Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- यो कार्कीमाथिको कारवाही होइन जिम्मेवारी हेरफेर मात्रै हो: मन्त्री पोखरेल
- अन्तत: कार्कीलाई हटाएर केसी प्रहरीको महानिरीक्षक नियुक्त
- पहिलो पटक ‘कुकुर तिहार’ रिल प्रतियोगिता
- राष्ट्रिय गौरवका सिँचाइ आयोजनाबाट नयाँ खेतमा पानी
- बैंककमा ऊर्जामन्त्री श्रेष्ठको सम्बोधन: ‘हाम्रा हिमाल जोगाउन विश्वले सहकार्य गरोस्’
- लुम्बिनी केबलकारमा भारतीय पर्यटक २४ प्रतिशतले बढे : पाँचतारे होटेल र क्यासिनो निर्माण अन्तिम चरणमा
- कात्तिक १५ देखि नागढुंगा सुरुङमार्ग प्रयोगमा टोल शुल्क लाग्ने
- मोरङको केरौन १३२ केभी सबस्टेसन निर्माण सम्पन्न, विद्युत् आपूर्ति भरपर्दो हुने, चुहावट घट्ने
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
काठमाडौँ: रङ्गको पर्व होलीलाई संस्कृतिअनुसार आपसी शुभकामना साटासाट गरेर शान्तिपूर्ण बनाउनका लागि नेपाल प्रहरीले विशेष प्रचारात्मक अभियान चलाएको छ । काठमाडौँ उपत्यकामा विगत तीन दिनदेखि नै हरेक प्रहरी इकाइमार्फत समुदायसँग मिलेर प्रचारप्रसार अभियान चलाइएको महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता होविन्द्र बोगटीले जानकारी दिए । उनका अनुसार समुदाय प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत प्रहरी र समुदायले संयुक्त अभियानमार्फत प्रचारात्मक ¥यालीसहित माइकिङ, मोबाइलगस्ती गरेर सचेतना जगाइएको छ । तर उच्छृङखल देखियो भने कारवाही हुने उनले चेतावनी दिए । यो वर्ष काठमाडौँ उपत्यकालगायत पहाडी क्षेत्रमा चैत ६ गते र तराईमा चैत ७ गते होली मनाइन्छ । भित्री मधेशका कतिपय जिल्लामा भने होली दुबै दिन मनाउने…
काठमाडौँ: नेपाल आयल निगमले अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य वृद्धि भइरहेपनि सर्वसाधारणको हितलाई ध्यानमा राख्दै हाललाई पेट्रोलियम पदार्थको मूल्य यथावत् राखेको छ । यही चैत दुई गते ‘इण्डियन आयल कर्पोरेशन (आइओसी)’बाट प्राप्त नयाँ मूल्यसूचीअनुसार पेट्रोलमा प्रतिलिटर दुई रुपैयाँ नौ पैसा वृद्धि र डिजेलमा प्रतिलिटर १२ पैसा घटेर आएको निगमका प्रवक्ता वीरेन्द्र गोइतले जानकारी दिए । अहिले काठमाडौँमा पेट्रोलको मूल्य प्रतिलिटर रु ११० तथा डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर रु ९७ छ । निगममा नयाँ नेतृत्व आएसँगै खरीद मूल्य बढे पनि इन्धनको मूल्य वृद्धि भएको छैन । निगमले पछिल्लो पटक गत माघ १९ गते पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर रु दुई वृद्धि…
काठमाडौँ: काठमाडौँ महानगरपालिकाले आगामी शुक्रबारदेखि नयाँ बु्रमर(यान्त्रिक कुचो) मार्फत सडक सफा गर्ने भएको छ । अघिल्लो सोमबार इटलीबाट काठमाडौँ आइपुगेको सफा गर्ने उक्त यन्त्र पहिलो पटक रत्नपार्कमा प्रयोग गर्न लागिएको कामपाले जनाएको छ । अहिले ती ब्रुमर सञ्चालन गर्न चालक र सहचालकलाई तालीम दिने कामसँगै पाटपुर्जा जडानका क्रममा रहेको प्रवक्ता ईश्वरमान डङ्गोलले जानकारी दिए । उनका अनुसार बिहीबारसम्म सञ्चालनको तयारीको सबै काम सकी प्रयोगमा ल्याइने छ । नियमित रुममा कुन कुन सडकमा उक्त यन्त्रले सफा गर्ने भन्ने विषयमा कामपा प्रमुखसँग छलफल भएको प्रवक्ता डङ्गोलले बताए । कानूनी रुपमा आठ मिटरभन्दा कम चौडाइका सडक मात्र कामपाकोे जिम्मेवारीमा पर्छ । अबको केही…
काठमाडौँ:निजी क्षेत्रको अग्रणी वायुसेवा प्रदायक कम्पनी बुद्ध एयरले आफ्नो १२औँ जहाज ‘एटीआर ७२–५००’ भित्र्याएको छ । फ्रान्सको टुलुजस्थित एटीआर कम्पनीबाट खरीद गरिएको नाइन एन एएमवाई कलसाइन रहेको उक्त जहाज गएराति त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो । थपिएको जहाजसहित बुद्धका १० एटीआर जहाज भएका छन् । सात एटीआर ७२–५००, तीन एटीआर ४२–३२० र दुई बीचक्राफ्ट १९०० डी रहेको छ । नयाँ जहाजको रङ्गरोगन तथा प्राविधिक कार्यपश्चात अर्को महीनादेखि उडान भर्ने कम्पनीका बजार निर्देशक रुपेश जोशीले बताउनुभयो । थपिएको जहाजले नियमित मर्मत सम्भार तथा उडान वृद्धि गर्न सहयोग पु¥याउने उहाँको भनाइ छ । जहाज थपिएसँगै आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान वृद्धि गर्ने…
काभ्रेपलाञ्चोक: केन्द्रीय राजधानी काठमाडाँैलयागत अन्य जिल्लाका विभिन्न जातका कुखुरामा बर्डफ्लूजन्य सङ्क्रमण देखिएपछि जिल्लास्थित भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रले तीन नाकामा चेक प्वाइन्ट राख्ने निर्णय गरेको छ । जिल्लामा बर्डफ्लुजन्य सङ्क्रमण निभित्रियोस् भन्ने उद्देश्यले मङ्गलटार, साँगा र नाला नाकामा बर्डफ्लूजन्य सङ्क्रमण चेक प्वाइन्ट राख्ने निर्णय गरिएको केन्द्र प्रमुख डा मोगलप्रसाद शाहले जानकारी दिए । उनका अनुसार स्थानीय तहका पशुसेवा शाखा प्रमुखको नेतृत्वमा चेक प्वाइन्ट सञ्चालन हुनेछ । नेपाल भेटेरिनरी एशोसिएशनले पक्षी स्वस्थ भएको चेक प्वाइन्टमा प्रमाणपत्रको जाँच गरेर मात्रै जिल्लामा भित्रिन दिनेछ । केन्द्र प्रमुख डा शाहले भने, “प्रहरी कार्यालयसँगै चेक प्वाइन्ट राखिनेछ, पक्षी स्वस्थ भएको प्रमाणपत्र नभए नाकाबाट भित्रिन…
काठमाडौँ : विवेकशील साझा पार्टीले मेडिकल कलेजहरुले तोकिएभन्दा बढी शुल्क लिएर विद्यार्थीबाट लाखौँलाख ठगी गरेका पछिल्ला समाचारहरुप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । विवेकशील साझा पार्टीका प्रवक्ता डा सूर्यराज आचार्यले विज्ञप्ति जारी गरी शिक्षा र स्वास्थजस्ता आधारभूत सेवाका क्षेत्रमा नाफाखोर व्यवसायीकरणको नीतिले गर्दा अभिभावक र विद्यार्थी निरन्तर रूपमा मारमा परेको बताउँदै तोकिएभन्दा बढी शुल्क लिने दोषी कलेजलाई कारवाही गर्नेतर्फ सरकारको ध्यानाकर्षण गराएका छन् । “तोकिएको भन्दा बढी शुल्कले विद्यार्थी र अभिभावकलाई मर्का पर्न गएकामा आवश्यक कदम चालेर बढी शुल्क लिइएकाको हकमा सो शुल्क फिर्ता र आइन्दा तोकिएको भन्दा थप शुल्क लिने सम्पूर्ण शैक्षिक संस्थाको मनोमानी प्रवृत्तिलाई निरुत्साहित गर्न तत्काल कडा…
भीमदत्तनदगर: कञ्चनपुर भीमदत्तनगरपालिका–२ का १३ वर्षीया बालिका निर्मला पन्त हत्या प्रकरणमा सार्वजनिक न्याय र यातनाविरुद्धको कसुर मुद्दामा फरार अभियुक्त डिल्लीराज विष्ट आज बिहान अदालतमा उपस्थित भएका छन् । विष्ट जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका तत्कालीन प्रहरी उपरीक्षक हुन् । हाल उनि बर्खास्त छन् । कञ्चनपुर जिल्ला अदालतका श्रेष्तेदार हरिकष्ृण अवस्थीले अदालतको ३५ दिने सूचना जारी भएका बेला बर्खास्त प्रहरी उपरीक्षक विष्ट केहीबेर अघि अदालतमा निवेदनसहित उपस्थित भएको बताए । निर्मला पन्त हत्या प्रकरणमा विष्टसहित केही प्रहरी कर्मचारीविरुद्ध निर्मलाका आमा दुर्गादेवी पन्तले सार्वजनिक न्यायविरुद्धको कसुर र भीमदत्तनगरपालिका–१९ बागफाँटाका दिलीपसिंह विष्टका दाजु खड्क विष्टले यातनाविरुद्धको कसुरमा गत पुसमा उजुरी दिएका थिए । श्रेष्तेदार…
काठमाडौँ : महानगरीय प्रहरी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले अवैधरूपमा सुन विदेश लैजाने क्रममा चार जनालाई पक्राउ गरेको छ । कार्यालयले विदेश लैजानका लागि अन्तर्राष्ट्रिय उडानतर्फको पार्किङ क्षेत्रबाट चितवनका सुनिल राउत, बाराका सन्दीप पटेल, मकवानपुरका अर्पण केसी र खोटाङका मनोज राईलाई सोमबार साँझ पक्राउ गरेको हो । प्रहरीले पक्राउ परेकामध्ये राउत र पटेलसँग रु १० लाख १५ हजार मूल्य पर्ने चार थान सुनको ठूलो बाला, केसी र राईसँग रु १७ लाख ४६ हजार मूल्य बराबरको पाँचथान सुनको ठूलो बाला, तीन मोबाइल र ल्यापटप बरामद गरेको छ । पक्राउ परेका चारै जनालाई सुन र सामानसहित आवश्यक कारवाहीका लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय…
बेत्रावती: ‘जनताको जलविद्युत् कार्यक्रम’ अन्तर्गत पहिलो शेयर माथिल्लो त्रिशूली थ्री ‘बी’ जलविद्युत् आयोजना (नुवाकोट र रसुवामा निर्माणाधीन)ले निष्काशन गर्ने भएको छ । यही चैत ७ गतेदेखि सर्वसाधारणका लागि शेयर आवेदन खोल्न लागिएको आयोजना प्रमुख आनन्द ढुङ्गेलले जानकारी दिए । सैँतीस मेगावाट क्षमताको उक्त आयोजनाले गत फागुन २ गते ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले सार्वजनिक गरेको जनताको जलविद्युत् कार्यक्रमअन्तर्गत पहिलो चरणमा आम सर्वसाधारणका लागि शेयर खुला गर्न लागेको हो । मन्त्रालयले ४९ प्रतिशत जनताको शेयर सुनिश्चित गर्न तथा शुरुमा १० प्रतिशत शेयर दिने गरी रु एक खर्ब बराबरको विभिन्न १९ आयोजनाको शेयर जनतालाई दिने सार्वजनिक गरेको थियो । सोही आधारमा कम्पनीको…
काठमाडौँ: देवः विकास बैंक र अजोड इन्स्योरेन्सबीच सहकार्य गर्दै बीमा सेवा प्रदान गर्ने सम्झौता भएको छ। सम्झौता पत्रमा देवः विकाश बैंकका प्रमुख कार्यकारी अधिकृत बिजय बहादुर श्रेष्ठ र अजोड इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृतकुमार बहादुर खत्रीले हस्ताक्षर गरेका छन्। सम्झौता बमोजिम बैंकका ग्राहकहरूले अजोड इन्स्योरेन्स लि.ले प्रदान गर्ने निर्जीवन बीमा सम्वन्धी सम्पूर्ण सेवा सुविधा बैंकका सबै शाखाबाट लिन सकिने जानकारी अजोड इन्स्योरेन्स लिमिटेडले जानकारी गराएको छ ।
