दुई वटा बस…
काठमाडौँ: धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज उच्च अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक एक सय ४५ दशमलव शून्य पाँच अङ्कले ओरालो लागेर दुई हजार छ सय ५१ मा सीमित भएको छ । कारोबार भएका १३ वटा उपसमूहको शेयर मूल्यमा गिरावट आएको छ । ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक २७ दशमलव २२ अङ्कले ओरालो लागेर चार सय ६४ दशमलव ५६ मा सीमित भएको छ । कुल पाँच करोड ३८ लाख ४४ हजार दुई सय ३७ कित्ता शेयर रु २३ अर्ब ७१ करोड ६७ लाख १६ हजार आठ सय ७४ मूल्यमा कारोबार…
गुल्मी: गुल्मी जिल्लाको मुसिकोट नगरपालिकाको वडानम्बर–१ बिसौनामा पहिरोले २ वटा घर पुरिँदा ४ जनाको मृत्यु भएको छ। पहिरोमा पुरिएर २ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक (एसपी) राजन भुजेलले जानकारी दिए। विष्णु विक र हुकुम विकको घर भत्कँदा परिवारका अन्य दुईसहित चारजनाको निधन भएको हो। एसपी भुजेलका अनुसार, पहिरोमा पुरिएर ४८ वर्षका गोरे विक, ६७ वर्षका हुमुक विक, साढे दुईवर्षका रियन्सा विक र ६६ वर्षकी मसुरी विकको मृत्यु भएको हो। एसपी भुजेलले भने, ‘उहाँहरू एकै परिवारका सदस्यहरू हुनुभएको खुलेको छ। दुईवटा घरमा छुट्टाछुट्टै बसेको अवस्थामा पहिरो खसेर घर पुरिएको रहेछ।’ पहिरोमा पुरिएर मुना विक र बिष्णु विकलाई…
काठमाडौँ: देशैभर ९६ प्रतिशत धान रोपाईं सम्पन्न भएको छ । साउनको २० गतेसम्म सात वटै प्रदेशमा १३ लाख ४९ हजार हेक्टर जमिनमा रोपाईं सम्पन्न भएको हो । अघिल्लो वर्ष यो समयमा ८१ प्रतिशत मात्र धान रोपाईं सम्पन्न भएको थियो। कृषि विभागका अनुसार यो वर्ष १४ लाख एक हजार हेक्टर धान रोपाईं हुने आकलन गरिएको छ । सुदूरपश्चिम प्रदेशमा रोपाईं सकिएको छ भने बागमती प्रदेशमा ९४ प्रतिशत रोपाईं मात्र सम्पन्न हुन सकेको छ । त्यसैगरी, कोशी प्रदेशमा हालसम्म ९५ प्रतिशत रोपाईं सम्पन्न भएको छ भने मधेस प्रदेशमा ९५ दशमलब ४ प्रतिशत, गण्डकी र लुम्बिनीमा ९६ प्रतिशत, कर्णाली प्रदेशमा ९९ प्रतिशत रोपाईं…