Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- यो कार्कीमाथिको कारवाही होइन जिम्मेवारी हेरफेर मात्रै हो: मन्त्री पोखरेल
- अन्तत: कार्कीलाई हटाएर केसी प्रहरीको महानिरीक्षक नियुक्त
- पहिलो पटक ‘कुकुर तिहार’ रिल प्रतियोगिता
- राष्ट्रिय गौरवका सिँचाइ आयोजनाबाट नयाँ खेतमा पानी
- बैंककमा ऊर्जामन्त्री श्रेष्ठको सम्बोधन: ‘हाम्रा हिमाल जोगाउन विश्वले सहकार्य गरोस्’
- लुम्बिनी केबलकारमा भारतीय पर्यटक २४ प्रतिशतले बढे : पाँचतारे होटेल र क्यासिनो निर्माण अन्तिम चरणमा
- कात्तिक १५ देखि नागढुंगा सुरुङमार्ग प्रयोगमा टोल शुल्क लाग्ने
- मोरङको केरौन १३२ केभी सबस्टेसन निर्माण सम्पन्न, विद्युत् आपूर्ति भरपर्दो हुने, चुहावट घट्ने
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
पूर्णप्रसाद मिश्र/राससकाठमाडौँ, १३ भदौ : यस वर्षको जनैपूर्णिमा, रक्षाबन्धन र गाईजात्रा पर्व धर्मशास्त्र, संस्कृति र परम्पराअनुसार यही भदौ १४ गते बिहीबार नै मनाउनुपर्नेमा धर्मशास्त्रविद्हरुले जोड दिएका छन् ।
राष्ट्रिय समाचार समिति (रासस)काठमाडौँ, १२ भदौ : बहुप्रतीक्षित विद्युत् विधेयक– २०८० लाई सरकारले सङ्घीय संसद्मा पेश गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को आजको बैठकले सो विधेयकलाई पारित गरी सङ्घीय संसद्मा पेश गर्ने निर्णय गरेको हो । ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतका अनुसार सो विधेयक आजको बैठकले पारित गर्दै सङ्घीय संसद्मा पेश गर्न ऊर्जा मन्त्रालयलाई अनुमति प्रदान गरेको छ । लामो समयदेखि सो विधेयकको माग हुँदै आएको थियो । निजी क्षेत्रका ऊर्जा उद्यमीले समेत तत्काल नयाँ कानून ल्याउन सरकारसमक्ष आग्रह गर्दै आएका थिए । सरकारले यसअघि अघिल्लो संसद्मा नै सो विधेयक पेस गरेको थियो । सङ्घीय संसद्को कार्यकाल सकिएका कारण…
काठमाडौँ: राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले गौहत्याको विरुद्धमा आज सरकारलाई ज्ञापन पत्र बुझाउने भएको छ । राप्रपाले गौहत्याको विरोध, दोषीलाई कारबाही एवं विद्यमान कानुनको पालनाका लागि देशका ७७ वटै जिल्ला प्रशासन कार्यालय मार्फत प्रधानमन्त्री र नेपाल सरकारलाई ज्ञापनपत्र बुझाउने कार्यक्रम रहेको प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले जानकारी दिए । उनका अनुसार देशैभरी दिउसो प्रमुख जिल्ला अधिकारीमार्फत सो ज्ञापन पत्र बुझाइने छ ।
काठमाडौँ: संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक संसद भवन नयाँबानेश्वरमा बिहान ११ बजेका लागि बोलाइएको छ । संघीय संसद सचिवालयका अनुसार आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग प्रश्नोत्तर कार्यक्रमको कार्यसूची रहेको छ । यस्तै, कानुन न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले केही नेपाल ऐनलाई संसोधन गर्न बनेको विधेयक २०८० माथि विचार गरियोस भन्ने प्रस्ताव पेश गर्ने कार्यसूची छ
काठमाडौँ : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गिरीबन्धु टि स्टेट, वाइडबडी, यती होल्डिङ्स र ओम्नी जस्ता ठूला भ्रष्टाचार प्रकरणमा छानबिन गर्न सरकारलाई चुनौती दिएका छन् । एमालेबाट निर्वाचित काठमाडौंका जनप्रतिनिधिहरुलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले सरकारलाई यस विषयमा पहिलेदेखि नै छानबिन गर भन्दै आएको तर सरकारले नै छानबिन नगरेको बताएका थिए । ‘के यती होल्डिङ्स, यती होल्डिङ्स कराइराखेका छन् । छानबिन गरे भइहाल्यो नि ! वाइडबडी छानबिन गरेर आफैं जेल गए भइहाल्यो नि !,’ ओलीले भने, ‘अस्तिसम्म ललिता निवास-ललिता निवास भन्दै थिए । अहिले कस्तो भागेरे भाग छ । अहिले चिया बगान भनिएको छ । गर न छानबिन ।’ बिना…
काठमाडौँ: पूर्वप्रधानमन्त्री झलनाथ खनालले अमेरिकी आर्थिक सहयोग परियोजना (एमसीसी) पछि अब फेरि एसपीपी सम्झौताको तयारी भइरहेको बताएका छन् । सोमबार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै नेता खनालले एसपीपीको सबै ड्राफ्ट तयार भइसकेको र एसपीपी पास भइसकेपछि नेपालका पर्वतमा अमेरिकी सेना नाच्ने दाबी गरे । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेतासमेत रहेका उनले एमसीसी सम्झौता, इमानदारीपूर्वक, देशको हितमा गरिएको थियो भने किन दस्ताबेजहरू लुकाएको भन्दै प्रश्न गरे । उनले भने, ‘एमसीसी सम्झौता, इमानदारीपूर्वक, देशको हितमा गरिएको थियो, राष्ट्रको हितमा गरिएको थियो भने दस्ताबेजहरू लुकाउनुपर्ने के जरुरत थियो त्यहाँ ? के कारणले लुकाइयो ? दालमा कालो छ भन्ने कुरा त्यहीँबाट थाहा…
काठमाडौँ: अरुण काबेली पावर कम्पनी लिमिटेडले आज सोमबारदेखि हकप्रद सेयर निष्काशन गरेको छ । कम्पनीले चुक्ता पूँजी १ अर्ब ८५ करोड ५२ लाख १० हजार ५ सय रुपैयाँको १०० प्रतिशत अर्थात् शत प्रतिशत सेयर निष्काशन गरेको हो । कम्पनीले प्रतिसेयर १०० रुपैयाँ अंकित मूल्यका १ करोड ८५ लाख ५२ हजार १०५ कित्ता हकप्रद सेयर निष्काशन गर्नेछ। कम्पनीको हकप्रद सेयरमा आज भदै १० गतेदेखि भदौ ३१ गतेसम्म आवेदन दिन सकिनेछ। हकप्रद सेयर निष्काशन प्रयोजनार्थ कम्पनीले असार २५ गते बुकक्लोज गरेको थियो। जस अनुसार असार २४ गतेसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरु मात्र उक्त सेयरका लागि आवेदन दिन सक्नेछन्। लगानीकर्ताले नबिल इन्भेष्टमेन्ट,…
काठमाडौँ: सर्वोच्च अदालतमा आजदेखि अटोमेसन प्रणालीद्वारा पेशी तोक्न सुरू गरिने भएको छ। आज प्रधानन्यायाधीश विश्वम्भर श्रेष्ठले अटोमेसनद्वारा पेशी तोक्ने व्यवस्थाको उद्घाटन गर्ने सर्वोच्च अदालका प्रवक्ता विमल पौडेलले बताए। ‘आजदेखि सर्वोच्च अदालतको पेशी अटोमेसनबाट तोकिने भएको छ। प्रधानन्यायाधीशज्यूले अटोमेसन प्रणालीको उद्घाटन गर्ने कार्यक्रम छ,’ उनले भने। आजसम्म गोला प्रणालीबाट सर्वोच्च अदालतमा विचाराधीन मुद्दाको पेशी तोक्ने गरिन्थ्यो। अब भने डिजिटल सिस्टमले नै मुद्दाको पेशी सूची तोक्ने छ। प्रधानन्यायाधीश र मुख्य न्यायाधीशले तोक्दै आएको पेशी झण्डै २ वर्षअघि गोलाप्रथाबाट तोकिने व्यवस्था गरिएको थियो। अदालतको पेशी व्यवस्थापनलाई पारदर्शी बनाउन अटोमेसनबाट पेशी तोक्न लागिएको सर्वोच्च अदालतले जनाएको छ।
काठमाडौँ: अर्थ मन्त्री डा. प्रकाश शरण महतले क्यानाडाको भ्यानकुभरस्थित नेपाली समुदायलाई विदेशमा सिकेको सीप, प्रविधि, अनुभव र पूँजीलाई नेपालको विकासमा लगाउन आग्रह गरेका छन् । क्यानाडाको भ्यानकुभरमा रहेका नेपाली समुदायसँग छलफल गर्दै अर्थमन्त्री महतले यस्तो आग्रह गरेका हुन । नेपालमा लगानीमैत्री वातावरण निर्माण हुँदै गएको बताउदै अर्थमन्त्री महातले उर्जा, पर्यटन, सूचना प्रविधि एवं कृषि उद्यम लगायतका क्षेत्र लगानीका लागि आकर्षक रहेको दावी गरे । यसैगरी नेपालमा विशेषज्ञ जनशक्तिको अभाव पुरा गर्न नेपाली डायसपोरालाई मद्दत गर्न मन्त्री महतले आग्रह गरे । यसैक्रममा उनले नेपाली समुदायले उच्च शिक्षाका लागि क्यानाडा आउने विद्यार्थीहरू पर्याप्त सूचना विना आउने गरेको र विभिन्न समस्यामा परेको जानकारी…
काठमाडौं: नेपालको विद्युत् प्रसारण प्रणालीमा बिगत नौ वर्षमा तीन हजार एक सय १८ किलोमिटर सर्किट प्रसारण लाइन थपिएको छ ।लोडसेडिङको अन्त्यपछि विद्युतीकरण र उपभोक्तालाई पर्याप्त, भरपर्दो, गुणस्तरीय तथा सुरक्षित विद्युत् आपूर्तिलाई उच्च प्राथमिकतामा राखी काम गरिरहेको प्राधिकरणले प्रसारण र वितरणतर्फका पूर्वाधार संरचनाहरुको विस्तार र सुधारलाई व्यापक रुपमा अगाडि बढाएको छ ।प्राधिकरणले प्रसारण र आयोजना व्यवस्थापन निर्देशनालयमार्फत प्रसारण लाइन तथा सबस्टेसन आयोजनाहहरुको निर्माण गरिरहेको छ । विद्युत्गृहहरुबाट उत्पादित विद्युत् ग्राहकको घरसम्म पुर्याउन प्रसारण तथा वितरण लाइन र सबस्टेसनहरुको आवश्यकता पर्दछ ।विगत नौ वर्षमा ग्रिड सबस्टेसनहरुको क्षमता ८ हजार ८ सय ६७ एमभिए पुगेको छ । नौ वर्षअघि अर्थात आर्थिक वर्ष (आव)…
