Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

काठमाडौं : मलेसिया रोजगारीका लागि स्वास्थ्य परीक्षण गर्न दुई सय ९० स्वास्थ्य संस्था इच्छुक देखिएका छन्। उपत्यकाका साथै बाहिरका केही ठूला अस्पताल तथा मेडिकल कलेजले मलेसिया रोजगारको स्वास्थ्य परीक्षण गर्न इच्छुक देखिएका हुन्। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले मलेसिया स्वस्थ्य परीक्षणका लागि मापदण्डसहित आवेदन दिन १५ दिनअघि सम्पूर्ण स्वास्थ्य संस्थासँग आवेदन मागेको थियो। मन्त्रालयका अनुसार पहिले सुचीकृत भएका दुई २६ वटा स्वास्थ्य संस्थाले मलेसिया जाने कामदारको स्वास्थ्य परीक्षण गर्न इच्छुक भएका छन्। त्यस्तै थप एक सय २६ वटा स्वास्थ्य संस्थाले समेत मलेसिया रोजगारीका लागि स्वास्थ्य परीक्षण गर्न रुची देखाएका छन्। श्रम मन्त्रालयका अनुसार विभिन्न देश जाने कामदारको…

Read More

काठमाडौं : नेपालमा विदेशी किन आउँछन् ? घुम्न, व्यापार गर्न वा कुनै गैरसरकारी निकायमा जागिर खान । धेरैको बुझाइ छ, नेपाल आउने सबै पर्यटक हुन् । हो, अधिकांश विदेशी घुम्नकै लागि आउँछन् । तर पछिल्लो समयमा विदेशीहरू आपराधिक मनस्थितिमा नेपाल आउन थालेका छन् । सरकारी तथ्यांकले नै भन्छ, विदेशीहरू घुम्नमात्र होइन अपराध गरेर लुक्न वा आपराधिक क्रियाकलापमा संलग्न हुन नेपाल आउने क्रम बढेको छ । पर्यटकका लागि अनअराइभल भिसा व्यवस्थाका कारण धेरै विदेशीलाई नेपाल आउन सजिलो भएको छ । केही विदेशीले त्यसको गलत प्रयोग गरिररहेका छन् । घुम्ने बहानामा आएका केही विदेशी अवैध हतियार प्रयोग तथा तस्करी, महिला…

Read More

काठमाडौँ: प्रधानमन्त्री केपी शर्मा ओलीसहित पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल र माधवकुमार नेपालले सोमबार प्रधानमन्त्री निवासमा आयोजित कार्यक्रममा समता स्कुललाई हस्तान्तरण गरेको ‘वल्र्ड बुक अफ रेकर्ड’ (डब्लुबिआर) प्रमाणपत्र नक्कली रहेको पाइएको छ । सबैभन्दा सस्तो शुल्कमा शिक्षा प्रदान गरेबापत प्राप्त सो प्रमाणपत्रमा के लेखिएको छ भनेर हस्तान्तरण गर्नेहरुले ध्यान दिएको पाइएन । उनीहरुले हस्तान्तरण गरेको प्रमाणपत्र नक्कली थियो । यो समाचार आजको नागरिक दैनिकमा विकेनकुमार दवाडीले लेखेका छन् । प्रमाणपत्रमा सन्तोष शुक्ला नाम गरेका व्यक्तिले उक्त विश्व रेकर्डलाई प्रमाणीकरण गरेका छन् । उनलाई भारतको सर्वोच्च अदालतले वकिल भनेर उल्लेख गरिएको छ । तर गुगलमा उनका बारेमा सर्च गर्दा उनको…

Read More

काठमाडौँ: नयाँ वर्ष २०७६ को शुभकामनासहित प्रधानमन्त्री केपी शर्मा ओलीले देशवासीको नाममा गरेको सम्बोधनका बेला मन्त्रिपरिषद्का प्रभावशाली मन्त्रीहरु नै उपस्थित भएनन् । यो समाचार आजको नागरिक दैनिकमा टपेन्द्र कार्कीले लेखेका छन् । प्रधानमन्त्री ओलीले आइतबार बिहान साढे ६ बजेभित्र बालुवाटार उपस्थित हुन सबै मन्त्रीलाई खबर गरे पनि तत्कालीन माओवादी केन्द्रका तर्फबाट मन्त्रिपरिषद्मा सहभागी गृहमन्त्री रामबहादुर थापा, उर्जामन्त्री वर्षमान पुन, वनमन्त्री शक्ति बस्नेत, उद्योगमन्त्री मातृका यादव, कृषिमन्त्री चन्द्रप्रकाश खनाल र खानेपानीमन्त्री बिना मगर सम्बोधनमा उपस्थित भएनन् । काठमाडौँमै रहेर पनि गृहमन्त्री थापा, उर्जामन्त्री पुन उपस्थित भएनन् । भने अन्य मन्त्रीहरु भने काठमाडौँबाहिर कार्यक्रम तय गरेर सम्बोधन कार्यक्रम छलेका थिए ।

Read More

काठमाडौँ: नेपालको पहिलो भू–उपग्रह ‘नेपाली स्याट–१’ बिहीबार अमेरिकाबाट ‘लन्च’ हुने भएको छ । नास्टका प्रविधि विभाग प्रमुअ रवीन्द्र ढकालका अनुसार नेपाली समयअनुसार बिहान २ बजेर ३१ मिनेट जाँदा लन्च हुन लागेको हो । नेपालसँगै श्रीलंकाको रावना –१ र जापानको उगिसु भू–उपग्रह पनि प्रक्षेपण गर्ने तालिका छ । यो समाचार आजको कान्तिपुर दैनिकमा गोविन्द पोखरेलले लेखेका छन् । अमेरिकाको भर्जिनिया राज्यस्थित नासाको ‘मिड एटलान्टिक स्पेसपोर्ट लन्च प्याड’ बाट स्याटेलाइट प्रक्षेपण हुनेछ ।

Read More

काठमाडौं: सरकारले सुरु गरेको सबै नेपालीको बचत खाता अभियान अन्तर्गत ग्लोबल आइएमई बैंक, एनएमबी बैंक, सिटिजन्स बैंक, एनसीसी बैंक, नेपाल बंगलादेश बैंक र सेञ्चुरी बैंकले बचत खाता सार्वजनिक गरेका छन्। सबै बैंकले खाता खोल्ने ग्राहकलाई बोनस स्वरुप सय रुपैयाँ जम्मा गरिदिन्छन्।ग्लोबल आइएमई बैंकले समृद्धसँग जोडौ नाताः सबै नेपालीको बैंक खाता अभियान अन्तर्गत सबै नेपालीको बचत खाता शीर्षकको नयाँ बचत खाता सञ्चालनमा ल्याएको हो। एनएमबी बैंकले एक घर एक खाता अभियान अन्तर्गत सबैका लागि बचत, सबैका लागि सहारा भन्ने नारा सहित एनएमबि बैकको सहारा बचत खाता सञ्चालनमा ल्याएको छ। बैंकमा खाता खोल्नेले १८ वटा गम्भीर रोगहरु मध्ये कुनै…

Read More

काठमाडौँ: सशस्त्र प्रहरी बल नेपालले सरकारले लिएको ‘समृद्ध नेपाल, सुखी नेपाली’को नारालाई पूरा गर्न शान्तिसुरक्षाको क्षेत्रमा प्रतिबद्ध भएर लागेको बताएको छ । सशस्त्र प्रहरी बलले आज पत्रकार सम्मेलन गरी मुलुकको विकासका लागि तीनै तहको सरकारसँग सहकार्य गरेर काम गरिरहेको बताएको हो । सशस्त्र प्रहरी महानिरीक्षक (आईजीपी) शैलेन्द्र खनालले मुलुक र जनताका लागि सीमा सुरक्षालाई सुदृढ बनाउँदै लगिएको बताए । ‘समृद्ध नेपाल, सुखी नेपाली’को नारालाई पूरा गर्न सशस्त्र प्रहरीले खेल्नुपर्ने भूमिका खेलिरहेको छ,’ महानिरीक्षक खनालले भने । आईजीपी खनालले सशस्त्र प्रहरीले आफ्ना सबै युनिटमा मदिरा तथा सुर्तीजन्य पदार्थ किनबेचमा निषेध गरेको बताए । उनले सशस्त्र प्रहरीको सङ्गठनलाई चुस्त…

Read More

काठमाडौं: सर्वोच्च अदालतको आदेशपछि व्यवसायी तथा ओरेन्टल सहकारीका अध्यक्ष सुधीर बस्नेत रिहा भएका छन् । महानगरीय प्रहरी परिसर काठमाडौंको हिरासतमा रहेका बस्नेतलाई रिहा गर्न अदालतले सोमबार साँझ आदेश दिएको हो । बन्दी प्रत्यक्षीकरणको रिटको सुनुवाई गर्दै प्रधान्नयायधीश चोलेन्द्र शमशेर जबरा र न्यायधीश डम्बर बहादुर शाहीको संयुक्त इजलासले बस्नेत रिहा भएका अदालतका सञ्चार विज्ञ किशोर पौडेलले जानकारी दिए । बस्नेत गत चैत २० गते काठमाडौंको भीमसेन गोलाबाट पक्राउ परेका थिए ।

Read More

काठमाडौँ: राष्ट्रिय गौरवको भेरी बबई बहुउद्देश्यीय डाइभर्सन आयोजनाको सुरुङ निर्माण कार्य सकिएको छ। सो कार्य सकिएसँगै प्रधानमन्त्री केपी शर्मा ओलीले भोलि बटन थिचेर टनेल बोरिङ मेसिन (टिबिएम)लाई सुरुङ बाहिर निकाल्ने छन्। कार्यक्रममा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुन र कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही पनि उपस्थित हुने आयोजनाले जनाएको छ। सुरुङ निर्माणको जिम्मा पाएको चिनियाँ कम्पनी चाइना इञ्जिनियरिङ ओभरसिज प्रालि (कोभेक) ले टनेल बोरिङ मेसिन (टिबिएम) मार्फत् सुरुङ निर्माण गरेको हो। सम्झौतामा उल्लेखित अवधिभन्दा एक वर्षअघि नै सुरुङ निर्माणको काम सम्पन्न भएको हो। आयोजनाका निर्देशक सञ्जीव बरालले आयोजनाको प्रवेशद्वार भेरीगङ्गा नगरपालिका–११ को चिप्लेमा मंगलबार बिहान…

Read More

काठमाडौँ: प्रजनन अधिकारको अभियान सन् १९६० को दशकबाट शुरु भएयता नेपाल लगायत धेरै मुलुकका लाखौं महिलाले आफ्नो शरीर र भविष्यबारे स्वयं निर्णय लिन सक्ने अवस्था भएता पनि यौन तथा प्रजनन अधिकारको प्रवद्र्धनका लागि अझै धेरै काम गर्न बाँकी रहेको कुरा संयुक्त राष्ट्रसंघीय जनसंख्या कोष (यूएनएफपीए) को नयाँ प्रतिवेदनले देखाएको छ । अधिकार र विकल्प छनौटको यस यात्रामा महिला र किशोरीहरुले धेरै आर्थिक र सामाजिक चुनौतीहरु सामना गर्नुपरेको छ भनी यूएनएफपीएको ‘विश्व जनसंख्या स्थिति २०१९’ ले बताएको छ । सन् १९९४ मा भएको जनसंख्या र विकासका लागि अन्तर्रा्ष्ट्रिय सम्मेलनमा नेपाल सहित १७९ राष्ट्रहरुले बृहत्तर प्रजनन स्वास्थ्य, ऐच्छिक परिवार नियोजन र…

Read More