Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

भक्तपुर : मानहानीको मुद्दा लागेपछि फरार बी एन्ड सी अस्पतालका सञ्चालक दुर्गा प्रसाईं आज जिल्ला प्रशासन कार्यालयमा उपस्थित भएका छन । प्रसाई जिल्ला प्रशासन कार्यालय भक्तपुरमा बिहीबार बिहान उपस्थित भएको जिप्रका भक्तपुरकी प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले जानकारी दिएकी छन । झापास्थित बी एन्ड सी मेडिकल कलेजका सञ्चालक प्रसाईंले गत पुस २३ गते पत्रकार सम्मेलन नै गरेर आफ्नो मेडिकल कलेजलाई सम्बन्धन दिन चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष श्रीकृष्ण गिरीले २० करोड रुपैयाँ घुस मागेको आरोप लगाएका थिए। प्रसाईंको आरोपविरुद्ध आयोगका उपाध्यक्ष गिरीले जिल्ला अदालत भक्तपुरमा मानहानिको मुद्दा दायर गरेका थिए। अदालतले उनलाई पक्राउ गरी अनुसन्धान अगाडि बढाउन आदेश…

Read More

गाईघाट : उदयपुर जिल्लामा आजदेखि जिल्लाको साढे तेतीस हजार बालबालिकालाई दादुरा तथा रुबेला रोगविरुद्धको पहिलो चरणको खोप कार्य शुरु भएको छ । आज देखि ५ गतेसम्म पहिलो चरणको खोप अभियानमा जिल्लाको आठमध्ये तीन स्थानीय तह कटारी नगरपालिका, उदयपुरगढी गाउँपालिका र ताप्ली गाउँपालिकाका बालबालिकालाई खोप कार्यक्रम शुरु गरिएको स्वास्थ्य कार्यालय उदयपुरले जनाएको छ । पहिलो चरणको खोप कार्यक्रम सम्पन्न भएपछि फागनु १५ गतेदेखि २० गतेसम्म दोस्रो चरणको खोप कार्यक्रम सञ्चालन गर्ने स्वास्थ्य कार्यालय उदयपुरका खोप सुपरभाइजर चिरञ्जीवी निरौलाले बताए । पहिलो चरणको खोप सञ्चालनका लागि सबै क्षेत्रमा स्वास्थ्यकर्मी तथा स्वयंसेवक परिचालन गरिसकिएको स्वास्थ्य कार्यालय उदयपुरले बताएको छ । दोस्रो…

Read More

काठमाडौँ : काठमाडौँ महानगरपालिकाले नियमविपरीत राखिएका आठ हजार प्रचार सामग्री हटाएको छ । पछिल्लोपटक गत पुस २१ गतेबाट शहरलाई कुरुप बनाउने गरी राखिएका प्रचार सामग्री हटाउने कार्य शुरु गरिएको महानगरपालिकाले जनाएको छ । पाँच वर्षअघि नै महानगरपालिकाले साइनबोर्ड र होर्डिङबोर्ड हटाउने निर्णय गरेपनि त्यसको प्रभावकारी कार्यान्वयन हुन नसक्दा शहर दिनानुदिन कुरुप देखिएको थियो । नगर प्रहरी प्रमुख धनपति सापकोटाका अनुसार त्रिपुरेश्वर–महाराजगञ्ज र माइतीघरदेखि बिजुलीबजार तथा त्रिपुरेश्वरदेखि थापाथलीसम्मका सडक किनारका होर्डिङबोर्ड हटाउने काम सकिएको छ । बागबजारदेखि रत्नपार्क, बालुवाटारदेखि डिल्लीबजारसम्मको पनि प्रचार सामग्री हटाउने कार्य सकिएको छ । हटाएकामध्ये ३७ ठूला प्रचार सामग्री रहेको छ । सापकोटाले भने , “चालू वर्षभरिमा…

Read More

मेलम्ची : मेलम्ची खानेपानी आयोजनाको दोस्रो चरणअन्तर्गत याङ्ग्री लार्के आयोजना कार्यान्वयन गर्ने सिलसिलामा पाँचपोखरी थाङपाल गाउँपालिकासँग सम्झौता सम्पन्न भएको छ । पहिलो चरणमा १७ करोड लिटर पानी ल्याउने काम करीब सम्पन्न हुने दौरानमा रहेको छ । दोस्रो चरणअन्तर्गत ३४ करोड लिटर पानी काठमाडौँ उपत्यकामा ल्याउँदा प्रभावित हुने स्थान र जनताले के–के सुविधा पाउने भन्ने विषयमा केही विवाद कायम थियो । अब त्यो विवाद अन्त्य भएपछि सहमतिपत्रमा हस्ताक्षर गर्ने काम सम्पन्न भएको छ । दुवै नदीबाट पानी पठाएवापत प्रभावित जनताले पाउने सुविधाका सम्बन्धमा गाउँपालिका र सरोकार समितिकातर्फबाट नौ वटा माग प्रस्तुत गरिएको र ती माग पूरा गर्न समितिले सहमति जनाएपछि…

Read More

काठमाडौं : नागरिक लगानी कोष (सीआइटी) ले स्टक डिलरको काम गर्न छुट्टै कम्पनी दर्ता गरेको छ । कोषले ‘नागरिक स्टक डिलर’ नामक संस्था कम्पनी रजिष्टारको कार्यालयमा दार्ता गराएको हो । उक्त कम्पनीको चुक्ता पुँजी ५ अर्ब रहेको कोषले जानकारी दिएको छ । कोषले आफ्नो सहायक कम्पनीका नयाँ संस्था दर्ता गराएको हो । कम्पनीमा कोषको ५१ प्रतिशत सेयर रहेको छ । त्यस्तै, यसमा नेपाल पुनर्बिमा कम्पनीको १० प्रतिशत, नेपाल दूरसञ्चार कम्पनी (एनटीसी) को ९प्रतिशत र सर्वसाधारणको ३०प्रतिशत सेयर रहनेछ । जसअनुसार कम्पनीमा कोषको २ अर्ब ५५ करोड रुपैयाँ लगानी हुनेछ भने टेलिकमले ५० करोड, पुनर्बिमा कम्पनीको ४५…

Read More

जाजरकोट : वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले सञ्चार क्षेत्रले राज्यलाई रचनात्मक खबरदारी गर्नुपर्ने बताएका छन । उनले भने,“सञ्चार क्षेत्र छाडा भएमा त्यो सन्देश आम पाठकमा राम्रो पर्दैन । सञ्चार क्षेत्रले सामाजिक उत्तरदायित्वको भूमिकासमेत निर्वाह गर्नुपर्छ । ” प्रेस काउन्सिल नेपाल र पत्रकार महासङ्घ जाजरकोटशाखाद्वारा संयुक्त रुपमा यहाँ आयोजित ‘पत्रकार आचारसंहिता’ विषयमा छलफल मन्त्री बस्नेतले सो कुरा बताएका हुन । महासङ्घ शाखाको नवनिर्मित भवनको मन्त्री बस्नेत र महासङ्घका केन्द्रीय अध्यक्ष गोविन्द आचार्यले आज संयुक्त उद्घाटन गरेका छन । कार्यक्रममा प्रतिनिधिसभा सदस्य सत्य पहाडी, कर्णाली प्रदेशसभा सदस्य गणेशप्रसाद सिंह, प्रेस काउन्सिल सदस्य ईश्वरी ओझा, गोविन्द चौलागाई र पत्रकार महासङ्घका कर्णाली प्रदेशका…

Read More

काठमाडौं : साताको पाँचौ दिन विहीबार सुन प्रतितोला ३ सय रुपैयाँले बढेको छ । बुधबार ७५ हजार ७ सय रुपैयाँ प्रतितोलामा कारोबार भइरहेको छापावाला सुन बिहीबार ३ सयले बढेर ७६ हजार रुपैयाँ कायम भएको हो । त्यस्तै, तेजावी सुन प्रतितोला ७५ हजार ७ सयमा कायम भएको छ । त्यस्तै, चाँदी पनि आज ५ रुपैयाँले बढेर प्रतितोला ८ सय ८० रुपैयाँमा कायम भएको नेपाल सुनचाँदी व्यवसायि महासंघले जनाएको छ ।

Read More

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले बाहिर सुनिएको जस्तो एमसीसी सैन्य प्रयोजनमा खर्च नहुने भन्दै यसलाई छिट्टै अनुमोदन गर्नुपर्ने बताएका छन् । ९ वाम समूहका नेताहरुका तर्फबाट दिइएको ज्ञापन पत्र बुझ्दै प्रधानमन्त्री ओलीले एमसीसीलाई कार्यान्वयनमा लानु पर्ने बताएका हुन् । एमसीसी ५ वर्ष भित्रमा सक्नु पर्ने अनुदान भएको र त्यो के मा खर्च गर्नेसमेत स्पष्ट भइसकेको भन्दै कुनै समस्या नहुने बताए । ‘एमसीसी एउटा अनुदान हो । ५ वर्ष भित्र हामीले त्यो ५५ अर्वमा ट्रान्समिसन लाइन र बाटो बनाइसक्नु पर्छ । बनाइएन भने जति बाँकी रहन्छ, त्यो त्यही सकिन्छ । यो सम्झौताको अवधि पनि सिद्धिन्छ’ ओलीले भने,‘ यो…

Read More

बाँके : विश्वभर सन्त्रास फैलाइरहेको कोरोना भाइरस जाँचका लागि नेपाल–भारत सीमानाका जमुनाहामा ‘कोरोना हेल्थ हेस्क’ स्थापना भएको छ । कोरोना भाइरसको सङ्क्रमण भित्रिन नदिन भारतबाट आउने नेपालीको स्वास्थ्य जाँचका लागि नाकामा हेल्थ डेस्क सञ्चालनमा छ । सटर भाडामा लिएर सञ्चालनमा ल्याइएको सो हेल्थ हेस्कमा हरेक दिन एक जना स्वास्थ्य जाँचका लागि खटिन्छन् । तर, कोरोना हेल्थ हेस्क हरेक दिन सुनसान हुने गरेको छ । स्वास्थ्य परीक्षणका लागि कोही नआएपछि स्वास्थ्य परीक्षणका लागि खटिएका स्वास्थ्यकर्मी कामविहीन हुने गरेका छन् । हेल्थ डेस्कलाई कोरोना भाइरस जाँच गर्ने जिम्मा पनि दिइएको छ । तर, हेल्थ डेस्कमा खटिने स्वास्थ्यकर्मी नै कोरोना…

Read More

काठमाडौं : सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पुरानै शैलीको माओवादी जनयुद्ध अव सम्भव नभएको बताएका छन । बिहीबार जनयुद्ध दिवसको अवसरमा पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा आयोजित श्रद्धाञ्जलि सभामा अध्यक्ष प्रचण्डले विप्लवलाई संकेत गर्दै फेरि पुरानै प्रकारको जनयुद्ध सम्भवन नभएको बताए। ‘केही साथीहरु जनयुद्धको नक्कल गर्न लाग्नु भयो, त्यो सम्भव छैन’, उनले भने। अध्यक्ष प्रचण्डले आफूहरुले जनयुद्ध रोकेर शान्ति प्रक्रियामा आएले थप क्षति व्यहोर्नु नभएको दाबी गरे । ‘जनयुद्धलाई थप अगाडि बढाएको भए पेरुको गोञ्जालो र श्रीलंकाको लिट्टेजस्तो हालतमा पुगिन्थ्यो’, अध्यक्ष प्रचण्डले भने। शान्ति प्रक्रियामा आएर राक्रो गरेको भए पनि…

Read More