Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

काठमाडौं: नेपाली सेनाको भद्रकालीस्थित जङ्गी अड्डालाई शुक्रबार प्लाष्टिकमुक्त क्षेत्र घोषणा गरिएको छ। आज बिहान एक समारोहकाबीच प्रधानसेनापति महारथी पूर्णचन्द्र थापाले प्लाष्टिकमुक्त क्षेत्र घोषणा गरेका हुन् । कार्यक्रममा बोल्दै प्रधानसेनापति थापाले प्लाष्टिकजन्य बस्तुको प्रयोगले वातावरणमा नकरात्मक प्रभाव पार्ने भएकोले यसको प्रयोग सांगठनिक रुपमै निरुत्साहित गर्न जङ्गी अड्डाबाट सुरु गरिएको बताए । प्रधानसेनापति थापाले नेपाली सेनाका सम्पूर्ण युनिटहरुलाई प्लाष्टिकमुक्त क्षेत्र कायम गर्न निर्देशनसमेत दिएका छन् । साथै निषेध गर्नुपर्ने प्लाष्टिकजन्य बस्तुलाई निषेध र पुनः प्रयोगमा ल्याउन सकिनेलाई सोही अनुसार ब्यबस्थापन गर्न सम्बन्धित विभागलाई निर्देशन दिएका छन् । प्रधानसेनापति थापा कमाण्ड मार्गनिर्देशन २०७५ मा रहेको वातावरण तथा पर्यावरणमा नेपाली सेनाको प्रतिबद्धता अनुसार सुरुआत…

Read More

वीरगञ्ज: गण्डक नहरको संरचना पुरानो र जीर्ण भइसकेकाले जुनसुकै बेला भत्किन सकने सम्भावना रहेको छ । करीव ४५ वर्ष अघि निर्माण भएको गण्डक नहरमा रहेको पुल, पुलेसा, कलभर्ड तथा संरचनाको आवश्यक मर्मत सम्भार हुन नसक्दा ती संरचना जीर्ण बन्दै गएको छ । प्रदेश नं २ को पर्सा, बारा एवं रौतहट जिल्लाको दक्षिणी भेगको ३७ हजार ४०० हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा उपलब्ध गराइ कृषि उत्पादकत्वमा अभिवृद्धि गर्न र त्यसबाट कृषकको जीवनस्तरमा परिवर्तन ल्याउने उद्देश्यले विसं २०३० जेठ २१ गते तत्कालीन प्रधानमन्त्री कीर्तिनिधि विष्टले उद्घाटन गरेको सो गण्डक नहरमा साना ठूला गरी तीन हजार ५७४ वटा पुल, पुलेसा, कल्भर्ड रहेका छन् ।…

Read More

काठमाडौं: शिवम् सिमेन्ट्स लिमिटेडले यही फागुन ६ गतेदेखि सार्वजनिक निष्काशन खुल्ला गर्ने भएको छ । शुक्रबार जारी गरिएको एक सूचना अनुसार सर्वसाधारणका लागि प्रति शेयर ३०० का दरले जम्मा ४१ लाख २० हजार कित्ता शेयर जारी गर्ने छ भने आयोजाना प्रभावितका लागि प्रति किटा शेयर दरले ५ लाख ७९ हजार ६८० कित्ता जारी गर्ने छ। सूचना अनुसार आवेदकले न्युनतम ५० कित्तादेखि अधिकतम सम्पूर्ण कित्ताका लागि आवेदन गर्न सकिने जनाइएको छ। आवेदन फागुन ११ गते खुलेर छिटोमा ०९ गतेसम्म र ढिलोमा चैत ०५ गतेसम्म रहने जनाइएको छ। यसको धितोपत्र निष्काशन तथा विक्री प्रवन्धकमा सिद्धार्थ क्यापिटल रहने छ। आवेदन सी आस्वा सदस्य…

Read More

काठमाडौं: कृषि विकास बैंकले आउँदो चैत १५ गते वार्षिक साधारण सभा गर्ने भएको छ। बैंकको बुधबार बसेको सञ्चालक समिति बैठकले केन्द्रीय तालिम प्रतिष्ठान बोडे भक्तपुरमा साधारण सभा गर्ने निर्णय गरेको हो । सभामा सर्वसाधारण सेयरधनीलाई ६ प्रतिशत बोनस शेयर र १५.०५३ प्रतिशत नगद गरी कुल २१.०५३ प्रतिशत लाभांश दिने प्रस्ताव पेश हुनेछ। यस्तै बैंकले नेपाल सरकारको अग्राधिकार शेयरमा पनि ६ प्रतिशत नगद लाभांश दिनेछ । साधारण सभाबाट लाभांश प्रस्ताव पारित भएपछि वितरण प्रक्रिया सुरु हुनेछ । बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा १ अर्ब ३६ करोड ४२ लाख ९४ हजार रुपैयाँ खुद नाफा कमाएको छ । हाल यसको चुक्ता पुँजी…

Read More

काठमाडौँ, २ फागुन ९रासस० ः संयुक्त अबर इमिरेट्स ९युएई०मा सम्पन्न एकदिवसीय अन्तर्राष्ट्रिय सिरिज र टि–२० सिरिज जित्न सफल क्रिकेट खेलाडीलाई सरकारले जनही रु पाँच लाख दिने निर्णय गरेको छ । यही माघ २५ गते बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको आज आयोजित पत्रकार सम्मेलनमा सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले जानकारी दिनुभयो । राष्ट्रिय खेलकूद परिषद् ९राखेप०को सिफारिशमा सरकारले १६ जना खेलाडीलाई जनही रु पाँच लाखका दरले रु ८० लाख तथा मुख्य प्रशिक्षकलाई रु तीन लाख र सहायक प्रशिक्षक र अफिसियल एवं फिजियोलाई रु दुई÷दुई लाख गरी रु ९१ लाख प्रदान गर्ने निर्णय गरेको छ । युवा तथा खेलकूद मन्त्रालयका…

Read More

पोखरा: नयाँ शक्ति नेपालका संयोजक एवं पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले जनअपेक्षाअनुरुप सरकार अघि बढ्न नसकेको बताउनुभएको छ । संसदीय पत्रकार मञ्च गण्डकी प्रदेशद्वारा आज यहाँ आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै उहाँले वर्तमान सरकार सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना भइसकेपछिको सरकार भएकाले जनताले यसबाट धेरै अपेक्षा गरेको बताउनुभयो । सरकारले जनचाहनाअनुरुप क्रमभङ्ग हुने गरी विकासमा फड्को मार्नुपर्ने भए पनि केवल सामान्य क्रमिक विकासका क्रममा अघि बढेको बताउँदै उहाँले देशको अर्थतन्त्र पनि मजबुत बन्न नसकेको उल्लेख गर्नुभयो । गरीबी, बेरोजगारीको समस्या बढ्दै गएको चर्चा गर्दै डा भट्टराईले औषत प्रतिव्यक्ति आय रु १० हजार डलर पु¥याउन दुई दशकसम्म आर्थिक वृद्धिदर दुई अङ्कमा बढ्नुपर्ने आवश्यकता औँल्याउनुभयो…

Read More

स्याङ्जा: पूर्वउपप्रधानमन्त्री एवं नेपाली काङ्ग्रेसका नेता गोपालमान श्रेष्ठले सरकार भ्रष्टाचारीलाई जोगाउन लागिपरेको आरोप लगाउनुभएको छ । सरकारले वाइडबडी विमान खरीद प्रकरणका दोषीलाई जोगाउनकै लागि छानबिन समिति गठन गरेको बताउनुभयो । वालिङ उद्योग वाणिज्य सङ्घद्वारा आयोजित सातौँ महोत्सवको समापन समारोहमा श्रेष्ठले भन्नुभयो, “कम्युनिष्ट सरकार गठन भएको एक वर्ष भयो, मुलुकमा महँगी र भ्रष्टाचार दिनानुदिन बढ्दै गएको छ, सरकारले ठूला माछा समाउन सकेको छैन ।” निर्वाचनमा काङ्ग्रेस पराजित हुनुको कारण कसैलाई दोष नलगाउने भन्दै उहाँले भन्नुभयो, “आफ्नैका कारण हार बेहोर्नुप¥यो ।” काङ्ग्रेसका केन्द्रीय सदस्य धनराज गुरुङले नेपाल समृद्धिको नाममा छट्पटाइरहेको बताउनुभयो । महोत्सव अवधिभर पाँच लाख बढी दर्शकले अवलोकन गरेका छन् भने…

Read More

भरतपुर: जिल्ला प्रहरी कार्यालय चितवनको प्रहरी टोलीले विहीबार राति जुवा खेलिरहेको अवस्थामा रकमसहित जुवाडे पक्राउ गरेको छ । प्रहरीले रु नौ लाख ३२ हजार ८१३ नगदसहित २३ जुवाडेलाई पक्राउ गरेको हो । उनीहरुको साथबाट १६ थान कौडासमेत बरामद गरिएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी निरीक्षक चिनीमाया तामाङको कमाण्डमा गएको प्रहरी टोलीले भरतपुर महानगरपालिका–११ भोजाडस्थित छिन्केश्वरी टोलबाट उनीहरुलाई पक्राउ गरेको हो । छिन्केश्वरी टोलका एक व्यक्तिको घरको दोस्रो तलामा कौडा खेलिरहेको भन्ने विशेष सूचनाका आधारमा राति साढे ११ बजे छापा मारेर उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक सुशीलसिंह राठौरले जानकारी दिनुभयो । पक्राउ पर्नेहरु चितवन, तनहुँ…

Read More

कञ्चनपुर: कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–११ अमरपुरका सुरज तिरुवाको गोठमा लुकाइराखेको अवस्थामा प्रहरीले गए राति पाँच किलो ६०० ग्राम अवैध सुन बरामद गरेको छ । इलाका प्रहरी कार्यालय झलारीका अनुसार राति १ बजेको समयमा जिल्ला प्रहरी कार्यालय कञ्चनपुर र नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)को टोलीले छापा मारी सुन बरामद गरेको हो । प्रहरीका अनुसार गोठमा खाल्डोमुनि दुई पोकामा लुकाइछिपाइ राखेको अवस्थामा सुन बरामद भएको हो । बरामद सुन जिल्ला प्रहरी कार्यालयमा लगिएको छ । प्रहरी स्रोतका अनुसार सुन भारतबाट ल्याएको हुनसक्ने बताइएको छ । बिहीबार मात्रै प्रहरीले पुनरवास नगरपालिकाको दशरथबस्तीका शङ्कर विकको घरबाट १८ किलो सुन बरामद गरिएको थियो । जिल्ला…

Read More

काठमाडौँ: प्रधानमन्त्री केपी शर्मा ओलीले पाँच वर्षको कार्यकाल पूरा गरेर अर्को आम निर्वाचनमा जाँदा घोषणपत्रमार्फत जनतासामु व्यक्त भएका प्रतिबद्धता पूरा हुने विश्वास दिलाउनुभएको छ । सरकार सञ्चालनको एक वर्ष पुगेको अवसरमा आज राष्ट्रवासीलाई सम्बोधन गर्दै उहाँले भन्नुभयो, “सरकार निष्ठापूर्वक काम गर्दैछ । यो वर्ष हामीले आधार खडा गरेका छौँ । आउँदा वर्ष उपलब्धिका वर्ष हुनेछन् ।” ‘समृद्ध नेपाल र सुखी नेपाली’ को नारा साकार पार्न सरकार केन्द्रित भएको बताउँदै प्रधानमन्त्री ओलीले समृद्ध नेपाल निर्माणको तुफानी अभियानमा इमान र निष्ठाको सहाराले अवरोध भत्काउँदै जाने प्रतिबद्धता व्यक्त गर्नुभयो । आफूले कार्यभार सम्हालेको पहिलो वर्षलाई संरचनागत व्यवस्थापनको वर्षको रुपमा उल्लेख गर्दै उहाँले भन्नुभयो,“यो…

Read More