Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

काठमाडौँ: सामाजिक सञ्जाल टिकटकमाथि प्रतिबन्ध लगाउने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दायर रिटमा आजबाट सुनुवाइ हुँदैछ । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी तथा अधिवक्ताहरू स्वागत नेपाल, जगन्नाथ दुलाललगायतले दिएको रिटमा आजका लागि पेशी तोकिएको छ । हालै सरकारले सामाजिक सञ्जाल टिकटकमाथि प्रतिबन्ध लगाए पछि अदालत खुलेको पहिलो दिन मंसिर १ गते सर्वोच्च अदालतमा परेका सबै रिटहरुलाई एकसाथ राखी सुनुवाइ गर्न आजका लागि पेसी तोकिएको हो । सरकारको निर्णय गैरकानुनी एवं गैरसंवैधानिक, बदनियतपूर्ण एवं स्वेच्छाचारी भएको भन्दै अधिवक्ता त्रिपाठीलगायतले सो निर्णय बदर गरी टिकटकमा लगाइएको रोक तत्काल फुकाउन माग गरेका छन् । सरकारले सामाजिक सद्भाव बिगारेको भनेर नकारात्मक कुरालाई मात्र व्याख्या गरेर बन्द…

Read More

काठमाडौँ: अस्ट्रेलियाले कीर्तिमानी छैटौँ पटक आईसीसी विश्वकप क्रिकेटको उपाधि जितेको छ । भारतको अहमदावादस्थित नरेन्द्र मोदी रंगशालामा सम्पन्न फाइनल खेलमा भारतलाई ६ विकेटले पराजित गर्दै अस्ट्रेलियाले विश्वकपको उपाधि जितेको हो । भारतले दिएको २४१ रनको लक्ष्य अस्ट्रेलियाले खेल सकिन ४२ बलअघि भेट्टायो । अस्ट्रेलियाका लागि ट्रेभिस हेडले शतक प्रहार गरे । १२० बलको सामना गरेका उनले १५ चौका र ४ छक्का प्रहार गर्दै एक सय ३७ रन बनाए । त्यसैगरी, मार्नस लाबसेनले ५८ रन जोडे । ११० बलको सामना गरेका उनले ४ चौका प्रहार गरे । चौथो विकेटका लागि हेड र लाबसेनले एक सय १९२ रनको साझेदारी गरेका थिए ।…

Read More

काठमाडौँ : चार देश सम्मिलित महिला टि–२० सिरिजमा नेपालले तेस्रो स्थान हासिल गरेको छ । आज भएको खेलमा नेपाल जापानलाई ४५ रनले हराउँदै तेस्रो भएको हो । हङकङमा जारी प्रतियोगितामा नेपालले टस जितेर पहिला ब्याटिङ गर्दै पाँच विकेटको क्षतिमा एक सय १५ रन बनाएको थियो । नेपालका लागि पूजा महतोले ४३, रोमा थापाले २२, रुविना क्षेत्रीले २१ तथा कप्तान इन्दू बर्माले १२ रन बनाइन् । बलिङतर्फ जापानकी अहिल्या चण्डेल, एरिका टोगुची क्युइनले एक एक विकेट लिइन् । एक सय १६ रनको विजयी लक्ष्य पछ्याएको जापानले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर ७० रन बनायो । जापानका लागि अकरी निशीमुराले २९,…

Read More

काठमाडौँ: देशभर सूर्यको पूजा आराधना गरी आज छठ पर्व मनाइँदै छ।आजै साँझ अस्ताउँदो सूर्यको पूजा आराधना गरी अर्घ्य दिइन्छ र सोमबार बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि यो पर्व विधिपूर्वक समापन हुन्छ। व्रतालुले आज रातभर जाग्राम बसेर भोलि बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिन्छन्। छठका लागि तराईका नदी, खोला, पोखरी सिँगारिएका छन्। काठमाडौँको गुह्येश्वरीदेखि गौरीघाटमा पूजा आराधनाको व्यवस्था गरिएको छ। छठको व्रत विधिपूर्वक सम्पन्न गर्नाले मनोवाञ्छित फल पाइने, परिवारको कल्याण हुने र आफ्ना सम्पूर्ण दुःख र कष्ट हटेर जाने जनविश्वास छ। रासस

Read More

चितवन: वन तथा वातावरण मन्त्रालयले चितवन राष्ट्रिय निकुञ्जभित्र तस्करले दुईवटा गैँडा मारेको घटना छानविन गर्न समिति गठन गरेको छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संंरक्षण विभागका उपमहानिर्देशक वेदकुमार ढकालको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरिएको हो । मन्त्रालयले सचिवस्तरीय निर्णय गरी १० दिनभित्र प्रतिवेदन बुझाउने गरी शुक्रबार समिति बनाएको हो । समितिमा नेपाली सेनाको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्षण निर्देशनालयका प्रमुख सेनानी, नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोका प्रहरी नायब उपरीक्षक, राष्ट्रिय निकुञ्ज विभागका कानुन अधिकृत र अनुसन्धान अधिकृत हुनुहुन्छ । उपमहानिर्देशक ढकालले आइतबार चितवन आएर स्थलगतरूपमा काम सुरु गर्ने बताउनुभयो । घटनास्थलको अध्ययन र सरोकारवालासँग छलफल गरी घटनाबारे वस्तुस्थिति हेरिने…

Read More

जाजरकोट: चिसोका कारण जाजरकोटमा थप तीन जना वृद्धको ज्यान गएको छ । भूकम्पका कारण घरमा क्षति पुगेपछि त्रिपालमा बस्दै आएका जुनीचाँदे गाउँपालिका–४ लुहादहकी ८९ वर्षीया सुगिली नेपाली, बारेकोट गाउँपालिका–१ रामीडाँडाका ७० वर्षीय डुमे पुन र छेडागाड नगरपालिका–१३ थानवाडाकी ५६ वर्षीया मनसरी कामीको चिसोका कारण मृत्यु भएको हो । डुमे दमका दीर्घरोगी पनि हुनुहुन्थ्यो । त्रिपालभित्रको बसाइ र अत्यधिक चिसोको काण उहाँको ज्यान गएको बारेकोट गाउँपालिका अध्यक्ष वीरबहादुर गिरीले बताउनुभयो । मनसरी दमकी दीर्घरोगी भएको र त्रिपालको चिसोले दम बढेपछि उहाँको ज्यान गएको छेडागाड नगरपालिकाका उपप्रमुख चन्द्र थापाले बताउनुभयो । त्रिपालमुनिको बसाइका कारण बालबालिका, सुत्केरी, दीर्घरोगी र वृद्धवृद्धा बढी प्रभावित भएका…

Read More

राष्ट्रिय समाचार समिति (रासस)काठमाडौँ, २ मङ्सिर : मुलुकभित्रको विद्युत् प्रसारण प्रणाली सुदृढीकरण र नेपाल–भारतबीचको विद्युत् व्यापारका लागि निर्माणाधीन हेटौँडा–ढल्केबर–इनरुवा चार सय केभी डबल सर्किट प्रसारण लाइन आयोजना निर्माणमा अवरोधै अवरोध कायम रहेको छ । झन्डै नौ वर्षअघि देखि निर्माण सुरु भएको सो आयोजनामा भइरहेको अवरोधका कारण अझैसम्म सम्पन्न हुन सकिरहेको छैन ।

Read More

काठमाडौँ:नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी मंसिर ७ गते हुने भनिएको प्रदर्शनले काठमाडौं फोहोर मात्रै हुने दाबी गरेका छन्। शनिबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित एक भेलालाई सम्बोधन गर्दै ओलीले प्रतिक्रियावादी शक्तिहरू देशभरीबाट जोडतोडले लागेको बताए। ‘७ गते म सुन्दैछु, एउटा कसै व्यक्तिलाई उभ्याएर प्रतिक्रियावादी शक्तिहरू देशभरीबाट जोडतोडले लागेका छन्। मानिसहरू काठमाडौंमा मानिसहरू उतार्न। ती मानिसहरू आएर कुनै केही हुने होइन, तीनले काठमाडौं फोहोर गर्ने मात्रै हो,’ ओलीले भने। मंसिर ७ गते मेडिकल व्यवसायी दुर्गा प्रसाईंसहितका अभियन्ताले काठमाडौंमा विशाल प्रदर्शन गर्ने भन्दै प्रचार गरिरहेका छन्। ओलीले सोही प्रदर्शनलाई लक्षित गर्दै सो कुरा बताएका हुन्। उनले आफ्नो पार्टीको संगठनले पनि…

Read More

राष्ट्रिय समाचार समिति (रासस)वीरगञ्ज (पर्सा), २ मङ्सिर : तराई मधेसका जिल्लामा भव्यतापूर्वक मनाइने छठ पर्वको तयारी अन्तिम चरणमा पुगेको छ । छठका लागि वीरगञ्जका विभिन्न पोखरीलाई स्थानीयवासीको सहयोगमा विशेष रुपमा शृङ्गारिने काम भइरहेको छ ।

Read More

काठमाडौं: नेपाल विद्युत प्राधिकरणको उच्च व्यवस्थापनले सिन्धुपाल्चोकको बाह्रबिसेमा निर्माणाधीन २२०÷१३२ केभी सबस्टेसनको निर्माण तत्काल सम्पन्न गर्न ताकेता गरेको छ । चिलिमे जलविद्युत कम्पनीको अगुवाइमा सिन्धुपाल्चोकमा अगाडि बढाइएको १०२ मेगावाटको मध्यभोटेकोशी जलविद्युत् विद्युत् खेर जान नदिन आयोजनाको विद्युत् जोडिने सबस्टेसन निर्माण सम्पन्न गर्न प्राधिकरणको उच्च व्यवस्थापनले ताकेता गरेको हो । कार्यकारी निर्देशक कुलमान घिसिङ र आयोजना व्यवस्थापन निर्देशनालयका उपकार्यकारी निर्देशक तारा प्रसाद प्रधान सम्मिलित प्राधिकरणको उच्चस्तरीय टोलीले बिहीबार सबस्टेसन निर्माणस्थलको अनुगमन भ्रमण गरी बाँकी कामहरु तत्काल सम्पन्न गर्न निर्देशन दिएको छ । टोलीले आयोजना व्यवस्थापन र निर्माण व्यवसायीसँग निर्माणमा देखिएका समस्या, उपकरण आपूर्तिको अवस्था, निर्माण सम्पन्न हुने तालिकालगायतका विषयमा छलफल गरेको…

Read More