Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

काठमाडौँ: सत्तारूढ गठबन्धन सरकारलाई पूर्णता दिने अन्तिम तयारीमा जुटेका छन् । नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी (जसपा)ले मन्त्रिपरिषद् विस्तारका लागि आज पनि छलफलमा जुट्ने भएका छन् । हिजो बिहीबार पनि विभिन्न चरणमा छलफल गरेका गठबन्धनका नेताहरुले आज पनि छलफललाई निरन्तरता दिने भएका हुने । हिजो दुई भिन्नाभिन्नै बैठक गरेका नेतहरूले आजको बैठकबाट सरकारमा सहभागी हुने मन्त्रीको नामावली टुंग्याउने समझदारी गरेका छन् । नेकपा एकीकृत समाजवादीका नेता मेटमणि चौधरीका अनुसार हिजोको छलफलका आधारमा आज सरकारलाई पूर्णता दिन सत्तारुढ गठबन्धनको बैठक केन्द्रित हुनेछ ।

Read More

काठमाडौँ: नेपाल भित्रिएको प्रत्यक्ष बैदेशिक लगानी मध्ये एक खर्ब ११ अर्ब १७ करोड रुपैयाँ औद्योगिक क्षेत्रमा रहेको छ । यो रकम नेपालमा भित्रिएको कुल वैदेशिक लगानीको ५६ प्रतिशत हो । नेपाल राष्ट्र बैंकका अनुसार आर्थिक वर्ष २०७६/०७७ मा कुल १९८ अर्ब ५२ करोड रुपैयाँ प्रत्यक्ष वैदेशिक लगानी कायम छ । यो लगानीबाट सो आर्थिक वर्षमा विभिन्न वैदेशिक लगानीकर्ताले १२ अर्ब ९० करोड रुपैयाँ लाभांश फिर्ता लगेका छन् । केन्द्रीय बैंकले आर्थिक वर्ष २०७६/७७ मा नेपालमा प्रत्यक्ष वैदेशिक लगानीमा सञ्चालित कम्पनीहरूमध्ये कुल १९८ वटा कम्पनीलाई नमूनाको रुपमा लिएर गरेको अध्ययन अनुसार आर्थिक वर्ष २०७६/७७ को अन्त्यसम्ममा कुल प्रत्यक्ष वैदेशिक लगानीको मौज्दात…

Read More

काठमाडौँ: नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सत्तारुढ दलहरुबीचको सहमतिमा मात्रै एमसीसीलाई अघि बढाउन सकिने धारणा राखेका छन् । पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष नेपालले एमसीसीका उपाध्यक्ष फातिमा सुमार नेतृत्वको टोलीसँग बिहीबार सिंहदरबारमा भएको भेटमा सत्तारुढ दलहरुबीच सहमति गरेर मात्रै सो सम्झौतालाई अघि बढाउन सकिने पार्टी अडान रहेको जानकारी गराएका हुन् । त्यसक्रममा उनले नेपाली जनतालाई कन्भिन्स गराएर मात्रै सो सम्झौता अघि बढाउनुपर्ने अवस्था रहेको रहेको पनि बताए । फातिमाले एमसीसी कुनै सैन्य रणनीति अन्तरगतको कार्यक्रम नभएको भन्दै अध्यक्ष नेपाललाई आश्वस्त बनाउन खोजेकी थिइन् । यता अध्यक्ष नेपालले भने एमसीसीबारे भ्रमपूर्ण सन्देश दिने काम स्वयम् अमेरिका सरकारबाट भएको पनि बताएको…

Read More

काठमाडौँ, २४ भदौ (रासस) : “माइतबाट लिन आउँदा खुशी भइन्थ्यो, पिँजडाको चरी फुत्केसरी भइन्थ्यो” विवि अनुरागीको संगीत र पवित्रा रसाइलीको स्वरमा यो गीतले भनेझैँ तीज पर्व वर्षभरि सासु, सुसुरा, पति, नन्द, आमाजुका खटनमा गर्नुपर्ने कामका बोझहरुलाई थपक्कै बिसाएर स्वतन्त्र भइ माइती जान पाइने अवस्थालाई सम्झाएको छ । यसरी माइती गएपछि आफ्ना साथी संगीहरुसँग रमाइलो गर्ने त छँदैछ । विवाहपछि बुहारीले कर्म घरबाट भोगेका पीडा, नमिठा पलहरुलाई गीतमार्फत निर्धक्क अभिव्यक्ति दिएर गाउने अर्थात् पीडा बिर्र्साएर खुशी हुने पर्व हो तीज । यो पर्वमा महिलाले व्यक्तिगत आफ्ना पीडालाई गीतमा ढालेर प्रस्तुत गर्दछन् । आफूलाई खुशी एवं स्वतन्त्र भएको महसुस गर्दछन् । आफूलाई…

Read More

काठमाडौँ: महिला राष्ट्रिय फुटबल टोलीले स्वदेशमा पहिलो अन्तर्राष्ट्रिय फुटबल खेलेको पाँच वर्ष भयो। सन् २०१६ मा मलेसियाको राष्ट्रिय टोलीविरुद्ध सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा खेलेको थियो। त्यसपछि दक्षिण एसियाका दुई प्रतियोगिता साफ च्याम्पियनसिप र १३औँ दक्षिण एसियाली खेलकुद (साग) नेपालले आयोजना गर्यो। दुवै प्रतियोगितामा नेपाली टोली फाइनल पुगेको थियो। तर ती दुवै प्रतियोगिता काठमाडौंबाहिर भएका थिए। महिला फुटबलले अन्तर्राष्ट्रिय फुटबल खेलेको लामो समय भइसक्दा पनि देशकै एकमात्र अन्तर्राष्ट्रिय मापदण्ड पूरा भएको भनिएको दशरथ रंगशालामा महिला टोलीले खेल्ने अवसर जुरेको थिएन। यसपटक भने त्यो अवसर जुरेको छ। महिला सिनियर टोलीले बिहीबार बंगलादेशविरुद्ध मैत्रीपूर्ण खेल खेल्दै दशरथ रंगशालामा डेब्यु गर्नेछ। सन् २०१९ को…

Read More

काठमाडौँ: नेकपा एमालेका नेता भीम रावलले नेपाल सरकारले जनतालाई झुक्याएर एमसीसी संसदबाट अनुमोदन गराउने षड्यन्त्र गरिरहेको आरोप लगाएका छन्। सरकारले एमसीसीलाई र एमसीसीले अर्थमन्त्रीलाई पठाएका पत्र पढ्दा षड्यन्त्र दुवैतर्फबाट जनता झुक्याउने षड्यन्त्र पाइएको दाबी रावलले गरेका छन्। दुवै तर्फका पत्रमा एमसीसीमा रहेका राष्ट्रलाई हानि हुने बुँदा संशोधन गर्ने उल्लेख नरहेको पूर्व गृहमन्त्रीसमेत रहेका एमाले नेता रावलको टिप्पणी छ। ‘नेपाल सरकारले एमसीसीलाई र एमसीसीले अर्थमन्त्रीलाई पठाएका पत्रहरू पढियो। यी दुवे पत्रहरू जनतालाई झुक्याएर सम्झौता संसदबाट अनुमोदन गराउने षडयन्त्रकै उपज हुन्,’ उनले सामाजिक सञ्जालमार्फत बुधबार राति भनेका छन्, ‘यी दुवै पत्रले नेपालको सार्वभौमिकता, स्वाधीनता, सुरक्षा, हित, संविधान र कानुनविपरीत सम्झौतामा रहेका…

Read More

काठमाडौँ: नेपालको राजनीति र साहित्यमा महत्वपूर्ण योगदान दिनुभएका प्रथम जननिर्वाचित प्रधानमन्त्री बिपी कोइरालाको १०८औँ जन्मजयन्ती विभिन्न कार्यक्रम गरी आज देशभर मनाइँदैछ । नेपालमा प्रजातन्त्रको स्थापना एवं पुनःस्थापनाका लागि कठोर सङ्घर्ष गरेका कोइरालाको विसं १९७१ भदौ २४ गते जन्म भएको थियो । जहानियाँ राणा शासनको विरोधमा उहाँका पिता कृष्णप्रसाद कोइरालाले गरिब किसानले पहिरेको कपडा राणा प्रधानमन्त्री चन्द्रशम्शेरलाई पार्सल गरी पठाएपछि कोइराला परिवार भारत निर्वासनमा जानुपरेको थियो । निर्वासनमै बिपीले भारतको स्वतन्त्रता सङ्ग्राममा भाग लिनुभयो । भारत स्वतन्त्र भएपछि नेपालमा प्रजातन्त्र स्थापनाका लागि सहज हुन्छ भन्ने सोचले उनी त्यो आन्दोलनमा सक्रिय भएका थिए । भारत निर्वासनकै क्रममा जहानियाँ राणा शासनको अन्त गर्न…

Read More

काठमाडौँ: प्रधानमन्त्री शेरबहादुर देउवाले सामाजिक सद्भावसहितको सांस्कृतिक पर्व हरितालिका तीजका अवसरमा सम्पूर्ण दिदीबहिनीहरूमा सुस्वास्थ्य र दीर्घायुको शुभकामना व्यक्त गरेका छन् । उनले शुभकामना सन्देशमार्फत तीजले नेपाली समाजमा विद्यमान लैङ्गिक जातीय वर्गीय विभेद र सबै किसिमका असमानता अन्त्य गर्दै सामाजिक सद्भाव, सहिष्णुता र मेलमिलाप बढाई समुन्नत समाजको निर्माणमा अभिवृद्धि गर्न उत्प्रेरित गरोस् भन्ने शुभकामना दिएका छन् । भाद्र शुक्ल पक्ष तृतीयाका दिन पर्ने हरितालिका तीज भगवान् शिव पार्वतीको पूजा आराधना गर्दै पारिवारिक सुस्वास्थ्य र दीर्घायुको कामना एवं विश्वासका साथ मनाउने गरिन्छ । कोभिड–१९ को कारण हर्षोल्लासपूर्वक पारिवारिक जमघट साथ मनाउन नपाए पनि महामारीको यस अवस्थामा स्वास्थ्य मापदण्ड…

Read More

काठमाडौँ: सरकारले दार्चुलाको कालापानी, लिपुलेक र लिम्पियाधुरासहितको जनगणना गर्ने भएको छ । गत वर्षको जेठमा चुच्चे नक्सा जारी गरेपछि राष्ट्रिय जनगणनामा समावेश हुने नहुनेमा आशंका थियो । केन्द्रीय तथ्यांक विभागले कोभिड–१९ महामारीका कारण रोकिएको राष्ट्रिय जनगणना २०७८ भदौ ३० बाट पुनः सञ्चालन गर्ने निश्चित गरेपछि महानिर्देशक नेबललाल श्रेष्ठले भने, ‘स्थानीय तह र सरकारले वातावरण मिल्यो भने भौतिक उपस्थितिमा नै जनगणना गरिनेछ, नभए स्याटलाइट प्रविधिबाट भए पनि जनगणना गरिनेछ । विभागका महानिर्देशक श्रेष्ठले सो भूभागमा जनगणना गर्नु संवेदनशील रहेकाले विभाग एक्लैले गणना गर्न भने सक्दैन । ‘यो एकदमै संवेदनशील विषय हो । तथ्यांक विभाग मात्रै गएर त्यहाँ जनगणना गर्न सक्ने अवस्था…

Read More

काठमाडौँ: अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) को डिपार्टमेन्ट अफ कम्प्याक्ट अपरेसन्सकी उपाध्यक्ष फातेमा जे सुमार र नायव उपाध्यक्ष जोनाथन ब्रुक्स आज काठमाडौँ आउँदै छन्। ​ फतेमाको टोली नेपालको चारदिने भ्रमणका लागि आज विहान ९ बजेर १० मिनेटमा कतार एयरको विमानबाट काठमाडौं ओर्लदैछ । सुमारले हस्ताक्षर गरेको जवाफी पत्र सार्वजनिक भएको भोलिपल्ट उनी एमसीसीबारे छलफल गर्न आउन लागेकी हुन् । नेपाल सरकारले हालै सो परियोजनालाई सोधेका सबै प्रश्नको जवाफ दिँदै सुमारले अर्थमन्त्री जनार्दन शर्मालाई सम्बोधन गरेर जवाफ दिएकी छन् । उनले मन्त्री शर्मालाई पत्र लेख्दै एमसीसीभित्र कुनै लुकेको एजेन्डा नभएको स्पष्ट गर्दै यसबारेमा नेपालमा गलत हल्ला मात्र फैलाइएको…

Read More