Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- यो कार्कीमाथिको कारवाही होइन जिम्मेवारी हेरफेर मात्रै हो: मन्त्री पोखरेल
- अन्तत: कार्कीलाई हटाएर केसी प्रहरीको महानिरीक्षक नियुक्त
- पहिलो पटक ‘कुकुर तिहार’ रिल प्रतियोगिता
- राष्ट्रिय गौरवका सिँचाइ आयोजनाबाट नयाँ खेतमा पानी
- बैंककमा ऊर्जामन्त्री श्रेष्ठको सम्बोधन: ‘हाम्रा हिमाल जोगाउन विश्वले सहकार्य गरोस्’
- लुम्बिनी केबलकारमा भारतीय पर्यटक २४ प्रतिशतले बढे : पाँचतारे होटेल र क्यासिनो निर्माण अन्तिम चरणमा
- कात्तिक १५ देखि नागढुंगा सुरुङमार्ग प्रयोगमा टोल शुल्क लाग्ने
- मोरङको केरौन १३२ केभी सबस्टेसन निर्माण सम्पन्न, विद्युत् आपूर्ति भरपर्दो हुने, चुहावट घट्ने
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
काठमाडौँ: प्रधानमन्त्री पुष्पकमल दाहालले लाल आयोगको प्रतिवेदन सार्वजनिक हुनुपर्छ भन्ने पक्षमा आफू रहेको बताएका छन्। आइतबार १७औं राष्ट्रिय सूचना दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताएका हुन्। प्रधानमन्त्री दाहालले लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्नबाट रोक्न आयोगका सचिव फेरेको भ्रम फैलाइएको भन्दै आफूले सचिव नफेरिको पनि स्पष्ट पारे। ‘म दोस्रो पटक प्रधानमन्त्री हुँदा सूचनाको हक सम्बन्धी र सूचना आायेगसम्बन्धी मैले के गरेँ? वर्गीकरण सम्बन्धी कुरामा मैले के गरेँ? लाल आयोगको प्रतिवदन सम्बन्धी कुरा उठेको छ, र अर्को सचिव झिकेको कुरा छ,,’ प्रधानमन्त्री प्रचण्डले भने, ‘म त्यस खालका प्रतिवेदन सार्वजनिक हुनुपर्छ भन्ने पक्षमा म शुरुदेखि नै छु र यो मेरो…
काठमाडौँ: प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बोलाएको सर्वदलीय बैठकमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली अनुपस्थित भएका छन् । बैठकमा अध्यक्ष ओली नगए पनि एमालेका तर्फबाट उपाध्यक्ष तथा संसदीय दलका उपनेता सुवास नेम्वाङ र प्रमुख सचेतक पदम गिरी सहभागी भएका छन् । ओली कार्यव्यस्तताका कारण अनु्पस्थित भएको एमाले नेताहरुले बताएका छन् । बैठकमा कांग्रेसका सभापति शेरबहादुर देउवा, उपसभापति समेत रहेका पूर्णबहादुर खड्का सहभागी छन् । त्यसैगरी माओवादी केन्द्रबाट अध्यक्ष समेत रहेका प्रचण्डसहित वरिष्ठ उपाध्यक्ष समेत रहेका उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र प्रमुख सचेतक हितराज पाण्डे सहभागी छन् । त्यसैगरी रास्वपाका अध्यक्ष रवि लामिछाने र सन्तोष परियार, राप्रपाका राजेन्द्र लिङदेन तथा…
रसुवा: रसुवामा २ किलो सुनसहित एक जना पैदलयात्री पक्राउ परेका छन्। टिमुरेबाट हिँडेर स्याफ्रुबेँसी आइरहेका २४ वर्षीय सुदीप शेर्पा बिस्कुटको आकार बनाइएको सुनसहित पक्राउ परेका रसुवाका प्रहरी प्रमुख डिएसपी ज्योतिराम केसीले बताएका छन् । स्याफ्रुवेशीबाट गएको नियमित प्रहरी चेकिङ टोलीले सुराक आएपछि उनलाई रोकेर खानतलासी गरेको थियो । शेर्पाले सेतो रङको टिसर्टभित्र लगाएको कालो चेस्टगार्डमा सुन राखेर ल्याएका थिए। सिन्धुपाल्चोक भोटेकोशी गाउँपालिका-५ पोखरीका शेर्पाले सोधपुछका क्रम उक्त सुन सिन्धुपाल्चोक भोटेकोशी गाउँपालिका-१ घर भई अहिले रसुवाको गोसाइकुण्ड गाउँपालिका-२ टिमुरे बस्ने फुसाङ्वु शेर्पाले आफूलाई दिएको बताएका थिए। प्रहरीले केही समयपछि फुसाङ्वुलाई पनि पक्राउ गरेको थियो। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ…
काठमाडौँ: संसद्को अवरोध खुलाउने विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज (आइतबार) राष्ट्रिय मान्यता प्राप्त दलहरूसँग छलफल गर्दै छन्। संसद् बैठक सञ्चालनबारे प्रधानमन्त्रीले राष्ट्रिय दलका शीर्षसहितका नेतासँग छलफल गर्न लागेका हुन्। प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यका अनुसार बैठक सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा अहिले दिउँसो १२ बजेपछि बस्ने तयारी छ। आजै दिउँसो १ बजे प्रतिनिधिसभाको बैठक पनि बस्दै छ। संसदको गतिरोध अन्त्य गरेर नियमित प्रक्रियामा लैजान प्रधानमन्त्रीले शुक्रबार सभामुख देवराज घिमिरेसँग छलफल गरेका थिए। साउन १० यता नेकपा एमालेको लगातारको अवरोधले संसद् नियमित प्रक्रियामा प्रवेश नै हुन पाएको छैन। संसद् नचलेकै कारण केही विधेयक रोकिएका छन्।
काठमाडौंमा आज बिहान बसले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु भएको छ। काठमाडौं प्रहरी परिसरका अ नुसार काठमाडौं महानगरपालिका वडा नम्बर १५ अन्नपूर्ण चोकस्थित मूल सडकखण्डमा आज बिहान साढे ७ बजे बालाजुबाट कलंकीतर्फ आउँदै गरेको ना ५ ख ५०९२ नम्बरको बसले विपरीत दिशा जाँदै गरेको बागमती प्रदेश ०२–०३७ प ०७५५ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हो। दुर्घटनामा सिन्धुपाल्चोक साँगाचोकगडी नगरपालिका घर हुने अन्दाजी ३२ वर्षीया अनिता थापा र नामथर वतन नखुलेको अन्दाजी ३२ वर्षका पुरुषको मृत्यु भएको परिसरका प्रवक्ता एसपी कुमोद ढुंगेलले जानकारी दिए। दुर्घटनामा परी गम्भीर घाइते अवस्थामा त्रिवि शिक्षण अस्पताल लगिएका उनीहरूको मृत्यु भएको प्रहरीले जनाएको छ। दुर्घटनामा नामथर…
काठमाडौँ: प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सूचनाको हकसम्बन्धी कानुन निर्माण भएको १६ वर्ष पूरा भएपनि नागरिकले यसको व्यापक प्रयोग गर्न नपाएको बताएका छन्। १७ औं राष्ट्रिय सूचना दिवसका अवसरमा शुभकामना व्यक्त गर्दै प्रधानमन्त्री प्रचण्डले लोकतान्त्रिक व्यवस्थामा सूचनाको अधिकार सुनिश्चित गरिनुको अर्थ हरेक सार्वजनिक निकायका काम कारबाहीमा नागरिकको निगरानी, हस्तक्षेप र खबरदारी बढाउनु भएपनि त्यसो हुन नसकेको बताएका हुन्। ‘यति लामो समय हुँदा पनि नागरिकले जुन रूपमा यो अधिकारको व्यापक प्रयोग गर्नुपर्ने हो त्यसो हुन सकिरहेको छैन,’ शुभकामना सन्देशमा प्रधानमन्त्रीले भनेका छन्। वास्तविक लोकतन्त्रको अभ्यास गर्नेहरूले सूचना नलुकाउने बरु कोही माग्न नआए पनि कानून बमोजिम गोप्य राख्नैपर्ने सूचनाबाहेक सबै प्रकारका सार्वजनिक सूचना…
काठमाडौँ: प्रतिनिधि सभाको बैठक आज (आइतबार) बस्दैछ। संघीय संसद भवन नयाँ बानेश्वरमा दिउँसो १ बजे बस्नेगरी बैठक तय भएको संसद सचिवालयले जनाएको छ। पछिल्लोपटक गएको साउन २९ बसेर स्थागित भएको बैठक आज पुनः बस्न लागेको हो। २९ साउनमा बसेको संसद बैठक प्रमुख प्रतिपक्षी दल एमालेको अवरोधपछि कार्यसूचीमा प्रवेशै नगरी बैठक स्थगित भएको थियो। त्रिभुवन विमानस्थलबाट बाहिरिएपछि बरामद भएको ६१ किलो सुन प्रकरणको अनुसन्धान गर्न एमालेले उच्चस्तरीय छानबिन समिति बनाउनुपर्ने माग गर्दै आएको छ। सोही माग लाई आधार बनाएर एमालेले झण्डै एक महिनादेखि लगातार संसद बैठक अवरुद्ध गर्दै आएको छ। एमालेको विरोधको कारण गएको साउन १० गतेदेखि लगातार संसद बैठक कार्यसूचीमा…
काठमाडौँ: नेकपा (एकीकृत समाजवादी)को पोलिटब्युरो बैठक आज बस्दै छ । पार्टी केन्द्रीय कार्यालयमा आज दिउँसो बस्ने सो बैठकमा पार्टीको आसन्न केन्द्रीय कमिटी बैठकका लागि कार्यसूची तय गर्नेलगायत विभिन्न विषयमा छलफल हुनेछ । महासचिव घनश्याम भुसालले बैठकमा पार्टीले अवलम्बन गर्ने वैचारिक दृष्टिकोण, जनताको बहुदलीय जनवादको सान्दर्भिकता, पार्टीको संरचना र सामर्थ्य विस्तारका लागि आवश्यक रणनीति, सङ्गठन विस्तार तथा पार्टी आधारभूत तहसम्म स्थापित गर्न आवश्यक कार्ययोजना, समसामयिक परिस्थिति र राजनीतिक प्रतिवेदनलगायत विविध विषयमा छलफल हुने जानकारी दिए ।
काठमाडौँ: आज काठमाडौंका ८ स्थानमा विद्युत् आपूर्ति अवरूद्ध हुने विद्युत प्राधिकरणले जानकारी दिएको छ। लप्सीफेदी तथा चाँगुनारायण सबस्टेसन निर्माण आयोजनाअन्तर्गत टेकु सबस्टेसनमा चार्जको काम भइरहेकाले काठमाडौंका विभिन्न ८ स्थानमा बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म विद्युत् आपूर्तिमा अवरोध आउने भएको हो। टेकु स्युचाटार ६६ केभी. लाइन १३२ केभीमा चार्ज गर्नेगरी कार्य भइरहेको अहिलेको १३२ के.भी. मुख्य बसवार विस्तार गरी नयाँ निर्माण गरिएको १३२ केभी वेमा जडान गर्नुपर्ने भएकाले स्युचाटार सवस्टेसनबाट आपूर्ति भइरहेको फिडरहरूमा विद्युत सेवा अवरूद्ध प्राधिकरणले जानकारी दिएकोछ । बाफल, बुडाथोकी कोल्डस्टोर, सिविल होम्स तथा अलकत्रा, सरनपुर, थापाचोक, स्वाइट गुम्बा, सिंगल ट्री इचंगुनारायण मन्दिर क्षेत्रमा विद्युत् अवरूद्ध हुने छ।…
काठमाडौँ: जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थान भन्दा उत्तरतिर र पूर्वतर्फ सरदर स्थान भन्दा दक्षिणतिर रहेको जनाएको छ। भारतको उत्तर पश्चिम बंगाल आसपासमा न्यून चापीय क्षेत्र रहेको छ। महाशाखाका अनुसार हाल सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रही बाँकी प्रदेशहरूमा आंशिकदेखि सामान्य बदली रहेको छ। बागमती प्रदेशका थोरै स्थान तथा कोशी, मधेश र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा हल्का वर्षा भइरहेको छ। आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। देशको पहाडी भूभागका केही स्थानमा र बाँकी भूभागका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। राती भने देशभर आंशिकदेखि सामान्य…
