Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- यो कार्कीमाथिको कारवाही होइन जिम्मेवारी हेरफेर मात्रै हो: मन्त्री पोखरेल
- अन्तत: कार्कीलाई हटाएर केसी प्रहरीको महानिरीक्षक नियुक्त
- पहिलो पटक ‘कुकुर तिहार’ रिल प्रतियोगिता
- राष्ट्रिय गौरवका सिँचाइ आयोजनाबाट नयाँ खेतमा पानी
- बैंककमा ऊर्जामन्त्री श्रेष्ठको सम्बोधन: ‘हाम्रा हिमाल जोगाउन विश्वले सहकार्य गरोस्’
- लुम्बिनी केबलकारमा भारतीय पर्यटक २४ प्रतिशतले बढे : पाँचतारे होटेल र क्यासिनो निर्माण अन्तिम चरणमा
- कात्तिक १५ देखि नागढुंगा सुरुङमार्ग प्रयोगमा टोल शुल्क लाग्ने
- मोरङको केरौन १३२ केभी सबस्टेसन निर्माण सम्पन्न, विद्युत् आपूर्ति भरपर्दो हुने, चुहावट घट्ने
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
काठमाडौँ । सार्वजनिक विद्यालयमा कार्यरत शिक्षकहरुको मर्यादाक्रम तोकिने भएको छ । सरकार र शिक्षक महासंघवीच शुक्रबार भएको सहमति अनुसार शिक्षकहरुको मर्यादाक्रम तोकिने भएको हो । सहमति अनुसार शिक्षकहरुको दश–दश वर्षमा आवधिक बढुवा हुने भएको छ । जसमा मावि तहका शिक्षकको विशिष्ट श्रेणीमा बढुवा हुन न्यूनतम पाँच वर्षको सेवा कायम गर्ने सहमति भएको छ । आन्दोलनरत शिक्षक र सरकारबीच सहमति भएसँगै शिक्षकहरुले आन्दोलन फिर्ता गरेका छन् । विभिन्न १८ बुँदे माग राख्दै शिक्षक महासंघको अगुवाइमा असोज ३ देखि शिक्षकहरुले विद्यालय शिक्षा विधेयकको विरोधमा राजधानीमा आन्दोलन थालेका थिए । तर सरकार र नेपाल शिक्षक महासंघबीच भएको सहमतिप्रति राहत शिक्षकहरुले असन्तुष्टि जनाएका छन्…
काठमाडौँ । आन्दोलनरत शिक्षक र सरकारबीच सहमति भएसँगै भोलिबाट शिक्षकहरुको आन्दोलन फिर्ता हुने भएको छ । शुक्रबार गृहमन्त्रालयमा बसेको सरकार र शिक्षकहरुबीचको छलफलमा शिक्षकहरुका माग सम्बोधन गर्न सरकार सहमत भएपछि शिक्षकहरुले आन्दोलनका कार्यक्रम फिर्ता गर्ने भएका हुन् । सहमतिपछि सञ्चारमन्त्री रेखा शर्माले सहमतिअनुसार शिक्षकहरुको आन्दोलन भोलिबाटै फिर्ता हुने बताइन् । ‘शिक्षक महासंघका प्रतिनिधि र हाम्रो बीचमा छलफल भयो । संसदीय सर्वोच्चता र मागमा छलफल हुँदा शिक्षा विधेयकलाई परिमार्जन गर्दै अघि बढ्ने र संसदमा सहजीकरण गर्ने प्रतिवद्धता सरकारका तर्फबाट व्यक्त भयो’, उनले भनिन्, ‘सहमतिसँगै भोलिदेखि नै आन्दोलन फिर्ता हुन्छ ।’
काठमाडौँ: कार्यवाहक प्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले विभिन्न माग राखी विरोध जनाइरहेका शिक्षकहरुसँगको वार्ता आजै टुङ्गोमा पुर्याउने गरी सरकारी वार्ता टोलीलाई सुझाव तथा निर्देशन दिनुभएको छ । विद्यालय शिक्षासम्बन्धी विधेयकमा भएका कतिपय प्रावधानमा असन्तुष्टि जनाउँदै नेपाल शिक्षक महासङ्घको नेतृत्वमा तीन दिनदेखि देशभरका शिक्षकहरुले काठमाडौँ केन्द्रित विरोध गरिरहेका छन् । कार्यवाहक प्रधानमन्त्री खड्काले शिक्षकसँगको वार्तालाई सकेसम्म आजै टुङ्गोमा पुर्याउन सरकारी वार्ता टोलीलाई आवश्यक निर्देशन दिनुभएको उहाँको सचिवालयले जनाएको छ । रक्षा मन्त्रालयमा आज बिहान उहाँले सरकारी वार्ता टोलीका संयोजक उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, कानुन, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङ, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री अशोक राई, सञ्चार तथा…
काठमाडौँ: सरकारले सन् २०३५ सम्म मुलुकको ऊर्जा क्षेत्रको समग्र विकासका लागि ४६ अर्ब अमेरिकी डलर बराबरको लगानी गर्ने लक्ष्यसहितको महत्वाकाङ्क्षी कार्ययोजना तयार पारेको छ । मुलुकको आर्थिक विकासको प्रमुख आधारका रूपमा ऊर्जा क्षेत्रलाई अगाडि सार्दै उक्त परिमाणमा लगानी गर्ने लक्ष्य तय गरेको हो । सरकारले सन् २०२३ देखि २०३५ सम्मको १२ वर्षे कार्ययोजना तयार पारेको छ । बदलिँदो अवस्थालाई सम्बोधन गर्ने लक्ष्यका साथ कार्ययोजना तयार पारिएको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको भनाइ छ । मन्त्रालयका सहसचिव सन्दीपकुमार देवको संयोजकत्वको कार्यदलले तयार पारेको ऊर्जा विकास मार्गचित्र तथा कार्ययोजना, २०८० मा जलविद्युत् आयोजना, प्रसारण वितरण तथा सबस्टेशनका लागि आवश्यक पर्ने लगानीको विस्तृत…
काठमाडौँ: संयुक्त राज्य अमेरिकाका राष्ट्रपति जोसेफ रोबिनेट वाइडेन जुनियर र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच आज अमेरिकाको न्यूयोर्कमा भेटवार्ता भएको छ । सङ्क्षिप्त भेटका अवसरमा दुई देशबीचका आपसी हितका विषयमा सहकार्यसम्बन्धी कुराकानी भएको थियो । संयुक्त राष्ट्रसङ्घको महासभामा भाग लिन अमेरिकाको न्यूयोर्कमा रहनुभएका प्रधानमन्त्री दाहाल र अमेरिकी राष्ट्रपतिबीच भेट भएको प्रधानमन्त्री प्रचण्डका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिनुभयो । भेटमा राष्ट्रपति बाइडेनकी श्रीमती जिल ज्याकोब र प्रधानमन्त्रीकी छोरी गङ्गा दाहाल सहभागी हुनुहुन्थ्यो । राष्ट्रपतिसँग भेट हुँदा प्रधानमन्त्री दाहालले नेपाली पोशाक दौरा सुरुवाल र भादगाउँले टोपी लगाउनुभएको थियो ।
बाँके: बाँकेमा अवस्थित बाल सुधार गृहमा दुई समूहबीच झडप हुँदा एक कैदीको मृत्यु भएको छ। गएराति डुडुवा गाउँपालिकास्थित जयेन्दु बाल सुधार गृहमा दुई समूहबीच झडप हुँदा एक कैदी युवकको मृत्यु भएको बाँकेका प्रमुख जिल्ला अधिकारी विपिन आचार्यले नेपालखबरलाई जानकारी दिए। जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार झडपमा परेर १० जना घाइते भएका छन्। घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। झडपमा परेर अपहरण, शरिरबन्धक र जबरजस्ती करणीको मुद्दामा सजाय भुक्तान गरिरहेका कपिलवस्तु रुद्रपुरका २१ वर्षीय सुलभ केसीको मृत्यु भएको हो। झडपमा गम्भीर घाइते भएका केसीको उपचारका क्रममा शिक्षण अस्पताल नेपालगञ्जमा मृत्यु भएको प्रहरीले जनाएको छ। झडपमा परेर गम्भीर घाइते भएकाहरूको…
काठमाडौं: चालु चालु आर्थिक वर्ष (आव) २०८०÷८१ को दुई महिनामा ५ अर्ब ४३ करोड ३१ लाख रुपैयाँको विद्युत भारततर्फ निर्यात भएको छ ।नेपाल विद्युत प्राधिकरणले साउनमा १ अर्ब ९४ करोड ८४ लाख र भदौमा ३ अर्ब ४८ करोड ४८ लाख रुपैयाँको विद्युत् भारतीय बजारमा निर्यात गरेको छ । दुई महिनामा ३ अर्ब ३९ करोड ५७ लाख भारतीय रुपैयाँको (५ अर्ब ४३ करोड ३१ लाख रुपैयाँ)विद्युत् निर्यात भएको हो । साउन र भदौमा भारतर्फ निर्यात गरिएको विद्युत्को प्रतियुनिट औसत बिक्री दर क्रमश ः ८ रुपैयाँ १३ पैसा र १२ रुपैयाँ २७ पैसा छ । दुई महिनाको समग्र औसत विद्युत् बिक्री दर…
काठमाडौं: नेपाली कांग्रेसका महामन्त्री गरेका छन् । विद्यालय बन्द गर्ने अप्रिय बाटो अवलम्बन नगरी आन्दोलनको स्वरूप परिवर्तन गर्न शिक्षक महासंघ लगायतलाई थापाले आग्रह गरेका छन् । महासंघको नेतृत्वमा ३ असोजदेखि शिक्षक सम्बन्ध संगठनहरु प्रदर्शनमा उत्रिएका छन् । सांसदको भूमिका एवं विवेकमाथि विश्वास गरेर रचनात्मक ढंगले समाधानको खोजीका लागि मद्दत गर्न महासंघसँग थापाले अनुरोध गरेका छन् ।‘विद्यालय शिक्षा विधेयकमा थुप्रै सुधार आवश्यक छ, संसदमा हामी यसलाई सच्याउने नै छौं, विद्यालय बन्द नगरौं,’ थापाले सामाजिक सञ्जालमार्फत आग्रह गरेका छन् । विद्यालय शिक्षा सम्बन्धी विधेयकमा अनेकन् कमजोरी भएको उल्लेख गरेका छन् । ‘सुधार गर्नै पर्नेछ । संसदमा दर्ता भइसकेपछि अब यो विधायिकाको कर्तव्य…
राष्ट्रिय समाचार समिति (रासस)काठमाडौँ, ४ असोज : राष्ट्रकवि माधवप्रसाद घिमिरेको नाममा स्थापित ‘माधव घिमिरे पुरस्कार’ वरिष्ठ समालोचक प्रा डा वासुदेव त्रिपाठीलाई प्रदान गरिने भएको छ ।
राष्ट्रिय समाचार समिति(रासस) सुन्दरहरैँचा(सुनसरी), ४ असोज : सुनसरीको इनरूवा नगरपालिका–३ का ३२ वर्षीय नगेन्द्र भगतलाई दाइजो नल्याएको निहुँमा श्रीमतीको हत्या गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ । श्रीमती निकिता चौधरीको शनिबार राति हत्या गरेको भन्दै माइती पक्षले उजुरी दिएका आधारमा भगतलाई नियन्त्रणमा लिइएको सुनसरीका प्रहरी उपरीक्षक विपिन रेग्मीले जानकारी दिनुभयो । विराटनगर महानगरपालिका–१७ मटेरूवाकी २३ वर्षीया चौधरीको हत्या गरेको आरोप भगत माथि छ । उनले २१ महिना अगाडि विवाहका बेला चौधरीसँग रु ३२ लाख नगद, आठ तोला सुन, ९० तोला चाँदी र एक मोटरसाइकल दाइजोमा ल्याएका थिए । थप दाइजो नल्याएको भन्दै चौधरीको हत्या गरेको माइती पक्षको आरोप छ ।…
