Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

काठमाडौँ: राष्ट्रपति विद्यादेवी भण्डारीले मुलुकमा चुलिएको व्यापार घाटालाई सन्तुलन गर्दै निर्यात प्रवद्र्धन गर्नुपर्ने बताउनुभएको छ । ‘सङ्घीय नेपाल, लगानी र समृद्धिको अवसर’ भन्ने नाराका साथ नेपाल उद्योग परिसङ्घ, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय र अर्थ मन्त्रालयको संयुक्त आयोजनामा आज यहाँ शुरु भएको पहिलो ‘नेपाल उद्यमशीलता सम्मेलन–२०१९’ को उद्घाटन समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले नेपालमा उद्यमशीलताका लागि युवा जनशक्तिलाई उत्प्रेरित गर्न, लगानीमैत्री वातावरण सिर्जना गर्न र सरकारी सेवालाई संस्थागत र सरलीकरण एवं सुदृढ गर्न व्यावसायिक शिक्षा र तालीमको व्यवस्था गरी उद्यमशीलताबारे राष्ट्रिय, क्षेत्रीय र अन्तर्राष्ट्रियस्तरमा अनुभव आदानप्रदान गर्नुपर्नेमा जोड दिनुभयो । उद्यमशीलताको माध्यमबाटै स्वदेशमै रोजगारीको अवसर सिर्जना हुने भएकाले युवापुस्तालाई विदेश…

Read More

काठमाडौँ: सरकारले पहिलो पटक पानी जहाज कार्यालय स्थापना गरेको छ। ललितपुरको एकान्तकुनामा प्रधानमन्त्री केपी ओलीले बिहीबार पानी जहाज कार्यालयको उद्घाटन गरेका हुन् । एकान्तकुनास्थित चक्रपथ सुधार आयोजनाको कार्यालयलाई पानीजहाज कार्यालय बनाइएको छ । भौतिक पूर्वाधार मन्त्रालय अन्तर्गत स्थापना भएको पानी जहाज कार्यालयको नेतृत्व प्राविधिक तर्फका उप-सचिवले गर्नेछन् । कार्यालयमा १६ जना प्राविधिक कर्मचारीहरुको दरबन्दी रहेको छ । सोही कार्यालयले पानी जहाज सञ्चालन सम्बन्धी काम अघि बढाउने भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जनाएको छ ।

Read More

काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओलीले आज देशबासीलाई सम्बोधन गर्दैछन् । सरकार गठन भएको एक वर्ष पुगेको अवसरमा उनले देशबासीलाई सम्बोधन गर्न लागेका हुन् । देशबासीलाई सम्बोधन गर्ने कार्यक्रम अपराह्न ४ बजे निर्धारण गरिएको छ । प्रधानमन्त्री ओलीको सम्बोधनमा सरकारको १ वर्षको उपलब्धि र भावी योजना समेटिने उनको सचिवालयले जनाएको छ । ओली दोस्रोपटक प्रधानमन्त्री बनेको शुक्रबार एक वर्ष पुग्दैछ । पहिलोपटक उनी ०७२ असोज २४ गते प्रधानमन्त्री बनेका थिए ।

Read More

काठमाडौँ: नेपाल हिरो गोल्डकप महिला फुटबलको फाइनलमा प्रवेश गरेको छ । भारतमा जारी प्रतियोगिताको लिग चरणको अन्तिम खेलमा म्यानमाले भारतलाई पराजित गरेसँगै नेपाल उपविजेताका रुपमा प्रतियोगिताको फाइनल प्रवेश गरेको हो । प्रतियोगितामा म्यानमा अपराजित रहँदै नौ अङ्कका साथ फाइनल प्रवेश ग¥यो । तीन खेलमा ६ अङ्क जोडेको नेपालले उपविजेताको रुपमा म्यानमासँग उपाधि भिडन्त पक्का ग¥यो । नेपालले उपाधिका लागि शुक्रबार म्यानमासँग प्रतिस्पर्धा गर्नेछ । आयोजक भारतले एक जितसहित तीन अङ्क बटुल्यो भने इरान अङ्कविहीन हुँदै घर फर्कियो । यसअघि बुधबार भएको लिग चरणको अन्तिम खेलमा इरानलाई पराजित गर्दै नेपालले फाइनल प्रवेश गर्ने सम्भावना बनाएको थियो । नेपालको जितमा सावित्रा भण्डारीले…

Read More

गलेश्वर: भ्यालेन्टाइन डे अर्थात् प्रणय दिवस शुरु भएपछि म्याग्दीको नयाँ पर्यटकीयस्थल मायालु डाँडा (लभ्लीहिल) मा प्रेमिल माहोल देखिन थालेको छ । सदरमुकाम बेनी बजारदेखि नजिकै बेनी नगरपालिका–२ खबरामा अवस्थित मायालु डाँडामा अहिले युवायुवतीको भीड लाग्न थालेको हो । सदरमुकाम बेनीबजारदेखि करीब आधा घण्टाको दूरीमा रहेको उक्त षँडामा केही दिनयता युवायुवती आउने क्रम उल्लेख्य वृद्धि भएको स्थानीयवासी चन्द्रबहादुर कार्कीले बताउनुभयो । हिजोआज म्याग्दीका साथै अन्य जिल्लाबाट आएका व्यक्ति र विदेशीको समेत यहाँ भीड लाग्न थालेको उहाँको भनाइ थियो । विगतमा खाजाका विभिन्न परिकार बोकेर आउने युवायुवती भ्यालेन्टाइनडे को माहोल शुरु भएपछि गुलाब र विभिन्न जातका फूलसमेत लिएर एकापसमा साटासाट गरेका दृश्य…

Read More

काठमाडौं – समाजिक सञ्जाल (फेसबुक, ट्विटर, भाइबर, इन्स्ट्राग्रामलगायत)लाई नियमन गर्न सरकारले कडा कानुन प्रस्ताव गरको छ । यसअघि सञ्जाल नियमन गर्ने कानुन नहुँदा जथाभावी लेख्नेलाई प्रहरीले विद्युतीय कारोबार एनेअनुसार कारबाही चलाउँदै आएको थियो । सरकारले बुधबार संसद सचिवालमा ल्याएको सूचना प्रविधि सम्बन्धमा व्यवस्था गर्न बनेको विधयकमा सामाजिक सञ्जालमा जथाभावी लेख्नेलाई १५ लाख रुपैयाँसम्म जरिवाना र ५ वर्षसम्म जेल सजाय हुने कानुन प्रस्ताव गरिएको छ । विद्युतीय कारोबार ऐनलाई खारेज गरेर यो कानुन ल्याउन लागिएको हो । विधेयकमा सामाजिक सञ्जालबाट कुनै व्यक्तिलाई जिस्क्याउने, झुक्याउने, होच्याउने, हतोत्साहित गर्ने हप्काउने, घृणा तथा द्वेष उत्पन्न गराउने र सूचना प्रापकलाई भ्रममा पार्न नपाइने उल्लेख गरिएको…

Read More

काठमाडौं: वैदेशिक रोजगारीमा जाने युवालाई स्वेदेशमै रोजगारी दिने मुख्य लक्ष्यका साथ सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रम सुरु गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार कार्यक्रम शुभारम्भ गरे । स्वदेशमा रोजगारका अवसर नपाएको भन्दै बिदेसिने युवाको संख्या घट्न नसकेपछि श्रम, रोजगारतथा सामाजिक सुरक्षा मन्त्रालयले कार्यक्रमको योजना बनाएर कार्यान्वयनमा ल्याएको हो । ‘सबैका लागि रोजगार ः संवैधानिक अधिकार’ नारा दिइएको कार्यक्रमले सकेसम्म युवलाई श्रम गर्ने विभिन्न १३ क्षेत्रमा रोजगारी दिने र त्यति गर्दा युवाले रोजगारी नपाए वर्षको ५० दिन बराबरको प्रतिदिन चार सय ४८ रुपैयाँ पारिश्रमिकका दरले २२ हजार चार सय रुपैयाँ निर्वाह भत्ता दिने ग्यारेन्टी गरेको छ । यो समाचार रुद्र…

Read More

काठमाडौँ: बेरोजगार युवालाई स्वदेशमै रोजगारीका अवसर प्रदान गर्ने गरी सरकारले घोषणा गरेको ‘प्रधानमन्त्री रोजगार कार्यक्रम’को विभिन्न राजनीतिक दल आबद्ध युवा सङ्गठनले स्वागत गरेका छन् । बेरोजगार युवालाई रोजगार नभए भत्ता वितरण गर्नुपर्ने आवाज उठाउँदै आएका युवा सङ्घसङ्गठनले सरकारले घोषणा गरेको कार्यक्रम सफल बनाउन आआफ्नातर्फबाट सहयोग गर्ने प्रतिबद्धतासमेत गरेका छन् । नेपालको संविधानको धारा ३३ मा उल्लेखित रोजगारीको हकलाई कार्यान्वयन गर्न बनेको रोजगारीको हकसम्बन्धीको ऐन, २०७५ बमोजिम प्रत्येक नागरिकलाई न्यूनतम् रोजगारीको अवसर सिर्जना गर्न सरकारले सो कार्यक्रम कार्यान्वयनमा ल्याएको हो । युवासङ्घ नेपालका अध्यक्ष रमेश पौडेलले प्रधानमन्त्री रोजगार कार्यक्रमले बेरोजगार युवालाई केही हदमा भएपनि रकम उपलब्ध गराउने बताउनुभयो । उहाँले आफूहरुको…

Read More

काठमाडौँ: नेपालको संविधानले नागरिकको मौलिक हकका रुपमा प्रत्याभूत गरेको रोजगारीको हकलाई कार्यान्वयन गर्न ‘सबैका लागि रोजगारः संवैधानिक अधिकार’ भन्ने मूल नारासाथ सरकारले ‘प्रधानमन्त्री रोजगार कार्यक्रम’को शुभारम्भ गरेको छ । कार्यक्रमले सङ्घ, प्रदेश र स्थानीय तहबीचको सहकार्य एवं समन्वयमा सरकारी, निजी र सहकारी क्षेत्रसमेतको सहभागितामा आन्तरिक रोजगारीका अवसर सिर्जना गरी बेरोजगारीको अन्त्य गर्ने लक्ष्य राखेको छ । रोजगारी प्राप्त गर्न बेरोजगार व्यक्तिले आफू स्थायी बसोबास गरेको गाउँपालिका वा नगरपालिकाको वडा कार्यालयमा व्यक्तिगत विवरणसहितको फाराम भरी नाम दर्ता गर्नुपर्नेछ । वडा कार्यालयले प्राप्त फाराम सङ्कलन गरी प्रत्येक स्थानीय तहमा स्थापना भएको रोजगार सेवा केन्द्रमा बुझाउनेछ । रोजगार सेवा केन्द्रले प्राप्त फारमका आधारमा…

Read More

काठमाडौँ: अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आपसी मिलेमतोमा भन्सार प्रज्ञापनपत्रमा मालवस्तुको गलत घोषणा गरी राजश्व चुहावट गर्ने कार्यमा संलग्न रहेको आरोपमा आठ जनाविरुद्ध आज विशेष अदालतमा आरोपत्र दायर गरेको छ । रसुवा भन्सार कार्यालय टिमुरेमा कार्यरत भन्सार अधिकृत पवित्रकुमार खड्का, सोही कार्यालयका नायब सुब्बा धिरजकुमार थापा, मितेरी इन्टरनेशनल ट्रेडर्सका प्रोपाइटर सुमन श्रेष्ठ र रञ्जन त्रिपाठी, लाङटाङ ट्रेड कन्सर्नका प्रोपाइटर तथा सवारीधनी धनबहादुर तामाङ, नेपाल बङ्गलादेश बैंकले गाडी नामसारी गर्न पत्राचार गर्ने आकाश श्रेष्ठ, गाडी जिम्मा लिएका व्यक्ति निरञ्जन त्रिपाठी र गाडी चालक डम्बरबहादुर श्रेष्ठविरुद्ध आरोपपत्र दायर गरेको हो । उनीहरुविरुद्ध जनही सात करोड ५९ लाख ६३ हजार १९० रुपैयाँ १२ पैसा…

Read More