Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- यो कार्कीमाथिको कारवाही होइन जिम्मेवारी हेरफेर मात्रै हो: मन्त्री पोखरेल
- अन्तत: कार्कीलाई हटाएर केसी प्रहरीको महानिरीक्षक नियुक्त
- पहिलो पटक ‘कुकुर तिहार’ रिल प्रतियोगिता
- राष्ट्रिय गौरवका सिँचाइ आयोजनाबाट नयाँ खेतमा पानी
- बैंककमा ऊर्जामन्त्री श्रेष्ठको सम्बोधन: ‘हाम्रा हिमाल जोगाउन विश्वले सहकार्य गरोस्’
- लुम्बिनी केबलकारमा भारतीय पर्यटक २४ प्रतिशतले बढे : पाँचतारे होटेल र क्यासिनो निर्माण अन्तिम चरणमा
- कात्तिक १५ देखि नागढुंगा सुरुङमार्ग प्रयोगमा टोल शुल्क लाग्ने
- मोरङको केरौन १३२ केभी सबस्टेसन निर्माण सम्पन्न, विद्युत् आपूर्ति भरपर्दो हुने, चुहावट घट्ने
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
काठमाडौँ: प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रियता, जनतन्त्र र जनजीविकाको पक्षमा सङ्घर्ष गर्ने क्रममा बलिदान गर्ने शहीदहरू विगत, वर्तमान र भविष्यका निम्ति प्रेरणाका स्रोत र पथप्रदर्शक रहिरहने बताएका छन् । शहीद दिवस २०८० का अवसरमा आज शुभकामना दिँदै उनले देश र जनताको मुक्ति एवं परिवर्तनका निम्ति शहीदले देखेका सपना र लिएको अठोटलाई शीरोधार्य गर्दै क्रान्तिका बाँकी कार्यभार पूरा गर्न सङ्कल्प गर्नुपर्ने बताए । प्रधानमन्त्री दाहालले शहीदको योगदानलाई सम्मान गर्दै उनीहरूको योगदान र कृति चीरस्थायी तुल्याउने एवं शहीद परिवारको उचित सम्मान, संरक्षण र जीवनवृत्तिका निम्ति समर्पित हुने दिनका रूपमा शहीद दिवस रहिआएको बताए । उनले भने, “यही यथार्थलाई आत्मसात् गर्दै सरकारले इतिहासका…
काठमाडौँ: देश र जनताका लागि शहादत प्रदान गर्ने शहीदहरूको सम्मानमा विभिन्न कार्यक्रमका साथ आज देशभर विभिन्न कार्यक्रमका साथ शहीद दिवस मनाइँदैछ । इतिहासको विभिन्न कालखण्डमा प्रजातन्त्र, राष्ट्र र स्वतन्त्रतासहित जनताका पक्षमा भएका आन्दोलनमा मृत्युवरण गरेका वीर सपुतहरूको सम्मानमा आज विविध कार्यक्रमका साथ देशभर शहीद दिवस मनाइने परम्परा छ । गत वर्षहरूमा जस्तै यस वर्ष पनि शहीदरूको योगदानको चर्चा गर्दै यही माघ १० देखि १६ गतेसम्म सप्ताहव्यापीरूपमा दिवस मनाउने कार्यक्रम जारी छ । विसं २०१२ देखि नै तत्कालीन काठमाडौँ नगरपालिकाको संयोजकत्वमा प्रत्येक वर्ष माघ १६ गते शहीको सम्झनामा दिवस मनाउन थालिएको हो । देश र जनताका लागि प्राण आहुति दिनुहुने शहीदहरूको…
काठमाडौँ: सरकारले एनसेलको ८० प्रतिशत सेयर खरिद-बिक्री प्रकरणको छानबिन गर्न गत मंसिर २१ गते गठन गरेको उच्चस्तरीय समितिले आफ्नो प्रतिवेदन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई बुझाएको छ। मंसिर २१ को मन्त्रिपरिषद् बैठकले गठन गरेको ५ सदस्यीय छानबिन समितिले सोमबार आफ्नो प्रतिवेदन प्रधानमन्त्री प्रचण्डलाई बुझाएको हो। करिब २ महिना लामो छानबिन र अध्ययनपछि प्रतिवेदन प्रधानमन्त्रीलाई बुझाइएको समितिका संयोजक एवम् पूर्व महालेखापरीक्षक टंकमणि शर्माले बताए। शर्मा संयोजक रहेको समितिका सदस्यहरूमा फणिन्द्र गौतम, बाबुराम भण्डारी, रितेशकुमार शाक्य र सुजनकुमार काफ्ले थिए। सरकारी प्रक्रिया पूरा नगरी दूरसञ्चार प्राधिकरणलाई समेत जानकारी नदिई एनसेलको ८० प्रतिशत सेयर खरिद-बिक्रीमा चलखेल गरिएको भन्दै असन्तुष्टि जनाएको सरकारले समिति बनाएको थियो।…
राष्ट्रिय समाचार समिति (रासस)काठमाडौँ, १५ माघ : स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले शहीद गङ्गालाल राष्ट्रिय हृदय केन्द्रलाई स्वास्थ्य प्रतिष्ठानका रुपमा विकास गर्न मन्त्रालयले प्रक्रिया अघि बढाएको जानकारी दिनुएको छ । केन्द्रको २८औँ वार्षिकोत्सवका अवसरमा आज यहाँ आयोजित समारोहलाई सम्बोधन गर्दै उहाँले केन्द्रलाई आत्मनिर्भर हुँदै विशिष्टीकृत उपचार सेवामा अब्बल हुन आग्रह गर्नुभयो । केन्द्र प्रतिष्ठानका रुपमा रुपान्तरण गर्न प्रक्रिया अघि बढेको जानकारी समेत दिनुभयो ।
बारा: प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले २०५८ सालमा भएको दरबार हत्याकाण्डको छानविन हुने बताएका छन् । सोमबार दिउँसो बाराको सिमरा विमानस्थलमा सञ्चारकर्मीसँगको कुराकानीमा प्रधानमन्त्रीले सो कुरा बताएका हुन् । प्रधानमन्त्रीले सङ्घीय लोकतान्त्रिक गणतन्त्रले सबैलाई स्वतन्त्रतापूर्वक अधिकार दिए पनि व्यवस्थाका विरूद्ध उभिने र षड्यन्त्रूर्ण गतिविधि गर्ने अधिकार कसैलाई नभएको स्पष्ट पारे । प्रेस सेन्टर नेपालकोे २० औं स्थापना दिवस तथा राष्ट्रिय परिषद्को बैठकमा सहभागी हुन सोमबार प्रचण्ड वीरगन्ज पुगेका थिए । उक्त कार्यक्रममा प्रचण्डले जनता र सबै राजनीतिक दलको सामूहिक सहभागितामा बजेट निर्माण गर्न सरकार केन्द्रित भएको बताए । प्रधानमन्त्री प्रचण्डले भने, “नीति तथा कार्यक्रम र बजेट समाजवाद र सामाजिक न्यायको पक्षमा…
काठमाडौं: चालु आर्थिक वर्षको ६ महिनाको अवधिमा करिब १ खर्ब ५० अर्ब रुपैयाँको स्वदेशी तथा विदेशी लगानी प्रतिबद्धता आएको छ । उद्योग विभागको तथ्यांकअनुसार चालु आवको पुस मसान्तसम्ममा १ खर्ब ३६ अर्ब रुपैयाँको स्वदेशी तथा विदेशी लगानी प्रतिबद्धता जनाइएको हो । ६ महिनाको अवधिमा स्वदेशी तथा विदेशी गरी २११ वटा उद्योग दर्ता भएका छन् । जसमा पुस महिनामा मात्रै ३२ वटा उद्योग दर्ता भएको विभागले जनाएको छ । विभागकाअनुसार सो अवधिमा २८ वटा ठूला उद्योग दर्ता गरेका छन् । विभागले यो वर्षको पुस मसान्तसम्ममा ८० वटा ठूला उद्योग दर्ता गर्ने लक्ष्य लिएको थियो । सरकारले उक्त अवधिमा ८५ वटा उद्योग…
काठमाडौँ: ललितपुरको मंगलबजारमा एकजना विदेशी नागरिकको शव फेला परेको छ। आज (सोमबार) बिहान मंगलबजारनजिकै विदेशी महिला मृत भेटिएकी हुन्। उनी जर्मन नागरिक भएको प्रहरीले जनाएको छ। उनको सनाखत हुन बाँकी छ। जिल्ला प्रहरी परिसर ललितपुरका एसपी नवराज कार्कीले घटनाको जानकारी पाएको बताए। उनका अनुसार अहिले प्रहरी घटनास्थलमा पुग्दैछ, एसपी कार्कीले भने। उनी एक वर्षदेखि मंगलबजार क्षेत्रमै बस्दै आएको स्थानीयले बताएका छन्। घटनाकाे विस्तृत विवरण आउँन बाँकी छ।
काठमाडौँ: एनसेलको सेयर बिक्रीबारे छानबिन गर्न गठन भएको उच्चस्तरीय छानबिन समितिले प्रतिवेदन तयार पारेको छ । डेढ महिनाभन्दा बढी समयमा अनुसन्धान गरेर समितिले प्रतिवेदन तयार पारेको हो । प्रतिवेदन तयार भएसँगै समितिले आजै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई प्रतिवेदन बुझाउने भएको छ । समितिका सदस्य सुजन काफ्लेले प्रतिवेदन तयार भएको र आजै प्रधानमन्त्रीलाई बुझाउने रातोपाटीसँग बताए । उनले प्रधानमन्त्रीको उपत्यका बाहिर जानुपर्ने कार्यक्रम रहेको र सो कार्यक्रमबाट फर्केपछि आज साँझतिर प्रतिवेदन बुझाउने बताए । सरकारलाई जानकारी नै नदिएर मलेसियन कम्पनी आजियाटाले एनसेलको सेयर बेलायती कम्पनी स्पेक्ट्रलाईटलाई बेचेको थियो । सो खरिद–बिक्री सम्झौतापछि राजनीतिक दलदेखि संसद्सम्म छानबिनको माग उठेपछि सरकारले समिति गठन…
काठमाडौं: नेपालले दक्षिण अफ्रिकामा जारी आइसीसी यू–१९ विश्वकपको सुपर सिक्समा पहिलो खेल बंगलादेशसँग खेल्ने भएको छ । समूह ए को अन्तिम खेलमा भारतले अमेरिकालाई २०१ रनले हराउँदै समूह विजेता बनेको छ । योसँगै नेपालको तालिका पनि पक्का भएको हो । नेपालले माघ १७ गते बुधबार (३१ जनवरी) मा बंगलादेशसँग खेल्नेछ । त्यस्तै दोस्रो खेल नेपालले माघ १९ शुक्रबार(फेब्रुअरी २) मा भारतसँग खेल्ने पक्का भएको हो । नेपाल समूह डी बाट तेस्रो स्थानमा रहेर सुपर सिक्स खेलेको हो । पाकिस्तान समुह विजेता र न्युजिल्यान्ड उपविजेता बनेको थियो । नेपाल समूह चरणमा न्युजिल्यान्डसँग ६४ रन र पाकिस्तानसँग ५ विकेटले पराजित भएको थियो…
काठमाडौँ, १५ माघ : प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत आज दुई खेल हुने भएका छन् । सुदूरपश्चिम प्रदेश र त्रिभुवन आर्मी क्लबीचको खेल कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा हुने छ । अर्को खेल काठकाडौँको मुलपानी क्रिकेट मैदानमा गण्डकी प्रदेश र नेपाल पुलिस क्लबबीच हुने छ ।
