काठमाडौँ: झन्डै एक महिनासम्म काठमाडौँको त्रिवि शिक्षण अस्पतालमा उपचारत बाराका प्रमुख जिल्ला अधिकारी गणेशप्रसाद भट्टराईको आज सोमबार निधन भएको छ।
उनी माघ ११ गते सडक दुर्घटनामा परेका थिए । सो दुर्घटनामा भट्टराई र सशस्त्र प्रहरी बलका एसपी बलराम पोखरेल चढेको गाडी बाराको पथलैयामा ट्याक्टरको ट्रलीसँग ठोक्किएको थियो ।
एसपी पोखरेलको घटनास्थलमै ज्यान गएको थियो भने भट्टराई गम्भीर घाइते भएका थिए । भट्टराईको उपचारका क्रममा आज दिउँसो काठमाडौं त्रिवि शिक्षण अस्पतालमा निधन भएको अस्पताल स्रोतले जानकारी दियो । भट्टराई चढेको गाडी पिकनिक खाएर कलैयाबाट निजगढ फर्कने क्रममा ना १ झ १६३३ नम्बरको स्कर्पियो गाडी दुर्घटनामा परेको थियो ।