Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- चेम्बरद्वारा उद्योगमन्त्रीलाई व्यापारिक उधारो असुलीसम्बन्धी विधेयकको प्रारम्भिक मस्यौदा हस्तान्तरण
- सुरक्षाकर्मीलाई जलविद्युत् आयोजनाको आईपीओमा २ प्रतिशत सहभागिता दिने तयारी
- आईपिओको तयारीमा रहेको चितवनको रोयल टुलिपले पायो पाँचतारे डिलक्स मान्यता
- न्यून चापीय क्षेत्र थप शक्तिशाली बन्दै, शुक्रबारदेखि अति भारी वर्षाको सम्भावना
- कांग्रेसको पालिका अधिवेशन सुरू
- प्रधानमन्त्री बालेनलाई उनकै कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री वाग्लेले गरे बिदाइ
- महासभामा सहभागी हुन प्रधानमन्त्री शाह आज न्युयोर्क जाँदै
- त्रिपुरेश्वरमा बस आगलागीमा जलेका चालकको मृत्यु
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
काठमाडौँ : नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टीटेलको मूल्यवृद्धि गरेको छ । आज राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टीतेलमा प्रतिलिटर दुई रुपैयाँको दरले वृद्धि गरिएको निगमका प्रवक्ता वीरेन्द्र गोइतले जानकारी दिए । नयाँ मूल्यसूची अनुसार पेट्रोलको मूल्य प्रतिलिटर ११०, डिजल र मट्टीतेल प्रतिलिटर ९७ कायम भएको छ । निगमले एलपी ग्यासको मूल्यभने समायोजन गरेको छैन् । इन्डियन आयल कर्पोरेशन (आइओसी) बाट प्राप्त नयाँ मूल्यबमोजिम निगमलाई ग्यासमा प्रतिसिलिण्डर अझै ३२ रुपैयाँ ६८ पैसा घाटा रहेको छ । मूल्य समायोजनसँगै निगमलाई समग्रमा १५ दिनमा रु एक अर्ब १६ करोड नाफा हुनेछ । आइओसीले शुक्रबार १५ दिनअघिको मूल्यमा…
काठमाडौँ: नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) ले जापान उडानका लागि नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) बाट विमान सञ्चालनको अनुमति प्रमाण–पत्र (एओसी) पाएको छ । निगमको नयाँ ए ३३० वाइड बडी जहाजले काठमाडौँ–ओसाका उडानका लागि क्यानबाट शुक्रबार एओसी पाएको निगमका सहायक प्रवक्ता नवराज कोइरालाले राससलाई जानकारीदिए । निगमले करीब आठ महीनाअघि भिन्न मितिमा दुई वाइड बडी जहाज खरीद गरेको थियो । हाल पुरानै गन्तव्यमा उडान भर्दै आएका वाइड बडी जहाजबाट जापानसहित अन्य मुलुकका गन्तव्यमा उडान भर्ने निगमको योजना छ । नयाँ गन्तव्यमा उडान सञ्चालनका लागि स्वदेश नियामक निकायबाट पनि अनुमति लिनुपर्ने प्रावधानअनुरुप क्यानले निगमलाई एओसी दिएको हो । नेपालमा उडान…
काभ्रेपलाञ्चोक: सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले निजी विद्यालयले शैक्षिक व्यापार बन्द गर्नुपर्र्ने बताएका छन्। निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन)को १३औँ जिल्ला अधिवेशनलाई आज धुलिखेलमा सम्बोधन गर्दै मन्त्री बाँस्कोटाले भने, “अङ्गे्रजी भाषा फरर बोल्दैमा गुणस्तरीय शिक्षा दियौँ भनेर गर्व गर्न मिल्दैन, सरल र सर्वसाधारणलाई समेट्ने गरी सेवामूलक ढङ्गले लाग्नुपर्छ, शैक्षिक व्यापार बन्द गर्न जरुरी छ ।” मन्त्री बाँस्कोटाले नेपालका शैक्षिक संस्थाले अहिलेसम्म पनि युवा वर्गलाई खाडी मुलुक पठाउने शिक्षा दिएको गुनासो गर्दै ज्ञानभूमिको मन्दिरमा निजीकरणका नाममा व्यापार गर्न नमिल्ने बताए । “नेपालमा नर्सरीमा भर्ना गर्दा रु पाँच लाखसम्म लिएको उदाहरण पाइयो, यसलाई शैक्षिक व्यापार नभनेर के भन्ने ?”…
काठमाडौँ : बूढीगण्डकी जलविद्युत् आयोजनाको प्रभावित क्षेत्रमा मुआब्जा निर्धारण भएको १९ हजार ३७४ रोपनी जग्गाका जग्गाधनीलाई मुआब्जा वितरण गर्न बाँकी रहेको छ । राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको सो परियोजनाको धादिङ र गोरखातर्फ मुआब्जा निर्धारण भए पनि तीव्ररुपमा वितरण हुन सकेको छैन । सरकारले गोरखातर्फ कूल नौ हजार ३७२ रोपनी र धादिङतर्फ कूल दश हजार दुई रोपनी जग्गाको मुआब्जा निर्धारण गरिसकेको छ । तर निर्धारण भएका क्षेत्रको समेत जग्गाधनीलाई वितरण हुन सकेको छैन । सरकारले चालू आर्थिक वर्षमा आयोजना प्रभावित क्षेत्रका लागि रु १७ अर्ब ९९ करोड ९६ लाख बराबरको मुआब्जा वितरणका लागि बजेट विनियोजन गरेको छ । दुवै जिल्लाका…
काठमाडौँ: त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले ११ महीनाको अवधिमा रु ५५ करोडभन्दा बढी बक्यौता उठाएको छ । मङ्सिर मसान्तसम्म विभिन्न वायुसेवा प्रदायक कम्पनीबाट करीब ५० करोड र पुस महीनामा पनि झण्डै सात करोड बक्यौता उठेको विमानस्थल कार्यालयले जनाएको छ । एक महीनाको अवधिमा ५५ करोड बढी पुरानो बक्यौता उठाइएको विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीले बताए । बक्यौता बाँकी रहेका निकायलाई पनि निरन्तर ताकेता गरिएको छ । विमानस्थल कार्यालयले अझै करीब डेढ अर्ब बक्यौता उठाउन बाँकी रहेको बताइएको छ । बढी बक्यौता हुनेमा सरकारी निकाय भन्सार विभाग, नेपाल वायुसेवा निगमसहित निजी क्षेत्रका हवाई कम्पनी छन् । भन्सार विभागको करीब रु ५५ करोड बक्यौता छ…
काठमाडौँ: वाग्मती सफाइ महाअभियान शुरु भएको आगामी शनिबार ३०० हप्ता पूरा हुन लाग्दा नदी किनारवासीले स्वच्छतामा त्यति धेरै परिवर्तन हुन नसकेको टिप्पणी गरेका छन् । विसं २०७० जेठ ५ गते शुरु भएको वाग्मती सफाइ महाभियान जाडो, गर्मी, चाडवाड जस्तोसुकै अवस्थामा पनि जारी छ । सफाइ अभियानले जागरण फैलाए पनि अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिले हालेको ढल फुटेर आवागमनमै बाधा पुगेको ललितपुर महानगरपालिका–२ स्थित कालोपुल वरपरका नागरिकको गुनासो छ । वडाध्यक्ष राजेश महर्जन सुन्दरीघाटमा निर्माण हुने प्रशोधन केन्द्रमा लगिएको ढल फुटेर पुलमुनिको क्षेत्रमा दुर्गन्ध फैलने, पानी परेका बेला नदी किनारको सडकमा पानी जमेर आवागमनमा समस्या आउने गरेको बताउछन् ।…
काठमाडौँ: सुनको भाउ ६ वर्ष यताकै उच्च कायम भएको छ । शुक्रवार प्रतितोला ६२ हजार ३०० रुपैयाँमा कारोबार भएको छ । यसभन्दा अगाडि २०७० भदौ १२ गते अधिकतम ६३ हजार ३०० रुपैयाँ पुगेको थियो। त्यस पछिको सबै भन्दा धेरै मूल्यमा आज कारोबार भएको हो। सबैभन्दा धेरै ६३ हजार ३०० रुपैयाँमा कारोबार भए पछि सबैभन्दा कम ४७ हजार ७०० रुपैयाँ सम्ममा कारोबार भएको थियो। यसै अवधिमा सुनको मूल्य ५५/५६ हजार रुपैयाँमा कारोबार भए पनि पछिल्लो समय लगातर बढिरहेको छ। अन्तर्राष्ट्रिय बजारमा डलरको स्थिती कमजोर हुँदा सुनको भाउ बढिरहेको सुनचाँदी व्यवसायी महासघका पूर्व अध्यक्ष तेजरत्न शाक्यले बताए। अमेरिका र चीनबीचको ट्रेडवारले गर्दा…
काठमाडौँ: महानगरीय प्रहरी वृत्त महाराजगञ्जले जुवा खेलिरहेको अवस्थामा १२ जनालाई पक्राउ गरेको छ । वृत्तको टोलीले टोखा नगरपालिका–९ मिलनटोलमा रहेको होटल हाइवेमा जुवा खेलिरहेको अवस्थामा राजु गुरुङ, अभिषेक तामाङ, सन्तकुमार मोक्तान, ताराकुमार श्रेष्ठ, विजय लामा, रोहित कार्की, रामबहादुर गुरुङ, साजन विक, वुद्धराज थेवे, विमल मगर, सनम राई र शान्ति तामाङलाई शुक्रबार राति पक्राउ गरेको हो । वृत्तका प्रमुख एवं प्रहरी नायब उपरीक्षक फणिन्द्र प्रसाईँले तास र कौडा खेलिरहेको अवस्थामा रु दुई लाख २० हजार ७०५ नगदसहित पक्राउ गरिएको जानकारी दिए । पक्राउ परेकासँग तीन बुक तास र कौडा बरामद गरिएको वृत्तले जनाएको छ । पक्राउ परेकालाई जुवा खेल्न तथा सट्टाबाजी…
बाजुरा: बाजुरा जिल्ला प्रहरी कार्यालयमा आगलागी भएको छ । आज बिहान छ बजे प्रहरी बाहिर गएका बेला टिनको छानामा बिजुलीको तार सर्ट भएर आगलागी भएको उक्त कार्यालयले जनाएको छ । आगलागीबाट रु एक लाखभन्दा बढीको सामान क्षति भएकोे बताइएको छ । उक्त कार्यालयको सुविधासम्पन्न भवन निर्माणाधीन अवस्थामा भएकाले प्रहरी अस्थायी टहरामा बस्दै आएको थियो । आगो प्रहरी जवान र बजारवासीको सक्रियमा नियन्त्रणमा आइसकेको बताइएको छ ।
काठमाडौं: जगदम्बा इन्टरप्राइजेजले नयाँ उत्पादन जगशक्ति गोल्ड टिमएटी छड बजारमा ल्याएको छ । जगदम्बाले आफ्नो नयाँ उत्पादन जगशक्ति गोल्ड छडको सद्भावना दूत (ब्राण्ड एम्बेसडर) मा चर्चित कलाकार तथा समाजसेवी सीताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली) लाई नियुक्त गरेको छ । राजधानीमा बिहीबार साँझ आयोजित भब्य कार्यक्रमबीच जगदम्बा समुहका अध्यक्ष शंकरलाल अग्रवाल, जगदम्बा इन्टरप्राइजेजका निर्देशकहरु अनिल रुंगटा, विशाल पटवारी तथा सद्भावना दूतहरु सीताराम कट्टेल र कुञ्जना घिमिरेले जगशक्ति गोल्ड टिएमटी बार सार्बजनिक गरे । जगदम्बा इन्टरप्राइजेजले धुर्मुस सुन्तलीले चितवनमा बनाउन लागेको अन्तराष्ट्रिय क्रिकेट रंगशाला निर्माण गर्न जगशक्ति गोल्ड बारको प्रति मेटिक टन बिक्रीबाट २० रुपैयाँ उपलब्ध गराउने निर्देशक रुंगटाले कार्यक्रममा…