Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

काठमाडौँ: डडेल्धुरास्थित डडेल्धुरा अस्पतालको आइसोलेसन वार्डमा कोराना भाइरसको आशंकामा भर्ना भएका दुईजना भागेका छन् । शनिबार अपरान्ह उनीहरु अस्पतालबाट भागेका हुन् । अस्पतालकाअनुसार भाग्नेमा करिब ४० वर्षीया महिला र १९ वर्षीय पुरुष छन् । कोभिड-१९ को आशंकामा चैत २५ गते उनीहरु अस्पतालमा भर्ना भएका थिए । दुवै जनामा ज्वरो र सुख्खा खोकी पाइएपछि कोरोना संक्रमणको आशंकामा सोही दिन स्वाब परीक्षणका लागि नमूना संकलन गरेको अस्पतालले जनाएको छ । चैत २६ गते परीक्षणका लागि अस्पतालले दुवै जनाको स्वाब काठमाडौं पठाएको थियो ।अस्पतालले दिएको जानकारी अनुसार ७ जनाको स्वाब परीक्षणका लागि काठमाडौं पठाइएको भएपनि उनीहरुको मात्र रिपोर्ट आउन बाँकी छ ।…

Read More

काठमाडौँ: विश्व बैंकले कोरोना संकटका कारण नेपाली अर्थतन्त्रमा नराम्रो धक्का पुग्ने प्रक्षेपण गर्दै त्यसले आर्थिक वृद्धिदरमा समेत उच्च गिरावट आउने आँकलन गरेको छ । आइतबार दक्षिण एसियाली क्षेत्रको आर्थिक अवस्थाबारे एक रिर्पोट सार्वजनिक गर्दै विश्वबैंकले आर्थिक वृद्धिदरमा उच्च गिरावट आउने प्रक्षेपण गरेको हो । सन् २०२० मा परेको असर न्यूनीकरणमा बढी ध्यान दिनुपर्ने भएकाले यसले आगामी दुई आर्थिक वर्षको आर्थिक वृद्धिदरमा समेत असर पुग्न जाने विश्व बैंकले उल्लेख गरेको छ । यसअघि एसियाली विकास बैंकले नेपालको आर्थिक वृद्धिदर ४.३ देखि ५.३ प्रतिशतको बीचमा रहने प्रक्षेपण गरेको थियो । दुई बहुराष्ट्रिय निकायको अनुमानमा भने ठूलो अन्तर देखिएको छ । यद्दपि कोरोनाले…

Read More

काठमाडौँ: आइतबार बैंकका शाखा कार्यालयहरु सबै खुला भएका छन् । तेस्रो त्रैयमासको अन्तिम दिन भएका कारण बैंकहरुले सबै शाखा कार्यालयहरु खुला राखेका हुन् । लकडाउनका बेला बैंकहरुले सेवा सुचारु नै राखे पनि सबै शाखा कार्यालयहरु भने खुला राखेका थिएनन् । कहिले कुन शाखाबाट त कहिले कुन शाखाबाट सेवा दिइरहेका बैंकहरुले आइतबार भने सबै शाखा कार्यालयहरु खुला राखेर काम गरेको नेपाल बैंकर्स संघका कार्यकारी निर्देशक अनिल शर्माले जानकारी दिए । कोरोना भाइरस (कोभिड–१९) का कारण अप्ठेरोमा परेको भन्दै चैतमा तिर्नु पर्ने ऋण असारमा तिरे हुने गरी नेपाल राष्ट्र बैंकले सहुलियत प्याकेज ल्याएको छ । चैतमै तिरेको अवस्थामा भने ऋणिले ब्याजमा…

Read More

वीरगञ्ज: पर्साको वीरगञ्जमा तीन जना भारतीय नागरिकमा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका एक अधिकारीका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा उनीहरुको नमुना परीक्षण गर्दा कोरोना संक्रमण पोजेटिभ देखिएको हो । वीरगञ्जबाट नमुना संकलन गरी हेटौंडास्थित प्रयोगशालामा परीक्षण गर्दा उनीहरुको रिपोर्ट पोजेटिभ आएको थियो । त्यसपछि पुनः जाँचका लागि राष्ट्रिय प्रयोगशालामा पठाइएको थियो । भारतबाट आएका २४ जनासहित ३३ जनाको नमुना संकलन गरी गत बिहीबार परीक्षणका लागि हेटौंडा प्रयोगशाला पठाइएको थियो । जसमध्ये तीन जनाको प्रारम्भिक रिपोर्ट मिश्रित खालको आएको र पुनः परीक्षणका लागि टेकु पठाइएको हेटौंडा स्थित प्रयोगशालाका प्रमुख नारायण कार्कीले जानकारी दिए । हेटौंडाको प्रयोगशालाले त्यो जानकारी…

Read More

काठमाडौँ: कानुन, न्याय तथा संसदीय मामिला मन्त्री डा. शिवमाया तुम्बाहाङ्फेले कोरोना भाइरस रोकथाम र उपचारका लागि छुट्टै संयन्त्र आवश्यक नरहेको सुझाव राजनीतिक दलका नेताहरुबाट प्राप्त भएको जनाउनुभएको छ । मन्त्री तुम्बाहाङ्फेले सङ्घीय संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरुबाट प्राप्त सो सुझाव रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिका संयोजक एवं उपप्रधानमन्त्री ईश्वर पोखरेललाई हस्तान्तरण गर्नुभएको छ । यही चैत २४ गतेको मन्त्रिपरिषद्को बैठकले राजनीतिक दलहरुसँग समन्वय गर्ने जिम्मा कानुन मन्त्रीलाई दिएको थियो । मन्त्री तुम्बाहाङ्फेले भन्नुभयो “जननिर्वाचित संसद रहेको अवस्थामा छुट्टै संयन्त्र आवश्यक छैन भन्ने राजनीतिक दलहरुको सुझाव रह्यो ।” राजनीतिक दलका नेताहरुले स्वास्थ्य सामग्री छिटो प्रक्रिया पु¥याएर ल्याउन…

Read More

चीनको वुहानबाट गत डिसेम्बरबाट शुरु भएको कोरोना भाइरस (कोभिड–१९) अहिलेसम्म आइपुग्दा विश्वका २०८ देशहरु नराम्रोसंग प्रभावित भइसकेका छन । पर्यटन, हवाई सेवा, उत्पादन, वैदेशिक रोजगारी, यातायात लगायत सबै क्षेत्रहरु ठप्प छन । नेपालमा पनि यसको प्रत्यक्ष असर परिरहेको सन्दर्भमा नेपाल सरकारले गत चैत ११ गतेदेखि बन्दाबन्दी अर्थात ‘लकडाउन’ घोषणा गरि हाल कार्यान्वयन कडा बनाउँदै लगेको सन्दर्भमा विभिन्न १७ वटा सेवालाई अत्यावश्यक सेवा घोषणा गरिएको र बैंकिङ क्षेत्र पनि यसै अन्तर्गत राखि न्यूनतम शाखा खोली अत्यावश्यक बैंकिङ सेवाहरु भने सुचारु गरिएका छन । बैंकिङ कर्मचारीहरु उच्च जोखिममा :  बैंकिङ कारोबार सुचारु गर्नुपर्दा बैंकहरुले पनि आवश्यक सतर्कता अपनाउन कोसिस त गरेका…

Read More

काठमाडौँ: शनिबारबाट कोरोना भाइरस (कोभिड-१९) को परीक्षण काठमाडौंको वीर अस्पतालबाट पनि सुरू भएको छ। स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले आजबाट अस्पतालमा परीक्षण सुरू भएको जानकारी दिए। उनले भोलिबाट टेकु अस्तपालबाट पनि कोरोना परीक्षण हुने बताए। योसँगै काठमाडौंमा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाहेक अन्य दुई ठाउँबाट कोरोना परीक्षण हुने भएको हो। शनिबार पनि नयाँ कोरोना संक्रमित थपिएको छैन। अहिलेसम्म ४ हजार ४ सय बढीको नमूना परीक्षण गरिएको प्रवक्ता देवकोटाले जानकारी दिए। गएको २४ घन्टामा मात्रै झन्डै ९ सय जनाको परीक्षण भएको छ। अहिले सरकारले कोरोना परीक्षणको दायरालाई बढाएको छ। यसअघि डेढ सयदेखि दुई सय परीक्षण गर्दै आएकोमा दैनिक झन्डै ८ सयको नमूना…

Read More

काठमाडौँ: प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरस (कोभिड- १९) महामारीविरुद्ध लड्न सरकारभन्दा भिन्न संयन्त्र आवश्यक नरहेको प्रष्ट पारेका छन् । सात प्रदेशका मुख्यमन्त्रीहरुसँग शुनिबार भएको भिडियो कन्फरेन्सका क्रममा प्रधानमन्त्री ओलीले सरकारले प्रभावकारी र सफल रूपमा काम गरिरहेको बताए । दुष्प्रचार गर्नेहरूबाट प्रभावित नहुन नहुने भन्दै उनले भने, ‘१५ दिन घरमा बस्दै बीचबीचमा निर्देशन दिएजस्तो गर्ने कुनै संयन्त्र आवश्यकता छैन ।’ विहान साढे ११ देखि पौने चार बजेसम्म सिंहदरबारस्थित एक्सन रूमबाट प्रधानमन्त्री ओलीले पालैपालो मुख्यमन्त्रीहरुसँग भिडियो कन्फरेन्स गरेका थिए । कुराकानीका क्रममा उनले लकडाउन त्काल अन्त्य नहुने समेत बताएका छन् । संक्रमण फैलिन नदिन सबै सचेत हुनु पर्ने भन्दै उनले…

Read More

काठमाडौं: कोरोनाविरुद्धको लडाइँलाई जित्नका लागि सरकारले लकडाउन गरेको छ । सोही क्रममा नागरिकलाई राहत दिने लक्ष्यका साथ सरकारले १५० यूनिटसम्म विद्युत् खपत गर्ने ग्राहकलाई २५ प्रतिशतसम्म महसुल छुट दिने निर्णय गरेको छ । यस्तै लकडाउनमा सञ्चालन हुने उद्योगलाई समेत ३० देखि ५० प्रतिशतसम्म महसुल छुट दिने निर्णय गरेको छ । यस्तै, यही विषम् अवस्थामा केही ठूला आयोजनासमेत सञ्चालन गर्ने निर्णय गरेको छ । यसै सन्दर्भमा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनसँग राष्ट्रिय समाचार समिति (रासस) ले विशेष अन्तर्वार्ता गरेको छ । राससका लागि सम्वाददाता रमेश लम्सालले मन्त्री पुनसँग गरेको अन्तर्वार्ताको सम्पादित अंशः सरकारले विशेषगरी विद्युत्को खपत बढाउने लक्ष्यका साथ महसुल…

Read More

काठमाडौँ: प्रधानमन्त्री केपी शर्मा ओलीका परराष्ट्र मामिला सल्लाहकार डा राजन भट्टराई मुटुमा समस्या देखिएपछि बाँसबारीस्थित शहीद गङ्गालाल राष्ट्रिय हृदयरोग केन्द्रमा उपचारार्थ भर्ना हुनुभएको छ । गएराति मुटुमा अचानक समस्या देखिएपछि उहाँलाई आज सो अस्पतालमा भर्ना गरिएको र स्वास्थ्य अवस्था सामान्य रहेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनुभयो । उहाँका अनुसार सल्लाहकार डा भट्टराईको कोरोनरी आर्टरीको प्राइमरी एन्जिओप्लास्टी गरिएको छ ।

Read More