Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

काठमाडौँ: हाल (सोमबार बिहान) तराईका धेरै स्थानमा हुस्सु/कुहिरो लागिरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। दिउँसो तथा राति पनि हुस्सु/कुहिरो लाग्ने क्रम जारी रहने तथा उच्च भूभागमा हिमपात र वर्षाको समेत सम्भवना देखिएकाले सतर्कता अपनाउन सम्बन्धित क्षेत्रका बासिन्दालाई मौसम महाशाखाले सुझाव दिएको छ। मौसम महाशाखाले सोमबार बिहान ८ बजे चेतावनी तथा परामर्श जारी गर्दै भनेको छ, ‘कोसी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक-दुई स्थानमा हल्का वर्षा/हिमपात सम्भावना साथै तराई भूभागमा हुस्सु/कुहिरोको समेत सम्भावना रहेकाले सोको प्रभावले दैनिक जनजीवन, पर्यटन, स्वास्थ्य तथा सडक यातायातमा आंशिक प्रभाव पर्ने देखिएकाले यस महाशाखाबाट दैनिक जारी हुने अद्यावधिक मौसमी सूचनाको…

Read More

काठमाडौँ : काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम आज (आइतबार) ४ डिग्री सेल्सियसमा झरेको छ। मौसम पूर्वानुमान महाशाखाले आज बिहान ८:४५ बजे गरेको मापनअनुसार काठमाडौँको न्यूनतम तापक्रम चार दशमलव शून्य डिग्री सेल्सियस देखिएको हो। यसअघि आजै बिहान ५:४५ बजेको सुरुवाती मापनमा भने ४.३ डिग्री सेल्सियस थियो। सबैभन्दा तल पुगेको तापक्रम नै न्यूनतम तापक्रम हो। हिजो शनिबार भने काठमाडौँको न्यूनतम तापक्रम ४.५ डिग्री सेल्सियस थियो। यसैबीच आज सबैभन्दा कम न्यूनतम तापक्रम जुम्लामा माइनस ६ दशमलव ३ अर्थात् -६.३ डिग्री सेल्सियस रहेको मौसम महाशाखाले जनाएको छ।

Read More

काठमाण्डौं: ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नो १९औँ वार्षिकोत्सवलाई विशेष बनाउँदै संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तर्गत १९ वटा प्रभावकारी कार्यक्रम सञ्चालन गर्ने घोषणा गरेको छ । नेपालको अग्रणी वाणिज्य बैंकका रुपमा स्थापित यो संस्थाले विगतका वर्षहरुमा जस्तै यसपटक पनि वार्षिकोत्सवको अवसर पारेर ठूलो स्तरको सामाजिक योगदान दिने कार्यक्रमहरु अगाडि सारेको हो । गत वर्ष १८औँ वार्षिकोत्सवका अवसरमा बैंकले मानविय सहयोग, शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण, वित्तीय साक्षरता लगायत कार्यक्रम आयोजना गरेको थियो । बैंकले आफ्नो १८औँ वार्षिकोत्सवका अवसरमा मुलुकभर १८ हजार विरुवाहरु रोप्ने कार्यक्रम घोषणा गरेको थियो । गत वर्ष बैंकले स्थानीय तह, स्थानीय संघसंस्था तथा सामुदायिक संस्थाहरुको सहकार्यमा वातावरण संरक्षण, जिबिकोपार्जन…

Read More

काठमाडौं: सन् २०२५ मा ११ लाख ५८ हजार ४५९ विदेशी पर्यटक नेपाल भित्रिएका छन् । नेपाल पर्यटन बोर्डले दिएको जानकारीअनुसार सन् २०२५ मा विभिन्न मुलुक हुँदै उक्त सङ्ख्यामा पर्यटक नेपाल आएका हुन् । सन् २०२४ मा ११ लाख ४७ हजार ५४८ पर्यटक नेपाल भित्रिएकोमा सन् २०२५ केही सङ्ख्या बढेको हो । गत डिसेम्बरको एक महिनामा मात्र ९८ हजार १९० पर्यटक नेपाल आएका छन्, जसमा छिमेकी मुलुक भारतबाट ३० हजार ९३, चीनबाट आठ हजार ६८०, अमेरिकाबाट छ हजार ६०५, बङ्गलादेशबाट चार हजार ९८०, अष्ट्रेलियाबाट चार हजार ४१९, थाइल्याण्डबाट चार हजार २३४, बेलायतबाट तीन हजार ७९३, म्यानमारबाट दुई हजार ७५८ र मलेसियाबाट…

Read More

काठमाडौं: नेपाल पर्यटन बोर्ड (एनटीबी) ले आफ्नो २७औँ स्थापना दिवसको अवसरमा ‘नेपाल–आसियान पर्यटन वर्ष २०२६’ मनाउने औपचारिक घोषणा गरेको छ । बोर्डका कार्यकारी प्रमुख अधिकृत दीपक राज जोशीले उद्घाटन समारोहमा स्वागत मन्तव्य दिँदै आसियान मुलुकलाई नेपालका लागि उच्च सम्भावनायुक्त बजारका रूपमा प्रस्तुत गर्दै सन् २०२६ लाई लक्षित विशेष रणनीति सार्वजनिक गरेका हुन्। सीईओ जोशीका अनुसार हालसम्म १ लाख ७ हजारभन्दा बढी आसियान मुलुकका पर्यटक नेपाल भित्रिसकेका छन्, जुन नेपालका लागि ठूलो र दीर्घकालीन बजार हो । “बौद्ध तथा आध्यात्मिक पर्यटन, प्रकृति र साहसिक पर्यटन, वेलनेस र आयुर्वेद, संस्कृति तथा समुदायमा आधारित पर्यटनमार्फत आसियान बजारमा नेपाललाई सशक्त रूपमा स्थापित गरिनेछ,” उनले…

Read More

काठमाडौँ: नेपाल आयल निगमले पेट्रोल, डिजेल र हवाई इन्धनको मूल्य घटाएको छ । इन्डियन आयल कर्पोरेशनले पेट्रोलमा प्रतिलिटर चार रुपैयाँ १९ पैसा, डिजेलमा पाँच रुपैयाँ छ पैसा र हवाई इन्धनमा प्रतिलिटर आठ रुपैयाँ १५ पैसा घटाएको छ । एलपी ग्यासको खरिद मूल्य प्रतिसिलिन्डर १०० रुपैयाँ ३५ पैसाले बढेर आएको छ । सोहीअनुसार निगम सञ्चालक समितिले खुद्रा बिक्री मूल्य समायोजन गरेको छ । नयाँ मूल्यअनुसार पेट्रोल प्रतिलिटर चार रुपैयाँ, डिजेल÷मट्टितेल प्रतिलिटर पाँच रुपैयाँले घटाइएको छ । आन्तरिक हवाई इन्धनमा प्रतिलिटर छ रुपैयाँ र अन्तरराष्ट्रिय उडानतर्फ काठमाडौँका लागि प्रतिकिलोलिटर अमेरिकी डलर ४२ ले मूल्य घटाइएको छ । नयाँ मूल्य बिहीबार बिहानदेखि लागू…

Read More

काठमाडौं: प्रधानमन्त्री सुशीला कार्कीले भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका नाममा घुसपैठ, लुटपाट, आगजनी गरी गलत फाइदा उठाउने व्यक्ति तथा समूहलाई कानुनी दायरामा ल्याउने बताएकी छिन् । देशको अर्थतन्त्र उकास्ने उद्देश्यसहित नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना गरेको ‘शान्ति, स्थायित्व र समृद्धिका लागि सहकार्य’ विषयक संवाद कार्यक्रममा कार्कीले यस्तो बताएकी हुन् । उनले त्यसरी व्यक्तिगत फाइदा उठाउने र लुटधन्दा मच्चाउनेलाई कानुनी दायरामा ल्याउन सरकारका संस्थाहरुले निरन्तर काम गरिरहेको बताइन् । साथै, व्यवसायीलाई पनि मर्यादीत र असल ढंगमा व्यापार व्यवसाय गर्न उनले आग्रह गरिन् । ‘यो सरकार ठूलो नीतिगत फड्को मार्न आएको होइन । कानुन बदल्ने अधिकार समेत यो सरकालाई…

Read More

काठमाडौं: नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले शान्ति, स्थायित्व र समृद्धिका लागि निजी क्षेत्रको संरक्षण र मनोबल उच्च राख्नु अनिवार्य भएको बताएका छन्। शान्ति स्थायित्व र समृद्धिका लागि सहकार्य विषयक सामूहिक पहल कार्यक्रममा बोल्दै अध्यक्ष ढकालले निजी क्षेत्र सुरक्षित र सम्मानित नभएसम्म मुलुकमा लगानी, रोजगारी र आर्थिक वृद्धि सम्भव नहुने स्पष्ट पारे। अध्यक्ष ढकालले गत भदौ २३ र २४ गते भएको जेन–जी आन्दोलनपछि निजी क्षेत्रमाथि भएको आगजनी, तोडफोड र लुटपाटप्रति गम्भीर चिन्ता व्यक्त गर्दै यस्ता घटनामा संलग्न व्यक्तिमाथि कडा कारबाहीको माग गरे। महासंघको अध्ययन अनुसार उक्त आन्दोलनका क्रममा करिब ४० अर्ब रुपैयाँ बराबरको प्रत्यक्ष भौतिक क्षति र झण्डै…

Read More

काठमाडौ: भारतले ६५४ मेगावाट विद्युत भारतीय इनर्जी एक्सचेन्ज (आइएक्स)को प्रतिश्पर्धी दरमा आयातका लागि नेपाललाई दिइएको अनुमति नविकरण गरेको छ । भारतको विद्युत मन्त्रालयअन्तर्गतको केन्द्रीय विद्युत प्राधिकरणले आइएक्सको डे अहेड र रियल टाइम मार्केटबाट ६५४ मेगावाट विद्युत चौविसै घण्टा (अरटिसी) आयात गर्न अनुमति नविकरण गरेको हो । यस अघि दिइएको अनुमतिको म्याद बुधबार सकिंदै थियो । नेपाल विद्युत प्राधिकरणले ढल्केवर–मुजफफ्पुर ४०० केभी प्रसारण लाइनमार्फत ६०० सय टनकपुर–महेन्द्रनगरबाट ५४ मेगावाट गरी ६५४ मेगावाट विद्युत प्रतिश्पर्धी दरमा आयात गर्न अनुमति पाएको हो । १७ पुसबाट १७ चैत (१ जनवरी–३१ मार्च २०२६) सम्म विद्युत आयातको अनुमति पाएको हो । १८ चैतबाट १५ भदौ (१…

Read More

काठमाडौं: ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङले वर्षौंदेखि काम नगरेर रुग्ण ठेक्का तोड्नु बाध्यता रहेको बताउनुभएको छ । सडक बोर्ड, नेपालको २३ औं वार्षिकोत्सवको अवसरमा मंगलबार राजधानीमा आयोजित कार्यक्रममा मन्त्री घिसिङले काम गरिएन भने भने कारबाही हुन्छ भन्ने सन्देश दिन, कम रकम कबोल गरी ठेक्का हात पार्ने प्रवृतिलाई निरुत्सहित गर्न, समयमै निर्माण नगरिएका कारण आमनागरिकले पाइरहेको दुुःखको अन्त्यका लागि ठेक्का तोड्नु बाध्यता रहेको उल्लेख गर्नुभयो । सडक विभागले हालसम्म ४० वटा रुग्ण ठेक्का तोडेको छ । नियोजित रुपमा कुनै पनि ठेक्का नतोडिएको प्रष्ट पार्दै मन्त्री घिसिङले आफूले लिएको ठेक्काको काम समयमै सम्पन्न…

Read More