Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- चेम्बरद्वारा उद्योगमन्त्रीलाई व्यापारिक उधारो असुलीसम्बन्धी विधेयकको प्रारम्भिक मस्यौदा हस्तान्तरण
- सुरक्षाकर्मीलाई जलविद्युत् आयोजनाको आईपीओमा २ प्रतिशत सहभागिता दिने तयारी
- आईपिओको तयारीमा रहेको चितवनको रोयल टुलिपले पायो पाँचतारे डिलक्स मान्यता
- न्यून चापीय क्षेत्र थप शक्तिशाली बन्दै, शुक्रबारदेखि अति भारी वर्षाको सम्भावना
- कांग्रेसको पालिका अधिवेशन सुरू
- प्रधानमन्त्री बालेनलाई उनकै कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री वाग्लेले गरे बिदाइ
- महासभामा सहभागी हुन प्रधानमन्त्री शाह आज न्युयोर्क जाँदै
- त्रिपुरेश्वरमा बस आगलागीमा जलेका चालकको मृत्यु
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
काठमाडौं: नेपाल चेम्बर अफ कमर्सले उद्योग तथा व्यवसाय क्षेत्रमा लामो समयदेखि देखिँदै आएको व्यापारिक उधारो रकम असुलीको समस्या समाधानका लागि तयार गरिएको ‘व्यापारिक उधारो रकम असुली विधेयक, २०८३’ को प्रारम्भिक मस्यौदा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिपक कुमार साह समक्ष हस्तान्तरण गरेको छ । चेम्बर अध्यक्ष कमलेश कुमार अग्रवाल नेतृत्वको चेम्बर प्रतिनिधिमण्डलले बुधवार मन्त्री साहलाई भेट गरी उक्त मस्यौदा हस्तान्तरण गरेको हो । व्यापारिक कारोबारमा वस्तु तथा सेवा बिक्री गरेपछि लामो समयसम्म रकम भुक्तानी नहुँदा उद्योगी तथा व्यवसायीको कार्यशील पूँजीमा दबाब पर्ने, नगद प्रवाह प्रभावित हुने र कारोबार विस्तारमा समस्या आउने अवस्थालाई सम्बोधन गर्ने उद्देश्यले चेम्बरले मस्यौदा तयार गरेको चेम्बर…
काठमाडौँ: ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले बहालवाला सुरक्षाकर्मीलाई जलविद्युत् आयोजनाको प्राथमिक शेयर (आईपीओ) मा २ प्रतिशत सहभागिता सुनिश्चित गर्ने कानुनी व्यवस्था मिलाउन प्रक्रिया अघि बढाइएको जानकारी दिनुभएको छ । बुधबार प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै मन्त्री श्रेष्ठले भोटेकोशी–त्रिशूली नदी प्रणालीमा आएको विनाशकारी बाढीका क्रममा सुरक्षाकर्मीले निर्वाह गरेको भूमिका र योगदानको उच्च मूल्यांकन गर्दै उनीहरूलाई प्रोत्साहित गर्ने उद्देश्यले यस्तो व्यवस्था गर्न लागिएको बताउनुभयो । कठिन भौगोलिक अवस्था, प्रतिकूल मौसम र सीमित स्रोतसाधनका बीच पनि सुरक्षाकर्मीले खोज, उद्धार तथा पुनःस्थापनाका कार्यमा देखाएको समर्पण प्रशंसनीय रहेको उल्लेख गर्दै उहाँले राष्ट्रसेवामा खटिने सुरक्षाकर्मीको योगदानको सम्मानस्वरूप आईपीओमा सहभागिताको व्यवस्था गर्न आवश्यक कानुनी…
काठमाडौं: चितवनको सौराहास्थित लक्जरी रिसोर्ट रोयल टुलिप चितवनले पाँचतारे डिलक्स मान्यता प्राप्त गरेको छ। पर्यटन विभागको स्थलगत निरीक्षणपछि रिसोर्टलाई स्तरीकरण मान्यता प्रदान गरेको हो। रिसोर्ट केटीएम हस्पिटालिटी लिमिटेडद्वारा सञ्चालित छ। कम्पनीले करिब तीन साताअघि पर्यटन विभागमा स्तरीकरणका लागि निवेदन दिएको थियो। निवेदनपछि विभागका निर्देशकसहितको चार सदस्यीय टोली रिसोर्टको भौतिक पूर्वाधार, सेवा सुविधा, सुरक्षा व्यवस्था, अतिथि सेवा र सञ्चालन प्रणालीको विस्तृत निरीक्षण गरेको थियो। निरीक्षणका क्रममा तोकिएका मापदण्ड पूरा गरेको पाइएपछि विभागले रिसोर्टलाई पाँचतारे डिलक्सको मान्यता दिएको हो। नेपाल सरकार, पर्यटन विभाग द्वारा देश भर रहेका होटलहरु मध्ये हाल सम्म यस प्रकारको पाँचतारे डिलक्सको मान्यता अन्य तीन होटल लाई दिएको देखिन्छ।…
काठमाडौ: आगामी असोज ९ गते शुक्रबारदेखि असोज ११ गते आइतबारसम्म गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा चट्याङ्ग र हावाहुरीसहित भारी देखि धेरै भारी वर्षा तथा एक–दुई स्थानमा अति भारी वर्षाको समेत सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । साथै मधेस प्रदेश तथा कोशी, बागमती र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा पनि चट्याङ्ग र हावाहुरी सहित भारी देखि धेरै भारी वर्षाको तथा कर्णाली प्रदेशको पनि थोरै स्थानमा भारी वर्षाको समेत सम्भावना छ । देशका अधिकांश स्थानमा चट्याङ्ग सहित मध्यमसम्म वर्षाको सम्भावना छ । उत्तर अन्डमान सागर र आसपासको क्षेत्रमा विकसित न्यून चापीय क्षेत्र हाल बङ्गालको खाडीको मध्य भूभाग आसपासमा रहेको र…
काठमाडौं: नेपाली कांग्रेसले १५औँ महाधिवेशनको तयारीअन्तर्गत आज देशभर पालिका तहको अधिवेशन गर्दैछ । वडा अधिवेशन सम्पन्न गरेपछि कांग्रेसले स्थानीय तहमा नयाँ नेतृत्व चयनको प्रक्रिया अघि बढाएको हो । आज हुने अधिवेशनबाट प्रत्येक पालिकामा नयाँ कार्यसमिति चयन हुनेछ । कांग्रेसको नयाँ विधान तथा निर्वाचन निर्देशिकाअनुसार पालिका कार्यसमितिमा सभापति, दुई उपसभापति, सचिव र सहसचिव गरी पाँच जना पदाधिकारी निर्वाचित हुनेछन् । दुई उपसभापतिमध्ये कम्तीमा एक जना महिला हुनुपर्ने व्यवस्था गरिएको छ । कोषाध्यक्ष भने निर्वाचनबाट चयन हुने छैनन् । निर्वाचित कार्यसमिति सदस्यमध्येबाट सभापतिले कोषाध्यक्ष मनोनयन गर्ने व्यवस्था विधानमा छ । पालिका तहको नेतृत्व चयनसँगै कांग्रेसको १५औँ महाधिवेशनका लागि तल्लो तहदेखि संगठन निर्माण…
काठमाडौँ: प्रधानमन्त्री बालेन्द्र शाहलाई उनकै कार्यकक्षबाटै कार्यवाहक प्रधानमन्त्री डा. स्वर्णिम वाग्लेले बिदाइ गरेका छन् । संयुक्त राष्ट्रसंघको ८१ औं महासभामा भाग लिन मङ्गलबार अमेरिका प्रस्थान गर्नुअघि प्रधानमन्त्री शाहलाई कार्यवाहक प्रधानमन्त्री वाग्लेले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयस्थित प्रधानमन्त्रीको कार्यकक्षबाट बिदाइ गरेका हुन् । सो क्रममा यात्राका क्रममा अध्ययनका लागि कार्यवाहक प्रधानमन्त्री एवम् अर्थमन्त्री वाग्लेले पल केनेडीले लेखेको ’द राइज एन्ड फल अफ ग्रेट पावर्स’ पुस्तक हस्तान्तरण गरेका थिए । आजै साँझ ७ः१२ बजेको उडानमार्फत प्रधानमन्त्री शाह अमेरिकातर्फ प्रस्थान गरेका छन् । उनले असोज ८ गते संयुक्त राष्ट्रसंघको ८१ औं महासभालाई सम्बोधन गर्नेछन् । उनी असोज १० गते नेपाल फर्किने कार्यतालिका छ ।…
काठमाडौं: संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी हुन उच्चस्तरीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री वालेन्द्र शाह आज संयुक्त राज्य अमेरिकाको न्युयोर्क प्रस्थान गर्दै छन् । प्रधानमन्त्री शाह त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट कतार एयरवेजको उडानमार्फत न्युयोर्क प्रस्थान गर्नेछन् । प्रधानमन्त्री शाहको प्रतिनिधिमण्डलमा प्रमुख सल्लाहकार कुमार ब्यञ्जनकार, प्रमुख स्वकीय सचिव सुवास शर्मा, निजी सचिव प्रदीप परियार, फोटोग्राफर विनय शाक्यलगायत रहेका छन् । प्रधानमन्त्री शाहले महासभाको उच्चस्तरीय सत्रलाई असोज ८ गते अर्थात् सेप्टेम्बर २४ मा सम्बोधन गर्ने कार्यक्रम रहेको छ । नेपाली प्रतिनिधिमण्डलमा परराष्ट्रमन्त्री शिशिर खनालसहितका अधिकारीको सहभागिता रहनेछ । न्युयोर्कमा रहँदा प्रधानमन्त्री शाहले संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेससँग भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ…
काठमाडौँ: काठमाडौँको त्रिपुरेश्वरस्थित सडक छेउमा रोकिएको बसमा भएको आगलागीमा घाइते भएका चालकको मृत्यु भएको छ । उनको कीर्तिपुरस्थित बर्न अस्पतालमा गएराति उपचारका क्रममा मृत्यु भएको हो । रिद्धिसिद्धी यातायातको बा ५ ख ४२७४ नम्बरको बसका चालक रहेका ती व्यक्तिको पहिचान भने खुलिनसकेको प्रहरीले जनाएको छ । सोमबार मुलपानीदेखि थानकोटतर्फ जाँदै गरेको ऋद्धिसिद्धि यातायातको बसमा आगजनी भएको थियो । आगलागी लगत्तै दमकलको सहायताले आगो नियन्त्रणमा लिइए पनि ९० प्रतिशतभन्दा बढी शरीर जलेका चालकको उपचारकै क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ । घाइते चालकलाई साेमबार दिउँसो करिब १ बजे अस्पताल पुर्याइएको थियो। चालक आफैँले बसमा आगो लगाएको प्रहरीको प्रारम्भिक अनुसन्धान निष्कर्ष छ…
काठमाडौँ: चालु आर्थिक वर्षको भदौ महिनामा खाना पकाउने एलपी ग्यासको आयात तथा बिक्री हालसम्मकै उच्च भएको छ । नेपाल आयल निगमका अनुसार भदौ महिनामा ४२ लाख १३ हजार ६६१ सिलिन्डर बराबरको ५९ हजार ८३३ टन एलपी ग्यास आयात गरी देशभर बिक्री वितरण गरिएको छ । निगमकाअनुसार सेप्टेम्बर १७ सम्म इन्डियन आयल कर्पोरेसन (आईओसी) का विभिन्न रिफाइनरी तथा बोटलिङ प्लान्टबाट ३० हजार ३१८ टन एलपी ग्यास लोड भइसकेको थियो । गत वर्षको सोही महिनाको तुलनामा भदौमा करिब ८ लाख ५७ हजार सिलिन्डर बढी एलपी ग्यास बिक्री भएको छ । गत वर्ष भदौमा निगमले करिब ३६ लाख ६० हजार सिलिन्डर ग्यास बिक्री…
काठमाडौं । सरकारले विभिन्न १३ देशमा राजदूत नियुक्त गरेको छ । सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले डा. निश्चलनाथ पाण्डे (भारत) डा. कल्याणराज शर्मा ( चीन), चिरनजंग थापा (संयुक्त राज्य अमेरिका), पूर्वप्रधानसेनापति गौरव शम्शेर जंगबहादुर राणा (संयुक्त अधिराज्य -यूके) जिग्यान कुमार थापा( जापान), सुरेशकुमार कर्ण (इजरायल), प्राप्ति शेरचन ( स्पेन), शारू जोशी ( जर्मनी), डा. पद्माक्षी राणा (ओमान) चूडामणि खरेल ( मलेसिया )प्रा. डा. सङ्गम श्रेष्ठ ( दक्षिण कोरिया) डा. मंचल झा ( श्रीलंका) र गिरीबहादुर सुनार ( साउदी अरेबिया) राजदूत रहेका छन् । राजदूतका लागि सिफारिसमा परेका नाम सुनुवाइको लागि परराष्ट्र मन्त्रालयले संसदीय सुनुवाइ समितिमा पठाउनेछ । संसदीय समितिबाट अनुमोदित भएका…