Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- यो कार्कीमाथिको कारवाही होइन जिम्मेवारी हेरफेर मात्रै हो: मन्त्री पोखरेल
- अन्तत: कार्कीलाई हटाएर केसी प्रहरीको महानिरीक्षक नियुक्त
- पहिलो पटक ‘कुकुर तिहार’ रिल प्रतियोगिता
- राष्ट्रिय गौरवका सिँचाइ आयोजनाबाट नयाँ खेतमा पानी
- बैंककमा ऊर्जामन्त्री श्रेष्ठको सम्बोधन: ‘हाम्रा हिमाल जोगाउन विश्वले सहकार्य गरोस्’
- लुम्बिनी केबलकारमा भारतीय पर्यटक २४ प्रतिशतले बढे : पाँचतारे होटेल र क्यासिनो निर्माण अन्तिम चरणमा
- कात्तिक १५ देखि नागढुंगा सुरुङमार्ग प्रयोगमा टोल शुल्क लाग्ने
- मोरङको केरौन १३२ केभी सबस्टेसन निर्माण सम्पन्न, विद्युत् आपूर्ति भरपर्दो हुने, चुहावट घट्ने
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
काठमाडौं : पर्सि मंगलबार बिहानसम्मका लागि घोषणा गरिएको लकडाउन चैत २५ गतेसम्मका लागि थपिएको छ । आज आइतबार दिउँसो सिंहदरबारमा बसेको उपप्रधानमन्त्री ईश्वर पोखरेलको नेतृत्वमा रहेको कोरोना भाइरस रोकथाम उच्चस्तरीय समन्वय समितिले लक डाउनको अवधि ७ दिन थप्नुपर्ने निष्कर्ष निकाल्दै सरकारलाई सिफारिस गरेको हो । यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रका नाममा सम्बोधन गर्दै चैत ११ देखि १८ गतेसम्म लक डाउन घोषणा गरेका थिए । यसैगरी बैठकले लकडाउनका कारण प्रभावित भएका नागरिक तथा मजदुरहरूलाई राहत प्याकेज घोषणा गर्न पनि सरकारलाई सिफारिस गर्ने निर्णय गरेको छ । समितिले गरेका निर्णयहरू अनुमोदन भने मन्त्रिपरिषद् बैठकले गर्नेछ ।
काठमाडौँ: सरकारले आगामी वैशाख ३ गतेसम्मका लागि अन्तर्राष्ट्रिय हवाई उडान रोक्ने निर्णय गरेको छ । कोभिड १९ सङ्क्रमण, रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको आज सिंहदरबारमा बसेको बैठकले कोरोनाका सङ्क्रमणको त्रास कायम रहेको अवस्थालाई ध्यानमा राखेर हवाई उडान रोक्ने निर्णय गरेको हो । सरकारले यस अघि चैत ८ देखि १८ गतेसम्म हवाई उडान रोक्ने निर्णय गरेको थियो । कोरोनाको सङ्क्रमणको त्रास बढेपछि सरकारले पूर्ववतृ निर्णयअनुसार नै अन्तर्राष्ट्रिय हवाई उडानमा रोक लगाउन समय थप गरेको हो । बैठकपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव नारायणप्रसाद बिडारीले भने, “कोरोना सङ्क्रणको त्रास कायम रहेकाले हवाई उडान रोक्ने निर्णय भएको छ ।”
काठमाडौँ : कोभिड–१९ का कारण खाना पकाउने ग्यास अभाव हुने आशङ्कामा उपभोक्ताले ग्यासको अनावश्यक सञ्चिती गरिरहेको अवस्थामा ग्यासको सहज उपलब्धतामा समस्या देखिएको छ । अन्य समयको तुलनामा ग्यासको आयात उल्लेख्य बढाइए पनि बजारमा अझै ग्यासको अभाव सल्टिन सकेको छैन । नेपाल आयल निगमले पछिल्लो महिनामा झण्डै ४५ हजार मेट्रिकटन ग्यास आयात गरिएको जनाएको छ । त्यसअघि उच्च माग भएको अवस्थामा पनि नेपाली बजारमा मासिक ३८ हजार मेट्रिक ग्यासको खपत हुँदै आएको थियो । ग्यासको बढ्दो अभावसँगै सरकारको निर्देशनमा ग्यास उद्योगीले ७।१ किलोग्राम ग्यास तौल भएको सिलिण्डर आजदेखि बजारमा ल्याइसकेका छन् । तर पनि ग्यासको अभाव हट्न सकेको छैन ।…
बुटवल : भरतपुरस्थित कोरोना विशेष अस्थायी अस्पताल आइसोलेशनमा भर्ना गरिएका ३४ वर्षीय व्यक्तिको आज मृत्यु भएको छ । उनको कोरोना सङ्क्रमण परीक्षणका लागि आज मात्र स्वाब केन्द्रीय प्रयोगशाला काठमाडौं पठाइएको र रिपोर्ट नआइसकेकाले मृत्युको कारण के हो भन्ने अहिले पुष्टि गर्न नसकिने लुम्बिनी प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा राजेन्द्र खनालले बताए । उनी वैदेशिक रोजगारीका लागि विदेशमा रहेका र यही चैत ६ गते मात्र स्वदेश फर्किएका थिए । घर फर्किंदाकोे अवस्थामा नै सामान्य ज्वरो आएकाले एक हप्तासम्म घरमै आराम गरी बसेका थिए । एक हप्तासम्म पनि ज्वरो नरोकिएपछि शुक्रबार लुम्बिनी प्रादेशिक अस्पतालमा स्वास्थ्य जाँचका लागि आएकामा उनलाई चिकित्सकको सल्लाहअनुसार प्रादेशिक…
काठमाडौँ: शैक्षिक परामर्श सेवा सञ्चालकका विभिन्न संस्थाले अष्ट्रेलियामा अध्ययनरत नेपाली विद्यार्थीले कोरोना भाइरसको प्रभावका कारण स्वदेश फिर्ता हुन चाहेमा शुल्क फिर्ता गर्न सम्बन्धित विश्वविद्यालयसँग माग गरेका छन् । शैक्षिक परामर्श सङ्घ (इक्यान) का अध्यक्ष प्रकाश पाण्डेसहित परामर्शदायी संस्थाका सञ्जालहरु फेकन, आइरिन, नायर र एकाका प्रतिनिधिले विज्ञप्ति जारी गरी नेपालस्थित अष्ट्रेलियन राजदूत, भारतस्थित अष्ट्रेलियन हाइ कमिसन, अष्ट्रेलियन शैक्षिक प्रदायक संस्था, अष्ट्रेलियन समुदाय, अष्ट्रेलियास्थित नेपाली दूतावास तथा अन्य सरोकारवालाले नेपाली विद्यार्थीलाई सहुलियत दिन माग गरेका हुन् । ती संस्थाले सन् २०२० को फेब्रुअरी र मार्च महिनाको इन्टेक स्थगन गर्न वा एक वर्षको समय दिएर अर्को इन्टेकमा भर्ना गर्न…
काठमाडौं: सरकारले लकडाउनका कारण मर्कामा परेका न्यून आय भएका, विपन्न वर्ग विशेषतः सहरी मजदुर, गरिबहरूका लागि विशेष राहत प्याकेजको तयारी गरेको छ । कोरोना सङ्क्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले त्यसको तयारी गरिरहेको र मन्त्रिपरिषद्को बैठक बसेर आर्थिक प्याकेजको घोषणा गर्ने स्रोतले जानकारी दियो । आइतबारै मन्त्रिपरिषद्को बैठक बस्ने तयारी छ । “त्यस्ता गरिखाने वर्गहरू ठूलो समस्यामा परेको, हातमुख जोड्नकै समस्या भएकोबारे सरकार जानकारी छ,” समिति स्रोतले बाह्रखरीसँग कुरा गर्दै भन्यो, “त्यस्ता वर्गलाई कस्तो राहत दिन सकिन्छ, यसबारे हामीले अध्ययन गरिरहेका छौं । मन्त्रिपरिषद् बैठक बसेर घोषणा गर्छौं ।” न्यून आय भएका वर्गलाई पालिकाहरूले खाने कुराको प्रबन्ध मिलाइरहेको…
एजेन्सी: चीनको बुहानबाट फैलिएको कोरोना भाइरस संक्रमणको चपेटामा परेको अमेरिकामा टोर्नाडो र असिनाको चेतावनी दिइएको छ । कोरोनाका कारण सबैभन्दा बढी संक्रमित बनेको अमेरिकामा माैसमविदहरुले टोर्नाडो र असिनाको चेतावनी दिएका हुन् । अमेरिकामा कोरोना भाइरसको संक्रमणका कारण ज्यान गुमाउनेको संख्या २ हजार २ सय ११ पुगेको छ । पछिल्लो २४ घण्टामा ५ सय १५ जनाको मृत्यु भएको छ । हालसम्म अमेरिकामा १ लाख २३ हजार ३ सय ११ जना संक्रमित भएका छन् । जसमध्ये एकै दिनमा १९ हजार १ सय ८५ जना नयाँ संक्रमित देखिएका हुन् । अमेरिकामा ३ हजार २ सय ३१ जना उपचारपछि निको…
काठमाडौं: कोरोना भाइरसबाट संक्रमितहरुको उपचारका लागि आवश्यक स्वास्थ्य सामग्री चीनबाट लिएर नेपाल एयरलाइन्सको हवाईजहाज अहिले बिहान काठमाडौं आइपुगेको छ । नेपाल एयरलाइन्सका अनुसार चीन गएको जहाज आज बिहान साढे पाँच बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको थियो । कोरोना परीक्षण किट, स्वास्थ्यकर्मीहरुले सुरक्षाका लागि लगाउने विशेष प्रकारको पोशाक पीपीई लगायतका सामग्री लिएर वाइडबडी जहाज काठमाडौं आएको एयरलाइन्सले जनाएको छ । ती सामग्री लिन शनिबार मध्याह्न वाइबडी चार्टर विमान ग्वाङ्झाओ गएको थियो । यसैबीच नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले सिचुआन प्रान्त सरकार, सिचुआन प्रान्तीय लगानी समूह र चिनियाँ दूतावासले चन्दा दिएका आपतकालीन सामाग्रीहरू, पीपीई, थर्मोमिटरलगायत सामान बोकेर चिनियाँ जहाज काठमाडौं…
काठमाडौं- नेपाली सेनाले कोरोनाको महामारी विरुद्ध लड्न क्वारेन्टाइन कक्ष र आइसोलेसन बेड तयार पारेको छ । अहिलेसम्म देशका विभिन्न स्थानमा ७ हजार २ सय ३४ जना बस्ने मिल्ने क्वारेन्टाइन निर्माण गरेको नेपाली सेनाले जनाएको छ । त्यस्तै २ हजार ९४ आइसोलेशन बेड तयार पारिसकेको छ। नेपाली सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेका अनुसार देशका सातै प्रदेशमा क्वारेन्टाइन निर्माण गरिएको छ। उनले भने, ‘अहिले सातै प्रदेशका क्वारेन्टाइनमा एक हजार १० जना बसिरहेका छन्।’ क्वारेन्टाइनमा रहेकाको हेरचाह गर्न नेपाली सेनाले १ सय ९६ जनाको चिकित्सक टोली खटाएको छ । सेनाले विभिन्न युनिटहरूमा कार्यरत सकलदर्जालाई सहभागी गराई कोरोना भाइरसको जोखिम घटाउने र नियन्त्रण कसरी…
एजेन्सी: सारा संसारका वैज्ञानिक जगत् यतिखेर कोरोनाभाइरसका विरुद्ध खोप एवं औषधी पत्ता लगाउने महाअभियानमा जुटेका छन् । विश्वलाई नै आफ्नो प्रकोप वर्षा गरिरहेको कोभिड–१९ का विरुद्ध औषधी र खोप पत्ता लगाउन जति ढिलो हुन्छ, उत्ति नै संक्रमित र हताहत हुनेको संख्या पनि बढ्दै जाने हुन्छ । त्यसैले वैज्ञानिकहरु रात दिन एक गरेर यसका विरुद्ध औषधी एवं खो पत्ता लगाउने अनुसन्धानमा जुटेका छन् । धेरैलाई थाहा नहुन सक्छ, वैज्ञानिकहरुको यो अनुसन्धानमा नासा र आइवीएमका सुपर कम्प्युटरहरु पनि उपयोग भइरहेका छन् । नासा र आइबीएमले आफ्ना सुपरकम्प्युटरहरु कोरोनाभाइरसको खोप बनाउने कोशिशमा जुटेका प्रयोगशाला, कम्पनीहरु र तत्सम्बन्धी प्राज्ञिक कर्ममा जुटेकाहरुलाई उपयोग गर्न…
